Daily Archives 20th August 2019

व्यवसायी रन्जिता मल्ल एनआरएन युकेको सचिवमा उम्मेदवार

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव (महिला) पदमा रन्जिता मल्लले उम्मेदवारी दिएकी छन् । नेपालीहरुको बाक्लो उपस्थिती रहेको अल्डरशट क्षेत्रमा सकृय व्यवसायी मल्लले १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेकी हुन् । सन् २००८ देखी वेलायतमा बस्दै आएकी मल्ल आइटी इन्जिनियर हुन् । उनले नेपालमा महाभूकम्प गएको वेला गोर्खा, लम्जुङ, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ लगायतको जिल्लामा संघका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा राहत वितरण कार्यमा सकृय भुमिका निर्वाह गरेकी थिइन् । ग्रेटर रसमुर नेपाली कम्युनिटीकी उपाध्यक्ष समेत रहेकी मल्ल विभिन्न च्यारिटी कार्यमा समेत संलग्न छन् । नेपाली कोअपरेटीभ इन्भेस्टमेन्ट (एनसीआई) लिमिटेडको निर्देशक समेत रहेकी मल्लले नेपालमा रियल स्टेड, कृषि
More

दिपक श्रेष्ठले दिए एनआरएन इंग्ल्याण्ड राज्य परिषद अध्यक्षमा उम्मेदवार

लण्डन । एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका चर्चित एनआरएन अभियन्ता दिपक श्रेष्ठले उम्मेदवारी दिएका छन् । आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलोपटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्ष पदको लागि श्रेष्ठ उम्मेदवार बनेका हुन् । एनआरएन यूकेले हालै इंग्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । इंग्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रास रुटसम्म पुर्याउने, स्वस्र्फुत रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।
More

एनआरएन युके निर्वाचनः गुरुङको उम्मेदवारी खारेज

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार सचिवका उम्मेदवार भाग्यनारायण रायले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पाँच उम्मेदवारमध्ये अझै चार उम्मेदवार दुई सचिव पदका लागि प्रतिस्पर्धामा बाँकी छन् । मंगलवार बसेको निर्वाचन समितिको बैठकको निर्णय अनुसार युवा संयोजक हेमकुमार गुरुङको उमेर हद पार गरेको भेटिए पछि उम्मेदवारीे उम्मेदवारी खारेज भएको हो । गुरुङको उम्मेदवारी खारेजी पछि नवीन गुरुङ र तिर्थवहादुर मल्ल अनिल) ले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । दावी बिरोध परे पनि एनआरएनए यूके उपाध्यक्ष पदका प्रत्यासी सुनिल खड्का र आइसीसी सदस्य योग कुमार
More

भ्रामक र झुट समाचार प्रति विश्वास नगर्न सगुनको अपिल

लण्डन । अमेरिकाबाट संचालित सोसियल मिडिया वेवसाईट सगुनले विभिन्न अनलाइनमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । सगुनले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालबाट गैरकानुनी रुपमा संचालित केही वेवसाइटले ‘सगुनको कमालः हतारमा विश्वास गर्दा बेलायतमा सयौं नेपाली यसरी ठगिए’ शिर्षकमा प्रकाशन भएका समाचार झुटमा आधारित र व्यक्तिगत जीवनलाई नकरात्मक असर पु-याउने हेतुले अभिप्रेरित भएको भन्दै सो समाचारको खण्डन गरेको हो । सगुनले गैरआवासीय नेपाली संघ युकेका पूर्वअध्यक्ष तथा सगुनका सल्लाहकार सूर्य गुरुङप्रति लक्षित गरि प्रकाशन गरिएका समाचारहरु सगुनप्रति भम्र सिर्जना गर्न र सूर्य गुरुङको व्यक्तिगत जीवनलाई नकारात्मक असर पु-याउने हेतुले अभिप्रेरित भएको, सत्य तथ्य नबुझी झुटमा आधारित भएको देखिएकोले
More

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थपियो

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो । .
More

नेकपा सचिवालय बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । मङ्गलबार दिउसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ ।
More

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर- आफ्नै श्रीमती ३० वर्षीया मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-५ बस्ने तिर्थ आले मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका क्रममा तिर्थ आलेको कुटपिटबाट घाइते श्रीमती मन्जु पुलामीको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा मृत्यु भएकोले ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले आलेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । श्रीमती र छोरालाई तेल छर्की आगो लगाएको अभियोगमा पक्राउ धादिङ- आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा सिद्धलेख गाउँपालिका-१ धारापानी बस्ने जिवेश लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको
More

नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुन्छ: डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् । उनले भने,‘बैठक राम्रो र सकारात्मक हुन्छ ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको सुनाए । यद्धपी उनले कतिपय विषयहरु समाधानउन्मुख रहेका पनि जिकिर गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र
More

काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।” व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गर्नुभएको छ । काश्मिर मामिलामा परिस्थिति नराम्रो भएपनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ । यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु
More

पचास पदका लागि रु ४० करोड खर्च

निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ । गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले रु ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि
More

छोरा जन्माउने आशै आशामा १३ सन्तान

छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिनुभएको छ । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिनुभएको हो । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो । “समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ”, उहाँले भन्नुभयो ।
More

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक छ भन्नुभयो । बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक
More

रक्सी खाएर हल्ला गर्नेलाई दस हजार जरिवाना

स्थानीय सरकारहरू अचेल रक्सी नियन्त्रण गर्न ‘कडा’ रूपमा प्रस्तुत भइरहेका छन्। सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमुल गाउँपालिकाले ‘मदिरा सेवन कार्ड’ बनाएको छ। एक दिन पाहुना हुन गेका व्यक्तिले पनि रक्सी खानुपरे दुई सय रूपैयाँ तिरेर ‘अतिथि मदिरा कार्ड’ लिनुपर्छ। जति चाह्यो त्यति पिउन पनि पाउँदैनन्। यस्तै नियम कर्णाली प्रदेशस्थित रूकुम पूर्वले पनि लागू गरेको छ। आठबीसकोट नगरपालिकाले मदिरामुक्त नगरपालिका बनाएको हो। नगरपालिकाको जेठ ९ गतेको नगरस्तरीय बैठकले मदिरा खाएर हो-हल्ला तथा झगडा गर्ने होस् या मदिरा बिक्रीवितरण गर्नेलाई, जरिवाना तोकेको छ। रक्सी नियन्त्रण गर्ने अभियानलाई नगरपालिकाले सबै वडामा पुर्‍यायो। टोलटोलमा सभा भए। गाउँका महिला तथा बालबालिकाले नगरपालिकाको अभियानलाई साथ दिए। कर्णाली
More

ढोरपाटन सम्मान २०७६ गौचनलाई प्रदान

बागलुङ  – ढोरपाटन राष्ट्रिय दैनिक १७ औं वर्षमा प्रवेश गरेको छ । ढोरपाटन संचार प्रालि पत्रिकाको प्रकाशक हो । पत्रिकाको १६ औँ वार्षिकोत्सव तथा संघीयतामा समृद्धि विषयक बहसको आइतबार सूचना,संचार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । पत्रिकाले वार्षिकोत्सवको उपलक्ष्यमा संघीयता र समृद्धिका विभिन्न आयामहरु समेटेर एक विशेषांक प्रकाशन ग¥यो । प्रकाशन संस्थाका अध्यक्ष तथा पत्रिकाका सम्पादक हरिनारायण गौतमले विशेषांकले संघीयताको सफल कार्यान्वयनसँगै समृद्धिका विभिन्न विषयहरुको उठान गरेको जनाउँदै सरोकारवालाहरुबीच यो विषयमा गम्भीर बहसको थालनी हुनुपर्नेमा जोड दिए । बागलुङसँगै पोखराबाट पनि प्रकाशन थालेको ढोरपाटनको विशेषांकमा गण्डकी प्रदेशका समृद्धिका आधार, संघीयताका विभिन्न पक्षहरु समेटिएको छ ।  कार्यक्रममा ढोरपाटन दैनिकले बागलुङमा २००८
More

स्वास्थ्य सेवाका समायोजन प्रक्रिया छिटो सम्पन्न हुन्छ : मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह÷उपसमूहमा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा सम्पन्न हुने जनाएको छ । कर्मचारी समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्ने गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । “समायोजन तथा पदस्थापनसम्बन्धी कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखि कार्य अगाडि बढाइरहेको छ । वर्षात तथा विपद्को सयममा खटिएका स्थानमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा लागि रहन सबै तहका कर्मचारीलाई पुनः यसै सूचनाद्वारा स्मरण गराइन्छ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा पद, नाम तथा स्तरवृद्धि सम्बन्धमा समायोजन प्रक्रिया सम्पन्न हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
More

संसद्को गाडी खरिद प्रकरण : समितिले माग्यो सम्पूर्ण कागजात

काठमाडौँ। सङ्घीय संसद्का सभापतिहरूका लागि भएको गाडी खरिदको विषयमा छानबिन गर्न गठित समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरेको छ । समितिको सोमबार बसेको पहिलो बैठकले खरिद प्रक्रियाका कागजात सङ्घीय संसद् सचिवालयसँग माग गरेको हो । सोमबार नै सबै कागजात उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन पनि दिएको छ । नयाँ गाडी खरिदपछि हस्तान्तरणको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो । छानबिन समिति संयोजक एवं राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले खरिदसम्बन्धी सबै कागजात माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले खरिद प्रक्रियाका सबै कागजात
More

नेकपामा नयाँ समीकरण

काठमाडौं –सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार ९केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल० भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो। बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ। सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै
More

कर्मचारीको उमेर हद ६० वर्ष

काठमाडौं – निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो। अहिले उमेर हद ५८ वर्ष छ। विधेयक संसद्मा दफावार छलफलको अन्तिम अवस्थामा पुगेको छ। २०२१ सालपछि जन्मेका कर्मचारीको हकमा मात्रै उमेर हद ६० वर्ष लागू हुनेछ। त्यसअघि जन्मिएका कर्मचारी हकमा भने विधेयकमा जुनसुकै लेखिएको भए कर्मचारीले उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन्। स्वास्थ्य सेवाको उमेर हद भने अहिले पनि ६० वर्ष छ। विधेयकअनुसार २०१८ मा जन्ममिति भएका कर्मचारी ५८ वर्ष ६ महिना उमेर
More

मोबाइल चोरेको आरोपमा दुई घण्टासम्म निर्घात कुटपिट (भिडियो)

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका ४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरूले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको घटना र त्यसको भिडियो सार्वजनिक भएको छ। मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। नउसादमाथि बूढीगंगा ४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको प्रहरीको भनाइ छ। घटनाको भिडियो पनि बाहिरिएको छ। घटनामा संलग्नमध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेको प्रहरीको भनाइ छ। मोबाइलबाट मोबाइल हुँदै भिडियो फैलिएको
More