Daily Archives 2nd September 2019

‘करीब नौ खर्ब विप्रेषण भित्रियो’

आर्थिक वर्ष २०७५\७६ मा झण्डै रु नौ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति’मा विप्रेषण आप्रवाह रु आठ खर्ब ७९ अर्ब २७ करोड पुगेको उल्लेख छ । गत आर्थिक वर्ष २०७५/०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा रु सात खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो । गत आवमा श्रम स्वीकृति (संस्थागत तथा
More

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो । मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् । झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताउनुभयो ।
More

नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ पक्राउ

काठमाडौँ– नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिकमध्ये भागेका २ जनाबारे प्रहरीले थप तथ्य फेला पारेको छ । प्रहरीले शनिबार एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका अन्य तीन जना भागेका थिए । यस्तै भागेकाहरुमध्ये २ जनाले काठमाडौको डेक्सो मनि चेन्जरबाट २९ लाख रुपैयाँ साटेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीले यसबारे थप अनुसन्धान भइरहेको जनाए । यसैबीच भागेकामध्ये एक जनालाई प्रहरीले सोमबार विमानस्थलबाट पक्राउ गरेको छ ।
More

सोमाबार सुनको भाउ

सोमाबार सुनको भाउ तोलामा ७२ हजारमा कारोबार भएको छ । सुनको भाउ आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छ । यस्तै सोमबार चाँदी तोलामा ८८५ मा कारोबार भएको छ।
More

रवि लामिछानेलाई राहत, मानहानीको मुद्दा खारेज

काठमाडौं– टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन् खड्गसिंहले दिएको उजुरीमाथि सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुद्दा खारेज गरिदिएको हो । शालिकराम पुडसैनी आत्महत्या दुरुत्साहन मुद्दा झेलिरहेका उनलाई अर्को एक मुद्दामा भने राहत मिलेको हो ।
More

एनआरएनए सचिब पदमा आरके शर्माको उम्मेदवारी घोषणा

गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्मा ले २०१९–०२१ कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व गदै उम्मेदवारी दिने बताए । मध्यपुर्व संयोजक हुदाँ प्राय सबै देशहरुमा पुगेर श्रमिक नेपालीको समस्या लाई लिएर सम्बन्धित निकायमा पुगेर समस्याहरु लाई समाधान गर्दै आइरहेका शर्मा बैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरुको पक्षमा पहिलो प्राथमिकतामा राख्दै काम गरेका छन । स्वास्थ सुरक्षा तथा सचेतना
More

दिनेशराज जोशीले एनआरएनए ओसेनिया संयोजकमा उम्मेदवारी दिने

सिड्नी – एनआरएनए आइसिसी सदस्य दिनेशराज जोशीले आगामी अक्टोबर महिनामा हुने विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । करिब डेढ दशकदेखि अस्ट्रेलियामा एनआरएनए तथा अन्य संस्थामार्फत सामाजिक कार्यमा सक्रिय जोशीले ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्युगिनी, फिजी लगायतका देशहरूमा बस्ने गैरआवासीय नेपालीहरूलाई एकतावद्ध गर्दै संस्थामा अपनत्व महसुस गराउनका साथै आफूले संस्थाभित्र रहेर सिकेको सीप र ज्ञानलाई यो संस्थाको सवलीकरणमा प्रयोग गर्नका लागि उम्मेदवारी दिएको कुरा बताए। गैरआवासीय नेपालीहरूले संसारका कैयौँ देशहरूमा अवैतनिक राजदूतको भूमिका निर्वाह गरेको बताउँदै संस्था स्थापनाको छोटो समयमा नै लगानी भित्र्याउने, रोजगारी अभिवृद्धि गर्नेदेखि नेपाल सरकार, राजनैतिक दल, उद्योगी व्यापारी एवं अन्य
More

शाहवंशीय परम्परालाई निरन्तरता दिँदै पूर्वयुवराज पारस

काठमाडौं । शाहवंशीय परम्परालाई निरन्तरता दिँदै पूर्वयुवराज पारस शाहले कुमारीको टीका आशीर्वाद ग्रहण गरेका छन् । राजपरिवारले कुमारी पुज्ने इतिहास निरन्तर राख्न पारस आइतबार बसन्तपुर पुगेका हुन् । २६२ वर्ष अघि, आजकै दिन, कुमारी घर रहेकै स्थानमा, राजा जयप्रकाश मल्लले कुमारी स्थापना गरेर देवी पुज्ने कार्य स्थापना गरेका थिए । यसो गर्दा मल्ल राजा जयप्रकाशको शासन १२ वर्ष चल्छ भन्ने वाणी अनुसार राजपरिवारबाट कुमारी पुज्ने प्रथा आरम्भ भएको हो । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि, कुमारीबाट टीका थापेर शासनको थालनी गरेका थिए । मल्ल कालमा आरम्भ भएको परम्परा शाह वंशबाट पनि यसरी निरन्तर राखिएको इतिहास छ ।
More

सरकारी कार्यालयका प्रमुखलाई धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जना पक्राउ

काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिने सम्मको धाक(धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका(७ ठेगाना भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका(३ गठ्ठाघर बस्ने झापा भद्रपुर नगरपालिका- ८ ठेगाना भएका ४१ वर्षीय सुवाष कोइराला र काठमाडौं काडाँघारी बस्ने झापा भद्रपुर नगरपालिका-८ ठेगाना भएका २४ वर्षीय सुभम घिमिरे रहेका छन् । उक्त कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार र आइतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो ।
More

यसकारण रोजगारीका थोरै कामदारमात्रै जापान जान पाउने

जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथामिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमान्यून संख्यामामात्र कामदारलैजाने देखिएको छ ।जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ । जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका श्रमिक लिने जनाए अनुसार नेपालबाट शुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ । यसका लागि कार्तिकको दोस्रो हप्ता परीक्षा गर्ने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिब दिपक ढकालले पहिलो चरणमा न्यून मात्राका नर्स र केयर गिभर लैजाने जनाएको बताए ।
More

तीजमा पानी समेत नखाइ ब्रत बस्नु गलत

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा
More

नेपाली बैंकको सिस्टम बिदेशी ह्याकरको कब्जामा

काठमाडौं– नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ । एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ । उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए । राजधानी दैनिकमा यो खबर छापिएको छ ।
More

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, बुधबार उपचार पूरा हुने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मिर्गौलासम्बन्धी एन्टिबडी उपचार जारी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै ट्वीट गरेका छन्। उनका अनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको छैठौं चरणको प्लाज्मा फेरेसिस प्रक्रिया सोमबार हुने छ । गोरखापत्रले याे खबर छापेको छ । बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने छ । प्रधानमन्त्री ओली स्वास्थ्य उपचार तथा थप परीक्षणका लागि भदौ ५ गते सिंगापुर गएका थिए ।
More

सात वर्षदेखि क्यासिनो मुद्दा सर्वोच्चमा यताउति घुम्दै

काठमाडौं । सात वर्षदेखि क्यासिनोको रोयल्टीसम्बन्धी मुद्दा सर्वोच्चमा अल्झँदा राज्यले अर्बौं रकम उठाउन सकेको छैन । राजधानी दैनिकमा यो खबर छापिएको छ। अन्तरिम आदेशकै कारण क्यासिनो सञ्चालन गर्ने अनुमति पाउँदा राज्यले २ अर्ब बढी राजस्व उठाउन सकेको छैन । अदालतको अन्तरिम आदेशकै कारण १० वटा क्यासिनो सञ्चालित छन् । ती क्यासिनोको मुद्दा हाल सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढ्दै हेर्न नभ्याउने सूचीमा राखिँदै आइएको छ । अदालतमा मुद्दा अल्झँदा क्यासिनोले तिर्ने कि होटलले भन्ने विवादकै कारण उनीहरू हालसम्म कर तिर्नबाट उम्किँदै आएका छन् । सर्वोच्चले पाँच वर्षभन्दा पुराना मुद्दा अदालतमा छैन भनेर दाबी गरिरहे पनि राजस्वसँग जोडिएका क्यासिनाको मुद्दा भने पेसीमा
More