Daily Archives 6th August 2019

एनआरएन इटलीद्धारा धन्यवाद ज्ञापन

रोम । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठक सफल पार्न सहयोग गर्ने सम्वन्धीत सबैलाई एनआरएन इटलीले धन्यवाद ज्ञापन गरेको छ । तीन दिन सम्म चलेको बैठकको बैठकलाई भव्य रुपमा सफल पार्न इटलीस्थित नेपाली समुदायले उल्लेख्य भूमिका खेलेको एनआरएन इटलिका महासचिव छविलाल कंडेलले जनाए । २५ भन्दा बढि देशमा आएका गैरआवासीय नेपालीहरुको स्वागतको लागि स्थानिय रोम समाजका अध्यक्ष हरि भक्त काराखेती, उपाध्यक्ष भावा मल्ल, कन्सिुलर पवल नुगरी, इन्स इटलि लगायतले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने पत्रकार, कलाकार, प्राविधीक, स्थानिय संघसँस्था, स्पोन्सरदाता लगायतलाई गैरआवासीय नेपाली संघ इटलीले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
More

बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौति गर्ने

लण्डन । बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताउनुभएकोे हो । “हामीले बैंकलाई पुन: संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले बताउनुभयो । उहाँले रोजगारी कटौति अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताउनुभयो । बेलायतले यूरोपेली यूनियन (इयू) बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ ।
More

भारतले धारा ३७० खारेज गरेकोमा पाकिस्तानको आपत्ति

इस्लामावाद । विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ । धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको हो । धारा ३७० मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने व्यवस्था थियो । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरेशीले भारतको यस कदमका बारेमा आफुहरूले छिट्टै नै पाकिस्तान भ्रमणमा आउने संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरुसँग छलफल गर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत् भारतीय पक्षको निर्णयको ‘भत्सर्ना’ का साथै यस कदमलाई ‘अस्वीकृत’ गर्छ भन्नुभएको छ । कुरेशीले काश्मिरबारे पाकिस्तानी
More

रोमबाट नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

रोम । नेपाल भ्रमण वर्ष २०२० युरोपको औपचारिक शुभारम्भ भएको छ। इटालीको रोममा शुक्रबार साँझ एक समारोहबीच पर्यटन प्रवद्धनको कार्यक्रमसहित शुभारम्भ भएको हो। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कार्यक्रमको उद्घाटन गर्दै नेपाल बिबिधतायुक्त देश भएकाले नेपाल पुग्न अनुरोध गरे। भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले भिजिट नेपालको उदेश्यबारे प्रकाश पार्दै प्रस्तुति राखेका थिए। उनले भिजिट नेपाल २०२० को उदेश्यबारे प्रकाश पारे। यसवर्षमा पर्यटकहरुले लिन सक्ने फाईदाका बारेमा पनि उनले जानकारी गराए। कार्यक्रममा पर्यटन सचिव मोहोनकृष्ण सापकोटा,होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष सृजना राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष डा. बद्री केसी, सपिलाराज भण्डारीलगायतले नेपालको पर्यटन प्रवद्धनबारे बोलेका
More

दिपक ओलीले एनआरएनएको सचिवमा उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा दिपक प्रसाद ओलीले सचिबमा मेरो उम्मेदवारी दिने भएका छन् । दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी’ भन्ने मूल नारासहित उनले सचिब पदमा उम्मेदवारी घोषणा गरेका हुन् । इजरायमा बस्दै आएका ओलीले उम्मेदवारी घोषणा गर्दै आफ्ना प्रतिबद्धता सार्वजनीक गरेका छन् । एनआरएन अभियानमा लामो समयदेखि सक्रिय ओली एनआरएन इजरायलको पूर्व अध्यक्ष समेत हुन् । ओलीले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि वढाउन हदैसम्मको दवाव सृजना गर्ने प्रतिवद्दता जनाएका छन् ।
More

युरोप क्षेत्रीय बैठकमा एनआरएन युकेको प्रभावकारी उपस्थिती

लण्डन । आइतवार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठकमा युकेबाट गएका प्रतिनिधीहरुले प्रभावकारी उपस्थिती देखाएका छन् । रोममा सम्पन्न बैठकमा गैरआवासीय नेपाली संघ (युके) को उल्लेख्य सहभागीता सहित जोडदार प्रस्तुती रहेको आइसीसी सदस्य रामशरण सिमखडाले जनाए । युकेबाट प्रतिनिधीत्व गर्ने प्रतिनिधीहरुले नागरिकताको निरन्तरता, लगानी लगायतको छलफलमा दरिलो उपस्थिती जनाए । दोहोरो नागरिकताको कार्यक्रम मोडिरेटर सल्लाहकार डा. हेमराज शर्माले गरेका थिए । सोही प्यानलिष्टमा उपाध्यक्ष कुल आचार्य थिए। लगानी सम्वन्धी शेसनमा मोहन गुरुङ, एलएन पाण्डे लगायतले बोलेका थिए ।एनसीसी रिपोर्टिंङ सेशनको संचालन रामशरण सिमखडाले गरे । सो अवसरमा एनआरएन युकेका उपाध्यक्ष ललित न्यौपाने रिपोर्टिंग प्रस्तुती गरेका थिए ।
More

भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन

लण्डन । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ। ६७ वर्षीय स्वराजको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एम्स अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ। स्वराजले ४ घण्टा पहिला मात्रै ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई बधाई दिँदै जीवनमा यही दिन हेर्ने प्रतिक्षामा रहेको प्रतिक्रिया दिएकी थिइन्। उनको ट्वीट भारत सरकारले जम्मू कश्मिरलाई दिइएको विशेष दर्जा खारेज गरेको तर्फ केन्द्रित रहेको थियो। केही वर्ष अघि किड्नी प्रत्यारोपन गराए पछि स्वराज मन्त्रालयको काममा सहभागी हुने काम कम हुँदै गएको थियो। यद्यपि उनले नरेन्द्र मोदीको सरकारमा रहेर विदेश मन्त्रालयमा रहेर छिमेकी राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्न सफल रहिन्। भारतीय जनता
More

तीन कर्मचारी घूससहित पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतसहित तीन कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका शाखा अधिकृत चन्दनकुमार अमात्य, मालपोत कार्यालय टीकापुर कैलालीका नायब सुब्बा सिहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई घूससहित पक्राउ परेका हुन् ।   अमात्य उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने नाममा सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ । कुँवर र पाण्डे भने जग्गा नापजाँच गरिदिएबापत सेवाग्राहीसँग लिएको ८ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारले तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ ।
More

नेकपाको कार्यालय सरकारी जग्गामा

प्रमुख सत्तारुढ दल नेकपाले सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । ‘भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बताएका छन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार प्रतिष्ठान सञ्चालनका लागि २०६३ मंसिर २१ गते सरकारी स्वामित्वको उक्त जग्गा भोगाधिकारका
More

गण्डकी प्रदेशलाई मन्त्रालय बढाएर १० पुर्‍याउन सुझाव

पोखरा : गण्डकी प्रदेशले मन्त्रालय संख्या ७ बाट बढाएर १० पुर्‍याउन सक्ने विज्ञ टोलीले सुझाव दिएको छ। नेपाल प्रशासानिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को टोलीले प्रदेशको कर्मचारी संगठन संरचना र दरबन्दी लगायत प्रभावकारी बनाउनेबारे अध्ययनसहित प्रतिवेदन पेस गरेको छ। उक्त प्रतिवेदनमा मन्त्रालय संख्या १० पुर्‍याउन सकिने सुझाव पनि आएको छ। प्रदेशले नै विज्ञ सम्मिलित टोली बनाएर सुझाव लिएको हो। स्टाफ कलेजका कार्यकारी निर्देशक पुण्य न्यौपानेले आइतबार  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए। नेपालको संविधान, अन्तर्राष्ट्रिय अभ्यास र प्रदेश सरकारको लक्ष्य र योजनालाई ध्यान दिएर प्रतिवेदनमा सुझाव पेस गरिएको न्यौपानेले बताएका छन्। सरकारी कार्यालयको संगठन संरचना र दरबन्दी हेरफेरसम्बन्धी सुझाव प्रतिवेदनमा छ।
More