Daily Archives 23rd August 2019

दक्षिण कोरियामा ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ हुने

दक्षिण कोरिया । सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ। अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षिण कोरियाको सिउलमा हुनेछ। क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षिण कोरियाको सहयोगार्थ उक्त अवार्ड कार्यक्रम हुन लागेको हो। यो किसिमको अवार्ड पहिलो पटक विदेशमा हुन लागेको कार्यक्रम संयोजक प्रेम पोखरेलले जानकारी दिए। सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ। पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाको अध्यक्ष बिभु न्यौपानेले जानकारी दिएका हुन्। संस्थाको आन्तरिक टिमले
More

गुल्मीका बाढी पिडितलाई युगान्डाबाट सहयोग

लण्डन । गुल्मीका बाढी पिडितलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युगान्डाले आर्थिक सहयोग गरेको छ। एनआरएनए एनसीसी युगान्डाले गत महिना बाढीबाट प्रभावित गुल्मी जिल्ला, सत्यवती गाउपालिकाका बाढी पीडितहरुलाई उक्त गाउपालिका मार्फत एक हजार अमेरिकी डलर नगद सहयोग आज एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरि पठाएको छ। एनआरएनए युगान्डाका नवनिर्बाचित अध्यक्ष बिनोद थापाले बाढीले बिपत्तिमा रहेका सत्यवती गाउँपालिका गुल्मीका बिपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाडिने जानकारी गराए। एनआरएनएका अन्तरास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै, उक्त रकम सत्यवती गाउँपालिका गुल्मीलाई यथाशीघ्र पठाउने जानकारी दिए।
More

सुन्दरी अभियन्ता मतदाता आकर्षित गर्दै

लन्डन । हंसिलो चेहरा, शालिनता, अरुप्रति आदरभाव र डाउन टु अर्थु स्वभावकी एकजना सुन्दरी महिला अभियन्ताले अहिले बेलायतको नेपाली डायस्पोराको ध्यानाकृष्ट गरिरहेकी छन् । माहोल चुनावको छ र त्यसमा आकर्षण बनेकी हुन् रोजिना प्रधान राई । एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् । बेलायतकी सक्रिय अभियन्ता रोजिनाको चुनावमा उत्रनुअघिका केही प्रमुख एजेन्डा छन् । महिला सशक्तिकरण, बेलायतमा नेपाली घरभित्रका महिला हिंसाविरुद्ध बुलन्द आवाज, महिला हकहित र उनीहरुका रोजगारी तथा पारिवारिक समस्या निराकरणमा साथ, व्यापार व्यवसाय प्रवर्धन र नेपालमा लगानी बढाउन पहल, पर्यटन
More

नेपाली मेल हेर्न मुख्यमन्त्री गुरुङ बेलायतमा

लन्डन । गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लण्डन आइपुगेका छन् । तमुधिं युकेको आयोजनामा आइतवार लण्डनमा आयोजना हुने नेपाली मेलामा भाग लिन गुरुङ वेलायत आएका हुन् गुरुङ शुक्रवार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदाँ उनको स्वागतमा नेपाली समुदायको बाक्लो उपस्थिती थियो । उनलाई नेपाली दुतावास लण्डनका प्रवक्ता शरदराज आरण, तमुधिं युकेका अध्यक्ष नन्दजगं गुरुङले स्वागत गरेका थिए । नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला आउंदो आइतबार केम्पटन पार्क रेस कोर्समा हुदैंछ । मेलामा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ । मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत, ६ वटा खाना स्टल
More

ओली नेता बाझाबाझपछि नेकपामा तङ्गः के भन्छन् नेताहरु ?

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र आनन्द कुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकोले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे । नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहसहरु आन्तरिक रुपमा हल गर्न सकिने विषय भएको सुनाए । उनले भने,‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र
More

प्रहरी प्रशासनविरुद्ध बोले रवि लामिछाने, के छ सार्वजनिक अडियोमा ?

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विगत ८ दिनयता प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने प्रहरी प्रशासनविरुद्ध बोलेका छन् । प्हरीलाई छल्दै पत्रकार टेकनारायण भट्टराईले गरेको एक अडियो रेकर्डमा उनले प्रहरीमाथि विभिन्न लान्छता लगाएका छन् । यस्तै उनले घटनाको अनुसन्धान भइरहँदा सहयोग गर्नुको साटो उल्टै आफू निर्दोष रहेको भन्दै अनुसन्धान प्रभावित पार्ने प्रयास पनि उनले गरेका छन् । यसअघि श्रीमती निकिता पौडेलको फेसबुकमार्फत स्टाटस लेखेर समर्थकलाई भड्काएका उनको हर्कतको सामाजिक सञ्जालमा पक्ष विपक्षमा टिकाटिप्पणी भइरहेको छ। पछिल्लो समय आर्थिक लेनदेनमा समेत मुछिएपछि उनको सम्पत्ति छानबिन हुनुपर्ने आवाज समेत उठ्न थालेको छ । के भने भट्टराईले सार्वजनिक गरेको अडियोमा रविले रु
More

रामदेवका सहयोगी नेपाली मूलका आचार्य बालकृष्णलाई हृदयघात

काठमाडौं–नेपाली मूलका पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको छ। उनी चर्चित योगगुरु रामदेवका निकट सहयोगी समेत हुन् । भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ । एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । उनको अवस्थाबारे थप जानकारी गराइएको छैन ।
More

एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनको नवौं विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । स्थापनाकालदेखि नै एनआरएन गतिविधिमा होमिएका केसी हालको अन्तर्राष्ट्रिय कार्यसमितिमा सबैभन्दा अनुभवी व्यक्तित्व चिनिन्छिन् । एनआरएनको स्थापनाअघि यसको कन्सेप्ट बनाउने देखिनै संस्थाका अभियन्ता डा उपेन्द्र महतो, जीवा लामिछानेसँगसँगै असभउानमा होमिएका केसी २००३ देखि २००७ सम्म् आईसीसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गरे । २००९–२०११, २००११–२०१३ गरी दुई कार्यकाल
More

एनआरएनए थाईल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन: निर्वाचीत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) थाइल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन निर्वाचीत हुनुभएको छ । आइल्यान्डको अधिवेशनलेअ आइसिसी सदस्यमा खगेन्द्र ढकाललाई निर्वाचीत गरेको छ । त्यस्तै, उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, भवीन्द्र बस्नेत, शंकर अधिकारी, कान्छा गुरुगं, प्रेम दत्त डिनाई, महासचिवमा रवि महर्जन, सचिवमा श्रीहरि आचार्य, कोषाध्यक्षमा अतीस श्रेष्ठ, महिला सयोजकमा मेगा चन्द, युवा सयोजकमा सुवास थापा निर्वाचीत हुनुभएको छ । सदस्यहरुमा क्रमश निरज वैद्य, डिल्ली ज्ञवाली, राम किई, र सुरज भण्डारी निर्वाचीत हुनुभएको छ । साथै प्रवत्तामा बरुण अमात्य निर्वाचीत हुनुभएको छ ।
More

उकालो लाग्यो युरो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार युरो एकको खरिददर १२६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५८ पैसा रहेको छ । पछिल्लो दिनमा युरोको भाउ महंगिँदै गएको हो । यसअघि बिहीबार युरो एकको खरिददर १२६.७९ रुपैयाँ र बिक्रीदर १२७.४६ रुपैयाँ रहेको थियो । यस्तै अमेरिकी डलर एकको खरिददर ११४.६० र बिक्रीदर ११५.२० रुपैयाँ रहेको छ । पाउण्ड एकको खरिददर १३९.३२ रुपैयाँ र बिक्रीदर १४०.०५ रुपैयाँ रहेको छ।
More

ओलीले माधवकाे स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भनेपछि

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद चर्कंदै गएको छ। पार्टीमा नेताहरूको जिम्मेवारी बाँडफाँटसँगै मर्यादाक्रम हेरफेर गरिएपछि ओली र नेपालबीच सुरु भएको विवाद चर्कंदै गएको हो। ओली बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत अस्वीकार गरे। ओलीले आफ्नो स्वास्थ्यका विषयमा नेपालले नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै शुभकामना अस्वीकार गरेका हुन्। ओली सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। जवाफमा ओलीले ‘तपाईंको शुभकामना चाहिँदैन’ भनेका थिए। यसबारे नेपालले भने, ‘मैले उहाँ (केपी शर्मा ओली) को स्वास्थ्य
More

प्रचण्ड फेरि कार्यकारी भूमिकामा !

काठमाडौंं।पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाउनुभएको छ। एकीकरणपूर्व अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो। बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षतामा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताउनुभयो। सांगठनिक एकीकरणको काम अन्तिम चरणमा पुर्याउनुभएका अध्यक्षद्वय ओली र प्रचण्डबीच सरकारको नेतृत्वमा पनि सहमति भएको बताइएको छ। प्रचण्डले आफूलाई अध्यक्षको जिम्मेवारी दिए प्रधानमन्त्री ओलीलाई आगामी चार वर्षका लागि प्रधानमन्त्रीमा
More

सरकारद्वारा मन्त्रालयका सचिव हेरफेर

सरकारले विभिन्न मन्त्रालयका सचिव तथा प्रदेशस्थित प्रमुख सचिवलाई सरूवा गरेको छ। मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सचिवहरू सरूवा गरिएको जानकारी दिए। शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको छ भने शिक्षामा महेशप्रसाद दाहाललाई पठाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रबाट माधव बेल्वासेलाई खानेपानी मन्त्रालय पठाइएको छ। उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन मन्त्रालय सरूवा गरिएको छ। संस्कृति पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सरूवा गरी सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ। जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि हेर्ने गरी सरूवा भएको छ। भूमी व्यवस्था मन्त्रालयका सचिव
More

लामो दूरीका बसमा दुई चालक नराखे कारबाही

काठमाडौं– सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक नराखे कारबाही थाल्ने भएको छ । सरकारले लामो दूरीमा चल्ने यातायातमा दुई चालक नराखी चलाएमा गाडी मालिक र कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो । एक जनामात्र चालक हुँदा चालक थकान र निदाउनाले बस दुर्घटना बढेको भन्दै सरकारले नियम कार्यान्वयनमा कडाइ गर्न लागेको हो । राजधानी दैनिकमा खबर छापिएको छ ।
More

देशमा ८० हजार नर्सको आवश्यकता, २० हजार डाक्टर अपुग

स्वास्थ्य क्षेत्रमा तत्कालका लागि ३ हजार ५ सय विशेषज्ञ डाक्टरको आवश्यकता छ । तर, अहिले सरकारी सेवामा ७ सय जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन् । यस्तै, २० हजार डाक्टरको आवश्यक छ । तर, १ हजार २ सय डाक्टरले सेवा प्रवाह गरिरहेका। छन् । यस्तै, वर्तमान जनसंख्यालाई आधार मान्दा ८० हजार नर्सको आवश्यक रहे पनि १३ हजार नर्सले सेवा दिइरहेका छन् । जनसंख्या बढ्दै जाँदा पुरानै जनशक्तिले स्वास्थ्य क्षेत्र हाँकिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ३१ हजार ५९१ दरबन्दी कायम भएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनशक्ति पूर्तिका लागि नयाँ ओ एन्ड एम सर्भेक्षण गर्ने तयारी भइरहेको बताए ।
More

प्रधानमन्त्री भिडियोबाटै मन्त्रिपरिषद्‍ बैठकमा सहभागी हुने

काठमाडौं : अब भिडियोबाट प्रधानमन्त्रीको उपस्थितिमा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ। उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उड्नुअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। ‘अब प्रधानमन्त्री अनुपस्थित रहेका बेला भिडियोबाटै मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुहुनेछ’, मन्त्री बाँस्कोटाले भने, ‘बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसको बाटो खोलेको छ।’ स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली केही समय सिंगापुरमै बस्नुपर्ने भए उनी भिडियोमार्फत मन्त्रिपरिषद् बैठकमा उपस्थित हुनेछन्। सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार एकैपल्ट सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्‍ बैठकका 
More

भातमै भ्रष्टाचार, कुन तहको खर्च कति ?

ओखलढुंगा – ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्ने जनप्रतिनिधि मौन छन्। मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ। यस्तै खिजीदेम्बा गाउँपालिकाको खाजा तथा खानाको छुट्टाछुट्टै दुई विवरणमा १८ लाख १९ हजार ५ सय ५५ र १ लाख रुपैयाँ गरी १९ लाख १९ हजार ५ सय ५५ रुपैयाँ खर्च देखिएको छ। सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका पनि छ। नगरपालिकाले १८ लाख ६९ हजार ५ सय १० रुपैयाँ खर्च गरेको छ। चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार ६६ रुपैयाँ र सुनकोसी गाउँपालिकाले
More

कृष्ण जन्माष्टमी, देशभरका कृष्णमन्दिरमा पूजाआरधना गरिँदै

काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ।
More

प्रधानमन्त्री ओलीको मिर्गौलामा खराबी

काठमाडौं – शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार अपराह्न सिंगापुरतर्फ गएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ । दुवै मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि खराबी देखिएको छ । ओलीको शरीरमा एन्टिबडी देखिएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । डा. शर्माले भने, ‘प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य परीक्षण हुनेछ । उपचारको मोडालिटीबारे थप नयाँ कुरा पनि आउनेछन् ।’ ओलीको उपचारका लागि सातदेखि दस दिनसम्म लाग्ने शर्माले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।
More

ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाएको सचिवालय बैठकमा उनले आफ्नो अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी सहमतिका आधारमा पार्टीका निर्णयहरू गर्न प्रस्ताव गरे । उनको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकार गरेको जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । यसअघि दुई अध्यक्षमध्ये एक जना अनुपस्थित हुँदा बैठक बस्दैनथ्यो तर अब अध्यक्ष ओलीको अनुपस्थितिमा पनि सचिवालयको बैठक बसेर निर्णयहरू लिन सकिने सहमति बैठकले गरेको छ । एकताको बाँकी कार्य पूरा गर्न बुधबार सचिवालयको बैठक बसे
More