Daily Archives 8th September 2019

असोज २१ गते बिहान १०ः३५ बजे विजयादशमीको शुभ साइत

काठमाडौँ-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिए ।
More

गाई मारेको अभियोगमा पक्राउ

नुवाकोट-किस्पाङ गाउँपालिका-३ बस्ने ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आईत तामाङलाई गाई मारेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नुवाकोट जिल्लाका विभिन्न भागहरुबाट बटुलेर ल्याएका गाईगोरुलाई कुटपिट गर्दा १ वटा गाई मरेको तथा १ वटा गाई उठ्न नसक्ने गरी असक्त भएको जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
More

यी हुन् बालाजु माछापोखरीबाट समातिएका ९ भाइ

काठमाडौं–काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो सहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-१ का २९ वर्षीय राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका(७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका-१० का २५ वर्षीय धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका-५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका-४ का ३० वर्षीय योर्साङ
More

क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोट फुटबलमा

क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोट फुटबलमा पहिलो जित निकालेको छ । समूह ‘बी’ अन्र्तगत शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई उसकै मैदानमा ४–२ गोलले हरायो । सुरुवाती दुई खेलमा बराबरी नतिजामा चित्त बुझाएको पोर्चुगलको युरो छनोट खेलमा यो पहिलो जित हो । पेर्चुगलको जितमा विलियम कार्भाल्होले ४२औं मिनेटमा पहिलो गोल गरे । ५८औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै घरेलु टोली सर्वियालाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि ८०औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई थप बलियो बनाए । ८५औं मिनेटमा सर्वियाका एलेकसन्डर मिट्रोभिकले गोल गर्दै गोल अन्तर घटाए ।८६औं
More

एनआरएन युकेको अधिवेशन सम्पन्न, छायाँ अध्यक्ष सहितको विधान अस्वीकृत

“भिजन २०२० एण्ड वियोन्ड”को एजेन्डा नै मेरो चुनावी एजेन्डा हो: कुमार पन्त लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले निवर्तमान अध्यक्ष शेष घलेले अघि सारेको भिजन २०२० एण्ड वियोन्डको एजेण्डा नै अबको मुख्य कार्ययोजना भएको बताउनुभएको छ । एनआरएनए युकेको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पन्तले भिजन २०२० को कार्यान्वयन नै आफ्नो मुख्य कार्ययोजना भएको बताउनुभएको हो । “धेरै साथीहरुको प्रश्न छ, अबको तपाइको मुख्य कार्ययोजना र मुद्दा के होरु पन्तले भन्नुभयो, “ मैले भन्ने गरेको छु, मेरो अथवा कुनैपनि अर्को साथीको मुद्दा भन्ने कुरै छैन, अब एउटा मुद्दा छ हामीले बोक्नुपर्ने, त्यो
More

मेलम्ची खानेपानी आयोजनामा निषेधित क्षेत्र घोषणा

काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थल वरपर प्रदर्शन गर्न निषेध गरिएको छ । सीएमसी कम्पनीका पीडितहरुले कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गर्दै प्रदर्शनमा उत्रेकाहरुलाई मेलम्ची खानेपानी आयोजनाको कार्यलय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै त्यस्तो निषेधाज्ञा जारी गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३(क) बमोजिम शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी आदेश जारी गरिएको उनले बताए । निषेध गरिएका क्षेत्रका २ सयदेखि ५  मिटरसम्म
More

अलमलमै अनिवार्य तथा निःशुल्क शिक्षा

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन प्रमाणीकरण भएको आउँदो असोज २ गते ठीक एक वर्ष पुग्दै छ । कागजमा अनिवार्य र निःशुल्क शिक्षा त भयो तर व्यवहारमा हुन सकेको छैन । ऐन कार्यान्वयनमा आएको एक वर्ष बित्न लाग्दा पनि नियमावलीको अत्तोपत्तो छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख २ बाट सुरु भएको नयाँ शैक्षिक सत्रबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पूर्ण निःशुल्क शिक्षा प्राप्त गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा गरे पनि अलमलमै छ । ऐनमा विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरी दिइने शिक्षाका रूपमा निःशुल्क शिक्षालाई परिभाषित गरिएको छ । राज्यले
More

८६ हजार कर्मचारीमा कोही छैन ‘सुपरस्टार’ ?

देशभर ८६ हजार बढी निजामती कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन । सरकारले निजामती सेवा दिवसको अवसरमा एक सर्वोत्कउष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जनामात्रै पुरस्कृत हुने भएका छन् । सरकारले गतवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको थिएन । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।
More

चिनियाँलाई लगानी गर्न पर्यटनमन्त्री योगेश भट्टराईको आह्वान

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन्। काठमाडौँस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएको बताएका हुन्। उनले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे। भट्टराईले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा नेपाललाई चीनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनियाँ पर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताए। नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ नागरिकका लागि नेपालले राहदानी शुल्क मिनाह गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद
More

राजधानीबारे चर्काचर्की, जनकपुर कि वीरगन्ज ?

जनकपुर– प्रदेश २ को राजधानी जनकपुर कि वीरगन्ज तोक्ने भन्ने मुद्दामा प्रदेशसभाका सांसदहरु विभाजित भएका छन् । आ–आफ्नो दाबी र तर्कसँगै सांसदहरुले राजधानीको छलफल जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा प्रदेशसभाको शनिबारको बैठकमा आक्षेपमय बन्यो । बैठकमा प्रदेशको राजधानी र नामबारे परेको प्रस्तावमा छलफल थालिएपछि सांसदहरूले आआफ्नै विचार राखे। भदौ ५ को प्रदेशसभाले नाम र राजधानीको प्रस्ताव ल्याउन बाध्य पारेपछि दल र सांसदहरुले आ–आफ्नो प्रस्ताव दर्ता गराएका थिए। कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
More

‘अब यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’

काठमाडौँ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ। अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो। कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए । “परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उनले भने । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको
More

दोस्रो प्रयासमा पनि निगमले लिलाम गर्न सकेन बोइङ

नेपाल बायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ(गण्डकी) दोस्रो पटक पनि लिलाम हुन नसकेको खबर कान्तिपुर दैनिकले छापेको छ । विमान खरिद गर्न प्रस्ताव गर्ने दुबै कम्पनी अयोग्य भएका छन् । निगमका सहायक प्रवक्ता सुलेख मिश्रका अनुसार एबीएन नामको इजरायली कम्पनीले इजरायलबाट र अर्को प्रस्तावक कम्पनीले बिना ठेगाना बोलपत्र बुझाएकाले दुबै नेपालको कानुनअनुसार अयोग्य भएका हुन् । निगमले यसअघि असार ११गते ३० दिनका लागि बोलपत्र आह्वान गरेको थियो ।
More

कर्मचारीका परिवारले सुराकी भत्ता नपाउने

काठमाडौं– राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीका परिवारले सुराकीबापतको भत्ता नपाउने कानुन बन्ने भएको छ । राजस्व चुहावट एवम् चोरी र पैठारीसम्बन्धी कसुर गरेको सूचना दिने त्यस्ता व्यक्ति (सुराकी) लाई पुरस्कार दिने व्यवस्था खारेज गरिएको विधेयक प्रतिनिधिसभामा पेस गरिएको छ । अर्थ समितिबाट पारित भएको राजश्व चुहावट तथा नियन्त्रण ऐन २०५२लाई संशोधन गर्न बनेको निधेयकमा निजामति कर्मचारी वा प्रहरीका परिवारका सदस्यले सुराकी गर्न पाउने तर त्यसबापत पुरस्कार रकम नपाउने प्रावधान राखिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
More