Daily Archives 1st August 2019

एनआरएन युरोपेली भेलामा को को आउदै छन् ? (युके टोलिको नाम सहित)

रोम । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोपको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीका एनआरएन रोममा भेला भइरहेका छन । शनिवार देखि शुरु हुन गइरहेको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीबाट एनआरएन आउने क्रम शूरु भएको हो । सोही अवसरमा संघको १० औं महिला भेलासमेत आयोजना गरिँदै छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता हुने एनआरएनले जनाएको छ । बैठकमा यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय प्रतिनिधी सहभागी हुने
More

मातृभूमि रोटरीको चौथो पदस्थापन सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नौ चौथो पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । रोटरी वर्ष २०१९–२० प्रेसिडेन्ट जयराम सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वेष्ट रोटरीयन अवार्ड, बेष्ट रोटर्याक्ट अवार्ड तथा मातृभूमि हिरो अवार्डबाट सम्मान गरिएको थियो । वर्ष २०१८–१९ को वेष्ट रोटरीयन क्लबका सचिव नारायण अधिकारी तथा वेष्ट रोट¥याक्ट अवार्ड प्रकाश पाठकलाई प्रदान गरियो भने सामाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिने मातृभूमि हिरोको अवार्डबाट यूवा संचारकर्मी, लेखक एवं घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकाललाई प्रदान गरियो । कार्यक्रममा चर्चित हाँस्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल
More

यस्तो छ रोममा एनआरएन युरोपेली बैठकको तयारी (फोटो फिचर)

रोम –गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ। शनिवार देखि इटालीको रोममा हुने सम्मेलनको तयारी पुरा भएको एनआरएन इटलिका महासचिव छविलाल कंडेलले जनाए । कंडेलले बैठकको तयारीको लागि इटलिस्थित नेपाली समुदाय रोममा जम्मा हुन थालेका छन् । हामी स्वागतको लागि आतुर छौं सम्पुर्ण तयारीको लागि हामी बैठक स्थलमा जम्मा भएका छौ कंडेलले भने । बैठकमा भागलिन आउनेहरुको लागि विमानस्थलमा स्वागत डे्क्स् तथा होटल सम्मको लागि २ वटा सटल तयारी अवस्थामा रहेका छन् । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा
More

लन्डनमा भ्यानको ठक्करबाट पण्डित गम्भीर घाइते

लन्डन । बेलायतको वुल्वीचमा भ्यानको ठक्करबाट एक नेपाली गम्भीर घाइते भएका छन् । पशुपतिनाथ मन्दिरमा पूजारीसमेत रहेका गुल्मीको वामी टक्सारका ६५ वर्षीय दधिराम काफ्लेको बाटो काट्नेक्रममा बिहान पौने ८ बजे भ्यानले ठक्कर दिएको थियो । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । काफ्ले विगत २० वर्षदेखि चाल्टनमा बस्दै आएका छन् । आर्सनल स्टेशन अगाडि मन्दिर पूजाका लागि हिड्दै गर्ने क्रममा विपरीत दिशाबाट भ्यानको ठक्करबाट काफ्ले घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बेहोस भएका उनलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ । काफ्लेको पछिल्लो अवस्थाबारे अस्पतालले केही बताएको छैन ।
More

भूकम्पबाट पूर्ण क्षति भएका ७० वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न

२०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु आर्थिक वर्षभित्र र एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९ वटा भवनहरुको पुनर्निर्माण २०७६ साल पुससम्ममा सम्पन्न गरिनेछ । पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको छ । साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको
More

सम्झनामा टिमोथी हिभर

आधा नेपालीको अन्त केशब श्रेष्ठ। लन्डन । टिमोथी हिभर मेरो संपर्कमा रहेको आजको मितिसम्म पुग्दा लगभग १९ वर्ष पुगेछ । बेलायती नागरिक भएर पनि पहिलो भेटमा नै उसले गरेको सहयोग र उसको मिजासिलो व्यबहारको कारण म उसको नजिक हुन पुगें । हामीबिच मित्रता र त्यसपछी क्रमस दाजु भाईको जस्तै पारिवारिक सम्बन्ध कायम हुन पुग्यो । मित्रता विश्वाश र परिवारिक सम्बन्धको कारण हामी एक आपसमा ब्यक्तिगत कुराहरुपनी सेयर गर्दथियौं । कैयन कुरा त निकै ब्यक्तिगत पनि हुने गर्दथियो । त्यो समय उसको संघर्ष पूर्ण थियो । नेपालीहरुसंग बढदै गएको हिमचिमको कारण पारिवारिक समस्या समेत उत्पन्न हुन थालेको थियो । तरै पनि
More

२९ तले ‘काठमाडौं भ्यु टावर’ मा गैरकानुनी रूपमा संकलित रकम प्रयोग

काठमाडौँ — जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ मा गैरकानुनी रूपमा संकलित रकम प्रयोग भएको भेटिएको छ । सिंगापुरमा संकलित रकम हुन्डीबाट नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार बिल्डर्स सञ्चालक मनोज भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रूपमा हुन्डी कारोबार गरेकाले विदेशी विनिमय ऐनअनुसार कारबाही हुनुपर्ने भन्दै विभागले उनीहरूसँग ४ करोड ६० लाख रुपैयाँका दरले बिगो अनि त्यसको ३ गुणा सजाय र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ । बरामद भएको ४ करोड ६० लाख जफतसमेत हुनुपर्ने मागदाबी छ । कान्तिपुर दैनिकमा खबर छ ।
More

चन्द समूहका पोलिटब्युरो र स्थायी कमिटी भंग

काठमाडौँ – चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
More

कुमार पौडेललाई गोली हान्नेसँग आयोगको बयान

काठमाडौँ -राष्ट्रिय मानव अधिकार आयोगले चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानेका प्रहरी अधिकृत तथा जवानहरूसँग बुधबार बयान सुरु गरेको छ । पहिलो दिन आयोगले बिहान ८ बजेदेखि साँझ अबेरसम्म ६ जना प्रहरीसँग बयान लिएको छ । घटनामा प्रत्यक्ष संलग्न अन्य ६ जनालाई बिहीबार बोलाइएको छ । बयानका क्रममा एक प्रहरी अधिकारी मुठभेड भएको दाबी गर्दै आफूले पौडेलमाथि ६ गोली हानेको स्वीकार गरेका छन् । ‘हानाहान भएको भए तपाईँलाई चाहिँ किन गोली किन लागेन त ?’ आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले ती अधिकारीलाई सोधेका थिए । ‘मैले गोली छलें,’ उनको जवाफ थियो । पौड्यालले ‘गोली हान्दा पौडेल र तपाईंबीचको दूरी कति थियो ?’ भनेर सोध्दा ती
More

देउवा र पौडेलबीच चर्को आरोप–प्रत्यारोप

काठमाडौँ – पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभित्र महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाए । कार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डा प्रवेश भएनन् । बैठककै सुरुमै पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरू सहभागी नहुने बताएका थिए । चौधवटा एजेन्डा तय गरी कांग्रेस बैठक असार २२ देखि चल्दै आएको छ । तीमध्ये पार्टीको नियमावलीको मस्यौदा, पार्टीको तल्ला तहका
More