Daily Archives 15th September 2019

एनआरएनए महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी

काठमाडौँ । गैर आवासीय नेपाली संघ एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनएनएको नवौं विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन । हाल एसिया प्याशिफिक महिला फोरम संयोजक छिन। कोरियामा समाज सेबीको रुपामा आफुलाई चिनाउन सफल उनि सबैका समस्याहरु आफ्नै सम्झेर समधानको बाटो तफैलाग्नाले सबैको पृय भएकी छन । समाज सेवामा सकृय रहि काम गरे बापात उन्लाई दक्षिण कोरियान सरकारले मानार्थ सिटिजन सिपको उच्च सम्मानले पुरस्कृत भएकी थिईन यसबाट पुरस्कृत हुने पहिलो नेपाली महिला पनि हुन, भने
More

एनआरएनए युकेको मत गणना स्थगित, पुनः मत गणना अनिश्चित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको शनिवार सम्पन्न निर्वाचनको मतगणना स्थागित भएको छ । आइतवार साँझ ७ बजे देखी शुरु भएको मतगणनामा शेर सुनार समुहले बहिस्कार गरे पछि स्थगित गरिएको हो । एनआरएनए युके अध्यक्षका प्रत्यासी शेरबहादुर सुनार समूहले बेजिङस्टकमा धांधली भएको बताउंदै र ह्यारो मतदान केन्द्रमा पुनः मतदानको माग गरे पछि अन्योलमा रहेको मतगणनालाई अघि बढाउने निर्णय निर्वाचन समितिले गरेको थियो तर निर्वाचन समिति आफैले गरेको निर्णयमा टिक्न सकेन् । निर्वाचन समितिका संयोजक डमर घलेले स्वतन्त्र मत गणक ल्याएर मतगणना गर्ने भन्दै खोलिएका मतपेटीका समेत बन्द गरेका थिए । मतगणना स्थलमा पुगेका गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले
More

 एनआरएन यूकेको मतगणना सुरु

 अल्डरसट । अन्तत: एनआरएन यूकेको मतगणना सुरु भएको छ । आवश्यक समझदारी जुट्न नसक्दा शनिबार सम्पन्न निर्वाचनको मतगणना अाइतबार साँझ पौने ७ बजे मात्र सुरु भएको हो । सुरुमा स्कट्ल्यान्डको बाकस खोलिएको छ । प्रमुख निर्वाचन आयुक्त मेजर डमर घले र सह प्रमुख आयुक्त शिवजी श्रेष्ठले बाकस खोलेका हुन ।   अब क्रमश वेल्स नर्दन आयरल्यान्ड हुँदै अन्य बुथका बाकस पनि खोलेर गणना अघि बढाइंदै गरेको निर्वाचन समितिले जनाएको छ । मातगणनाका लागि निर्वाचन समितिले अध्यक्षका दुवै उम्मेद्वारसँग ६० जनका दरले गणक मागेको छ । उनीहरुले गणक पठाउन नसके स्वतन्त्र गणकहरु व्यवस्था गरेर पनि मतगणना अघि बढाउने तयारी छ।  
More

एनआरएन रोमानियाको अध्यक्षमा आलोक साह सर्वसम्मत

  रोमानिया। गैरआवासीय नेपाली संघ रोमानियाको अध्यक्षमा आलोक साह सर्वसम्मत भएका छन् । गैरआवासीय नेपाली संघ रोमानियाको सोमवार राजधानी बुखारेस्टमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । आगामी २ वर्षको लागि १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत भएको छ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री के सी, सहकोषाध्यक्ष सोम सापकोटा, यूरोपका संयोजक शिवकुमार बरुवाल, सहसंयोजकद्वय एकराज गिरी र गोबिन्द प्रसाद गौतमले महाधिबेशनको सफलताको लागि हार्दिक शुभकामना पठाएका थिए । राष्ट्रिय महाधिवेशनले आईसीसी सदस्य तथा संरक्षकमा एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष
More

भूमिसम्बन्धी विधेयकमाथि काङ्ग्रेसको फरक मत

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिसमक्ष भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ भएका संशोधनमाथि फरक मत दर्ता गराएको छ । भूमिसम्बन्धी विधेयक र प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन २०७६ मा भएका संशोधनमाथि सांसदहरु जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थका तर्फबाट फरक मत राखिएको हो । विधेयकको दफा १२ (ख) को प्रतिबन्धात्मक वाक्यांश, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको दफा २ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशको (१) र (२) तथा सो माथि विधायन व्यवस्थापन समितिबाट थप गरी पारित भएको व्यहोरा बेठीक भएको भन्दै उहाँहरुले उक्त निर्णयमा असहमति जनाउनुभएको हो ।   संशोधन गर्ने निर्णयबाट
More

ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिने

चुनावी माहोल बनाउन बेलायतमा सिड्नी – गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरे पछि संघभित्र चर्चामा रहेका छन् । विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले आफ्नो निर्वाचन तयारीको लागि विश्वभ्रमणलाई समेत निरन्तरता दिएका छन् । अधिकारीले अहिले चुनावी माहोल बनाउन बेलायत आएका छन् । एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न
More

एनआरएन युके निर्वाचन अपडेटः निर्वाचन समितिको बैठक जारी

  लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) वेलायतको शनिवार सम्पन्न निर्वाचनको मतगणना आइतवार दिउँसो १२ बजे सम्म शुरु हुन् सकेको छैन् ।बेजिङस्टोक मतदान केन्द्रमा धांधली भएको भन्दै शेर समूहले सो केन्द्रको निर्वाचन रद्ध गर्न माग गरे पछि मतगणना अन्योल भएको हो । निर्वाचन समितिका प्रमुख आयुक्त मेजर रिटायर्ड डमर घले र प्रवक्ता शिवजी श्रेष्ठले बिहान ३ बजे एक पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरुलाई आइतबार बिहान १० बजेसम्मको समयसीमा दिइ एउटा सहमतिमा आउन आव्हान थिए तर अहिले सम्म सहमति बनेको छैन् । अहिले निर्वाचन समितिको कार्यालय अल्डरसटस्थित एम्पायरहलमा निर्वाचन समितिको बैठक जारी छ । मतगणना स्थलमा उम्मेदवारहरु उपस्थित हुनेक्रम जारी छ । निर्वाचन
More

जहाजमा पर्यटनमन्त्री माथि आक्रमणको प्रयास गर्ने ज्ञानेन्द्र शाही पक्राउ

काठमाडौं । नेपालगञ्ज विमानस्थलमा एक घण्टा जहाज रोकाएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईसँग विरोध जनाएका ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पुल्चोकबाट पक्राउ गरेको हो। उनले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले आज पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा पुगेका केही व्यक्तिलाई उनलाई प्रश्न गर्न खोजेका थिए। शाहीको समूहले उनीहरुलाई रोकेको थियो। रोेक्ने क्रममा धकेलाधकेल हुँदै हात हालाहालको अवस्था आएको हो। उनले शनिबार नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री भट्टराईको विरोध गरेका थिए। एक घण्टा जहाज रोकाएको भन्दै उनले पर्यटमन्त्री भट्टराईलाई र्‍याखर्‍याख्ती पारेका थिए। उनीसँगै अन्य यात्रुले पनि भट्टराईको विरोध गर्दै
More

एनआरएन जर्मनीको अध्यक्षमा हरि न्यौपाने सर्वम्मत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा हरि न्यौपाने सर्वसम्मत भएका छन् । संघको शनिवार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वम्मतले चयन गरेको हो । आइसीसी सदस्यमा विजय मोक्तान र टंक लम्साल सर्वसम्मत भए । एनआरएन जर्मनीको २ हजार भन्दा बढी पंन्जिकृत सदस्य पुगेको पछि पहिलो पटक केन्द्रीय महाधिवेशनमा १ सय २० जनाले भाग लिन पाउने भएका छन् ।
More

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली नेताहरूसँग छलफल गर्ने

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे युरोपेली नेताहरूसँग छलफल गर्ने भएका छन् । जोन्सन पछिल्लो समय ब्रेक्जिटका कारण अप्ठ्यारोमा परेका छन् । जोन्सनले सोमबार ईयू प्रमुख जाँ क्लाउड यान्करसँग भेटवार्ता गर्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जनाएको छ । ‘प्रधानमन्त्री जोन्सन सोमबार दिउँसो लक्जम्वर्ग जाने र ब्रेक्जिटबारे यान्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले बताए । ईयू प्रमुखबाट बिदा लिन लागेका यान्करसँग जोन्सनको प्रधानमन्त्रीका हैसियतमा यो पहिलो बैठक हुने छ । यद्यपि, आगामी बैठकबाट कुनै समाधानको अपेक्षा भने नगरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ‘यान्करसँगको कुराकानीपछि जोन्सनले लक्जम्वर्गका प्रधानमन्त्री जेभियर बेट्टेलसँग भेटवार्ता गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको
More

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ: अध्यक्ष दाहाल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताउनुभएको छ ।   नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक सद्भावको लक्ष्य रहेकाले सबै दल, बुद्धिजीवी र जनसहभागितामा राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर यस्ता पहलमा सामेल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “बिआरआई मानव जातिको समृद्धि र तादाम्यसहितको समाज विकासको परिकल्पनाका लागि हो । यसमा सबैको सामूहिक
More

विदेशमा पढेर एग्रो फार्ममा रमाउँदै

न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले रु ५३ लाखको लगानीमा गाउँमा नै एग्रो फार्म सञ्चालन गरेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रिजाल एग्रो फार्म सञ्चालन गरेर कुखुरापालन र आग्र्यानिक कृषिमा रमाइरहेका यी दुई भाइको दिनचर्या देख्दा पढे लेखेर जागिरै खानुपर्छ वा विदेशमा नै जानुपर्छ भन्नेहरुले गतिलो पाठ सिक्न सक्छन् । काठमाडौँमा मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने व्यवसाय र शहरको बसाइ छोडेर आफ्नै गाउँमा केही गर्नुपर्छ भनी गाउँमा फर्केका दीर्घ र न्युजिल्याण्डबाट अध्ययन पूरा गरिआएका मुकुन्द (दुई भाइ) मिलेर सञ्चालन गरेको यो फार्म जिल्लाकै नमूना
More

किन भयो एनआरएनको मतगणना स्थगित (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिवार भएको मतगणना स्थगित भएको छ । निर्वाचन समिति बिहान ३ बजे एक पत्रकार सम्मेलन गर्दै बेजिगंस्टक, ह्यारो र रेडिगंको मतदान केन्द्रमा भएको मतदान स्थगित गर्न माग गर्दै निवेदन आएको वाहानामा मतगणना स्थागित गरेको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शिवजी श्रेष्ठले सबै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण सम्पन्न भए पनि तीनवटा मतदान केन्द्रमा उजुरी परेको त्यसमा सहमति भए पछि मात्र मतगणना गरिने बताए । श्रेष्ठले पुनः निर्वाचन गराउन सक्ने अवस्था नभएकाले उम्मेदवार बीच सहमति नभए सम्पूर्ण निर्वाचन समितिले राजिनामा गर्ने जानकारी दिए। पत्रकार सम्मेलन प्रमुख निर्वाचन आयुक्त डमर घलेले सबै निर्वाचन
More

एनआरएन युकेको मत गणना बिहान १० बजे सम्मको लागि स्थगित, सहमति नभए निर्वाचन समितिले सामूहिक राजिनामा दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिवार भएको मतगणना स्थगित भएको छ । निर्वाचन समिति बिहान ३ बजे एक पत्रकार सम्मेलन गर्दै बेजिगंस्टक, ह्यारो र रेडिगंको मतदान केन्द्रमा भएको मतदान स्थगित गर्न माग गर्दै निवेदन आएको वाहानामा मतगणना स्थागित गरेको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शिवजी श्रेष्ठले सबै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण सम्पन्न भए पनि तीनवटा मतदान केन्द्रमा उजुरी परेको त्यसमा सहमति भए पछि मात्र मतगणना गरिने बताए । श्रेष्ठले पुनः निर्वाचन गराउन सक्ने अवस्था नभएकाले उम्मेदवार बीच सहमति नभए सम्पूर्ण निर्वाचन समितिले राजिनामा गर्ने जानकारी दिए। पत्रकार सम्मेलन प्रमुख निर्वाचन आयुक्त डमर घलेले सबै निर्वाचन
More