Daily Archives 26th August 2019

दूतावाससँग एनआरएनए कुवेतको औपचारिक भेटघाट

कुवेत। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कुवेतको नव निर्वाचित कार्यसमितिले कुवेतस्थित नेपालि राजदूतावाससँग औपचारिक परिचयात्मक भेटघाट गरेको छ। राजदूत दुर्गा प्रसाद भण्डारी दूतावास परिवार, एनसिसी अध्यक्ष सुजन केसि आईसीसी सदस्य अमित चाम्लिङ राई, एनसीसी संरक्षक, सल्लाहकार, पदाधिकारी, सदस्यहरूकाबीच नेपाली दूतावासको सभा एक आपसमा औपचारिक भेटघाट तथा परिचयात्मक कार्यक्रम गरिएको हाे। कार्यक्रममा एनआरएनए कुवेतले दूतवासको सहकार्यमा गर्न लागेका कार्यहरूको बारेमा पनि जानकारी गराइएको थियो। जसमा, नेपाली दूतावास र नेपाली समुदायसँग समन्वय गरि पर्यटन वर्ष २०२० मनाउने, परराष्ट् तथा श्रम मन्त्रीलाई उपस्थित गराई मध्यपुर्व सम्मेलन कुवेतमा आयोजना गर्ने, नेपालका दुर्गम क्षेत्रमा रहेका कुनै विशेष क्षेत्र पहिचान गरि शिक्षामा एक र
More

एनआरएन पोर्तुगलको अध्यक्षमा तिलक गैरे निर्वाचित

लिस्बन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलको अध्यक्षमा तिलक गैरे निर्वाचित भएका छन् । संघको आइतवार सम्पन्न सम्पन्न निर्वाचनमा ८ सय ५१ मत प्राप्त गरि बिजयी भए । उनका प्रतिद्धन्द्धी ईश्वर रिजालले ५ सय ५१ मत प्राप्त गरे । दुई प्यानलमा भएको निर्वाचनमा महासचिवमा रिजाल समुहका हेमराज सुवेदी निर्वाचित भए । महासचिवमा प्रकाश कडरिया १४० भोटले पराजित भएका छन् । अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा रवीन अधिकारीले ७८८ र नारायणकाजी मगरले ६४३ मत ल्याएर बिजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा ८१७ , उपाध्यक्षमा अशोक गुरुङले ७६० र मच्छिन्द्र अर्यालले ५७७ कोषाध्यक्षमा विक्रमजङ कुँवरले ६१९ र
More

के छ अदालतको आदेशमा ? शालिकरामको भिडियोमा शंका (पूर्णपाठसहित)

काठमाडौं– चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । आदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भएपनि शालिकरामको भिडियोलाई शंकाको दृष्टिले हेरेको हो । अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै शालिकरामले दुई जोड्नुले उनी एक्लैले भिडियो खिचेको मान्न नसकिने उल्लेख गरिएको छ । अदालतले पुडासैनिकले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिएको ठहर गरेको छ । यद्यपि प्रविधिको यो जमानामा अरु कुनै प्रविधिको प्रयोग गरेर एक्कलैले भिडियो खिचेको हुनसक्नेतर्फ भने अदालत मौन छ । आदेशमा रवि लामिछाने, युवराज
More

सिधाकुरा जनतासंग कार्यक्रम बन्द, रविलाई बिदेस जान रोक

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेश अनुसार मुद्दाको किनारा नलागेसम्म सिधाकुरा जनतासंग कार्यक्रम र यस मुद्दा सम्बन्धी कुनैपनि कार्यक्रम चलाउन रोक लगाएको छ । यस्तै रवि र यूवराजले अदालतको अनुमति लिएर मात्र विदेस जानु पर्ने अदालतले आदेश दिएको छ ।
More

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए
More

रविको बहस सकियो

चितवन । रबि लामिछानेसहित ३ जनाको पक्ष र विपक्षमा बहस सकिएको छ । जिल्ल अदालत चितवनले ६ बजे आदेश दिने बताइएको छ । आदेश के आउँछ भन्नेमा समर्थक व्यग्र प्रतीक्षामा छन् । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबिसहित रुकु कार्की र युवराज कडेल हाल मुद्दा खेपिरहेका छन् ।उनी हरु दुरुत्साहनको आरोपमा साउन ३० मा पक्राउ परेका थिए ।
More

ओली अनुपस्थित नेकपाको बैठकमा के के निर्णय भए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सपन्न बैठकले स्वास्थ्योपचारको सिलसिलामा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको प्रस्ताव पारित गरेको छ । बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरु बारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको छ । त्यस्ता व्यक्तिगत बिषयहरु सार्वजनिक रुपमा राखेमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टी एकीकरण प्रक्रिया सामेल हुनुभएका ४ जनालाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ । यसरी मनोनित हुनुहुने कमरेडहरुमा देवेन्द्र
More

एनआरएनए रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल

रसिया : गैर आवासीय नेपाली संघ (एनआरएनए ) रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल निर्विरोध निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने डा. एक नारायण चापागाई निर्विरोध निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा सुमन रिजाल, गोविन्द्र प्रसाद आचार्य र केशव तिमिल्सिना, महासचिवमा ईन्द्र प्रसाद भुसाल, सचिवमा संदेश सिंखडा, कोषाध्यक्षमा किरण रानाभाट, युवा संयोजकमा सिताराम कट्टेल (मिलन ), महिला संयोजकमा विद्या थापा, सदस्यहरुमा हिमलाल खनाल, पशुपति घिमिरे, दुर्गा बहादुर भट्टराई, यम बहादुर थापा र राम बाबु पाण्डे निर्विराध निर्वाचीत हुनुभएको छ ।
More

पुडासैनी मृत्युमा यस्तो आयो होटल मालिकको बयान

काठमाडौं–पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित होटल कंगारुका सञ्चालक यज्ञ बहादुर कार्कीले घटना के कसरी भयो भन्नेबारे आफूलाई केही थाहा नभएको बयान दिएका छन् । कार्कीले पुडासैनी साउन २० गते साढे ३ बजे १०२ नम्बरको कोठा बुक गराएर बसेको बताएका छन् । पछि साँझ ६ बजेतिर खानाको अर्डर लिएको उनलाई साढे ८ बजेतिर खाना खान बोलाउँदा नउठेको कार्कीले बयान दिएका छन् । उनको बयानमा भनिएको छ, ‘खाना खान बोलाउनलाई ढोका ढक ढक गरी धेरैपल्ट बोलाउँदा समेत नबोलेकाले वरपरका मानिस तथा प्रहरी समेतलाई बोलाई ढोका खोली हेर्दा निज शालिकराम पुडासैनी उक्त कोठाको सिलिङ पंखामा डोरीको पासो
More

गण्डकी प्रदेशलाई शुन्य बालविवाह प्रदेश बनाइने: सामाजिक विकास मन्त्री पुन

गण्डकी प्रदेशका सांसदहरुले बालिकाहरुलाई हिंसाबाट बचाउन र बालिका अधिकार संरक्षणका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उपस्थित सांसदहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सांसदहरुले बालबालिकामा गर्ने लगानी भौतिक विकासमा गर्ने लगानी भन्दा बढी महत्वपूर्ण भएकाले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै महिला सांसदहरुले नै आज पनि महिलाहरुलाई पुरुषहरुले होच्याउने प्रवृत्ति भएकाले त्यसको न्युनिकरण गर्न सके मात्र बालिकाहरु समेत सुरक्षित हुन सक्ने बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन मगरले बालिकाको अधिकार रक्षाका लागि कानुन बनाएर मात्र केही नहुने र नागरिक सचेतनाका लागि पनि काम गर्नुपर्ने बताए ।
More

इन्द्रचोकमा सांसदको पाकेटमारी भएपछि….

काठमाडौं– राजधानीको इन्द्रचोकबाट सांसद भावना सुवेदीको पाकेटमारी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरथहवा घर भई हाल राजधानीको मैतीदेबि बस्ने १९ वर्षीय निश्चल थिङ रहेको प्रहरीले जनाएको छ । चितवनकी सांसद भावना काम विशेषले गत साउन २६ गते इन्द्रचोक जाँदा भिडभाडमा थिङले सुबेदीले साथमा बोकेको झोलाबाट नगद ७ हजार ३००, परिचय पत्र एटीएम कार्ड, लगायत अन्य महत्वपूर्ण कागजातहरु समेत चोरेर फरार भएका थिए । सुवेदीले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा गौशालाबाट पक्राउ गरेको हो ।
More

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं–सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ
More

एउटै पुल दुई पटक उद्घाटन

सिन्धुपाल्चोक — बलेफी र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने मोटरबेल पुलको बाजागाजासहित शनिबार दोस्रो पटक उद्घाटन भइरहँदा स्थानीय खुबै अचम्मित देखिन्थ्ये । गत चैतमा तयार भइसकेको पुल एक महिनाअघि स्थानीयले खाबो हटाउँदै उदघाट्न गर्दै सुचारु गरेका थिए । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहित प्रदेशमन्त्री, सांसदको जम्बो टोलीले रिबन काट्दै पुल सञ्चालन भएको घोषणा गरे । ‘यो कस्तो अचम्म हो, एउटै पुलको दुई पटक उदघाट्न भयो, बाँच्नु मात्रै पर्दोरहेछ अनेक देख्न पाइने रहेछ,’ दुवै उदघाट्नमा सहभागी ६० वर्षीय सोनाम लामाले भने । बलेफी ८ र त्रिपुरासुन्दरी ६ जोड्ने सुनकोसी मोटरबेल पुल नेता, मन्त्री र सांसदले उद्घाटन गर्ने खबर पाएका स्थानीयले खुब कुर्नुपरेको उनले सुनाए ।
More

एनआरएन प्रोचुगलको निर्वाचनमा तिलक गैरेको प्यानल अग्रस्थानमा (मत सहित)

लण्डन । गैरआवासीय नेपाली संघ प्रोचुगलको आइतवार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार तिलक गैरेको प्यानल अग्रस्थानमा छ । पत्रकार मिलन छन्त्यालका अनुसार उनले २३४ र अर्का प्रत्यासी ईश्वर रिजालले ८८ मत प्राप्त गरेका छन् । यस्तो छ मत परिणाम
More

यसकारण महँगियो खसीबोकाको मूल्य

काठमाडौं–सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ । पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको छ । प्रतिकिलो ५ सय रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७ सय रुपैयाँसम्म पुगेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
More

ओली सिंगापुर बस्दा यता प्रचण्ड सक्रिय, बोलाए बैठक

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणका बाँकी कार्य पूरा गर्ने गृहकार्यमा लागेका छन् । पार्टी स्थायी समितिका सदस्य देवेन्द्र पौडेलका अनुसार अध्यक्ष प्रचण्डले एकचरण सबैसँग छलफल गरी सचिवालयको बैठक बोलाउनेछन् । सचिवालयको बैठक मङ्गलबारसम्म बोलाउने तयारी भइरहेको नेता पौडेलले बताए । अध्यक्ष प्रचण्डले आइतबार सचिवालय सदस्यहरू ईश्वर पोखरेल र वामदेव गौतमसँग भेटघाट गरी साङ्गठनिक एकताका बाँकी प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गरेका छन् । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिङ्गापुर जानुअघि सचिवालयको बैठक बसाएर पार्टी एकीकरणका कामहरू टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएका थिए । प्रचण्डले सोमबार दिउँसो पार्टी केन्द्रीय
More

चितवनमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ । भोलि बयान तथा थुनछेक बहस हुनेछ । तर, लामिछाने निर्दोष भएको भन्दै चितवनमा लगातार प्रदर्शन हुँदै आएको छ । आइतबार लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल हालेका थिए । त्यसक्रममा केही तनावको स्थिति उत्पन्न भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै निषेधाज्ञा जारी गरेको छ । जसअनुसार भोलि विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने
More

ओलीको १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गौला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ। प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ। अन्नपूर्ण पोस्टमा खबर छ। ‘प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले भने, ‘फेरेसिस सफल भएन भने डायलासिस वा पुनः प्रत्यारोपणमा जानुपर्ने हुन्छ। यो अपनाउँदा पनि कम्तीमा एक दशक सक्रिय हुन बाधा पुग्दैन।’ प्रधानमन्त्री ओलीको शरीरमा बढेको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ नष्ट गर्न यो स्वास्थ्योपचार सुरु
More

अब अनलाइन सपिङलाई कानुनी दायरामा ल्याइने

सरकारले अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउने भएको छ । सामाजिक सञ्जाल र वेबसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि उनीहरुलाई कानुनी दायरामा ल्याउन लागिएको हो । अन्न्पूर्ण पोस्टमा खबर छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत् र वेवसाइडमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको हो। मन्त्रिपरिषद् बैठकले गत असार ८ गते यो रणनीति स्वीकृत गरेको थियो।
More

पत्रकार अर्जुन गिरीलाई सफाइ

पोखरा : समाचार लेखेकै भरमा साइबर अपराधको अभियोग लागेका पोखराका पत्रकार अर्जुन गिरीले अदालतबाट सफाइ पाएका छन्। ताण्डव साप्ताहिकका सम्पादक गिरीविरुद्ध लागेको अभियोगको दाबी नपुग्ने ठहर जिल्ला अदालत काठमाडौंले आइतबार गरेको हो। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी अभियोगमा गिरीविरुद्ध दायर गरेको मुद्दामा फैसला गरेका हुन्। बिपेन्द्रराज बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) दिएको जाहेरीका आधारमा सम्पादक गिरीलाई कास्की प्रहरीले २ वैशाखमा पक्राउ गरी काठमाडौं लगेको थियो। पक्राउ परेको ४ दिनपछि अदालतले गिरीलाई साधारण तारेखमा रिहा गरेको थियो। अदालतले आइतबार फैसला गर्दै साइबर अपराधको अभियोग दाबी नपुग्ने प्रष्ट पारेको हो। गिरीको गिरफ्तारीविरुद्ध पत्रकार महासंघले देशव्यापी आन्दोलन गरेको थियो। गिरीविरुद्धको मुद्दामा
More