Daily Archives 28th August 2019

जातिय कुरा गर्नु संकुचीत भावना भयो: पुनम गुरुङ, अध्यक्ष (उम्मेदवार) एनआरएन युके (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी अध्यक्ष पदको लागि प्रत्यासी पुनम गुरुङले २१ औ शताब्दिमा आएर जातिय कुरा गर्नु संकुचीत भावना भएको वताएकी छन् । उनले वेलायतस्थित चर्चित पत्रकार ध्रुवराज अर्यालसंगको एनआरएन विशेष कार्यक्रममा दिएको अन्तरवार्तामा आफुले कुनै पनि प्यानल नबनाएको तर केही सहयोगीहरु साथमा राखेर चुनाव प्रचार गरेको वताइन् । उनले एनआरएन युकेमा विगत २ वर्ष पूर्णरुपमा समय दिएर केही गर्न सक्छु भनेर प्रमाणित गरेको वताएकी छन् । उनले अध्यक्षमा निर्वाचित भए पछि आफ्नो घोषणापत्र अनुरुप काम गर्ने प्रतिबद्धता जनाइन् । उनले वेलायतमा एनआरएनएको कार्यालय स्थापना गर्ने घोषणा समेत गरिन् । हेरौं गुरुङसंग गरिएको कुराकानी
More

एनआरएनए निर्वाचनः डा. बद्री केसीको स्लोगन चोरेर डा. केशव पौडेल महासचिवको उम्मेदवार !

लण्डन – एनआरएन निर्वाचन आउँन मात्र ५० दिन बाँकी रहँदा नेतृत्वका आकांक्षीहरुले अनेक हत्कड्डा अपनाएको देखिन्छ । कोही आफ्नो पक्षमा माहोल बनाउन विश्व भ्रमणमा निस्किएको त कोही मतदाताबीच घुलमिल हुने क्रम बाक्लिइरहँदा एउटा अनौठो विषय पनि बाहिर आएको छ । आफ्नै एजेण्डा र आफ्नै प्रभावले चुनावी अभियानमा लाग्नु पर्नेमा एक समूहका उम्मेदवारले अर्कैको स्लोगन चोरेको पाइएको छ । महासचिवका उम्मेदवार डा केशव पौडेलले अर्काको चुनावी सामग्री चोरेको आरोप लागेको हो । ‘सामूहिक नेतृत्वको आजाव, संस्थागत दीगो विकास’ नाम दिइएको स्लोगन गत एनआरएन निर्वाचनमा महासचिव डा. बद्री केसीले तय गरेका थिए । तर सोही स्लोगन चोरेर अहिले पौडेलले प्रचार सामग्रीमा प्रयोग
More

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार तालाबन्दी भएको छ । प्रतिष्ठान बचाऔं अभियानले उपकुलपति डा. संगिता भण्डारीको राजीनामा माग गर्दै प्रशासनिक भवनका सबै कक्षका साथै मूल गेटमा तालाबन्दी गरेको हो ।अभियानका संयोजक विकिरण गौतमको संयोजकत्वमा गएको एक टोलीले कर्मचारीलाई बाहिर निकाली ताला लगाएको हो ।   मूल गेटमा ताला लगाउने क्रममा प्रहरी र अभियानको टोलीबीच केहीबेर झडप भएको थियो । उपकुलपति भण्डारीले प्रतिष्ठानको हितमा काम गर्न नसकेको, चिकित्सकहरुलाई काम गर्ने वातावरण नदिएको र स्वास्थ्य सेवा महंगो बनाएको भन्दै प्रतिष्ठान बचाऔं अभियान आन्दोलनमा उत्रिएको हो । तालाबन्दीका क्रममा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात भएको र ढोकाको सिसा फुटाइएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले
More

सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २८ जना घाइते

सुर्खेत : सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ। बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। कोहलपुर मेडिकल कलेजमा घाइतेहरुको उपचार हुँदै। अन्नपूर्ण पोष्ट
More

संविधान दिवस भव्यताका साथ मनाउन संचारमन्त्रीको आग्रह

काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन्। संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागीताको अपेक्षा आफूले गरेको बताए। उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिए। उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक
More

पाकिस्तानले अफगानीस्तानको पूर्वी क्षेत्रमा बमगोला प्रहार !

अफगानिस्तानले आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई पत्र लेखेको छ । संयुक्त राष्ट्र संघका लागि अफगानिस्तानकी राजदुत तथा स्थायी प्रतिनिधि एडेला राजले यस विषयमा परिषदलाई पत्र लेखेकी हुन् । एडेलाले यस सम्बन्धमा कदम चाल्नको लागि अफगानिस्तानलाई आग्रह गरेकी छिन् । पत्रमा पाकिस्तानले कसरी अफगानिस्तानको भूभागमाथि अतिक्रमण गरियो पनि उल्लेख गरिएको छ । पत्रमा पाकिस्तानले अफगानीस्तानको पूर्वी क्षेत्रमा बमगोला प्रहार गर्ने, अफगान भूगोलभित्र सैन्य पोष्ट तथा अवरोधको निर्माण गर्ने र अफगान हवाइ क्षेत्रको उलंघन गर्ने कार्य गरेको उल्लेख छ ।
More

असोज ३ गते सार्वजनिक बिदा

संविधान दिवसको दिन अर्थात संविधान दिवसको दिन सार्वजनिक बिदा दिइने भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरे । संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागीताको अपेक्षा आफुले गरेको बताए ।
More

तराई-मधेश द्रुतमार्ग अघि बढाउन कुनै बाधा अड्चन छैन: नेपाली सेना

नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाँै–तराई-मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र आयोजनाको प्रगतिबारेमा जानकारी दिने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा डिपिआर, जनशक्ति र बजेटको सुनिश्चितता भइसकेकाले अव आयोजनालाई तँीव्रता प्रदान गर्न कुनै बाधा अड्चन नरहेको नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । एशियाली राजमार्गको ‘क’ वर्गको डिजाइन
More

धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन: राप्रपा अध्यक्ष कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन र धर्म परिवर्तनको निशानामा सनातन धर्म, मुल्य मान्यता, परम्परा र रितीरिवाज पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले हरितालिका तिजको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले जनस्तरमा मौलिक संस्कृति र परम्पराको रक्षा गर्ने चेतनाको बढोत्तरी हुनु सन्तोषजनक अवस्था रहेतापनि देश र सनातन धर्मका लागि आवश्यक परे आन्दोलनको स्वरुप दिनुपर्ने अवस्था आउने भन्दै त्यसका लागि तयार रहन महिलाहरुलाइ अपिल गरेका छन् । अध्यक्ष थापाले नेपालका हरेक चाडपर्वको आ-आफ्नै विशिष्टता रहेको र हरितालिका तिजको महत्त्व आधुनिक परिवेशमा झनै उल्लेख्य रहेको बताएका छन्
More

पर्यटनमन्त्रीद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण, काम सकेर चाबी बुझाएको दिन कर्मचारीलाई रथयात्रा गराइने

पोखरा । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् । बुधबार बिहान पोखरा आएका उनले आयोजनाको भौतिक र वित्तीय प्रगति बुझेपछि फिल्ड निरीक्षण गरेका थिए । विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार आयोजनाको ४५ प्रतिशत काम सकिसकेको छ । मन्त्री भट्टराईले समयमै काम सक्न समेत निर्देशन दिएका छन् । उनले सन् २०२० डिसेम्बरमा काम सकेर चाबी बुझाएको दिन कर्मचारीलाई रथ यात्रा गराउने बताए । मन्त्री बनिसकेपछि उनी पहिलो पटक पोखरा आएका हुन् ।
More

निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब

निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब हुने भएको छ । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने जानकारी दिएको हो । एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिएका हुन् । ७२.५ किलोमिटरको दु्रतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ । यस्तै द्रुतमार्गको प्रस्थानबिन्दु खोकना नै रहेको सेनाले जनाएको छ । डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा रेखाङ्कन परिवर्तन गरेको श्रेष्ठले बताए ।
More

क्याविनेट बैठकबारेको विवादमा बोल्यो प्रधानमन्त्रीको सचिवालय

भिडियो कन्फरेन्स मार्फत क्याविनेट बैठक बसेको विवादबारे प्रधानमन्त्री केपी ओलीको सचिवालय बोलेको छ । सिंगापुरवाट भिडियो कन्फरेन्स मार्फत क्याविनेट बैठक सञ्चालन गरेपछि गोपनियताको प्रश्न उठेपछि बैठकबारे विवाद भएको थियो । प्रतिपक्षी कांग्रेस लगायत राजनीतिक दलले त्यसरी सञ्चालन गरिने क्याविनेट वैठकले राष्टको सुरक्षा सम्वेदनशीलता देखि गोपनियता समेत लिक हुन सक्ने भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्रीको नीजि सचिवालयले मुख खोलेको हो । सचिवालयका तर्फवाट प्रधानमन्त्रीका आइटी विज्ञ अलि अस्गरले सामाजिक सन्जालमा यस वारेमा लेख्दै कुनै गोपनियता भंग नहुने बताएका छन् । त्भभिएचभकभलअभ मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरैले यसको सुरक्षाको जिज्ञासा राखेपनि उनले यसमा आफूहरुले सम्पर्क स्थापित गर्न ख्एल् ९ख्ष्चतगब िएचष्खबतभ
More

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं– बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ। चाँदीको मूल्य भने मंगलबार तोलामा ६० मा कारोबार भएकोमा बुधबार रु २० बढेर ८० मा कारोबार भएको छ ।
More

मेयर–उपमेयरबीच बोलचालै बन्द !

रौतहट–स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँनै कहाँ रह्यो र ? यस्तै अवस्था छ रौतहटको स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षबीको विवादले कामकारबाही सहज रुपमा अघि बढ्न सकेको छैन । आजको कान्तिपुर दैनिक लेख्छ–राजदेवी, कटहरिया, गुजारा, मौलापुर, गरुडा, फतुवा, विजयपुर, इशनाथ र देवाही गोनाही नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका प्रमुख–उपप्रमुखबीच मनमुटाव रहेको छ ।
More

घातक बन्दै विवाहइतर सम्बन्ध, परिणाम : हत्यादेखि आत्महत्यासम्म

काठमाडौं। पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ । गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे । नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान्् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए । छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको
More

केन्द्रीय सरकारमै ७ हजार कर्मचारी अभाव

काठमाडौं– केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झण्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ । यो खबर आजको राधाजनी दैनिकमा छापिएको छ । केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलृ पदपूर्ति प्रक्रिया भने थालेको छैन । कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्ममा गम्भीर समस्या परिरहेको अधिकारीहरुले बताएका छन् ।
More