Daily Archives 24th August 2019

युरोप संयोजक शिव बरुवालले एनआरएन सचिवमा उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघको सचिव पदमा युरोप संयोजक शिव बरुवालले उम्मेदवारी दिने भएका छन् । बरुवालले आगामी अक्टोवर १५ देखी १७ सम्म काठमाण्डौंमा हुने ९ औं विश्व सम्मेलनमा सचिवमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघको युरोप संयोजको हैसियतले २ वर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेका बरुवाले अभियानलाई अझ समृद्ध र सुदृढ बनाउदैं अपनत्वो हुने गरि नीति तथा कार्ययोजना अगाडि ल्याउन आफुले उम्मेदवारी दिने निचोडमा पुगेको वताए । संघलाई नेपाल सरकारसंग अझ बलियो साझेदार बनाउनका लागि आफुले भुमिका निर्वाह गर्ने बरुवालले वताए । गैरआवासीय नेपाली संघको अभियानमा शुरु देखिनै सकृय बरुवाल एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै
More

7SF hands over fund to Miss World Nepal Shrestha

KATHMANDU: The 7 Summit Foundation today handed over a cheque of USD 31,981 to Miss World Nepal 2019 Anushka Shrestha to provide educational and livelihood support to a remote village of Sindhupalchok district. Amidst a function, advisor to the 7SF Board Shyam Tamang and 7SF’s general secretary Tukti Sherpa handed over the fund which was collected from the different fundraising events held recently in the United States. The 7 Summit Foundation hands over a cheque of USD 31,981 to Miss World Nepal 2019 Anushka Shrestha, in Kathmandu, on Saturday, August 24, 2019. The fund aims at providing educational and livelihood
More

एनआरएन अध्यक्ष भवन भट्ट माथि काठमाण्डौं विमानस्थलमा दुरव्यवहार (भिडियो)

लण्डन । सिंगापुर यात्रामा जान लागेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट माथि काठमाण्डौं विमानस्थलमा दुरव्यवहार भएको छ । प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यस्थित बारे जानकारी लिन शनिवार सिल्क एयरवेज मार्फत सिंगापुर जान लागेका भट्टलाई एयरवेजका कर्मचारीले दुरव्यवहार गरेको उनीसंगै यात्रामा रहेका सनत न्यौपानेले जानकारी दिए । न्यौपानेले एनआरएन अध्यक्ष भवन भट्ट विमानस्थलबाट फिर्ता पठाइए भन्ने समाचार भ्रामक भएको वताए । न्यौपानेका अनुसार आवश्यक सम्पुर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भट्टलाई क्याप्टेनले अचानक आएर भट्टलाई लिएर विमान उडान गर्न नसक्ने वताएका थिए । भट्ट माथि एयरवेजद्धारा कर्मचारीले गरेको व्यवहार प्रति त्यहाँ उपस्थित प्रहरी समेत चकित परेका थिए । भट्टले प्रधानमन्त्रीसंगको
More

चेल्सीको पहिलो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो । प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा टमी अब्राहमले दुई र मिसन माउन्टले एक गोल गरे । घरेलु टोली नर्विचका टोड कान्टवेल र टेमु पुक्कीले एक एक गोल गरेका थिए । चेल्सीले तेस्रो मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको थियो । तीन मिनेट लगत्यै घरेलु टोलीको तर्फबाट कान्टवेलले बराबरी गोल फर्काए । १७ औ मिनेटमा माउन्टले पुनः चेल्सीलाई अग्रता दिलाए । ३१ औ मिनेटमा पुक्कीको गोलसंगै नर्विचलाई खेलमा फर्काएका थिए । त्यसपछि ६८ औ मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित
More

पूर्वयुवराज पारस शाहद्वारा कालु पाँडेलाई सम्मान अर्पण

काठमाडौं । पूर्वयुवराज पारस शाहले नेपाली एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन् । कामपा, नागर्जुन, वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पारसले बीर योद्धालाई आज सम्मान गरेका हुन् । दहचोकस्थित ऐतिहासिक स्थल अवलोकन गर्ने क्रममा पारस कालु पाँडेको समाधिस्थल गएका थिए । सो अवसरमा स्थानीय बासिन्दाले राजसंस्था र पारसको जयजयकार गर्दै नारा लगाएका थिए । ‘राष्ट्र, राष्ट्रिय एकताका लागि योगदान पुर्याउने, जीवन उत्सर्ग गर्ने बीर पुरुषहरुको सम्मान सबै नेपालीको कर्तव्य हो भन्ने भावना उहाँमा पाए,’ स्थानीय सुबीरमान सिंह बस्न्यातले भने । पृथ्वीनारायण शाहले दहचोक गडीबाटै किर्तिपुर, काठमाडौं, पाटन र भक्तपुरमाथि विजय हासिल गरेका थिए ।
More

शैयदले तोडे आनन्दको किर्तिमान

आनन्द लेप्चाले राखेको २० बर्ष पुराने राष्ट्रिय किर्तिमानलाई तोड्दै शैयद हम्जा शाहले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् । मित्र राष्ट्र हङ्गेरीको राजधानी बुढापेष्टमा आयोजना भईरहेको ७ औं फिना बिश्व जुनियर पौडी च्याम्पियनसिप २०१९ मा हम्जाले १०० मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ । यस अघि आनन्द लेप्चाले १९८९ मा पाकिस्तानमा आयोजना भएको चौथौ दक्षिण एशियाली खेलकुदमा १ मिनट ३.४३ को किर्तिमान राखेका थिए । यस्तै सोही च्याम्पियनसिपमा अदिप्सा बैद्यले पनि आफ्नो नाममा नयाँ किर्तिमान लेखाएकी छिन् । उनले १०० मि. ब्रेष्ट स्ट्रोकमा टिशा शाक्यले बनाएको १ मि. २५.८२
More

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने: ‘यो प्रकरणमा स्वतन्त्र र निश्पक्ष छानबिन हुनुपर्छ’

रवि लामिछानेले न्याय पाउनुपर्छ, तर छानबिनमा दबाब नदिऔं: ऋषि धमला काठमाडौं । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सुरुवातमै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाए । उनले भने,‘रविजी पक्राउ परेपछि, उहाँको बारेमा पहिलोपटक मिडियामा बोल्ने व्यक्ति हुँ । तपाईहरु यो कुरा युट्युवमा पनि हेर्न सक्नुहुन्छ । म रविजीको पक्षमा छु । रिहाईको लागि म आग्रह गर्दछु । तर,
More

महोत्तरीको औरहीमा पुरुषको शव

महोत्तरीको औरहीमा शुक्रवार बेलुका एक बेवारीसे पुरुषको शव भेटिएको छ । नाम थर, ठेगाना खुल्न नसकेको अन्दाजी ४५ बर्षको मागी खाने जस्तो देखिने शव स्थानिय जंघानदिको छेउमा फेला परेको हो । निलो रङ्गको हाफपैन्ट लगाएको र शरीरको माथिल्लो भागमा कपडा नलगाएको युवकको शवको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । मृतकको शवलाई पोष्टमार्टमको लागी शुक्रवार महोत्तरी जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।
More

एनआरएनए कतारको अध्यक्षमा मुक्तादा

अध्यक्षमा ९४० मतले तेज कटुवाल पराजित दिल कुमार श्रेष्ठ । दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा मुक्तादा मुसलमान बिजयी भएका छन् ।अध्यक्षका अर्का प्रत्यासी तेज कटुवाललाई ९४० मतले पराजित गर्दै मुसलमान बिजयी भएका हुन । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ , द्वितिय उपाध्यक्षमा कुमार खड्का, तृतीय उपाध्यक्षमा सरिता भण्डारी (निर्विरोध) महासचिवमा पदम गिरि, सचिवमा नियम भुजेल र अफसर अलि तथा कोषाध्यक्षमा बिनोद बसौला (निर्विरोध)र सहकोषाध्यक्षमा तन्बिर विजयी भएका छन् । यस्तै आईसीसी सदस्यहरुमा केवि हमाल, रमेश भट्ट, होमनाथ शर्मा, र युवराज शर्मा चयन भएका छन् । युवा संयोजकमा रबिन मगर , महिला संयोजकमा अम्बिका खत्री
More

प्रचण्डले पाए अवसर, जिम्मेवारी पाएसँगै सक्रियता बढ्यो

काठमाडौँ –तत्कालीन एमाले र माओवादी केन्द्रको एकताक्रममा दुई जना अध्यक्ष राख्ने सहमति भएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैको बराबरी कार्यकारी भूमिका हुने भनिएको थियो । बैठक सञ्चालनमा आलोपालो अध्यक्षता गर्ने समझदारी थियो । तर एकता भएको १५ महिनासम्म दाहालले त्यो अवसर पाएनन् । ओलीले बिहीबार सिंगापुर जानुअघि पार्टी बैठक सञ्चालन र एकताका बाँकी काममा समझदारी बनाउने जिम्मेवारी दाहाललाई दिएका छन् । कार्यकारी भूमिका पाएलगत्तै दाहालले सक्रियता पनि बढाएका छन् । बिहीबारको बैठकमा अध्यक्ष ओलीसँग असन्तुष्ट नेता माधव नेपाललाई शुक्रबार बिहानै भेटेर उनले छलफल गरेका छन् । कार्यकारी अधिकार पाएपछि दाहाललाई पार्टीभित्र अब केही सहज भएको नेताहरूले बताएका छन् । ‘दुई अध्यक्ष भने पनि ओली
More

सेनाका भुँडेलाई तनावै तनाव

काठमाडौँ । नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ । बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ । बीएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ । विश्व
More

कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउन चलखेल

काठमाडौँ। नेपाल सरकारको सेवामा रहेका गैरसैनिक कर्मचारीको उमेर ५८ बाट ६० पु¥याउने विषयमा चर्को बहस लामै समयदेखि जारी छ । निजामती सेवा ऐनमा संशोधनको चर्चा चल्नासाथ कर्मचारीको उमेरको हद बढाउने र नबढाउने विषयमा कर्मचारी तन्त्रदेखि राजनीतिक संयन्त्रसम्म बहस हुँदै आएको छ । देशको आर्थिक र बेरोजगारीको अवस्था, दक्ष जनशक्तिको उपलब्धता, नागरिकको औसत आयुलाई नै मुख्य आधार मानेर कर्मचारीको अवकाश हुने उमेर निर्धारण गरिन्छ । शारीरिक रूपले असमर्थ कर्मचारीलाई आराम दिने, कार्यरत कर्मचारीको पदोन्नतिलगायत वृत्ति विकासमा अवसर दिने र नयाँ जनशक्तिलाई प्रवेश दिनु अनिवार्य अवकाशको मुख्य उद्देश्य रहेको भनाइ विज्ञहरूको छ । गाेरखापत्रमा याे खबर छ।
More

ओली–माधवको झगडा मिलाउन लागिपरे प्रचण्ड, मनाउने प्रयास

काठमाडौं– प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलाउने प्रयास गरेका छन् । अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवासमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् । राजधानी दैनिकमा यो खबर छापिएको छ। बिहीबार बसेको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की भएको थियो । चर्काचर्कीसँगै चिसिएको सम्बन्धलाई फेरि हार्दिक बनाउन प्रचण्ड लागिपरेको खबर राजधानी दैनिकमा छापिएको छ ।
More

अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

काठमाडौं । तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौं ब्रान्डका औषधि नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हँुदै आएको छ । तर, आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रूपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरू स्विकार्छन् । २०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन । ती कम्पनीले पेस गरेको कागजपत्रका आधारमा मात्र औषधि बिक्रीका लागि स्वीकृति दिँदै आएको छ ।
More

प्रशासन क्षेत्रमा नयाँ तरंग

काठमाडौं। सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन् । केन्द्रीय सरकारको महत्वपूर्ण निकायमा कार्यरत रहेका प्रशासन सेवामा २७, वन, कृषि, इन्जिनियरिङ र कानुनतर्फका सात–सात जना गरी ५६ जनाभन्दा बढी वरिष्ठ सहसचिवको एकैपटक सरुवा भएपछि निजामती क्षेत्रमा तरंग सिर्जना भएको छ । ६ महिनाभित्र सचिव बढुवा हुने लाइनमा रहेका र ६ महिनाभित्रै सेवा निवृत्त हुने अवस्थामा रहेका वरिष्ठ सहसचिवबाहेक अन्य सबैलाई योग्यताक्रमअनुसार नै सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । प्रदेशका मन्त्रालयमा सचिव बनाएर
More