Daily Archives 21st August 2019

निकिता पौडेलले प्रहरीमा जाहेरी दिईन

काठमाडौं– नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार प्रहरीमा जाहेरी दिएकी हुन् । श्रेष्ठको सहयोगमा नेपाल आजले भिडियो लिक गरेको बताइँदै अँएको छ । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । यसैबीच मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र
More

एनआरएन युकेमा नयाँ नेतृत्व : ‘जुन जोगी आए पनि कानै चिरेको’

किरण राई । लण्डन । गैरआवसीय नेपाली संघ (एनआरएन) बेलायतको आगामी नयाँ नेतृत्वका लागि सेप्टेम्बर १४ मा अधिवेशन हुँदैछ । बेलायतमा बसोबास गर्ने करीब दुई लाख जनसंख्या रहेको नेपाली समुदायहरुको साझा संस्था एनआरएनको निर्वाचनले नेपाली समुदायको ध्यान केन्द्रीत गरेको छ । करीव दुई दशकअघि स्थापना भएको एनआरएनमा आगामी नेतृत्व लिन विभिन्न समूह लागिपरेका छन् । आगामी नेतृत्व कस्तो आउँछ ? भन्ने आम नेपाली समुदायमा चासोको बिषय बनेको छ । विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गराउन आगामी नेतृत्वले ध्यान दिनुपर्ने सामाजिक अभियान्तालगायत नेपाली समुदायहरुले जोड दिएका छन् । नेपालीपनाको झल्को र नेपाली समुदायको हितमा ध्यान दिनुपर्ने कुरालाई महत्व
More

नेपालले अब गुरुहरु निर्यात गर्न लागेको छ: स्वामी अरुण

काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले ठूलो व्यापार घाटा व्यहोरीरहेको नेपालले अब गुरुहरु निर्यात गर्न लागेको बताएका छन् । आफ्ना निकट सहयोगी स्वामी आननद अर्हतसंग मंगलबार बेलुका लन्डन आइपुगेका स्वामी अरुणले ओशो तपोबनबाट तपोबनमा प्रशिक्षित १५, २० जना प्रशिक्षकहरुले नेपाल, भारत, थाइल्याण्ड, ब्रिटेन, रुस लगायतका मुलुकहरुमा योग र ध्यान सिकाइ रहेको बताए। “हामी तपोभूमिबाट आइरहेका छौं। नेपाल तपोभूमि हो, तपोबन त अझ तपस्थल नै भयो। नेपालमा सबै कुरामा हामी व्यापारघाटामा छौ, तर गुरुहरु भने निर्यात गर्न लागेका छौं,” उनले भने। “हामीले गरेको तपस्या, ध्यान, साधना, त्यसको सुगन्ध फैलाउन यहां आएको छु। यो सुगन्ध जति बांडिन्छ त्यति नै बढ्छ,” स्वामी
More

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक हुदैँ

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आइपुगेका छन् । भारतीय विदेशमन्त्री बनेपछि उनी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ । आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्। बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा पनि छलफल हुनेछ । सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको चौथो बैठक तीन वर्षअघि नयाँदिल्लीमा भएको थियो ।
More

श्रोत नखुलेको भारतीय रुपैयाँ सहित ५ जना पक्राउ

दाङ-लमही नगरपालिका-९ जलकुण्डीस्थित पूर्व-पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका-‍२ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका-९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका-८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस
More

किराना पसलमा रक्सी किन ?

तुलसीपुर । वजार व्यवस्थापनका लागि व्यापारीहरु नै जिम्मेवारी हुने कुरा तुलसीपुरमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् । व्यापारका नाममा कतिपय व्यापारीहरुले जनताहरुलाई ठग्ने काम गरिएको समेत वोल्ने वक्ताहरुको भनाई थियो । व्यापारी र सरोकारवालका विचमा भएको छलफल कार्यक्रममा वोल्दै इलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा प्रमुख श्रीधर टण्डनले १३ रुपैयाको मिनरल वाटर ३० रुपैयामा समेत विक्री भएको दृष्टान्त पेश गरे । ‘कसले कालो वजारी ग-यो भन्दा पनि हामीले कत्तिको आवाज उठायौ यो पनि महत्वपूर्ण कुरा हो ’ उनले भने । उनले वजारमा जतिसुकै अनियमितता भएपनि कसैले त्यसको विरोधमा आवाज नउठाएको वताए । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले
More

सुनको मूल्य बढ्यो

काठमाडौं– बुधबार सुनचाँदीको भाउ बढेको छ। मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार रु ३०० ले बढेर ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी पनि रु ५ ले बढेर बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।
More

मोनाको तेस्रो महाधिवेशन पर्यटकीय गन्तब्य घोडेपानीमा हुँदै

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) को केन्द्रीय महाधिवेशन आउँदो अक्टोबर १ देखि ३ सम्म म्याग्दीको रमणीय पर्यटकीयस्थल घोडेपानीमा हुने भएको छ । अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा हुन गईरहेको तेस्रो महाधिवेशनको तयारीलाई तिब्र पारिएको छ । विश्वभरि छरिएर रहेका म्याग्देलीहरुलाई एकत्रित गरी जिल्लाको समृद्धिका लागि संभावित सहकार्य र साझेदारी बढाउने उद्देश्यका साथ विश्वब्यापी अभियानमा रहेको मोनाको तेस्रो महाधिवेशन घोडेपानीमा हुन लागेको हो । नेपाल भ्रमण वर्ष -२०२० को पूर्वसन्ध्यामा जिल्लाकै पर्यटकीय गन्तब्यमा हुन लागेको उक्त अधिशवेशनलाई उच्च महत्वका साथ हेरिएको छ । यसअघि दोस्रो महाधिवेशन २०१७ मा जिल्लाको दोस्रो व्यापारिक केन्द्र मानिने दरबाङ बजारमा भएको थियो भने पहिलो महाधिवेशन २०१५
More

‘जनसंख्या’लाई ‘जनशक्ति’मा बदल्ने संकल्पको आवश्यकता

दक्ष जनशक्ति उत्पादन भए प्रतिव्यक्ति आय १० गुणाले बढ्छ कल्याण कुमार गुरुङ । दक्ष जनशक्ति उत्पादन भए प्रतिव्यक्ति आय १० गुणाले बढ्छ नेपालमा प्रति वर्ष ५ लाख व्यक्ति श्रम बजारमा थपिने अनुमान छ । श्रम बजारमा आउने व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउन सक्नु अझैपनि ठूलो चुनौती छ । यो चुनौतीको सामना गर्न पनि धेरै समस्या छन् । कृषि क्षेत्रमा भएको अनुत्पादक अधिक श्रमशक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा, सिंचाई, वन, बिज्ञान तथा प्रविधि र ब्यवस्थापन जस्ता क्षेत्रमा स्थानान्तरण गर्न सक्नु अर्को चुनौतीको रुप हो । कुनैपनि देश उसको भूगोल र जनसंख्याको संयुक्त बैधानिक स्वरुप हो । देशको जनसंख्यालाई जनशक्तिमा रुपान्तरण
More

‘गणतन्त्र जोगाउन’ सर्वदलीय ऐक्यबद्धता

काठमाडौं : के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ? प्रधानमन्त्रीको आह्वानमा मंगलबार अचानक बोलाइएको सर्वदलीय बैठकको मूल एजेन्डै त्यही रह्यो । र, संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षमा हामी सधैं, सबै, सँगै छौं। बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ विषय उठान गरेका थिए– १. प्रणालीकै विरुद्ध आवाज उठ्न थालेका छन्, यो दुस्साहस कहाँबाट कसरी आयो ? २. बढ्दो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिनुपर्ने हो ? ३. लोकतन्त्रका आधारभूत सबाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँ किन नहुने ? संसद्मा
More

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

काठमाडौं – नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो। यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ। यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विभागले गरेको खाद्य गुणस्तर परीक्षण ‘प्रमाण पत्र’ लाई मान्यता दिन भारतीय पक्ष सहमत भएको बताए।नागरिक दैनिकमा खबर छापिएकाे छ ।
More

५९ हजार घुससहित कास्कीका मालपोत अधिकृत समातिए

पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित समातिएका छन् । छिटो जग्गा पास गरिदिने र कर छुटसमेत गरिदिने बाहनामा मंगलबार सेवाग्राहीसँग ५९ हजार रुपैयाँ घुस लिँदालिँदै कुँवर समातिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सेवाग्राहीले दिएको सूचनाको आधारमा गएको अख्तियारको पोखरा कार्यालयको टोलीले मुस्ताङचोकबाट कुँवरलाई घुस दिँदै गर्दा समातेको हो । अनेक बाहना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेका थिए । जग्गा पासमा कर छुटसमेत गरिदिने बताएपछि सेवाग्राहीले कुँवरलाई घुस दिन पुगेका थिए । साँझ ६ बजे सेवाग्राहीले गाडीबाट दिएको पैसा मोटरसाइकलबाटै गएका कुँवरको हातमा पर्नेबित्तिकै अख्तियारले समातेको हो । कुँवरलाई
More

निजगढ विमानस्थल निर्माण प्रस्ताव : यी हुन् इच्छुक कम्पनी

काठमाडौँ – बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपालबाहेक पाँच कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको लगानी बोर्ड स्रोतले जनाएको छ । ‘यो विमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत, स्विट्जरल्यान्ड, फ्रान्सका एक/एक र चीनका २ कम्पनीहरू त्यो मापदण्डमा परे । त्यसकारण उनीहरूबीच नै प्रतिस्पर्धा गराइने सम्भावना छ ।’ प्रस्तावित कम्पनीहरूको मूल्यांकनको काम सकेर प्रतिस्पर्धा प्रक्रिया अघि बढाउन बोर्ड बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको छ । ३ अर्ब अमेरिकी डलर (हालको विनिमय दरअनुसार ३ खर्ब ४० अर्ब रुपैयाँ) को लागत अनुमान गरिएको यो आयोजनामा प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्ड बैठकबाट
More

नेपालको चाहना ओलीलाई एक पद मात्रै

काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीका पछिल्ला निर्णयमा असहमति जनाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौती गर्नुपर्ने खालको मत जाहेर गरेका छन् । ७ बुँदे नोट अफ डिसेन्ट राख्दै नेता नेपालले अध्यक्षहरूबाटै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव गरेका हुन् । पार्टी नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा वरिष्ठता र योग्यता बेवास्ता गर्दै बिनामापदण्ड जिम्मेवारीका ‘खातै खात’ लगाएकाले यस्ता जिम्मेवारीको कटौती हुनुपर्ने नेपालको असहमतिपत्रमा उल्लेख छ । ‘वरिष्ठता एवं योग्यता बेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्न,’ नेपालले पार्टी सचिवालयमा बुझाएको असहमतिपत्रमा भनिएको छ, ‘अतः एक व्यक्ति
More

एसईई पुरक परीक्षा दिने नक्‍कली विद्यार्थी पक्राउ

महेन्द्रगर : कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिने वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामीलाई प्रहरीले पक्राउ गरेको छ। अर्कैको नाममा एसईई पुरक परीक्षा दिँदै गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। धामीले एसईईको गणित विषयको परीक्षा दिने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्ट
More

मन्दिरको जग्गा व्यक्तिका नाममा दर्ता

नेपालगन्ज- यहाँस्थित प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरमा श्रद्धालुले जग्गा दान गर्ने परम्परा थियो । धन हुनेले सुनचाँदीका मूर्ति र नगद चढाउँथे । चल सम्पत्ति नहुनेहरूले जग्गा दान गर्ने चलन थियो । बाँके मालपोत कार्यालयको अभिलेखमा ०२५ सालसम्म मन्दिरका नाममा ९९ बिघा ५ कट्ठा १४ धुर जग्गा देखिन्छ । साविकका कर्मोहना इन्द्रपुर गाविस र अहिले नेपालगन्ज उपमहानगरपालिकासित जोडिएका जानकी र खजुरा गाउँपालिकामा उक्त जग्गा थियो । दानबाट मन्दिरका नाममा आएको जग्गा विभिन्न व्यक्तिलाई कमाउन (खेतीपाती गर्न) दिने र त्यसबाट उठ्ने मालपोत कर र उत्पादनले नित्य पूजा गर्ने चलन थियो । मन्दिरमा सन्तमहन्त आए आवास तथा हन्डी दिने र पूजाआजा कार्य चलाई शेष बचत भए महन्तका सन्तान दरसन्तानले उपभोग
More

अस्ट्रेलियामा १० हजार भन्दा बढी डलर नगदमा कारोबार गरे जेल

काठमाडौं– अस्ट्रेलियाले नगदमा हुने कारोबारलाई निरुत्साहित गर्ने उद्देअश्यले कडा नियम ल्याउने भएको छ । प्रस्तावित नयाँ कानुनअनुसार १० हजार भन्दा बढीको नगद कारोबार गर्नेलाई २ वर्षसम्म जेल सजाय र २५ हजार डलरसम्म जरिवाना हुने भएको छ । सरकारले संसदमा प्रस्तुत गर्न लागेको यस नयाँ कानुनमा उक्त रकम बराबरको वा सो भन्दा माथि कारोबार गर्नुपरे विद्युतीय प्रणालीको प्रयोग गर्नुपर्ने वा चेकको माध्यमबाट कारोबार गर्नुपर्नेछ। सरकारले २०१८–०१९ को बजेट भाषणमा नगद कारोबारलाई १० हजारमा सीमित बनाउने घोषणा गरेको थियो । सोही घोषणाअन्तर्गत व्यवहारमा ल्याउन लागिएको यस नियमको विभिन्न पक्षहरुबाट विरोध समेत गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
More

‘सरकार अधिनायकवादतर्फ उन्मुख छ, भारतसँग कुरा गर्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको बस्नेतको आरोप थियो। क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस जगतलाई नै समाप्त पार्न लागेको आरोप लगाए। विश्वबाट लोप हुदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनको आरोप थियो। उनले कांग्रेसको महाधिवेशन आएको बेलामा सरकारले दुई तिहाईको मतमा ज्यादती गरेको आरोप लगाए। उनले भने,
More