Daily Archives 16th September 2019

डेनमार्कमा नेपाली क्रिकेट, एभरेस्ट ब्लास्टरसकाे जित

 शशि ढकाल । कोपनहेगन । क्रिकेट प्रेमी नेपालीहरुको अग्रसरतामा डेनमार्कको राजधानी कोपनहेगनमा भएको सुपर सिक्स क्रिकेट टुर्नामेन्टमा एभरेस्ट ब्लास्टरसले जित हात पारेको छ। कुल ८ टिम सहभागी भएको उक्त प्रतियोगितामा एभरेस्ट ब्लास्टरसका क्याप्टेन जेम्स कार्की बेस्ट फ़िल्डर, बेस्ट बलरका साथै म्यान अफ द सिरिज भए भने बेस्ट क्याच आकाश खड्काको हातमा पर्यो । त्यस्तै फेएरप्ले इशोज क्याराभान टिम घोषित भयो। सुपर सिक्स क्रिकेट टुर्नामेन्ट आयोजक कमिटीको तर्फ़बाट टुनामेन्ट आयोजनाको सफलतापछि जारी गरिएको सूचनामा सबै टिम क्याप्टेन, खेलाडी तथा सुबेक्षकहरुलाई धन्यबाद दिएको छ। साथै विशेष सहयोग गरेबापत कोपेनहेगन क्रिकेट क्लबका अध्यक्ष शेख सलीमलाइ विशेष धन्यवाद दिइएको छ। त्यसोत डेनमार्कवासी नेपालीहरुमा धेरै
More

एनआरएन आईसीसी महिला संयोजकमा बस्नेतको उम्मेद्बारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेद्बारी घोषणा गरेकी छिन् ।   विगत १८ बर्षदेखि क्यानडामा कार्यरत एनआरएनए एनसीसी क्यानडाकी महिला संयोजक समेत रहेकी बस्नेतले आगामी कार्यकालको लागि महिला संयोजकमा उम्मेद्बारी घोषणा गरेकी हुन् । ‘एनआरएन मुमेन्टमा लागेको झन्डै १५ वर्ष पुग्न लागेछ अब ग्लोबल मुमेण्टमा महिला संयोजकको रुपमा काम गर्ने सोच र निर्णयसहित तयारीमा जुटेको छु,’ उनले भनिन् ।   संसारभर छरिएर रहेका सबै प्रवासी नेपाली महिलाहरुलाई एनआरएनएप्रतिको अपनवत्व जगाउँदै थप सक्रिय, उर्जाशील र जिम्मेवार बनाउने योजना रहेको उनले बताइन् । नेपालमा रहँदा पनि सरकारी विद्यालयमा १२ बर्ष शिक्षण पेशामा संलग्न
More

एनआरएन युकेको मतगणना बुधवार देखी सुरु हुने (भिडियो)

लण्डन । सोमवार साँझबाट रोकिएको गैरआवासीय नेपाली संघ युकेको मतगणना सुरु हुने भएको छ । निर्वाचन समितिका प्रमुख डमर घलेले स्वयंसेवकको अभावमा रोकिएको मतगणना बुधवार देखी सुरु गर्ने तयारी भैरहेको वताएका छन् । घलेले सोमवार बेलायतस्थित पत्रकार ध्रुवराज अर्यालसंग अन्तरवार्ता दिदैं सामाजिक संघसँस्थासंग स्वयंसेवकको लागि समेत अनुरोध गरेका छन् । शनिवार सम्पन्न संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना अध्यक्षका प्रत्यासी शेर सुनार पक्षले बहिस्कार गरे पछि विवाद हुदैंआएको छ । अध्यक्षकी प्रत्यासी पुनम गुरुङले मतगणनाको माग गरेकी छन् ।
More

प्रम ओलीका समकालीन प्राध्यापक केआर खम्बू आत्मकथा लिएर आउँदै

 काठमाडौं । झापा आन्दोलन ताका वर्तमान प्रम केपी ओली र उनका समकालिन कम्युनिष्ट नेताहरूसँग राजनैतिक सहयात्रा गरेका विर्थार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक लिएर आउने भएका छन् । उभयचर र सरीसृप प्राणिमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’ लाई आत्मपरक शैलीमा लेखेका छन् । पब्लिकेसन्स नेपालयबाट प्रकाशीत हुन लागेको केआर खम्बूको आत्मकथामा उनको वैयक्तिक कथासँगै त्यसबेलाको सामाजिक र राजनैतिक परिवेशको चित्रण रहेको छ । केही मानिसको जीवनकथा वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन् । प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् साथै उनी झापा आन्दोलनबाट शुरु भएको कम्युनिष्ट
More

वेलायतमा तत्तकाल मतगणना हुनुपर्छ : कुमार पन्त, उपाध्यक्ष एनआरएनए (मिडियो)

उजुरी माथि छुट्टै छानविन गर्न सकिने लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष कुमार पन्तले एनआरएन वेलायतको पछिल्लो विवादका बारेमा मुख खोलेका छन् । पन्तले स्पेनस्थित पत्रकार बसन्त रानाभाटलाई एक अन्तरवार्ता दिदैं एनआरएन वेलायतको विवादलाई निजिकबाट हेरिरहेको वताए । उनले निर्वाचन समितिलाई मतगणनाको प्रकृया समेत अघि बढाउन आग्रह गरेका छन् । पन्तले विभिन्न मतदान केन्द्रमा भएको अनियमितताको वारेमा परेको उजुरी माथि छुट्टै छानविन गर्न सकिने वताए । पुरा अन्तरवार्ता
More

एनआरएनए युकेको मतगणना नभए के हुन्छ ?

  लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको शनिवार सम्पन्न निर्वाचनको मतगणना गर्न निर्वाचन समिति पूर्ण रुपमा असफल भए पछि अव संस्थाको वैधानिकता के हुन्छ भन्ने विषयमा सबै तिर चासो छ । सोमवार साँझ सुरु भएको मतगणना स्थगित भए पछि निर्वाचन आयोगले औपाचारिक रुपमा कुनै मुख खोलेको छैन् । आयुक्तहरु समेत मिडियाबाट सम्पर्क विहीन छन् । सर्वत्र अन्योल छ । वेलायतस्थित आम जनसमुदाय मतगणनाको पक्षमा देखिएका छ । यसै बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रले वेलायतमा देखिएको पछिल्लो विवाद नजिकबाट नियाली रहेको बताएको छ । गैरआवासीय नेपाली संघको विधानले राष्ट्रिय समितिसंग समन्वय गर्न क्षेत्रीय संयोजकलाई पहिलो जिम्मेवारी दिएको छ ।
More

बढ्दै सम्बन्धविच्छेद

आर्थिक वर्ष ०७३/०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४/०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे । गत आवमा भने मुद्दाको सङ्ख्या ह्वात्तै बढेर १९३ पुग्यो । यो आँकडाले जिल्लामा सम्बन्धविच्छदेका घटना बढ्दै गएको देखाउँछ । अदालतका अनुसार चालू आवमा पनि सम्बन्धविच्छेदका २२ वटा मुद्दा दर्ता भइसकेका छन् । गत वर्ष भदौ १ देखि नयाँ मुलुकी संहिता लागू भएसँगै सम्बन्धविच्छदेका मुद्दा दर्ता हुनेक्रम बढेको अदालतका स्रेस्तेदार भेषराज पौडेलले बताउनुभयो । नयाँ कानूनले पुरुषलाई पनि सम्बन्धविच्छदेको मुद्दा दर्ता गर्न पाउने अधिकार दिएको छ । मुलुकी संहिता जारी भएकै वर्ष १०२ जना पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता
More