Daily Archives 3rd August 2019

यस्तो रह्यो एनआरएन युरोप बैठकको उद्घाटनसत्र, नेपालमा लगानी गर्न जोड

रोम (इटाली)– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई मूर्तरुप दिन विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् । स्वदेशी पुँजीले मात्रै देश विकास सम्भव नभएको भन्दै उनले लगानीका लागि विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली संघ( एनआरएन) सँग आह्वान गरे । शनिबार एनआरएन युरोप क्षेत्रको १२ औं बैठकको उद्घाटन सत्रलाई इटालीको रोममा सम्बोधन गर्दै ढकालले नेपालको समृद्धि र विकासको अभियानमा सरकारले एनआरएनसँग सहकार्य गरेरअघि बढ्न चाहेको पनि बताए । ‘स्वदेशी पुँजीले मात्रै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हाँसिल गर्न सकिँदैन’ ढकालले भने, ‘यसमा एनआरएनको भूमिका सहयोगी हुन्छ । लगानीमात्रै नभएर विदेशमा सिकेको सिप
More

इटालीमा सुरु भयो युरोप क्षेत्रीय बैठक (फोटोफिचर)

रोम (इटाली)–गैरआवासीय नेपाली संघ एनआरएन (एनआरएन) युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा शनिबारदेखि सुरु भएको छ । स्थानीय इर्गिफ होटलमा सुरु कार्यक्रम प्रमुख अतिथि एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गरे । एनआरएन युरोपका अध्यक्ष शिव बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर कोइराला, संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, युरोपमा रहेका विभिन्न देशका राजदूतहरु जसमा अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लागि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त
More

पार्टी छाड्ने कागज गरेर धमाधम रिहा हुँदै विप्लव कार्यकर्ता

जाजरकोट । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गरेर हिरासतबाट छुट्ने गरेका छन् । पक्राउ परेकामध्ये तीन जना विप्लव समूह छाड्ने लिखित कागज गरेर छुटेको प्रहरीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ । उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन् । विप्लवका कार्यकर्ता छुटाउने नेपाली काङ्ग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ । विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पार्टी छोड्ने कागज गरेर रिहा भएका
More

कालिका मन्दिरबाट साधु र माग्नेलाई हटाइयो

बागलुङ– बागलुङ कालिका भगवती मन्दिर परिसरमा बसेर सहयोग माग्नेहरुलाई उद्दार गरिएको छ । शुक्रवार बिहान प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, मानवसेवा आश्रमका प्रतिनिधि र कालिका भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले उद्दार गरेका हुन् । मन्दिरमा मागेर जीवन गुजारी रहेका असहायलाई उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको छ । बागलुङलाई सहयोगापेक्षी रहित बनाउने आश्रमको उद्देश्य छ । कोही पनि मानिस सडकमा मागेर बस्नु नपरोस् भनेर अभियान शुरु गरेको आश्रमकी संयोजक सुमिरा लामाले बताईन् । एक बर्षभित्र बागलुङलाई सडक मानव रहित बनाउने लक्ष राखेर मठमन्दिर, सडक र सार्वजनिक स्थानमा बस्नेलाई उद्दार गर्ने अभियान थालिएको हो । शुक्रवार मन्दिरबाट तीन जना सहयोगापेक्षीलाई उद्धार गरी
More

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली आज साँझ ९ः४५ बजे सिल्क एयरको हवाईजहाजबाट ९ सदस्यीय टोलिका साथ सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित पत्नी राधिका शाक्य, चिकित्सक, सुरक्षा गार्ड र सहयोगीसहित सिंगापुर जान लागेका हुन् । ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परिक्षण हुनेछ । यसअघि गत साता ओलीले सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका थिए । डिसी नेपाल
More