Daily Archives 26th August 2019

धमाधम फर्किन थाले उत्तर कोरियाली

काठमाडौं – संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाल अग्रसर देखिएको छ। यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन्। राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि नाकाबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेको थियो। त्यसपछि नेपाल उत्तर कोरियाली लगानी बन्द गर्न र उनीहरूलाई फर्काउन दबाबमा परेको हो। सरकारले उनीहरूका गतिविधिमा कडाइ गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
More

ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि छलफल तीव्र

काठमाडौँ । ‘ऊर्जा दक्षता तथा संरक्षण ऐन, २०७६’ माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुझाव सङ्कलन तीव्र पारेको छ। राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ अनुसार मन्त्रिस्तरीय निर्णयबाट गठित कार्यदलले ऊर्जा दक्षता, ऊर्जा संरक्षण र सोको विस्तारका लागि छलफल तीव्र पारिएको मन्त्रालयले जनाएको छ। ऊर्जाको किफायती र विवेकसम्मत् उपयोगमा जोड दिने, ऊर्जा दक्ष उपकरण, प्रविधि र प्रक्रियाको प्रयोगमार्फत ऊर्जाको बचत तथा पहुँच विस्तार गर्ने विधेयकमा जोड दिइएको छ। मुलुकको आर्थिक समृद्धि र दिगो विकास हासिल गर्ने लक्ष्यले उक्त विधेयक तयार पारी छलफल शुरु गरिएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले यसअघि पोखरामा छलफल सम्पन्न गरिसकेको थियो भने विराटनगरमा आज छलफल सम्पन्न गरेको छ।
More