Daily Archives 25th August 2019

एनआरएनए अध्यक्षका प्रत्यासि पन्त पोर्चुगलमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासि कुमार पन्त पोर्चुगल पुग्नुभएको छ । एनआरएनए एनसीसी पोर्चुगलको अधिबेशनलाई सम्वोधन गर्न पन्त त्यहाँ पुग्नुभएको हो । पन्तलाई लिस्वनस्थित बिमानस्थलमा स्वागतका लागि एनसीसी पोर्चुगलका अध्यक्ष कुबेर कार्की, निबर्तमान अध्यक्ष , भिम कमल के सि, निबर्तमान उपाध्यक्ष शम्भु गौतम लगायत पुग्नुभएको थियो । आज जारी निर्वाचनमा सहभागी भइ पन्तले अधिबेशनमा सहभागीसंग भेटघाट समेत गर्नुहुनेछ ।
More

चितवनमा प्रशासनले जारी गर्यो अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं– नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मुत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने समर्थकले हुलदंगा र अशान्ति मच्चाउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको छ। सोमबार बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि ५ जना भन्दा बढी हिँडडूल गर्न नपाइने गरी प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको स्थानमा हुलढंगा र अशान्ति हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) बमोजिम तोकिएको चार किल्लाभित्र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जना भन्दा बढी मानिस भेला हुन नपाइने
More

एनआरएन युके निर्वाचनः गुरुङ र सुनारको प्यानलमा को कता ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सेप्टेम्वर १४ तारिख हुने निर्वाचनको लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परे पछि दुवै पक्ष आआफ्नो रणनिती तय गर्न व्यस्त छन् । अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका शेर बहादुर सुनार र पुनम गुरुङले आआफ्नो प्यानल तयार पारेका छन् । अहिले उम्मेदवारहरु मतदाताको मन जित्न आफ्नो चुनावी रणनीति तय गर्न तल्लिन छ । सुनार निकट उम्मेदवारहरुको भेला गत आइतवार अल्डरशटमा सम्पन्न भएको थियो । यस्तै गुरुङ प्यानलले समेट सोही दिन छुट्टै सामुहिक फोटो सेसन् गरेर आफ्ना उम्मेदवारहरुको परिचय दिन खोजेको थियो । गुरुङ समुहले महासचिवमा फडिन्द्र भट्टराईको नाम यसअघिनै घोषणा गरेको हो ।
More

लण्डनमा ११ औं नेपाली मेला भव्य (फोटो फिचर)

लण्डन । तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न देशबाट हजारौं दर्शकहरुको ओइरो लागेको थियो । चर्को घर्मिको वेवास्ता गर्दै वेलायतस्थित समाजिक संघसँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै नेपाली मेलामा रनौक थपेका थिए । गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो । मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले राज्यका मुलधारबाट बाहिर रहेका र देशमा भएको भेदभावको अन्त्य गर्दै विभिन्न क्षेत्रमा पछाडि परेका समुदायको संरक्षण गर्न संघिय व्यवस्था उचित भएको विचार व्यक्त
More

एनआरएन युकेको चुनावी अभियानमा प्रसुनाको लोकप्रियता बढ्दो

लन्डन । नर्स, नायिका, मोडल, नृत्यांगना र समाजसेवी । वहु आयामिक छ उनको चिनारी । बेलायतको व्यस्त जीवनमा पनि पेशाबाहेक हरेक क्षेत्रमा उत्तिकै सक्रिय प्रसुना कंडेल यतिखेर भने एनआरएनए यूकेको आसन्न चुनावले व्यस्त छिन् । महिला संयोजककी उम्मेदवार प्रसुनाले अहिले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् । प्राय हरेक कार्यक्रममा उनी मतदाता रिझाइरहेको भेटिन्छिन् । सांच्चिकै व्यस्त र प्रेसर हुने रहेछ, करिब १४ हजार मतदाताबीच हुन लागेको निर्वाचन आउनै लाग्दा उनले अपिल गरेकी छन्, कृपया मलाई मत दिएर जिताइ दिनुहुन सबै मतदातामा विनम्र अनुरोध गर्दछु । महिला हकहित, सशक्तिकरण र वृहत्तर समाजसेवा उनका प्रमुख मुद्दा छन् । नेप्लिज नर्सिङ एसोसिएसन
More

प्रधानमन्त्री खतरामुक्त

मिर्गौला पुनः फेर्न सकिने काठमाडौं । करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु भएको छ । ‘उहाँको उपचार प्रक्रिया सुरु भइसकेको छ र उहाँ पूर्ण रूपमा खतरामुक्त हुनुहुन्छ,’ शर्माले राजधानीसँग भने । प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र
More

कंग्रेस नेता राहुल गान्धी श्रीनगरमा

भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धी र भारतका आठ विपक्षी दलका ११ नेतासँग शनिबार श्रीनगर पुगेका थिए । तर प्रशासनले तिनलाई विमानस्थलबाट बाहिर निस्कन अनुमती दिएन । केही समयको विवादपछि उनीहरुलाई विमानस्थलबाटै दिल्ली फकाईएको छ । जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक विपक्षी नेताको प्रतिनिधिमण्डल राज्यको यात्रामा गरेका थिए । दिल्ली फर्किएपछि राहुलले कश्मीरको अवस्था सामान्य नरहेको प्रतिक्रिया दिएका छन् ।
More

अन्तरिक्षबाटै ‘बैंकिङ अपराध’

न्यूयोर्क : अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यसको अनुसन्धान सुरु गरेको छ। र, उनले यसलाई स्वीकारेकी पनि छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले न्युयोर्क टाइम्सलाई बताएकी छन्। पूर्वपति समर वोर्डेनले फेडेरल ट्रेड कमिसनमा यसबारे उजुरी गरेका छन्। सन् २०१८ डिसेम्बरमा अन्तरिक्ष यात्रामा निस्किएकी म्याकक्लेन ६ महिनामा पृथ्वी फर्किएकी थिइन्। उनले वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे÷नरहेको निचोडमा पुग्न खाता हेरेको बताएकी छन्। सन् २०१४ मा विवाह गरेका उनीहरूले २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका
More

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरण, ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

काठमाडौं – चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद
More

एक वर्षमा साढे ३२ लाख ग्राहक थपिए

काठमाडौं– गएको एक वर्षमा मुलुकभर थप ३२ लाख ग्राहकले मोबाइलमार्फत बैंकिङ सूचना लिन थालेका छन् । यो करीब ६४ प्रतिशतको वृद्धि हो । ०७५ असारमा ५० लाख ८६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए । ०७६ असारमा आइपुग्दा यो संख्या बढेर ८३ लाख ४७ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
More

सिंगापुरमा यसरी हुँदैछ केपी ओलीको उपचार

काठमाडौं–उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित उपचार प्रक्रिया थालिएको प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माले जानकारी दिएका छन् । उनका अनुसार एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया थालिएको छ। प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा शर्माले बताए । मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला विस्तारै कमजोर हुँदै गएको बताए । काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए । राजधानी दैनिकमा खबर छ।
More

कश्मिर विवादमा नेपालको समर्थन खोज्दै भारत र पाकिस्तान

काठमाडौं–जम्मु कश्मीरको घटनाक्रमको विषयमा भारत र पाकिस्तानले नेपालको स्पष्ट धारणा माग गरेका छन् । ५ अगस्टमा भारतले जम्मु कश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच तनावको अवस्था रहँदै आएको छ । भारत र पाकिस्तानले सार्क राष्ट्रको अध्यक्षको हैसियतले जम्मु कश्मीरको विषयमा आफू अनुकूल बोल्न दबाब दिइरहेका छन् । तर नेपालले भने सो विषयमा नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । केही दिनअघि मात्रै नेपाल भारत संयुक्त बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरदे भारतको समर्थन गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गरेका थिए । यस्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसी र ज्ञवालीबीच पनि यही विषयमा टेलिफोन वार्ता
More