Daily Archives 5th August 2019

यस्तो भयो एनआरएनए क्षेत्रीय बैठकको समापन (फोटो फिचर)

रोम— गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भ्रमण वर्ष २०२० कार्यक्रमसँग सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गत शुक्रबारबाट इटालीस्थीत रोममा भएको १२ औं युरोप बैठकले भ्रमण वर्षलाई सघाउने गरी भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यबीच सहमतिपत्रमा हस्ताक्षर गरेको हो । बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।घोषणापत्रमा गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात समेत भएको उल्लेख छ । एनआरएनएले नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउन पहल गर्ने जनाएको छ । ‘नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा युरोपसम्म विस्तार गर्ने वातावरण
More

दोहामा दोश्रोपटक नेपथ्य

काठमाडौं । राजधानी दोहामा आफूलाई दोश्रोपटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य यही साता कतार जानेभएको छ । इश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’को सार्वजनिक विदाका समय त्यहाँ बसोबास गर्दैआएका नेपाली समुदायलाई साँगीतिक कोशेली लिएर ब्याण्ड त्यसतर्फ जानलागेको हो । इदको दोश्रो दिन अर्थात् हाम्रो भेगमा बकरिद भनेर मनाइने चाडलाई नै कतारमा ‘इद अल अदा’ भनिन्छ । नेपथ्यले अगस्त १२ सोमबार (साउन २७) बेलुकी सात बजेदेखि दोहास्थित ‘एशियन टाउन एम्पीथिएटर’मा आफुलाई प्रस्तुत गर्नेछ । यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्याण्डले आफूलाई पहिलोपटक यस भूमिमा उभ्याएको थियो। नेपथ्य कतारमा आउने भनेर विभिन्न थरिका ‘आयोजक’हरुले हल्ला चलाउँदै र कतिपयले
More

भूमिहीनलाई दशैँसम्म लालपुर्जा दिइने

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका भूमिहीन परिवारलाई दशँैसम्म लालपूर्जा दिने बताउनुभएको छ । लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीसँग आज भेटघाट गर्दै मन्त्री अर्यालले दशैँसम्म सबैलाई लालपुर्जा दिएर दशैँ खुशी साथ मनाउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । अव्यवस्थित जग्गाको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले काम गरिरहेको भन्दै मन्त्री अर्यालले उक्त काम सकिने बित्तिकै भूमिहीनलाई लालपुर्जा वितरण गरिने बताउनुभयो । “पुर्जा हातमा दिएर जनतालाई खुशीको दशैँ मनाउने वातावरण निर्माण गर्दैछौँ, त्यसको लागि कर्मचारीले गम्भीर भएर कामलाई टुङ्गोमा पु¥याइदिनु प¥यो”, मन्त्री अर्यालले भन्नुभयो । मन्त्रिपरिषद्ले अव्यवस्थित जग्गाको समस्या समाधानका लागि निर्णय
More

अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनको माग

नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप व्यवस्थापनका लागि विमानस्थल २४ सै घण्टा सञ्चालनका लागि आग्रह गरेको हो । विमानस्थलमा हवाई ट्राफिकको चाप बढेका कारण लामो समय विमान आकाशमै ‘होल्ड’ गरी राख्नुपर्ने अवस्था रहेको र उडान गर्नुपर्ने विमान समयमा उडान गर्न नपाइरहेको अवस्थालाई न्यूनीकरण गर्न तत्काल सुधारका काम थाल्न आग्रह गरिएको छ । नाट्टाले पर्यटन क्षेत्रका विद्यमान समस्या, गरिनुपर्ने सुधार तथा सुझावसहितको १२ बुँदे प्रस्ताव मन्त्री
More

नेपाली उत्पादनलाई ब्रिटिश अवार्ड

लन्डन — नेपाली सुकुटीले खाना र पेय पदार्थको एउटा प्रतिष्ठित ब्रिटिश अवार्ड पाएको छ । नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले ग्रेट टेष्ट अवार्ड २०१९ पाएको हो । एकसय भन्दा बढी देशबाट प्राप्त १२ हजार ७७२ उत्पादनमध्ये नेपाली सुकुटीले टु स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले जानकारी दिए । सेफ, कुक, खानाका समीक्षक, रेष्टुरेन्ट व्यवसायी, पत्रकार, लेखक आदि गरि ५ सय जनाको निर्णायक मण्डलले उत्कृष्ट खाना छनौट गरेका थिए । ‘ग्रेट टेस्ट अवार्डमा पहिलो पटक प्रवेश गरेर टु स्टार पाउँदा म निकै खुशी छु’ ब्राण्ड निर्देशक नेपालले भने, ‘नेपाली उत्पादनलाई बेलायती समुदायले रुचाएको प्रमाण हो
More

गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोप क्षेत्रीय बैठकका निर्णयहरु

रोम । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरु जीवा लामिछाने, शेष घले, रामप्रताप थापा, युरोपस्थित नेपाली राजदूतहरु, संस्कृति पर्यटन र नागरिक उड्यन सचिव मोहनकृष्ण सापकोटा, प्रदेश १ का सांसद बसन्त बानियाँ, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, होटेल एशोसिएशन नेपालका अध्यक्ष सिर्जना राणा, उच्च अधिकारीहरु, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ युएई, कतार, एवम् युरोपका २२ राष्ट्रिय समन्वय परिषद्का गरी ३५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको १२ आँै युुरोपियन बैठक युरोपियन क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा इटालीको रोममा सम्पन्न भएको छ
More

विप्लव कार्यकर्ता कुवँर बुर्तिबाङमा पक्राउ

बागलुङ  – नेकपा विप्लव कार्यकर्ता हरी बहादुर कुवँरलाई प्रहरीले गिरफ्तार गरेको छ । बुर्तिबाङ बजारबाट पक्राउ गरिएका कुवँर, नेकपाका बागलुङ जिल्ला सदस्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानाकारी दिए । बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका कुवँरलाई, इलाका प्रहरी कार्यालय बुर्तिबाङले गत शनिबार आफ्नै निवासबाट पक्राउ गरेको हो । गत साउन १६ गते राति सरकारद्धारा प्रतिबन्धित, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरहरुलाई निशाना बनाएर आगजनी गरेको थियो । सोही क्रममा बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी गराएको आरोपमा, कुवँरलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका
More

कृषिमन्त्री खनालले स्वीकारे गल्ती

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकार गरेका छन्। जेष्ठ २१ गते प्रधानमन्त्री ओलीले सो विषयमा बोलेको तर त्यसको दुई दिनपछि मात्रै भारतीय दुतावासको पत्र दिएको भन्दै उनले गल्ती भएको स्वीकार गरे। आइतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने मन्त्री खनालले आफ्नो गल्ती स्वीकार गरेका हुन्। ‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नु भयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो हामीले,’ मन्त्री खनालको स्विकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो
More

‘हामीले उठाएका माग सम्बोधन नभएसम्म संसद अवरुद्ध जारी रहन्छ’: भुषाल

काठमाडौं । नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु हुने नभए अवरुद्ध जारी राख्ने स्पष्ट पारेकी छिन्। काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘हामीले उठाएका कुराहरु सम्बोधन भए भोलि बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौं ।’ उनले आफूहरु हिंसाको पक्षधर नभएको पनि स्पष्ट पारिन्। भुषालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भयो भने आफूहरु त्यसको विरोधमा उत्रिने बताईन्। उनले भनिन्, ‘हामी मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, प्रेस स्वतन्त्रताको पक्षमा छौं। संविधान विरोधी गतिविधि भए हामी त्यसको विरोध गर्छौं । यी सबै विषयहरु
More