Daily Archives 31st July 2019

एनआरएन युकेको सदस्य संख्या करिब १४ हजार

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि करिब १४ हजार जनाले सदस्यताको लागि आवेदन दिएका छन् । गैरआवासीय नेपाली संघ युकेका प्रवक्ता रमेश । सराङकोटीका अनुसार पूर्वनिर्धारित तालिका अनुसार बुधवार साँझ ८ बजे सदस्यता फारम १३३४३, अनलाईन मार्फत ३१६ तथा पोस्टल एवं राज्य परिषद बाट प्राप्त १९४ गरि कुल १३८५३ सदस्यता दर्ताको लागि फारम प्राप्त भएको छ। अनलाईन मार्फत सदस्यता दर्ता गर्ने अन्तिम सदस्य चर्चित ब्यारिस्टर देवेन्द्र श्रेष्ठ हुन् । अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले आफ्नो अभियान सफल भएको वताए । उनले भने ‘मैले एनआरएन युकेको सदस्यता १० हजार भन्दा माथि बनाउने अभियान चलाएको थिए
More

अहिले ४ बजे सम्मः ४ हजारले लिए एनआरएन युकेको सदस्यता

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अगामी सेप्टेम्वरमा हुने निर्वाचनको लागि सदस्यता बन्ने आज अन्तिम दिन हो । साँझ ८ बजे सम्म संघको निर्वाचन कार्यालयमा प्राप्त सदस्यहरुले मात्र सो निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न पाउँछन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका प्रवक्ता रमेश सराङकोटीका अनुसार दिउँसो ४.३० बजे सम्म अनलाइनबाट २ सय ९७ जना र फारम मार्फत करिब ३ हजार ६ सयले सदस्यता संघको कार्यालयमा दर्ता भएका छन् । सराङकोटीका अनुसार अध्यक्षका प्रमुख दावेदारहरुले फारम बुझाँउन बाँकी रहेको छ । संघमा प्राप्त आवेदन प्रमाणिकरण गरे पछि मात्र मतदाताको लागि योग्य हुने जानकारी सराङकोटीले दिए । निर्वाचन कार्यालयमा पुगेका
More

पर्यटनमन्त्रीको कार्यभार सम्हाल्दै के–के भने योगेश भट्टराईले ?

काठमाडौँ–नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री भट्टराईले भन्नुभयो, “तपाईहरुले मलाई काम लगाउनुहुनेछ, कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले र जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के गर्दा चुनौतीमाथि सफलता हासिल हुन्छ, भोलिका दिनमा विषयगत हिसाबले छलफल गरेर जानेछु ।” केही दिनभित्रैमा प्रधानमन्त्रीसमक्ष मन्त्रीको हिसाबले कामको करार सम्झौता गर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, “हामी जे गर्न सक्छौँ, त्यो कुरा भन्छौँ, जे हुन सक्दैन, त्यो के कारणले भएन भनेर पारदर्शी ढङ्गले बताउने छौँ ।” निर्देशन कम हुने
More

प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ : प्रधानमन्त्री ओली

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन्। प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई अवलम्बन गर्नका लागि सूत्र नै बनाऊँ, मातहतको नजरमा नगिरौँ। मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ।” प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसात् गर्न पनि आग्रह गरे। “हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन
More

मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

काठमाडौँ । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो । पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७,
More

नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध

सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी ९राजपा० ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले विरोध गरिरहेकै बेला उहाँले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गर्नुभएको थियो । बसेर संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै नाराबाजी जारी रहेकाले बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक यही साउन १६ गते बिहीबार अपराह्न २ बजे बस्ने जनाइएको छ ।
More

२ नम्बर प्रदेशका बाढि, डुवान प्रभावितलाई अझै राहत

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन् । उनले भने,‘२ नम्बर प्रदेश बाढि र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए । उनले भने,‘अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर
More

पूर्व उपसचिवको घरमा गोली प्रहार

राजधानीको कलंकीस्थित एक पूर्व उपसचिवको घरमा गोली प्रहार भएको छ । कलंकी मन्दिर नजिकै रहेको इन्जिनियर समेत रहेका पूर्वउपसचिव विष्णु अर्यालको घरको दोस्रो तलाको कोठामा झ्यालको सिसा फुटाउँदै गोली भित्र पुगेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले सोमबार राती पौने ९ बजेतिर अर्यालको घरको अध्ययन कोठामा झ्यालको सिसा फुटाउँदै गोली भित्र पुगेको जानकारी दिए । घर माथितिर बाटो रहेको र सँगै अर्को घर समेत रहेकाले गोली कसले किन हान्यो भन्नेबारे अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए । ‘गोली प्रहार भएको भन्ने जानकारी पाएसँगै पुगेको प्रहरी टोलीले सानो हतियारको जस्तो देखिने गोली बरामद गरेको छ । अहिले हामीले त्यसलाई
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं–काठमाडौं महानगरपालिका २९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे नमोबुद्ध नगरपालिका २ घर भएका १८ वर्षीय रञ्जन दासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले दासलाई शंका लागि जाँच गर्ने क्रममा अवैध लागूऔषध चरेश ५ ग्राम, नगद ३७ हजार रुपैयाँ, खुकुरी १ थान, फलामको छिना ३ थान, स्टिलको रड १ थान र रुद्राक्षको माला १ थान सहित फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले उक्त नगद प्रहरीलाई दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
More

एनआरएन युरोपेली बैठकको सबै तयारी पूरा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ । बैठक अगष्ट ३ र ४ तारिखका दिन इटालीको रोममा तय गरिएको छ । एनआरएन प्रवक्ता भूषण घिमिरेले १२ औँ यूरोपेली क्षेत्रीय बैठकको सबै तयारी सकिएको जानकारी दिए । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।
More

सभामुख महराद्वारा सहमतिको प्रयास जारी

काठमाडाैं। प्रतिनिधि सभाको जारी गतिरोध हटाउन सभामुख कृष्णबहादुर महराले बुधबार बिहानैदेखि फोनमार्फत् सत्ता पक्ष र प्रतिपक्षका नेताहरूसँग छलफल गरेका छन्। सहमतिकै लागि मंगलबार पनि सत्ता पक्ष नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङ, सचेतक शान्ता चौधरी, प्रमुख प्रतिपक्षी कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँड, राजपाका लक्ष्मणलाल कर्ण लगायतसँग सिंहदरबारमा छुट्टाछुट्टै छलफल गरेका थिए। तर  अहिलेसम्म कुनै सहमति नजुटेकाे सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाकाे छानवीन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान लिएका छन् भने सत्ता पक्ष संसदीय समिति बनाउन तयार छैन। संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने भन्दै कांग्रेस र राजपाले संसदकाे
More

परासीमा उद्धारका लागि ५ लाखको डुंगा

परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलरासीले बाढी प्रभावितलाई उद्धारका लागि ५ लाख बराबरको रेस्क्यु बोट (डुंगा) खरिद गरेको छ । १० जना व्यक्ति अट्ने क्षमताको डुंगासहित अन्य सामाग्रीसमेत खरिद् गरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए । डुंगा नहुँदा बाढीमा फसेका स्थानीयहरुलाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याउन कठिनाई हुँदैआएको थियो । पश्चिम नवलपरासी बाढीबाट अतिप्रभावित जिल्ला हो । रेस्क्यु बोटसहित खरिद गरिएका सामाग्रीमा ब्यारल हेण्ड पप्प, लाईफ ज्याकेट, ¥याफ्टिङ्ग प्याड, हेलमेटललगायत छन् । प्रदेश ५ सरकारले उपलव्ध गराएको रकमबाट उद्धार सामग्री खरिद् गरिएको हो । बाढी वा अन्य प्रकोपबाट हुने क्षतिलाई तत्काल राहत सामग्री खरिद् र राहत रकम उपलव्धका लागि जिल्ला
More

काङ्ग्रेस बैठकः पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन्। गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४)अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ। बैठकमा आजसम्म करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा व्यक्त गरिसकेका छन्। सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए। करिब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा
More

खीर खानु हरेक हिसावले फाइदा

काठमाडौं– असार १५ मा दहीच्यूरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खीर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ । आयुर्वेद चिकित्सक डा अमितमान जोशी भन्नुहुन्छ, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । ’’ उहाँका
More

‘अटेरी कर्मचारीलाई बर्खास्त गरिने’

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट पारे । मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेको जानकारी दिए ।
More

चेक अनादरमा फौजदारी मुद्दा नलाग्ने

काठमाडौँ । चेक अनादरको मुद्दा अब सरकारवादी फौजदारी कसुर नहुने भएको छ । विनिमय अधिकारपत्र ऐनअनुसार अब यस्ता मुद्दा जिल्ला अदालतमा फिराद लाग्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । चेक अनादरमा अहिले प्रहरीमा जाहेरी दिने र तत्काल चेक दिने व्यक्ति समातिने अवस्थासमेत फैसला कार्यान्वयनसँगै अन्त्य हुनेछ । गणेशकुमार रावलको जाहेरीले नेपाल सरकार वादी र प्रतिवादी निर्मला सोडारी रहेको मुद्दामा न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक अनादर बैङ्किङ कसुरमा मुद्दा नलाग्ने व्याख्या गरेको हो । सर्वोच्चले सोडारीलाई बैङ्किङ कसुरमा दोषी ठहर गर्ने उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको २०७५ असार २७ गते फैसला बदरसमेत गरेको छ । व्यक्तिगत लेनदेनको
More

आर्थिक अभियान भन्दै विप्लवको चन्दा आतंक

काठमाडौँ – नेत्रविक्रम चन्द समूहले ‘विशेष आर्थिक अभियान’ का नाममा मुलुकभर चन्दा संकलन तीव्र पारेको छ । उद्योगपति, निर्माण व्यवसायी, शैक्षिक संस्था, व्यापारी, कर्मचारी, शिक्षक र स्थानीय तहका जनप्रतिनिधिलाई पत्र पठाएरै चन्द समूहले चन्दा मागेको हो । चन्दा मागिएको पत्र आए पनि कसैले खुलेर विरोध गरेका छैनन् । ‘विरोध गर्दा उल्टै धम्की आउला भन्ने डर छ,’ एक कर्मचारी भने, ‘सकेको सहयोग गर्ने, नसके मेरो हैसियत छैन भन्ने हो ।’ सरकारका सचिव, विभागीय प्रमुखलगायतलाई पत्रमा ‘सरकारविरुद्ध व्यापक जनसंघर्ष, पार्टी र सेना सञ्चालनका लागि आर्थिक सहयोग र सहकार्य गर्न’ भनिएको छ । यसअघि चन्दा आतंक मच्चाएको आरोप लगाउँदै सत्तापक्षले पार्टीमाथि हठात प्रतिबन्ध लगाएको पत्रमा उल्लेख छ । सम्पूर्ण
More

एनसेलले गर्याे अर्कै शीर्षकमा २ अर्ब कर छली

काठमाडौँ – पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर निर्धारणमा चित्त नबुझेपछि एनसेलले आन्तरिक राजस्व विभागका महानिर्देशकले नेतृत्व गर्ने प्रशासकीय पुनरावलोकनमा मुद्दा दायर गरेको छ । प्रशासकीय पुनरावलोकनमा कर अधिकृतले कर निर्धारण गर्दा विधिवत् ढंगले गरे/नगरे वा चाहिनेभन्दा बढी कर लगाएको विषय हेरिन्छ । ‘विदेशबाट नेपालस्थित एनसेलको नम्बरमा कल आउँदा र विदेशस्थित कुनै दूरसञ्चार कम्पनीको नम्बरमा एनसेलबाट फोन सम्पर्क हुँदा समय अवधिअनुसार एकले अर्कोलाई इन्टर कनेक्सन शुल्क तिर्नुपर्छ,’ कर प्रशासनका एक अधिकारीले
More

बुबाकाे किरिया गर्न नेपाल आएका तस्करको फन्दामा फस्दा…

काठमाडौँ — ‘म काठमाडौं उत्रें है,’ २२ असारमा कतारको दोहाबाट हिमालयन एयरलाइन्स हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेपछि लीलाबहादुर बस्नेतले कसैको मोबाइलबाट झापाको काँकडभिट्टामा श्रीमती जानुकालाई यति मात्रै सुनाउन भ्याएका थिए । बेलुकासम्म त आफ्नै पुरानो सिमबाट कसो फोन नगर्लान् भन्ने उनलाई लाग्यो । श्रीमान्ले राति अबेरसम्मै फोन गरेनन् । ‘गलेर आए, सुते होलान् । भोलि त फोन गरिहाल्छन्,’ भनेर उनले मन बुझाइन् । तर, भोलिपल्ट श्रीमान्बारे उनले अनपेक्षित खबर पाएपछि भने उनको भोक र निद्रा हराएको छ । सरकारले फ्री भीसा, फ्री टिकटको नीति लागू गरेको दुई वर्षपछि विदेश उडेका बस्नेत स्थानीय एजेन्टलाई १ लाख २० हजार रुपैयाँ बुझाएर क्लिनरको काम गर्न कतार उडेका थिए ।
More

डाबरका औषधिमा उच्च आर्सेनिक

काठमाडौँ – झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन् । आयुर्वेदिक औषधिबारे आफैं जानकार छन् । करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए । अनि उनैको सल्लाहअनुसार शर्माले डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिहरू महायोगराज गुग्गुल, प्रवाल भष्म, महावाधिध्वंसन रस, वातगजांकुशरस, प्रवाल भष्म, बृहतवातचिन्तामणि रसलगायत औषधि सेवन गर्न थाले । कतिपय चिकित्सकले उनलाई शल्यक्रिया गर्नुपर्ने सल्लाह पनि दिएका थिए । तर डा. ठाकुरकै सल्लाहमा शर्माले डाबर इन्डिया लिमिटेडबाट उत्पादित ती औषधि सेवन गरे । औषधि सेवन गरेको केही दिनमा उनलाई हल्का सञ्चो भयो । निको भए जस्तो लागेपछि काममा फर्किए । दुई सातापछि ढाड दुख्ने समस्या फेरि बल्झियो । करिब ६/७ महिनासम्म
More