Daily Archives 27th September 2019

घटस्थापनादेखि नै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौँ-वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रङ्क रुट’मा हवाई सेवा सञ्चालन गर्ने वायु सेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको योजनाअनुसार नै आफूहरुले हवाई भाडामा छुट दिन लागेको सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए। मन्त्री भट्टराईले सार्वजनिक
More

राउटेले मागे खसी

भक्तपुर-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई यहाँ आएको राउटे समुदायको टोलीले आज भेटेको छ । भक्तपुर दरबारस्क्वायरलगायतका स्थानमा आफूहरुले उत्पादन गरेको हस्तकलाको सामग्री प्रदर्शनी एवं बिक्री गर्न प्रकाश शाहीको नेतृत्वमा भक्तपुरमा आएका राउटे समुदायका सहभागीले उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई भेटेका हुन् । सो अवसरमा राउटेको टोलीले आसन्न दशैँ चाड मनाउन खसीको माग गरेका थिए । प्रकाशसँगै, शिवराज, दीपक र कलम शाहीसहितको राउटेको दैलेखमा ४६ घर भएकाले उनीहरुले एउटा घरलाई एउटा खसीको माग गरेका थिए । भेटमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले राउटेले बनाएको काठको सन्दुक रु तीन हजार ५०० मा खरीद गरे । चारै जनालाई उपप्रधानमन्त्री पोखरेलले उपहारस्वरुप एक÷एक थान कपडासमेत प्रदान
More

काङ्ग्रेसमा ११ केन्द्रीय सदस्य थप हुने

काठमाडौँ– नेपाली काङ्ग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक संरचना समायोजनसम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको छ । सहमतिको दस्तावेजअनुसार काङ्ग्रेसका साङ्गठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर÷उपमहानगर÷महानगर कार्यसमिति, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार
More

‘अल्पविकसित देशलाई अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका मन्त्री ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दैे विकासको मार्गका संरचनागत अवरोधले ती देशको समृद्धि र प्रगति दुरुह भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट बजारसम्मको पहुँचको सुनिश्चितता, भन्सार र गैरभन्सार अवरोध एवं परिमाणात्मक बन्देज हटाउने, क्षमता विस्तार तथा प्रविधि हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ कार्यान्वयनको चार वर्ष पूरा भएको पहिलोचरणको ‘अदिसअबाबा’ कार्यक्रमको कार्यसूचीको स्मरण गराउँदै उहाँले महासभाअन्तर्गतका विकासका लागि लगानी र उच्चस्तरीय राजनीतिक
More

एनआरएन महासचिव डा.बद्री केसी लण्डनमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. बद्री केसी लण्डन आएका छन्। केसी विहीवार साँझ लण्डनस्थित हित्रो टर्मिनल ५ मा उत्रिएका हुन् । उनको स्वागतको लागि गैरआवासीय नेपाली संघ युकेका पदाधिकारीहरु विमानस्थलमा पुगेका थिए । गैरआवासीय नेपाली संघको आगामि विश्वसम्मेलनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका केसी वेलायतस्थित नवनिर्वाचित कार्यसमिति तथा नेपाली समुदायसंग अन्तरक्रिया गर्ने वेलायत आएका हुन् । केसीको आगामि सोमवार मस्को फर्किने कार्यक्रमतय भएको छ ।
More

म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन जाँदा भागाभाग

साेलुखुम्बु। जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ। सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो। न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ। बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा मासु पसल सञ्चालकहरुको भागाभाग भएको थियो। अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले १५ दिनको म्याद दिएर उनीहरुलाई मापदण्डमा आउन आग्रह गरिएको बताए। अवज्ञा गरी पुनः सञ्चालन गरेको पाइएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कारवाही गर्ने पनि उनले बताए। फाप्लुमा बढी म्याद नाघेको सामाग्री सल्लेरी
More

वडाध्यक्षको छोरालाई कैची प्रहार गर्ने पक्राउ

धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटनालगत्तै फरार रहेका मियाँलाई आज धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
More

लहरे खेतीबाटै लखपति भए मामा भाञ्जा

 झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् । उहाँहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राख्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्तबहादुर भुजेल बताउनुहुन्छ । उहाँहरुको फार्ममा बेमौसमी लहरे तरकारी खेती लहलहाएको छ । यसैबाट दुवै मिहेनती भएको पुष्टि हुन्छ । तरकारी बेचेर वार्षिक रु १८ लाख नाफा हुने भाञ्जा निर्मल अधिकारी बताउनुहुन्छ । शुरुमा फार्म खोल्दा आठ कठ्ठा जमीन लिजमा लिएको र मनग्यै आम्दानी दिन थालेपछि हाल १२ बिघा थप जग्गा लिजमा
More

जनप्रतिनिधि नै ठेकेदार!

 जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् । “काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन”, अनकले भन्नुभयो, “पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काढेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारिश्रमिक पाउने आशामा दुई वर्ष बित्यो । पैसा पाउला र ऋण तिराँैला भनेको अझ त ब्याज मात्र बढेको छ । ” अनक मात्रै
More

“आफु भन्दा जेठी” संग रोमान्स गर्दै मनोज ( भिडियो )

पहिलो नेपाल आइडल बुद्ध लामाले बिभिन्न स्वादका गीत र गजल मार्फत स्रोता दर्शकको मन जित्द्दै आएका छन। यस पटक गायक लामाले आफ्नो शैली भन्दा केहि फरक स्वादको “आफु भन्दा जेठी” बोलको गीत सार्वजनिक गरेका छन । थिम्याटिक भर्सनको यस गीतले अचेल केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव बोकेको छ । यस गीतमा बुद्ध लामा र समिक्षा कोइरालाको युगल गायन रहेको छ । गीतका शब्द मनोज सिग्देल ( युरेश)ले लेखेका हुन । गीतमा संगीत दिपक आर्जेको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन । म्युजिक भिडियोमा सम्पदा बानिया मनोज
More