Monthly Archives August 2019

Breaking News : रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थपियो

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो । .
More

नेकपा सचिवालय बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । मङ्गलबार दिउसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ ।
More

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर- आफ्नै श्रीमती ३० वर्षीया मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-५ बस्ने तिर्थ आले मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका क्रममा तिर्थ आलेको कुटपिटबाट घाइते श्रीमती मन्जु पुलामीको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा मृत्यु भएकोले ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले आलेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रीमती र छोरालाई तेल छर्की आगो लगाएको अभियोगमा पक्राउ धादिङ- आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा सिद्धलेख गाउँपालिका-१ धारापानी बस्ने जिवेश लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको
More

नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ: डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । उनले भने,‘बैठक राम्रो र सकारात्मक हुन्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको सुनाए । यद्धपी उनले कतिपय विषयहरु समाधानउन्मुख रहेका पनि जिकिर गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र
More

काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।” व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गर्नुभएको छ । काश्मिर मामिलामा परिस्थिति नराम्रो भएपनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ । यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु
More

पचास पदका लागि रु ४० करोड खर्च

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ । गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले रु ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि
More

छोरा जन्माउने आशै आशामा १३ सन्तान

छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिनुभएको छ । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिनुभएको हो । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो । “समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ”, उहाँले भन्नुभयो ।
More

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक छ भन्नुभयो । बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक
More

रक्सी खाएर हल्ला गर्नेलाई दस हजार जरिवाना

स्थानीय सरकारहरू अचेल रक्सी नियन्त्रण गर्न ‘कडा’ रूपमा प्रस्तुत भइरहेका छन्। सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमुल गाउँपालिकाले ‘मदिरा सेवन कार्ड’ बनाएको छ। एक दिन पाहुना हुन गेका व्यक्तिले पनि रक्सी खानुपरे दुई सय रूपैयाँ तिरेर ‘अतिथि मदिरा कार्ड’ लिनुपर्छ। जति चाह्यो त्यति पिउन पनि पाउँदैनन्। यस्तै नियम कर्णाली प्रदेशस्थित रूकुम पूर्वले पनि लागू गरेको छ। आठबीसकोट नगरपालिकाले मदिरामुक्त नगरपालिका बनाएको हो। नगरपालिकाको जेठ ९ गतेको नगरस्तरीय बैठकले मदिरा खाएर हो-हल्ला तथा झगडा गर्ने होस् या मदिरा बिक्रीवितरण गर्नेलाई, जरिवाना तोकेको छ। रक्सी नियन्त्रण गर्ने अभियानलाई नगरपालिकाले सबै वडामा पुर्‍यायो। टोलटोलमा सभा भए। गाउँका महिला तथा बालबालिकाले नगरपालिकाको अभियानलाई साथ दिए। कर्णाली
More

ढोरपाटन सम्मान २०७६ गौचनलाई प्रदान

बागलुङ  – ढोरपाटन राष्ट्रिय दैनिक १७ औं वर्षमा प्रवेश गरेको छ । ढोरपाटन संचार प्रालि पत्रिकाको प्रकाशक हो । पत्रिकाको १६ औँ वार्षिकोत्सव तथा संघीयतामा समृद्धि विषयक बहसको आइतबार सूचना,संचार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । पत्रिकाले वार्षिकोत्सवको उपलक्ष्यमा संघीयता र समृद्धिका विभिन्न आयामहरु समेटेर एक विशेषांक प्रकाशन ग¥यो । प्रकाशन संस्थाका अध्यक्ष तथा पत्रिकाका सम्पादक हरिनारायण गौतमले विशेषांकले संघीयताको सफल कार्यान्वयनसँगै समृद्धिका विभिन्न विषयहरुको उठान गरेको जनाउँदै सरोकारवालाहरुबीच यो विषयमा गम्भीर बहसको थालनी हुनुपर्नेमा जोड दिए । बागलुङसँगै पोखराबाट पनि प्रकाशन थालेको ढोरपाटनको विशेषांकमा गण्डकी प्रदेशका समृद्धिका आधार, संघीयताका विभिन्न पक्षहरु समेटिएको छ ।  कार्यक्रममा ढोरपाटन दैनिकले बागलुङमा २००८
More