Daily Archives 18th August 2019

‘कैदीको पत्र’मा डा. राजदूत सुवेदी (फोटो फिचर)

लण्डन । साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथी आधारित रहेर यतिबेला फिल्म छायाँकन भइरहेको छ । २६ जुलाईबाट बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’ को निर्देशन बैराग आफैले गरेका छन् । त्यति मात्रै होइन फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी स्वयमंले लेखेका छन् । अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन्
More

एनआरएन बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमको आइतवार सम्पन्न साधारणसभामा सुवेदीको एक मात्र उम्मेदवारी परे पछि सर्वसम्मत भएका हुन् । कार्य समितिको उापध्यक्षमा अनुजा प्रधान आङमाया लामा, खद्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले , नारायण सिलवाल र महिला उपाध्यक्ष हरी भट्टराई चयन भए । संघको आईसिसी सदस्यमा सुबाश जोशी र कमल पन्थी निर्विरोध भएका छन् । महासचिबमा तिर्थ धमला, सचिबमा कर्ण अधिकारी, जनक सुबेदी र दिपक न्यौपाने छन भने कोषष्ध्यक्षमा प्रकाश गिरी, सहकोषाध्यक्षमा जिबन शर्मा, महिला सन्योजकमा शुशिला खतिवडा, युबा सन्योजकमा काशी दनाइ, सदस्यहरुमा कुलबहादुर कार्की लुभेन,
More

एनआरएन युकेको ७४ पदमा १ सय भन्दा बढी उम्मेदवारी, गुरुङ र सुनार बीच प्रतिस्पर्धा (उम्मेदवारको नाम सहित भिडियो)

लण्डन । गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । अल्डरशटस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरुले आआफ्नो मनोनयन दर्ता गरेका हुन् । अध्यक्षका प्रत्यासी पुनम गुरुङ र शेर वहादुर सुनारले आफ्नो उम्मेदवारी दर्ता गरे । यस्तै महासचिवमा पत्रकार फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्षमा प्रेम गाहामगर, सुनिल खड्का, धन बहादुर सार्की, पशुपति पोखरेल, रोजिना प्रधान राई (महिला), कमल पौडेल लगायतले उम्मेदवारी दर्ता गरेका छन् । ७ आइसीसी सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको छ । महिला संयोजकमा प्रसुना कँडेल र क्षमता ढकालले उम्मेदवारी दर्ता गरेका छन्
More

एनआरएनए क्यानडाको नयाँ नेतृत्वमा घिमिरे

टोरोन्टो। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) क्यानाडाको नयाँ नेतृत्वमा चिरन्जिवी घिमिरे चयन भएका छन्। टोरोन्टोमा सम्पन्न संघको १२ औं राष्ट्रिय महाधिवेशनले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। २०१७–०१९ कार्यकालमा महासचिवको जिम्मेवारीमा रहेका घिमिरे पेशाले नर्स हुन् । करिव एक दशकदेखि स्थायी रुपमा क्यानाडा बस्दै आएका घिमिरे गुल्मीका हुन्। यस्तै महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष हेमन्त थापा (उज्वल), अर्जुन कुमार बिके र विजय पौडेल, महासचिव पिताम्बर भट्टराई , सचिव फडिन्द्र श्रेष्ठ, कोषाध्यक्ष सरोज भट्टराई छन्। त्यस्तैगरी निर्वाचित एनसीसी सदस्यहरूमा नेत्र खतिवडा (दिनेश), तुला भट्टचन देवेन्द्र सुवेदी, सुशील दोरङा रहेका छन् । निर्वाचन
More

अटोमेटिक पेस्तोल तथा गोली सहित पक्राउ

चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित ललितपुर कोन्ज्योसम गाउँपालिका(२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा।२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । साथै लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ
More

सुनको भाउ तोलामा ७१ हजार

काठमाडौं– साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ५०० मा कारोबार भएकोमा आइतबार घटेर ७१ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ । चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा ८४० मा कारोबार भएको थियो ।
More

एनआरएन स्वीडेनको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ

स्वीडेन : गैर आवासीय नेपाली संघको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनुएको छ । महासचिवमा भने राजकुमार ओमशन निर्वाचीत हुनुभएको छ । महासचिवव बाहेक सबै पदमा निविरोध निर्वाचीत भएको हो । आज सम्पन्न अधिवेशनबाट महासचिवमा ओमशनले ११३ प्राप्त गरि विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी अनिल सापकोटाले ४१ मत प्राप्त गर्नुभयो । जम्मा १५४ जनाले मतदान गरेकोमा कुनै पनि मत बदर भएन् । निर्वाचन समिति संयोजक शिव कुमार चम्लागाँइका अनुसार आइसिसी सदस्यमा अर्जुन कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनुभयो । त्यस्तै, अन्य निर्विरोध निर्वाचीत हुने उपाध्यक्षमा धनश्याम पुन, सचिव प्रमोद अर्याल, कोषाध्यक्ष सरीता ढकाल, युवा संयोजक भीम बहादुर भण्डारी, महिला संयोजक
More

नेकपामा शक्तिशाली बने वामदेव

काठमाडौं – नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बन्नेछन्। दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको
More

चलायमान बन्दै नेकपा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै विभाग, सातै प्रदेश कमिटीको पूर्णता र जनसंगठनको नेतृत्व टुंग्याएसँगै अब पार्टी चलायमान हुने देखिएको छ । लामो समयदेखि पार्टीका संगठनमा जिम्मेवारी तोकिन नसक्दा र विचारको बहस नहुँदा नेता कार्यकर्ता बेरोजगार थिए । जसका कारण कार्यकर्तादेखि नेतासम्ममा आक्रोश सिर्जना हुँदै आएको थियो । नेकपाले आफ्ना सबै महŒवपूर्ण निकायमा नेताहरूलाई जिम्मेवारी दिएसँगै अब केन्द्रदेखि जिल्लासम्ममा पार्टीका गतिविधि समेत क्रियाशील हुनेछन् भने नेता तथा कार्यकर्तामा देखिँदै आएको आक्रोशसमेत मत्थर हुने विश्वास आम कार्यकर्ताले गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीयस्तरमा गठन भएका सबै विभागमा प्रमुख र उपप्रमुख टुंग्याएको थियो ।
More

बालुवाटार जग्गा प्रकरण : किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् । विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको छ । पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक खडा गरिदिएको भेटिएको थियो । जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो । त्यही
More

पर्यटन मन्त्री भट्टराईलाई खुलापत्र…

माननीय मन्त्रीज्यू अभिवादन ।   माननीयज्यू, नेपाली समाजमा एउटा किस्सा छ  ‘बूढी दसैंको कुरा गर न, खाए जस्तो हुन्छ।’ साँच्चै माननीयज्यू केही दिनदेखि सञ्चार माध्यमले तपाईंको नाम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीका रूपमा लिँदा मलाई त्यस्तै सुखद अनुभूति भएको छ। माननीयज्यू, मन्त्री हुनुभन्दा अगाडि तपाईंले राष्ट्र र नागरिकलाई केन्द्रमा राखेर गरेका भूमिकाहरूले तपाईंप्रतिको आशा र विश्वास नागरिक तहमा उच्च छ। भनिन्छ, मानिसको ल्याकत र नियत अवसरमा रहँदा परीक्षण गर्न सकिन्छ। मलाई आशा मात्र होइन तपाईंप्रति भरोसा छ। अधिकांश राजनीतिज्ञहरूमा प्रतिवद्धता र व्यवहारबीच दसौं कोसको दूरी रहने प्रवृत्तिको अनुभूति गरिरहेका नागरिकलाई  सुधार भएको अनुभूति दिलाउनु हुनेछ। माननीयज्यू, तपाईं काम र
More

के हो आत्महत्या दुरुत्साहन ?

काठमाडौँ – गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय । उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ । छिमेकी मुलुक भारतलगायत देशमा यस्तो व्यवस्था पहिलेदेखि नै छ । नेपालमा भने यस्तो कानुन भर्खरभर्खरै बनेको र यसबारे सर्वोच्चले कुनै नजिर पनि प्रतिपादन गरिसकेको छैन । त्यसैले कस्ता घटनालाई आत्महत्याको दुरुत्साहन मान्ने र कस्तालाई नमान्ने भन्ने द्विविधा छ । सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन आरोपमा टीभी कार्यक्रम
More

गङ्गटो हैन कमिलोजस्तै बनौँ : मन्त्री पण्डित

गलकोट । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् । “गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उनले भने, “अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।” उनले कम्युनिष्ट विचार बोकेका मानिस भीडको पछि नलागी असल कार्य गर्न लाग्न सुझाव दिए । “अहिलेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र हैन”, मन्त्री पण्डितले भने, “यो त कम्युनिष्टको पनि
More

कुर्सी जाने डरले प्रधानमन्त्री थर्थर कामिरहेका छन् : बाबुराम

गोरखा : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकोप्रति आपत्ति जनाएका छन्। समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा बोल्दै नेता भट्टराईले राष्ट्रप्रमुखले आफ्नै देशको अस्पतालको विश्वास नगरेर विदेशमा औषधोपचार गर्न गएको भन्दै आलोचन गरे। ‘यस्तो सुन्दर देश छ, यहीँ नै राम्रो, भरपर्दो अस्पताल बनाउने, आफूले पनि यहीँ उपचार गर्ने, अरुलाई पनि स्वदेशकै अस्पतालमा उपचार गर्न प्रोत्साहन गर्नुपर्नेमा सामान्य चेकजाँचका लागि पनि हाम्रा देशका सरकार प्रमुख विदेशमा स्वस्थ्य चेकजाँच गर्न जान्छन्। यस्ता सरकार प्रमुखबाट जनताले के अपेक्षा गर्ने ?’ भट्टराईले भने, ‘पन्ध्र अर्बले नेपालमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउन सकिन्छ, तर
More