Daily Archives 11th August 2019

एनआरएनए उपाध्यक्षमा सोनाम लामाले उम्मेदवारी दिने

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर दोस्रोसाता हुने निर्वाचनमा अमेरिका निवासी सोनाम लामाले उम्मेदवारी दिने भएका छन् । गैरआवासीय नेपाली संघका लामो समय सम्म सकृय लामाले साथीहरुको सहयोग र छलफलमा आफ्नो उम्मेदवार अघि सारेको वताए । अमेरिकामा ब्यबसाय गरिरहेका सोनाम लामा एनआरएनए अभियानमा लागेको १० बर्ष भइसकेको छ । आफ्नो जन्मभुमी नेपालप्रति बढी नै सम्बेदनशील देखिने लामा एनआरएनए अभियानका हरेक गबिधिमा संलग्न हुदै आएका छन् । एनआरएनए अमेरिकाको संयोजक भइसकेका लामा एनआरएनएको ९ औं विश्व सम्मेलन तथा अधिबेशनमा उपाध्यक्षको प्रत्यासी हुन लागेका हुन् । एनआरएनए यूरोप क्षेत्रको इटालीमा भएको क्षेत्रीय बैठकको अवसरमा विश्वभरीबाट सहभागी अग्रजहरुले लामालाई नेतृत्व
More

यस्ता छन् एनआरएन युकेका मतदाता (नामावली सहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार पहिलो चरणको मतदाता नामावली सार्वजानिक गरिएको छ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार समितिको बैठकको निर्णय अनुरुप आज ५ साँझ सार्वजनिक भएको हो । श्रेष्ठका अनुसार १३,८९० आवेदन मध्य १३ हजार ३ सय ५ जनाले सदस्यता पाएका छन् । उनीहरुले एनआरएन युकेको निर्वाचनमा भाग लिन र उम्मेदवार बन्न पाउने छन् । बाँकी सदस्यको प्रमाणिकरण पछि मतदाता नामावलीमा समावेश गरिने छ । निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिख आइतवार हुने छ । अगस्ट ११ आइतवार, साँझ ५ बजे
More

यूरोप र अमेरिकाका आकाशमा नेपाली जहाज उडाउने पर्यटनमन्त्री भट्टराईको घोषणा

लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पुर्याउने प्रतिवद्धता दोहोर्याएका छन्। मन्त्री भट्टराईले नेपाली विमानलाई युरोप, अमेरिकाको आकाशमा निर्वाध ढंगले उडान भर्नेगरी सम्वद्ध पक्षसँग तत्काल छलफल गर्ने पनि बताए। उनले अन्तराष्ट्रिय आकाशमा नेपालको विमानलाई उडान भर्न केही समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले सम्बन्धित देशसँग संवाद गर्ने पनि स्पष्ट पारे । मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सम्वद्ध सबै पक्षलाई केन्द्रित हुन पनि आह्वान गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै राजनीतिक दलका नेताहरुको प्रतिवद्धता लिने अभियानलाई पनि सरकारले अघि बढाउने
More

भ्रमण वर्ष लक्षित निगमको धमाधम परीक्षण उडान

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ । भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवम् व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो । भ्रमण वर्ष अभियानलाई सहयोग पु¥याउने उद्देश्यले निगमले आन्तरिक उडानलाई विस्तार तथा प्रभावकारी सञ्चालनका लागि परीक्षण उडान गरिरहेको निगमका सह–प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिनुभयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भ्रमण वर्षलाई लक्षित गर्दै निगमको कार्यकारी समितिलाई आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिनुभएको थियो । सोहीअनुरूप निगमले
More

राष्ट्रिय खेलकूद विकास विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको छलफलमा भाग लिने सांसदहरुले खेलकूदलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । सांसद डिला सङ्ग्रौलाले विधेयकमा सुधार गरिनुपर्ने बताउँँदै सातवटै प्रदेशमा ‘स्पोर्ट एकेडेमी’ स्थापना गरिनुपर्ने बताउनुभयो । खेलाडीको जिम्मा राज्यले लिए खेलकूद क्षेत्रको विकास हुने उहाँको भनाइ थियो । सांसद अमरेशकुमार सिंहले तनावपूर्ण जीवनलाई व्यवस्थापनका लागि खेलकूद अत्यावश्यक हुने गरी विधेयक सुधार गरिनुपर्ने बताउनुभयो । सांसद भरतकुमार शाहले खेलकूदका विषयगत सङ्घले विकासमा उल्लेख्य काम गर्ने गरी व्यवस्था गर्न माग गर्नुभयो
More

सार्वजनिक यातायात व्यवस्थापन विधेयक पेश

‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो विधेयक प्रस्तुत गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २९ गते १ बजे बस्नेछ ।
More

सुन किन्ने भन्दा बेच्ने बढे

नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफू संग भएको सुन बेच्ने गरेका छन् । अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको सगरमाथा सुनचाँदी पसल महेन्द्रपुल पोखराका सुरेन्द्र विश्वकर्माको भनाइ छ । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित
More

मानवसेवा आश्रमका अध्यक्ष अधिकारी वेलायतमा सम्मानित, लण्डनमा अन्तरक्रिया हुंदै

लण्डन । बेलायतको भ्रमणमा आएका मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्मान गरेको छ । बेलायत भ्रमणमा रहेका अधिकारीलाई शनिवार फानवरोमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको तर्फबाट प्रमुख संरक्षक डमर घलेले सम्मान गरेका हुन् । यसै बीच उनको सम्मानमा चितवन एड ट्रस्ट क्याट यूकेले एक कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो आइतबार ११ अगस्टको दिन दिउँसो १ बजेदेखि प्लमस्टिडको गेसो हलमा अधिकारीसंग अन्तरक्रिया गर्ने कार्यक्रम समेत छ । उक्त अवसरमा अध्यक्ष अधिकारीले मोटिभेसनल स्पिच दिने आयोजक क्याट यूकेका अध्यक्ष जिवन सेनले जानकारी दिए । नेपालमा सयौं असहायहरुको सेवा गरिरहेको मानवसेवा आश्रमका अध्यक्ष
More

आइसिसी सदस्यमा उम्मेदवारी दिने बांस्तोलाको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा बेलायतबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्यमा रमेश बांस्तोलाले उम्मेदवारी दिने घोषणा गरेका छन्। बाँस्तोलाले त्रिभुवन विश्वविध्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी पोखरा कलेज अफ टेक्नोलोजीको संस्थापक पनि हुन् । १७ वर्षदेखि बेलायतमा सपरिवार बसोबास गर्दै आएका बाँस्तोला ग्रेटर रेडिङ नेपाली कम्युनिटी, सहारा युके, पोखरेली मंच युके, यति एसोसिएसन युके लगायत विभिन्न संघसंस्थामा रही सामाजिक कार्य गर्दै आएका छन् ।
More

एनआरएन यूकेको उम्मेदवारी दर्ता १८ तारिख आइतवार (निर्वाचन तालिका सहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका सार्वजनिक भएको छ । आइतबार फार्नबरोस्थित भिलेज होटेलमा आयोजित जानकारीसभामा निर्वाचन समितिले उक्त तालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिख आइतवार हुने भएको हो । अगस्ट ११ आइतवार, साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध र सोहिदिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।
More

पत्रकार थपलिया पक्राउ

काठमाण्डौ । प्रहरीले लेखक तथा पत्रकार खेम थपलियालाई पक्राउ गरेको छ । बागबजारस्थित जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया पक्राउ परेका हुन् । प्रगतिशील लेखक संघ (प्रलेस)को काठमाडौं जिल्ला कार्यसमितिको बैठक चलिरहेको बेला थपलियालाई पक्राउ परेका हुन् । नेपाल प्रहरीको विशेष ब्यूरोले थपलियालाई पक्राउ गरेको हो । थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हुन्। यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनको तर्फबाट थपलियाले नै सरकारविरुद्ध विज्ञाप्ति जारी गरेका थिए। लामा पक्राउ परेपछि पनि थपलिया नियमित कार्यालय आउने गरेका थिए।
More

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि …

चितवन। देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ। सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन्। प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो। घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो। मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो। शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको
More

लेखक तथा पत्रकार खेम थपलिया पक्राउ

काठमाडौं : लेखक तथा पत्रकार खेम थपलिया बागबजारबाट पक्राउ परेका छन्। प्रगतिशील लेखक संघ (प्रलेस)सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया पक्राउ परेका हुन्। थपलियालाई पक्राउ गरिएको प्रलेसका उपमहासचिव आरसी न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए। ‘आज हाम्रो काठमाडौं जिल्ला कार्यसमितिको बैठक चलिरहेको थियो, यही क्रममा खेम थपलियालाई हत्कडी लगाएर लग्ने तयारी गरेको छ’, उनले भने। प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ। बैठकपछि प्रलेसको कार्यालयबाट बाहिर निस्किएका पधादिकारीलाई समेत प्रहरी केही समय शोधपुछ गरेको न्यौपानेले जानकारी दिए। नेपाल प्रहरीको विशेष ब्यूरोले थपलियालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक
More