Daily Archives 9th September 2019

ब्रिटिश एयरवेजका पाइलट हड्तालमा, सबै उडान रद्ध

लण्डन । बेलायतमा ब्रिटिश एयरवेजले पाइलटहरुको हड्तालका कारण लगभग सबै उडान रद्ध गरेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार तलब विवादका कारण पाइलटहरु हड्तालमा छन् । ब्रिटिश एयरलाइन्सको १ सय वर्षको इतिहासमा यसलाई सबैभन्दा ठूलो हड्ताल मानिएको छ । कम्पनीका प्रवक्ताले एयरलाइन्सले हरेक दिन उडान भर्ने आफ्ना ८५० वटा उडान रद्ध गरेको हो । टेलिग्राफको समाचार अनुसार पाइलटको हड्तालबाट २ लाख ८० हजार मानिस प्रभावित बनेका छन् । यसबाट ८० मिलियन पाण्ड नोक्सान हुने बताइन्छ । न्युयोर्क, हङकङ, दिल्ली, जोहानेसबर्ग लगायत सहरमा जाने उडान रद्ध गरिएको छ । तलब र भत्ता कटौती भएको भन्दै असन्तुष्ट पाइलटहरु हड्तालमा उत्रिएका हुन् । अगस्ट
More

एनआरएन अभियान्ता थर्क सेनले केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ता र्थक सेनले आसन्न नवौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनीसंग एनआरएनए यूकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसिसी सदस्यको जिम्मेवारी समालेको अनुभव छ । हाल एनआरएनए रोड सेप्टी कमिटि संयोजक रहेका सेन विगत लामो समयदेखि एनआरएनए अभियानमा सकृय छन् । पूर्व ब्रिटीस आर्मी सेन लामो समयदेखि बेलायतमा रोड सेप्टीको क्षेत्रमा कार्यरत छन् । सेनले नेपालमा बढ्दो दुर्घटना रोक्न सरकारका हरेक निकायलाई विदेशी प्रविधि र अनुभव शेयर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सेनले विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा महत्वपूर्ण भुमिका खेलेका छन् । एनआरएनएको तर्फबाट रोड
More

बालुवा तस्करद्धारा सांसद डा. सूर्य पाठक माथि धम्की

लण्डन । बाग्लुङ १ नम्वर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य प्रसाद पाठकलाई बालुवा तस्करहरुले धम्की दिएका छन् । कालीगण्डकीमा भएको बालुवा तस्करी बारे डा. पाठकले संसदका आवाज निकाले पछि बाग्लुङका बालुवा तस्कारहरु पाठक बिरुद्ध खनिएका हुन् । पाठकले सोमवार अबेर साँझ आफ्नो फेसबुक टाइमलाइन मार्फत आफु माफियाहरुसंग लड्दा कहिले ठेक्दार र कहिले बालुवा तस्कारले धम्कि दिएको वताएका छन् । पाठकले माफियाहरुले प्रहरी प्रशासन समते हातमा लिएको उल्लेख गरेका छन् । पाठकले आफ्नो सुरक्षाको बारेमा समेत खुलेर लेखेका छन् । उनले ‘म कहिलै प्रहरीसंग सुरक्षा माग्दिन, प्रहरी अघिपछि लागेर हिड्दिन्’ । पाठकले आफु मदन भण्डारीमो चेला भएको भन्दै मर्न परे
More

रवि लामिछानेलाई फेरी थुनामा राख्न माग गर्दै सरकारी वकिलले दिए उच्च अदालतमा निवेदन !

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजला निवेदन दर्ता गरिएको छ । सोमबार सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए । उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
More

काठमाडौंमा सहुलियत मूल्य पसल संचालन

सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ संचालनमा ल्याएको हो । कार्तिक १७ गतेसम्म संचालन हुने सो पसल देशको मुख्यमुख्य सहरमा पनि संचालन हुनेछन । ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिनु भयो ।
More

नेपाललाई तीन वटा सहयोग गर्ने चीनको घोषणा

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ । बिहीबार राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो । भेटपछि दुई देशबीच तीन वटा सहमति भएको छ । मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
More

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराई नाप्दा !

भगवान गिरी । जबसम्म अमेरिका पत्ता लागेको थिएन विश्व कै अन्तिम बिन्दु मानिथ्यो पोर्चुगलको कावा दि रोकालाई । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम बिन्दुमा चिनिन्छ । हो यही अन्तिम बिन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट सगरमाथाको गहिराई नाप्ने काम भएको छ । सामान्यतय सर्वोच्च शिखर सगरमाथाको उचाई नापिन्छ, तर कवि मन हो नापियो गहिराई ! वर्तमानमा आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता बाचन गर्न सक्ने सेलेब्रेटी र प्रतिभाशाली युवा कवि नवराज पराजुली सेप्टेम्बर ८ तारिख आइतबार लिस्बनमा गुन्जिंदा वाहीवाही मात्र पाएनन् सबैलाई मन्त्रमुग्ध र कविता कन्सर्ट ध्यान केन्द्र हो कि जस्तो बनाए । “कविता कन्सर्ट” को युरोप
More

एनआरएनएलाई खबरदारी गरौं

एनआरएनएमा नयाँ भिजन, खादामाला, आसनग्रहण खारेज राज कुमार त्रिपाठी। लण्डन । गैरआवासीय नेपाली अभियान भित्र सबै वर्ग अटाइनु पर्दछ। नेतृत्व तहमा केबल पैसाँवालहरु मात्र पुग्न सक्ने गरी उम्मेदवारी शुल्क दशलाख देखी पाँच लाख सम्म पदाधिकारीहरुलाई तोकिएको छ। लामो कार्यकाल एनआरएनए एनसीसीमा बसि काम गरिरहेका र केन्द्रिय नेतृत्वमा पुग्न र काम गर्न इच्छुक राम्रा सोच भएकाहरुबाट साथीहरु यो चर्को उमेदवारी शुल्क राखिएकोले उमेदवारी दिन बञ्चीत हुने अवस्था आएको छ । मैले केहि केन्द्रिय नेतृत्वसंग उम्मेदवारी शुल्क घटाइदिन सबैको भावना समेत प्रतिनिधित्व गराईनु पर्ने अनुरोध गरे। हुने खाने धनि भन्ने हरुले पैसा कमाउनुस तब मात्र गैरआवासीय नेपाली संघमा प्रयास गर्नुहोस् सम्म भने
More

युवा बीच लोकप्रिय अनिल (तिर्थ बहादुर मल्ल) एनआरएन युकेको युवा संयोजकमा उम्मेदवार

लन्डन । बेलायतका युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) गैरआवासीय नेपाली संघ यूकेको आगामी निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १४ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका उनले सो उम्मेदवारी दिएका हुन् । मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आए पछि युवा माँझ निकै लोकप्रियता कमाएका छन् । कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन्
More

एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने

एसिड आक्रमण पिडित मुस्कानको उपचार खर्च प्रदेश २ का मुख्यमन्त्री कार्यालयले बेहोर्ने भएको छ । समाजवादी पार्टी का राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादवले एसिड आक्रमणबाट घाइते भइ उपचाररत मुस्कान खातुनलाई सोमवार बिहान भेटेका छन् । दुबै जना बालिकालाई भेंटन एकाबिहानै किर्तिपुरस्थित बर्न अस्पताल पुगेका थिए । मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्रीले प्रदेश सरकारको तर्फबाट पिडितको उपचार खर्च बेहोर्ने जनाएका छन् । ‘बिभिन्न सहगोगी हातहरु अहिले अगाडी बढेकोमा आउने सहयोगमा अपुग हुने सम्पुर्ण खर्च मुख्यमन्त्रीज्युले बेहोर्न
More

लण्डनमा ‘खेमराज गुरुङ स्मृति साँझ’ सम्पन्न

लण्डन – वारी जमुना पारी जमुना गीतबाट चर्चित स्वर्गिय गायक खेमराज गुरुङको संझनामा वेलायतमा एक कार्यक्रम सम्पन्न भएको छ। खेमराज गुरुङ ट्रष्टको आयोजनामा आइतवार लण्डनस्थित फेलथाममा ‘खेमराज गुरुङ स्मृति साँझ ‘ सम्पन्न भएको हो। स्मृति साँझका लागि लण्डन आईपुगेका नेपालका चर्चित गायक राजेश पायल राईले स्वर्गिय गायक गुरुङको संझनामा बिभिन्न लोकगीतहरु प्रस्तुत गरेका थिए। राईले उनका चिरपरीचित गीतहरु तिम्लाई पाए संसारको, दर्शन नमस्ते, म त र्मछु की क्या हो ठूली, बल्ल भेट भयो, दिक्तेल बजार, किन यति धेरै माया लाग्छ, फैलियो माया लगायत आफ्ना नयाँ एल्बमका गीतहरु दर्शक समक्ष प्रस्तुती दिए। कार्यक्रममा स्थानीय गायक सुजन पराजुलीले गायक गुरुङले गाएका वारी
More

एनआरएन युके निर्वाचनः पुनम प्यानलमा हाईप्रोफाइल उम्मेदवार !

लन्डन । बेलायतमा कार्यरत वरिष्ठ चिकित्सक डा. सुनिल साहले एनआरएन युकेको नयां कार्यसमितिलाई समावेशी बनाउन आह्वान गरेका छन्। यही सेप्टेम्बर १४ मा हुन गइरहेको निर्वाचनमा कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका डा. साहले गैर आवासीय नेपाली संघको मर्म बमोजिम नयां बन्ने कार्यसमितिलाई समावेशी बनाउन आग्रह गरेका हुन् । ‘झन्डै १४,००० सदस्य सहित एनआरएन युके संसारमै सबै भन्दा बढी सदस्यहरु भएको राष्ट्रिय समन्वय परिषद बन्न पुगेको छ। अब हामीले युकेमा बसोबास गरिरहेका जनजाति, मधेशी लगायत सबै नेपाली समुदायको प्रतिनिधित्व हुने गरी नयां कार्य समिति चुन्नु पर्दछु, उनले भने। बेलायतको लिभरपुलमा एनएचएसको परामर्शदाताका रुपमा कार्यरत डा। साह मुख तथा म्याक्सिलो फेसियल विधाका चर्चित
More

एनआरएनए निर्वाचनमा राजनैतिक तथा जातिय उम्मेदवार माथि कडाई (सूचना सहित)

लण्डन । गैर आवासीय नेपाली संघको अक्टोवर दोस्रो साता हुने निर्वाचन प्रकृया सुरु भएको छ । संघको निर्वाचन समितिको तर्फवाट एक सूचना जारी गर्दै निर्वाचन आयुक्त शिव प्रसाद रिजालले राजनैतिक, जातिय वा धार्मिक सँस्थाको कार्यकारी समितिको पदाधिकारी माथि कडा प्रवधान सार्वजानिक गरेका छन् । सूचना अनुसार कुनै पनि उम्मेदवारले राजनैतिक, जातिय सँस्थाको कार्यकारी समितिको सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाणपत्र पेश गर्न भनिएको छ । नयाँ नियमावली अनुरुप उम्मेदवारले आफ्नो मनोनयसंगै ती पदहरु त्याग गरेको प्रतिबद्धता पेश गर्नु पर्ने छ । यस्तै निर्वाचन समितिले उम्मेदवारहरुको उम्मेदवारी शुल्क समेत तय गरेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षको
More

एनआरएनए मदागास्कारको अध्यक्षमा रमेश राई

गैरआवासीय नेपाली संघ, मदागास्कर राष्ट्रिय समन्वय समितिको आइतबार सम्पन्न साधारणसभाले रमेश राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ। सर्बसम्मत रुपमा चयन गरिएको समितिको उपाध्यक्षमा दानबहादुर थापा र कर्ण शेर राई, महासचिव होमनारायाण श्रेष्ठ, सचिव सुबास आले मगर र कोषाध्यक्षमा पेम्बा शेर्पा छन्। सदस्यहरुमा बीरबहादुर मगर, तेज बहादुर कार्की, शिबराज कँडेल, बुलन गुरुङ, मनकुमार मगर, रमेश राणा, हिमबहादुर बुढाथोकी, दिनेश खड्का, भरत आचर्य, धनराज सावा लिम्बु, यादव नेपाल, लालबाबु ठाकुर छन्। यसैगरी, युवा संयोजक रामकुमार राई तथा सल्लाहकारमा आङगेलजी शेर्पा, पुर्णबहादुर खड्का र मार्क गुरुङ चयन भएका छन्।
More

एनआरएनए केन्यामा सुरज डुम्रेको नेतृत्वमा नयाँ कार्यसमिति

नैरोबी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्न (एनआरएनए/एनसीसी) केन्याको नयाँ नेतृत्वमा सुरज डुम्रे चयन भएका छन्। केन्याको राजधानी नैरोबीमा आइतबार सम्पन्न संघको चौथो राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव डुम्रेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिवलाल, महासचिवमा टिका धिताल, सचिवमा लक्ष्मी बुलुन र कोषाध्यक्षमा यज्ञमणि रेग्मी (भरत) चुनिएका छन्। त्यस्तै नयाँ कार्य समितिका सदस्यहरूमा डा। सिताराम घिमिरे, बरुण सुवाल, मनोज बस्नेत, रबी जैन, भगवती तमाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे निर्वाचित भएका छन्।
More

एनआरएनए मकाउको अध्यक्षमा गुरुङ विजयी

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ व्जियी भएका छन् । एनआरएनए मकाउको छैटौँ महाधिवेशनमा ९ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मेद्वारी दिएका तत्कालिन महासचिव गुरुङ अध्यक्षमा विजयी भएका हुन्। महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन् भने एनआरएनए मकाउको उपाध्यक्षमा रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी, महासचिवमा शिव थापा तथा सचिवमा राजेश गुरुङ निर्वाचित भएका छन् । त्यस्तैगरी कोषध्यक्ष प्रेम बहादुर विक, युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई तथा सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्म वीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार विजयी भएका
More

एनआरएनए नेदरल्यान्ड्सको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा कँडेल सर्वसम्मत

द्रोण रिजाल । नेदरल्यान्ड्स । गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सको आठौँ अधिवेशनबाट अध्यक्षमा श्रीराम कँडेल विजयी भएका छन् । नेदरल्यान्ड्समा रहेका विभिन्न राजनीतिक संगठन, सामाजिक संघसंथाहरुको सहयोग र समर्थनमा प्रतिनिधित्व रहने गरि गरिएको समावेशी कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । अथक प्रयासका बाबजुत उक्त प्रयास समितिमा रहेका सम्पूर्ण सदस्यहरुको र सामाजिक तथा राजनीतिक अभियन्ताको सहयोगबाट सम्भब भएको समन्वय समितिका संयोजक शशी पौडेलले जानकारी दिए। आगामी २०१९ २१ कार्यकालका लागि आइ सी सी सदस्य ठाकुर प्रसाद शर्मा (मनोहरि), एन आर एन नेदरल्यान्ड्सको अध्यक्षमा श्रीराम कँडेल, वरिष्ठ उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्षहरुमा क्रमसः अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरामणि पराजुली, हिरण्य ओझा, र
More

हिसिला यमी सवारी दुर्घटनामा घाइते

पूर्व मन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छन् । यमी स्कुटर दुर्घटनामा परेर अस्पताल भर्ना भएकी हुन् । आइतबार दिउँसो पार्टी कार्यालय जाने क्रममा ललितपुरको ग्वार्कोमा यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेको र तत्कालै विएण्डबी अस्पताल भर्ना गरिएको यमीकी छोरी मानुषीले बताइन् । मानुषीका अनुसार हिसिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाहिरी चोट देखिएको छैन । हिसिला सवार स्कुटर उनकै सहयोगी एक युवतीले चलाएकी थिइन् ।
More

सुनको मूल्य बढ्यो

काठमाडौं– सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ। यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको महासंघले जनाएको छ ।
More