Daily Archives 15th August 2019

दिपक श्रेष्ठले एनआरएन इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा उम्मेदवारी दिने

लण्डन । एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका चर्चित एनआरएन अभियन्ता दिपक श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलोपटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्ष पदको लागि श्रेष्ठ उम्मेदवार बन्न लागेका हुन् । यसअघि एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिएका श्रेष्ठ पछिल्लो समय उम्मेदवार नबन्ने मनस्थितिमा थिए । एनआरएन यूकेले हालै इंग्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । ‘म एनआरएनमा कुनै पद भन्दा पनि विशेष भुमिकाको खोजीमा थिएं । इंग्ल्याण्ड राज्यको अध्यक्षको रुपमा काम गरेर देखाउन धेरै ठाउँ
More

रवि लामिछाने पक्राउ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने पक्राउ परेका छन्। प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई न्युज २४ कार्यालयबाट पक्राउ गरेको हो। पुडासैनीको मोबाइल परीक्षणपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा पत्रकार लामिछानेकै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए। लामिछानेसहित उनकै टिमका पत्रकार युवराज कडेंललाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई चितवन लगिँदै गरिएको प्रहरीले जनाएको छ। लामिछानेमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षसम्मको जेल सजाय हुनेछ। नेपालमा आत्महत्या दुरुत्साहनको प्रावधानलाई गत वर्षको भदौ १ देखि लागू भएको नयाँ अपराध संहिताले
More

मृगौला पिडित सन्छारीलाई स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाको सहयोग

स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाले दुवै मृगौला फेल भएर उपचार गराइरहनुभएकी वालिङ ३ बुढाकोटकी सन्छरी गुरुङलाई सहयोग रकम हन्तान्तरण गरेको छ । समाजले दक्षिण कोरियामा रहेका नेपालीहरुबाट संकलित १ लाख ५२ हजार ५ सय ७ रुपैयाँ नगद विहिबार पिडित सन्छरी र उनका छोरा खुम बहादुर गुरुङलाई हन्तान्तरण गरेको हो । स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरिया समाजका सल्लाहकारद्धय डि.बि. गुरुङ र खुशी गुरुङ, संस्थापक सचिव धन गुरुङ, संस्थापक कार्यसमिति सदस्य प्रेम गुरुङ , बुढाकोट, खैरीचौर समाज पोखराका अध्यक्ष विष्णु गुरुङ, सल्लाहकार गणेश गुरुङ, सञ्चारकर्मी लोकेन गुरुङ, सहयोग संकलन अभियानका संयोजकको धर्मपत्नी उमा गुरुङ र बुढाकोट, खैरीचौर समाज
More

विद्यालयका कर्मचारीको मृत्यु भएपछि मनकामना माविमा तालाबन्दी

गोरखा : गोरखा नगरपालिका ९ र १० का स्थानीयबासीले मनकामना बहिरा माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्यामा विद्यालयको संलग्नता रहेको आरोप लगाउँदै बिहीबार तालाबन्दी गरिएको मृतकका आफन्त सुवास घिमिरेले जानकारी दिए। ‘करिब पाँच सय जनाको समूहमा आएका स्थानीयबासीले विद्यालयमा ताला लगाएका हौं’, उनले भने। तालाबन्दीपछि स्थानीयबासीले ‘हत्या गर्न पाइँदैन, बहिरा संघ खारेज गर, विद्यालय व्यवस्थापन समिति खारेज गर’जस्ता नारा लगाएका थिए। ५० बर्षका कर्मचारी घिमिरेको गत मंगलबार बिहान आठ बजेतिर विद्यालयबाट करिब एक सय मिटर पर शव भेटिएको थियो। सोमबार राति छात्राबासमा रहेका विद्यार्थीलाई खाना खुवाएर नजिकै रहेको आफ्नो घरमा सुत्न जाने क्रममा घिमिरे बेपत्ता भएका थिए।
More

सुरु भयो रिजन अफ रिया

काठमाडौं । नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । यो चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गरियो । मुहुर्तसँगै बिहिबारबाटै यो फिल्मको छायाँकन सुरु गरिएको छ । यो चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्दैछन् । काठमाडौंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ । काठमाडौं पछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा
More

लेक लागेर मृत्यु

पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो । समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिनुभयो । रासस
More

तारादेवी र पुकार गुरुङ्ग स्ट्रङ्गेष्ट खेलाडी घोषित

नेपाल पैहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ्ग नेपाल स्ट्रङ्गेष्ट तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट्र खेलाडी घोषित भएका छन् । उनीहरुले स्ट्रङ्गुष्टको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे । पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा महिला तर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए । उदियमान खेलाडीमा पुरुष तर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर घोषित भए । बुधबार ढिलोगरि सम्पन्न भएको प्रतियोगिताको पुरुष १०९ केजी माथिको तौलमा स्ट्रङ्गेष्ट खेलाडी सेनाका पुकारले तीनै विधामा राष्ट्रिय किर्तिमान कायम
More

बेलायतमा ट्राफिक छल्न प्यारामिटर ग्लाइडरको प्रयोग

ट्राफिक जाममा फस्दा धेरै मानिस अफिस पुग्ने छरितो विकल्प विकास होस् भन्ने चाहना गर्छन् । इंग्ल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडो–ब्रुनोले यस्तै एउटा विकल्प प्रयोग गरिरहेका छन् । उनी प्याराग्लाइडरलाई सुधार गरेर निर्माण गरिएको उपकरणमा उडेर घरदेखि कार्यालयसम्म जान्छन् । टमले उडानको लागि एउटा इन्जिनवाला प्याराग्लाइडर प्रयोग गरिरहेका छन् । उड्नु अघि टम आफ्नो पिठ्यूमा एउटा ठूलो जालिदार घेरा र प्यारामोटर ग्लाइडरसँग जोडिएको एउटा पट्टी बाँध्छन् । त्यसपछि उनी काँधको माथिबाट डोरी तानेर मोटर चलाउँछन् । मोटर चल्नासाथ टमको पिठ्यूको ठूलो पंखा घुम्न थाल्छ । त्यसपछि टम फराकिलो खुल्ला मैदानमा दौडिन शुरु गर्छन् । १०–१२ कदम दौडैपछि उनी आफ्नो दुवै खुट्टा
More

आजको सुनको भाउ

आज सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहिबार तोलामा १२ सय रुपैयाँले बढेको हो । यस्तै तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलामा ८४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
More

एकदिवसीय क्रिकेट सिरिज भारतले जित्यो

कप्तान विराट कोहलीको सानदार शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको हो । वर्षाको कारण अवरुद्ध भएपछि खेल ३५ ओभरमा झारिएको थियो । भारतले ३५ ओभरमा जितको लागि दुई सय ५५ रनको लक्ष्य पाएको थियो । भारतले ३२.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । भारतको जितमा कप्तान विराट कोहलीले अविजित एक सय १४ रन बनाए । सानदार शतक प्रहार गर्ने क्रममा कोहलीले ९९ बलमा १४ चौका हानेका थिए ।
More

अस्ताए मदनमणि दीक्षित

काठमाडौं : वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। पत्रकार कनकमणि दीक्षितले बिहीबार बिहान दीक्षितको निधन भएको ट्‍विटरमा लेखेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन्। उनी ९७ वर्षका थिए। दीक्षितले ‘माधवी’ उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। यही साल यो कृतिले साझा पुरस्कारसमेत पाएको थियो। २०१४ सालदेखि पत्रकारिता थालेका मदनमणि दीक्षितले ३९ वर्षसम्म सक्रिय पत्रकारितामा आफूलाई भिजाए । उनको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालभरि शासकहरूको बक्रदृष्टिमा परेको थियो । उनको पहिलो रचना ‘कसले जित्यो कसले हार्‍यो’ कथा  वि.सं. २०१९ मा ‘रूपरेखा’ मा प्रकाशित भएको थियो। उपन्यास, कथासंग्रह, संस्मरण, निबन्ध जस्ता उनका थुप्रै कृति प्रकाशित छन्। उनका मुख्य कृतिमा माधवी (उपन्यास, २०३९),
More

आज देशभर जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म
More