Daily Archives 19th August 2019

घुस लिएको आरोपमा गोङ्गबुमा कार्यरत चार प्रहरी जवान समातिए

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ । प्रहरी जवान बलायर र साउदलाई जनही रु एक÷एक लाख बिगो माग गर्दै आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
More

पुलिसलाई कुटपिट काण्डमा पारसले मुख खोले

काठमाडौं– पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । विमानस्थलको सुरक्षामा खटिएका एक सईलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई झण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागेँ ।’ उनले अगाडि भनेका छन्, ‘त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ, मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरेँ । यो कुराको छिनोफानो गर्न म नेपाली जनतालाई दिन्छु ।’ यसैबीच प्रहरीले
More

एनआरएनए मुख्यालयमा राष्ट्र बैंकको कार्यालय

काठमाडों । बालुवाटारमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को मुख्यालयमा नेपाल राष्ट्र बैंकले आफ्‍नो कार्यालय स्थापना गरेको छ। राष्ट्र बैंकको महत्वपूर्ण इकाई मानिने वित्तीय जानकारी ईकाई एनआरएनएको भवनमा गत आइतबारदेखि स्थानान्तरण गरिएको हो । यस अगाडि यो कार्यालय राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमै थियो । २०७२ सालमा गएको महाभूकम्पका कारण राष्ट्र बैंकको बालुवाटारमा रहेका भवनहरूमा क्षति पुगेको थियो । अहिले पुनर्निर्माणको काम भइरहेको अवस्थामा समस्या भएपछि एनआरएनएको भवन भाडामा लिएर राष्ट्र बैङ्कले आफ्‍नो इकाईलाई सारेको जनाएकाे छ ।
More

रबि लामिछानेको समर्थनमा गायक तिलकको गीत ‘चाहे हान छातिमा गोली’ (भिडियो)

काठमाडौं । चर्चित तथा लोकप्रिय पत्रकार रबि लामिछानेको समर्थनमा देशका खिबभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातिमा गोली’बोलको गीत सार्वजनिक गरेका छन् । पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागी भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुतीमा यो गीत तयार पारिएको हो । गीतमा गायक तिलकको स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन् । गीतको बिषयमा बोल्दै गायक तिलकले पत्रकारहरु प्रोत्साहनका लागी आफूले यो गीत ल्याएको बताउँछन् । ‘देशको चौथो अंगको रुपमा लिइने पत्रकारले सत्य तथ्य बाहिर ल्याउन पाउनुपर्छ । यो गीत सम्पुर्ण पत्रकारिता जगतकै लागी तयार पारिएको हो । ’
More

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं। सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ । आइतबार पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
More

दर्ता नभएका औषधी बिक्री वितरण गर्न रोक

औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको हो । विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।
More

जनताको शासनविरोधी क्रियाकलाप गर्नेहरु नहौसिए हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराउनुभएको छ । “सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्वहरु बढि हौसिएको देखिन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुन्छ ।” प्रधानमन्त्रीले प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि आग्रह गर्नुभयो । “प्रधानमन्त्री लगलग कामेका छन्, प्रधानमन्त्री जाने भए भनेको सुनेँ । पद नगएको राजा, महाराजा प्रधानमन्त्री
More

रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्यो, एसएसपीविरुद्ध लेख्नेपनि समातिए

आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरेले सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनले प्रहरी परिसर काठमाडौंमा आफ्नो श्रीमानको आत्महत्यामा तीनै जना दोषी रहेको दाबी गर्दै अनुसन्धानका लागि जाहेरी दिएकी हुन् । यता प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीविरुद्ध सामाजिक सञ्जालमा अमर्यादित र भ्रामककुरा लेखेको आरोपमा रिदम बिसी भनिने शंकर बिक पक्राउ परेका छन् । उनले सञ्चारकर्मी ‘रवि लामिछानेलाई फसाउने भ्रष्ट पुलिस यही हो’ भन्दै फेसबुकमा लेखेका थिए । उनलाई अछामबाट पक्राउ गरी काठमाडौं झिकाइएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
More

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं – वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/०७६ मा ९५ करोड ८४ लाख ठगी भएको हो। अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो। व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ। ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ। वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन। वैदेशिक रोजगार विभागका अनुसार गत आवमा ठगीमा परेको भन्दै दुई हजारभन्दा बढी उजुरी परेका छन्। विभाग स्रोतका अनुसार दुई हजार ७९ उजुरीमा ९६ करोड रुपैयाँ
More

राजपा रणनीति : पहिले ध्यानाकर्षण, नभए सडक संघर्ष

काठमाडौँ — संघीय संसद्‌मार्फत दिएको दबाबले सरकारलाई नछोएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन लगायत मुद्दालाई सडकमा लैजाने घोषणा गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एक साताभित्र माग पूरा गराउन ध्यानाकर्षण गराउने बताए । ‘त्यसपछि पनि माग पूरा गर्ने प्रक्रिया अघि बढाइएन भने आन्दोलनमा जान्छौं,’ उनले भने । राजपाले ५ महिनाअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनमा जाने घोषणा गरेको थियो । कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएलगत्तै राजपाले समर्थन फिर्ता लिएको थियो । कान्तिपुरमा खबर छ ।
More

‘भगौडा सैनिकलाई जेल हाल्नु संविधानविपरीत’

काठमाडौँ — सशस्त्र द्वन्द्वमा तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादीमा लागेकाहरूलाई सैनिक अदालतले जेल सजाय गर्न थालेकोप्रति सत्तारूढ नेकपाले गम्भीर असन्तुष्टि प्रकट गरेको छ । पार्टीका प्रमुख सचेतक देव गुरुङले आइतबार प्रतिनिधिसभामा गोरखा, आरुघाट–९ का शक्ति गुरुङलाई सैनिक अदालतले १० वर्ष जेल सजाय सुनाएकामा विरोध जनाए । उनले यो कदम संविधान र शान्ति सम्झौताविपरीत भएको दाबी गरे । भागेको १३ वर्षपछि पक्राउ गरिएका गुरुङलाई गत साउन १२ मा जेल सजाय तोकिएको हो । ‘सैनिक अदालतको यो कदम संविधानविपरीत छ,’ गुरुङले भने । उनले ८ महिनाअघि पक्राउ परेका भगतलाल नामका माओवादी लडाकुलाई समेत थुनामा राखी सैनिक अदालतमा मुद्दा चलाइएको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।
More

नायिका शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश

काठमाडौँ — सर्वोच्च अदालतले बहुविवाहसम्बन्धी मुद्दामा नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश दिएको छ । जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । शिल्पाले त्यसविरुद्ध दिएको निवेदनलाई अस्वीकार गर्दै उच्च अदालत पाटनले जिल्लाकै आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध शिल्पाले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले आइतबार उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि शिल्पा भदौ १५ गतेसम्म पक्राउ पर्ने छैनन् । शिल्पाको निवेदनमा अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने सम्बन्धमा छलफलका लागि सर्वोच्चले भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ । दुवै पक्षसित छलफलपछि शिल्पालाई पक्राउ
More

‘चिहानको हड्डी फुकेर कुनै संस्था फर्किन्न’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यास पूर्ण र परिपक्व रूपमा कार्यान्वयनमा नआउँदै कतिपय अवाञ्छित तत्वहरू कमजोर बनाउन सक्रिय रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा विशेष समय लिएर सम्बोधन गर्दै उहाँले संविधानसम्मत र संवैधानिक दायराका विषयलाई सरकारले सम्मान गरे पनि प्रणाली उल्ट्याउँछु भन्ने विषय सरकारलाई मान्य नहुने बताउनुभएको हो । प्रणाली उल्ट्याउने सपना देख्ने तत्व सफल नहुने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । केही प्रतिगामी तत्व सडकमा आउँदैमा सरकार जिम्मेवारीबाट नभाग्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन संस्था र शक्तिहरूको कुरा गर्छन् मानिसहरू, ती शक्तिहरू ज्यूँदै हुँदा हामीले ठेगान लगाएका हौँ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था
More

‘विद्युतीय चुहावटलाई न्यूनीकरण गर्ने महाअभियानमा लागिरहेका छाैँ’:घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्। प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आईतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतिहरुको सामना गर्दे जाने विश्वास पनि व्यक्त गरे। उनले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतीकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहेपनि सबैको सहयोग र सहकार्यमा संभव गराउन सकिने विश्वास व्यक्त गरे। सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उनले स्पष्ट पारे। गत आर्थिक बर्षमा
More

मेलम्चीको काम ९ महिनादेखि ठप्प, सधैं सरकारको आश्वासन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन ।   ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । ‘मेलम्चीको ठेकेदार पो भागेको हो, सरकार भागेको होइन,’ उनले भने, ‘यस्तो कहिलेकाहीँ भइहाल्छ, अलि ढिलो भयो, हामी पानी ल्याउँछौं, विकासको काम छिटो गर्छौं,’ उनले भने । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै काम छाडेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ । त्यसयता प्रधानमन्त्री ओलीले मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउने प्रतिबद्धता
More

विदेश जाने चक्‍करमा ठगिए सात युवा

विराटनगर : पैसा कमाउनका लागि विदेश जाने चक्‍करमा रुमलिएका सुनसरीको हरिनगरा गाउँपालिका-४ का सात युवा ठगिएका छन्। १९ देखि ३५ वर्ष उमेर समूहका गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल ठगिएका हुन्। आकर्षक कमाईका लागि दुवई पठाइदिने भनेर हरिनगरा-४ कै ३५ वर्षीय गिरेन्द्र साहले ठगी गरेको भन्दै युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन्। कार्यालयले साहका नाममा पक्राउ पुर्जी जारी गरेको छ। ठगीमा पर्नेहरुको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको पाइएको कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए। उनका अनुसार सातजना युवासँग ११ लाख ९० हजार रुपैयाँ उठाएर ठगी गरिएको छ।’पारिवारिक आर्थिक
More