Daily Archives 20th September 2019

एनआरएनए उपाध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा (घोषणापत्रसहित )

यस्तो छ ७ खम्बे नीति मस्को । गैर आवासीय नेपाली संघको आगामी नवौ विश्व सम्मेलनमा महासचिव डा. बद्री केसीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई कार्यकाल महासचिवको जिम्मेवारी निर्वाह गरिसक्नु भएको केसीले आफना विभिन्न  प्रतिबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौमा हुँदैछ । केसीले जारी गर्नुभएको घोषणापत्र जस्ताको तस्तै :- गैर आवासीय नेपाली संघको उपाध्यक्ष पदमा उम्मेदवारीको लागि  मेरो घोषणा पत्र आदरणीय अग्रजहरु, गैर आवासीय नेपाली संघका सहकर्मी मित्रहरु तथा प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार  ।  आफ्नो देश आफैंले बनाउनु पर्दछ र संसारको जुनसुकै कुनामा बसेपनि बिदेशमा बस्ने नेपालीको देशप्रतिको
More

Nepal’s National Day observed in London

The Embassy of Nepal in London organized a special ceremony today (20 September 2019) in London to celebrate the National Day and the fourth anniversary of the promulgation of the Constitution of Nepal.       Addressing the special ceremony as the Chief Guest, Member of the House of Commons and Chairman of the All Party Parliamentary Group for Nepal, Hon. Virendra Sharma stated that the relationship between Nepal and the United Kingdom remained vital and vibrant, however, it was not a new one, these two great nations had shared more than two centuries of history. Hon. Sharma further stated that
More

तस्बिरमा हेरौं, लण्डनमा मनाइयो संविधान दिवस

लण्डन — शुक्रवार विदेश तथादमुलुकभर संविधान दिवस मनाइयो । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा नेपाली दूतावास लण्डनले दूतावास भवनमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा वेलायतस्थित नेपाली समुदायका प्रमुख, करिब ३ दर्जन वेलायती सांसद। स्थानिय मेयर तथा उपमेयर तथा कुटनैतिक नियोगका प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा वेलायती संसदमा अल पार्टी ग्रुपका प्रमुख विरेन्द्र शर्मा प्रमुख अतिथि थिए ।
More

विवादीत ह्यारो र बेजिंगस्टोक मतदान केन्द्रको पनि मतगणना शुरु

लण्डन । निर्वाचन समितिका सदस्य याम बहादुर रानाको मध्यस्थतामा अध्यक्ष पदका उम्मेदवार शेर बहादुर सुनार तथा पूनम गुरुङबीच सहमति पछि ह्यारो र बेजिंगस्टोक मतदान केन्द्रको पनि मत गणना शुरु भएको छ। एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले गतिरोध तोड्दै मतगणना जारी राख्न सहमतिमा पुगेकोमा अध्यक्ष पदका उम्मेदवार शेर बहादुर सुनार तथा पूनम गुरुङ एवं निर्वाचन समितिलाई धन्यवाद दिएका छन्। यसअघि गैरआवासीय नेपाली संघले आचार्य सहित सल्लाकारद्धय डा. हेमराज शर्मा, सुरेन्द्र श्रेष्ठ, सोम सापकोटाको एक समिति गठन गरि विवाद मिलाउन आग्रह गरेको थियो । यस अघि अन्य ११ ओटा मतदान केन्द्रहरुको मतगणना बिहीबार अपरान्ह सकिएको थियो।  
More

बर्न्टओकमा नि:शुल्क नेपाली कक्षा सन्चालन

 लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र , बर्न्टओकले यो शैक्षिक सत्र देखि नेपाली बालबालिका हरुका लागि नि : शुल्क नेपाली कक्षा शुरु गरिएको जनाएको छ। केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्र संग अहिले आफ्नै श्रोत पनि रहेको र अभिभावकहरु लाई थप आर्थिक भार नपरोस भन्ने उद्देश्य ले नेपाली कक्षा नि : शुल्क गरिएको बताए। उनले सबै अभिभावकहरु लाई आ आफ्ना छोरा छोरी नेपाली कक्षा मा पठाएर बालबालिकाको समग्र व्यक्तित्व विकासमा सघा उन आग्रह पनि गरे। य स अघि केन्द्र ले नेपाली नयां वर्ष २०७६ को अवसर मा लन्डनमा शुभकामना आदानप्रदानसहित ए क च्यारिटी कार्यक्रम गरेको थियो ।   नेपाली भाषा
More

गैर आवासीय नेपाली संघ युरोपमा योगिता थापाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न विश्व सम्मेलनमा युरोपेली राष्ट्र बेल्जियममा युवा व्यवसायी तथा समाजसेवीको पहिचान बनाएकी योगिता थापाले युरोप महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।युरोप मै सक्रिय महिलाहरु मध्ये एक थापा गैर आवासीय नेपाली संघ बेल्जियमकी निवर्तमान उपाध्यक्ष हुन् । होटल व्यवसायी थापाको परिचय विविध क्षेत्रसँग सम्बन्धित छ । उनी बेल्जियममा नेपाली कला संस्कृति तथा पर्यटनको प्रवद्र्धनका लागि निरन्तर क्रियाशील हुनुका साथै सफल मोडल पनि हुन् । बेल्जियमको राष्ट्रिय मोडल प्रतियोगिता ‘टप मोडल २०१६’ की फाईनलिस्ट पनि हुन् । उक्तः प्रतियोगितामा स्थानीय थुुप्रै बेल्जियन मोडलहरुलाई पछि पार्दै फाईनलमा पुगेकी थिईन् । उनी हाल लुम्बिनी कपिलबस्तु विश्व अभियान
More

संविधान दिवसको दिन पशुपतिनाथ क्षेत्रमा बम भेटियो

काठमाडौं–देशभर संविधान दिवस मनाइँदा राजधानीको पशुपतिनाथ क्षेत्रमा शुक्रबार साँझ दुई वटा बम फेला परेको छ। पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको थियो । बम फेटिएसँगै सो क्षेत्रमा केहीबेर त्रास फैलिन पुगेको थियो । सो बम सकेट बम भएको कसले राख्यो भन्नेबारे खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। सो क्षेत्रमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
More

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व. कोइरालालाई

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पु¥याउनुभएको योगदान अतुलनीय रहेको धारण व्यक्त गर्नुभएको छ । यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्नुहुदै राष्ट्रपति भण्डारीले स्व.कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता हुनुहुन्थ्यो भन्नुभयो । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले असहज परिस्थितिमा समेत सबै शक्तिलाई मिलाएर विचलित नभई एकताको भावनालाई आत्मसात गरी ऐक्यबद्धताका आधारमा संविधान निर्माण गर्नुले सम्पूर्ण नेपालीमा एकताको सञ्चार गराउन स्व कोइराला
More

एनआरएन युके अपडेटः ५ हजार मतगणना गर्दा २ सय मतले सुनारको अग्रता

 लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको विहीवारबाट सुरु भएको मतगणनामा अध्यक्षका प्रत्यासी शेर सुनारले अग्रता कायम राखेका छन्। शुक्रवार दिउँसो सम्म भएको मतगणनामा करिब ५ हजार मतगणनामा शेर सुनारले २ सय मतले अग्रता लिएका हुन् । उनलाई प्रत्यासी पुनम गुरुङले पछयाइरहेकी छन् । गुरुङ समुहको पकड मानिएको अल्डरशट र बेजिगंस्टकको मतगणना हुन बाँकी छ । उपाध्यक्षहरु प्रेम गाहामगर, रोजिना राई, पशुपति पोखरेलको अग्रता छ । सचिवमा भोलाविक्रम राई, कृष्ण ढकाल, जीत रानाभाट अघि छन् । महासचिवमा फडिन्द्र भट्टराईले अर्का प्रत्यासी कर्मा पहाडीलाई निकै पछि पारेका छन् भने आइसीसी सदस्यमा योग कुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा, अर्कराज तिमल्सिना, लिलादेवी
More

कुमार पन्तद्धारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्र सहित)

एनआरएन अध्यक्षमा उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् । लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी,, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनमा व्यापक सहभागीता गराउने मुल मन्त्रका साथ आफूले उम्मेदवारी घोषणा गरेको पन्तले जानकारी दिए । उनले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, बृटिश भुपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने विशेष कार्य्सूची रहेको बताए । यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भिजन 2020 को एजेन्डालाई
More

विदेशमा बस्ने नेपालीलाई मताधिकारका यस्ता छन् ३ विकल्प

काठमाडौं।निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको अवस्थामा आयोगले सो विकल्प प्रस्तुत गरेको हो। आयोगले गरेको प्रारम्भिक अध्ययनअनुसार सो विकल्प अघि सारिएको हो। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक र मोबाइल एप्स गरी मतदानको तीन विकल्प हुन सक्ने बताए । यद्यपि सो विषय अध्ययनकै क्रममा रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । विदेशमा बस्ने नेपालीले मतदान गर्ने विषयमा सरकारले कानुन बनाएपछि मात्र आयोगले विकल्पबारे किटानीका साथ भन्न सकिने पनि
More

संसद्को डेढ वर्ष, साझा अधिकार सूचीमै उल्झन

संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान अनुकूल बनाइनु बन्नपर्ने अधिकांश कानुन तर्जुमा भएका छन् । मौलिक हकसम्बद्ध कानुन निर्माण समयसीमामा सकिएका छन् । नियमावली नबन्दा मौलिक हकका कतिपय अधिकार प्रचलनमा भने रोकिएका छन् तर संविधानले परिकल्पना गरेको अधिकार सूचीअनुसारका साझा अधिकार सूचीका कानुन निर्माण भने सुस्त छ । साझा अधिकार सूचीको उल्झन सङ्घ र प्रदेश दुवैतिर छ । जसको ‘चेन इफेक्ट’ स्थानीय तहसम्म परिरहेको छ ।साझा अधिकारका विषयमा सङ्घले कानुन निर्माण नगर्दा प्रदेश अलमलमा छन् । प्रदेशले मापदण्ड निर्धारण गर्ने कानुन बनाउन नसक्दा स्थानीय तहले धेरै कानुन बनाउन पाएका छैनन् । वर्तमान संवैधानिक संरचनामा सङ्घ, प्रदेश
More