Daily Archives 1st September 2019

एनआरएनए फिनल्याण्डको अध्यक्षमा श्रवण खनाल

फिनल्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फिनल्याण्डको अध्यक्षमा श्रवण खनाल निर्वाचीत हुनुभएको छ । गैर आवासीय नेपाली संघ फिनल्याण्डको अधिवेशनले आगामी कार्यकालको लागि खनाललाई अध्यक्षमा निर्वाचीत गरेको हो । अधिवेशनले उपाध्यक्षमा विनीता लामिछाने, विवेकराज उप्रेत्ति, महासचिवमा खिमानन्द (आदित्य ) चापागाई, कोषाध्यक्षमा जानकी प्रसाद कोइराला, सचिवमा प्रकाश पोखरेल, युवा संयोजकमा लव उपाध्याय, महिला संयोजकमा ममता थकाली, निर्वाचीत हुनुभएको छ । त्यस्तैगरि, नयाँ कार्यसमिति सदस्यहरुमा क्रमश घनश्याम विश्वकर्मा, विनीता श्रेष्ठ, शेखर आचार्य, सागर थापा, सुनील सुवल, दीपक केसी, सचिन्द्र रिमाल, चिरञ्जीवी चापागाई, महेश बहादुर अधिकारी, निर्मला खरेल (निरु ), शैलु भट्राई र दुर्गाराज गिरी (अमिर ) निर्वाचीत हुनुभएको छ ।
More

एनआरएन नर्वेकाे अध्यक्षमा नयन मल्ल

खिलक बुढाथोकी । ओस्लो (नर्बे)– गैरआवासीय नेपाली संघ (एनआरएनं) नर्वेमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार ओस्लोमा भएको निर्वाचनबाट नयन मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचन समितिका अनुसार अध्यक्षमा मल्ल सहित उपाध्यक्षमा प्रदीप अधिकारी (ओस्लो बाहिर), किरण गुरुन र जीवनबहादुर शाही विजय भएका हुन्। त्यसैगरी आइसीसी मेम्बरमा राजु आर्याल निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिको लागि निर्वाचन समितिले एक अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, आइसीसी मेम्बर र बढीमा ११ कार्यसमिति सदस्य पदको लागि उम्मेदवारी दर्ता आह्वान गरेको थियो। उम्मेदवारी दर्ता हुँदा उपाध्यक्ष र आइसीसी मेम्बरमा मात्र बढी उम्मेदवारी परेपछि ती
More

नेपाली खेल जगतका चार प्रशिक्षक लन्डनमा

लन्डन । नेपालका ओलम्पियन दीपक विष्टसहित चार प्रशिक्षक तालिमका लागि शनिबार लन्डन आइपुगेका छन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार प्रशिक्षक प्रशिक्षणका लागि बेलायत आएका हुन् । हिथ्रो टर्मिनल ४ मा उनीहरुलाई ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसनका सिइओ म्याट एकबल्ड, नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री लगातले स्वागत गरेका थिए । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीले नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ । बेलायत उड्नुअघि उनीहरुलाई नेपाल तेक्वान्दो
More

लोकमणी ढकालद्धारा एनआरएनए जर्मनीको महासचिवमा उम्मेदवारी दिने घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको महासचिवमा लोकमणी ढकालले उम्मेदवारी दिने भएका छन् । ढकालले गैरआवासीय नेपाली संघ जर्मनीको हेसन क्षेत्रीय कमिटी र (महिला फोरम) ले शनिवार फ्रयांङफर्टमा आयोजना एक कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । १५ वर्ष देखी फ्रयांङफर्डमा वसोबास गर्दै आएका ढकाल हस्पिटालिटी व्यवसायमा संलग्न छन् । गैरआवासीय नेपाली संघको अभियानमा सन् २००५ देखी सकृय ढकालले यसअघि गैरआवसीय नेपाली संघ जर्मनी, हेसन क्षेत्रीय संयोजकको जिम्मेवारी सम्मालेका थिए । ढकालले आफ्नो उम्मेदवारी सहित आफ्ना केही महत्वपूर्ण प्रतिवद्धताहरु समेत सार्वजानिक गरेका छन् । उनले एनआरएनए जर्मनीको सम्पर्क कार्यालय स्थापना गर्ने, क्षेत्रीय समितिहरुलाई थप सकृय पार्दै समन्वय
More

5 KILLED, 21 INJURED IN TEXAS MASS SHOOTING

Five people were killed and at least 21 people injured in an active shooting on Saturday afternoon in the Midland-Odessa area in the U.S. state of Texas, local police said on Saturday. According to Odessa Police Department, one shooter — a white male in his mid-30s — was among the dead and “the threat has been contained.” The police did not name the shooter or mention his motive. The shooting started on Saturday afternoon in Midland when a Texas Department of Public Safety (TxDPS) trooper attempted to stop a Honda. When the trooper pulled over the car, “he was shot
More

१२ बुथबाट एनआरएन युकेको निर्वाचनमा मतदान गर्न सकिने (केन्द्र सहित)

लण्डन । गैरआवासीय नेपाली संघ युकेको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सेप्टेम्बर १४ मा हुने निर्वाचनमा १२ स्थानमा मतदान केन्द्र रहने भएका छन् । निर्वाचन समितिको शुक्रबार भएको ‘कन्फेरेन्स कल’ बैठकले ति स्थान तय गरेको हो । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार अल्डरसट, बेजिङस्टोक, रेडिङ, स्वीण्डन, ह्यारो, प्लमस्टिड, आसफोर्ड, लेस्टर, बर्मिङघम, एडिनबरा, कार्डिफ र बेलफास्टमा बुथ राख्ने निर्णय भएको छ ।
More

Seven killed in Philippine light aircraft crash: authorities

MANILA – Seven people were killed when an air-ambulance plane crashed into a resort area near the Philippine capital on Sunday, sparking a fierce blaze and sending terrified locals fleeing, authorities said. Seven bodies have been found and it is believed all eight people aboard the light aircraft died in the disaster in Calamba City, local emergency official Jeffrey Rodriguez told AFP. Footage on social media showed the chaotic scene as an ambulance drove towards a building that was engulfed in flames and witnesses shouted for help in the street. “No one will survive this crash. We assume that all
More

विमान दुर्घटनामा चालकदलका सदस्यसहित सात जनाको मृत्यु

मनिला । फिलिपिन्समा एउटा सानो विमान ९एअर एम्बुलेन्स० दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् । आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा देखाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको कालाम्बा शहरमा भएको विमानमा आठ जना विमानभित्र रहेको भनाइहरू आएका छन् यद्यपि यसबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको स्थानीय विपद् व्यवस्थापन अधिकारी जेफ्रेय रोड्रिगेजले एएफपीसँग बताउनुभयो । रोड्रिगेजले भन्नुभयो, “विमानमा यात्रारत सबैजनाको जिवित रहने सम्भावना देखिएको छैन तर पनि विमानमा आठ जना यात्रु रहेको भन्ने अपुष्ट खबरपछि
More

काङ्ग्रेस एकजुट हुनुको विकल्प छैनः महामन्त्री कोइराला

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा गुट–उपगुट मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल महिला सङ्घको ७२औँ स्थापना दिवस एवम संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले काङ्ग्रेस कमजोर बन्दै गएकाले अब एक हुनुको विकल्प नभएको बताउनुभयो । महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई सच्चिन आग्रह गर्नुभयो । “सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ, देशमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि हुनु दुःखद् छ”, उहाँले भन्नुभयो । उहाँले अब काङ्ग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
More

एनआरएनलाई रुपान्तरण गर्ने बाचा गरेकी छु : पुनम गुरुङ, अध्यक्ष (उम्मेदवार) एनआरएन युके

लण्डन । उसैपनि गैरआवासीय नेपाली संघ (एनआरएन) मा महिलाहरुको सहभागिता न्यून छ । एनसीसी होस् या आईसीसी–नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति औँलामा गन्न सकिने अवस्था रहेको संघभित्रै चर्चा हुनेगर्छ । गैरआवासीय नेपाली संघ )एनआरएन) युकेमै पनि महिला सहभागिता कमजोर देखिन्छ । अझ नेतृत्वको कुरा गर्ने हो भने विगतको ७ वटा निर्वाचनबाट पुरुष नै नेतृत्वमा आए । संघको आठौं अधिवेशनको रस्साकस्सी चल्दै गर्दा भने चुनावी माहोल फरक देखिएको छ अर्थात एक लोकप्रिय र सशक्त महिलाको उम्मेदवारीले एनआरएन युकेको निर्वाचनको माहोल रोचक बनेको छ । आगामी सेप्टेम्बर १४ ९भदौ २८० निर्वाचनमा विगत १७ वर्षदेखि बेलायतमा सक्रिय समाजसेवी तथा उद्यमी पुनम गुरुङले उम्मेदवारी दिएसँगै
More

केन्द्रका मन्त्रीहरुले तल अधिकार दिएनन्, आफ्नो मुठ्ठीमा राख्न खोजे : दिनानाथ शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयताको बुझाईमा संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको गुनासो पोखेका छन् । उनले भने,‘संघीयताको बारेमा हामीहरुबीच एकरुपता भएको छैन् ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले अझैपनि शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोखे । उनले भने,‘अहिलेपनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावनाअनुसार अघि बढेका छैनन्, संघीयता कार्यान्वयन गर्नेतर्फ कानुन तथा विद्येयकहरु पेश भएका छैनन् ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधान र मुलुकको व्यवस्था नयाँ भएपनि काम गर्ने शैली पूरानै
More

लेकालीले सम्झियो आफ्नो सांगीतिक विगत

नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली लेकालीका गीतहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए । वि.सं. २०२४ सालमा स्थापना भएको लेकालीले समूहको नाममा एकल कन्सर्ट नगरेको लामो समय बितिसकेको थियो । लेकालीले यसअघि २०२८ सालमा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको संझना गर्‍यो । लेकालीले संगीतकार, गीतकार तथा गायक द्वय गणेश रसिक र हिरण्य भोजपुरेले भरेका धुनहरूलाई गाउने गरेकाछन् । उनीहरूका धुनहरू तत्कालिन समसामयिक प्रचलन र लोक धुनमा आधारित हुने गर्छन् । लेकालीले शुक्रबार साँझ तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको ‘आर’शालामा
More

राप्रपा पाखण्डी पार्टी हो: डा. बाबुराम भट्टराई

समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको प्रतिक्रिया दिएका छन् । समाजवादी पार्टीको ३ नं। प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजित पार्टी समायोजन कार्यक्रममा भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन् । ुराजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड १, उनले भने, सत्तरी वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ । त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम
More

मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने पक्राउ

मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने श्याम परदेशीलाई पक्राउ परेको छ । सर्लाही हरिपुरमा करीब २०० जनालाई उनले मिटर ब्याज लगाएर ठगी गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ऋण दिएपछि आर्थिक अवस्था कमजोर भएका गाउँले सँग दिन दुई गुना रात चौगुना ब्याज असुल्दै तिर्नै नसक्ने अवस्थामा पुर्याएर अनेकन दुःख दिँदै आएका थिए । उनले एउटै ख्णका १९ वटासम्म तमसुक बनाएको पाइएको छ । उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट गरिएको जनाइएको छ ।
More

सरकारी कार्यालयका प्रमुखलाई धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जना पक्राउ

काठमाडौं-बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक-धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका-७ ठेगाना भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका-३ गठ्ठाघर बस्ने झापा भद्रपुर नगरपालिका-८ ठेगाना भएका ४१ वर्षीय सुवाष कोइराला र काठमाडौं काडाँघारी बस्ने झापा भद्रपुर नगरपालिका-८ ठेगाना भएका २४ वर्षीय सुभम घिमिरे रहेका छन् । उक्त कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार र आइतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान
More

बाग्लुङको बलेवामा गुल्मीका युवा मृत फेला

बाग्लुङको बलेवामा झुण्डिएको अवस्थामा भेटिएका एक पुरुष गुल्मीको धुर्कोट गाँउपालिका ७  वाग्लाका भएको खुलेको छ । २३ वर्षिय अभिषेक पन्थीको शव शनिबार बाग्लुङ बलेवाको सानो जंगलमा  झुण्डिएको अवस्थामा फेला परेका थियो । झण्डै एक महिना देखी घरको सम्पर्कबाहिर रहेका पन्थी एक मोबाईल कम्पनीमा मार्केटिङको काम गर्थे । अविवाहित पन्थीको शव सडेर गन्हाईरहेको अवस्थामा पाखोमा घाँस काट्न पुगेका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । मृत भेटिएको उनको साथमा रहेको परिचय पत्रका आधारमा प्रहरीले बुटवलमा रहेको परिवारलाई खबर गरेपछि अहिले पन्थीको परिवार घटनास्थलतर्फ गएको छ । प्रहरीले दिएको प्रराम्भिक हुलिया अनुसार उनि आफ्नै भाई भएको निष्कर्षमा पुगेपनि आफुहरु घटनास्थल पुगेपछि यसको बिस्तृत
More

लोकन्थलीमा फेरि गयो पहिरो

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ को लोकन्थली हाइटस्थित गोरखनाथ मार्गमा शुक्रबार राति फेरि पहिरो गएको छ। शुक्रबार रातिको वर्षाले गएको भाद्र ३ गते सुख्खा पहिरो गएकोभन्दा पश्चिमतर्फ फेरि पहिरो गएको हो। उक्त पहिरो गएसँगै दुई घर पहिरोको जोखिममा परेको वडा अध्यक्ष सुरज खड्काले जानकारी दिए। ‘भाद्र ३ गते गएको पहिरोले चर्काएको पश्चिमतर्फको भागमा शुक्रबार राति पहिरो गएको हो’, उनले भने, ‘थप पहिरो जान नदिन त्रिपालले छोपेका छौं।’ उनले पहिल्यै चर्काएकाले त्यसलाई भास्न खोज्दा भूगर्भ विभागले रोकेको वडा अध्यक्ष खड्काले स्पष्टीकरण दिए। उनका अनुसार भाद्र ३ गते पहिरो गएको पूर्वतर्फको बाटोसमेत कुनै बेला भासिने सम्भावना छ। जसले गर्दा उक्त क्षेत्रमा
More

डेंगू नियन्त्रण नगरेको भन्दै नेकपाकै सांसदद्वारा सरकारको आलोचना

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदद्धय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सत्तारुढ नेकपामा सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको सो रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले लामखुट्टे नियन्त्रण गरेर सो रोग लाग्न नदिन किन गम्भिर नभएको ? भनि सरकारलाई प्रश्न पनि गरे।
More

मिटर ब्याज आतंक: नौ करोड ठगी, सय परिवार विस्थापित

काठमाडौं – सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौं रकम ठगी गरेको पाइएको छ। तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने श्यामकृष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरूलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेको खुल्न आएको हो। कलवारले करिब ३ सय घरपरिवारलाई जबर्जस्ती ऋणको कागज गराएर दुःख दिएको भन्दै पीडितहरू न्याय माग्दै काठमाडौं आइपुगेका छन्। स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोडजति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन्।
More

गाईगोरु डाँडो कटाउन खोज्दा…

सुर्खेत- नेपालगन्ज उपमहानगरपालिकाले करिब एक महिनाअघि सर्वपक्षीय बैठक गरी संरक्षण गर्ने उद्देश्यले कुनै व्यक्ति वा संस्थाले माग गरे कान्जी हाउसमा रहेका गाईगोरु नि:शुल्क दिने निर्णय गरेको थियो । तर उपमहानगरपालिकाले नै बिहीबार निर्णयको मर्मविपरीत गाईगोरुलाई डाँडो कटाउन खोज्दा समस्या देखिएको छ । बाँके जिल्ला प्रशासन कार्यालयको सहयोगमा उपमहानगरपालिकाले बिहीबार राति २ सय ७० गाईगोरु दैलेखको श्रीस्थानका लागि पठाएको थियो । यद्यपि यति ठूलो परिमाणमा गाईगोरु कसले मागेका थिए भन्ने रहस्यमै छ । उपमहानगरपालिकाले आफ्नै व्यवस्थापनमा ८ वटा ट्रकमा गाईगोरु पठाएको थियो । नगर प्रहरी इन्चार्ज टोली सुर्खेतसम्मै छोड्न आएको थियो । पठाइएकामध्ये २४ गाईगोरु मरेपछि उपमहानगरपालिकालाई कानुनी रुपमा गलपासो भएका छन् । ‘अहिलेसम्म ती गाईगोरु कसले मागेका
More