Daily Archives 2nd October 2019

अब नयाँ सभामुख को ?

काठमाडौं ।यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले दिएको राजीनामा स्वीकृत भएको छ। उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष सभामुखले दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सभामुखको बहस पनि शुरू भएको छ। सत्तारूढ दलले सभामुख वा उपसभामुखमध्ये एक प्रतिपक्ष दललाई बनाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। रिक्त सभामुखमा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई बनाउने वा नेकपाका अन्य सांसदलाई बनाउने भन्ने बहस शुरू भएको हो। कार्यकारी पदमा महिलालाई उपसभामुख बनाउनुपर्ने पक्षमा सत्तारूढ दलभित्रका महिला सांसदहरू लागेका छन्। सभामुख र उपसभामुख चयन र राजीनामाका सन्दर्भमा स्पष्ट व्यवस्था नहुँदा नेकपा समस्यामा परेको छ। संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन सम्बन्धमा फरक–फरक दल र फरक–फरक लिंगको
More

वीर अस्पतालका निर्देशकको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं – वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्। अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ। स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँबराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन्। पाँच लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन्। ‘वीर अस्तपाल वरिपरि क्याफे हुँदाहुँदै
More

नयाँ सभामुख चयनबारे परामर्श सुरु, काँग्रेसलाई एक पद

काठमाडौँ। अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा भने बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ । सङ्घीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक
More

चिनियाँ राष्ट्रपति सीको भ्रमणका यस्ता छन् एजेन्डा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ। यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्। केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ। किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै रेलमार्ग
More

‘महराको जस्तै धेरै नेताको बबाल हुनेवाला छ’

काठमाडौं–यतिबेला निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा सबैतिर चर्चा र चासोको विषय छ । शालिन मानिएका नेता यस्तो काण्डमा मुद्धिएपछि धेरैजनालाई अनौठो लागेको छ । अर्कातिर ‘नेताहरु सबै उस्तै हुन्’ भन्दै नामबेनाम अनेक राजनीतिज्ञका सुरासुन्दरी काण्डबारे चोकचोकमा चर्चापनि चलिरहेको छ । ‘धेरै नेताका भित्री पाटो खुल्न गयो भने यस्तै बबाल हुनेवाला छ’ नेताहरुसँग हिमचिम गर्दै आएका एक अधिकारकर्मी भन्छन्, ‘संयोगबस महराको बाहिर आयो र उनी आलोचित हुन पुगे । केही अरुका पनि अवस्था यो भन्दा फरकचाहिँ छैन ।’ भ्रष्टाचारबाहेक सुरा र सुन्दरी काण्डमा अनेक चर्चा परिचर्चा हुँदै आएपनि आरोपर्को कै मिनेषमा सबै पदप्रतिष्ठा गुमाउने उच्च ओहदाको नेता महरा भएको खबर आजको
More

अन्ततः महरा रोशनी निवास पुगेको प्रमाणित भयो

यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले मंगलबार साँझ आफ्नो बयान फेरेपनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतकाअनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो । कान्तिपुर दैनिकका अनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । १ घण्टा १९ मिनेटमा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो,
More

सभामुख बन्न दौडधूप, सुवासचन्द्र नेम्वाङ बलियो दाबेदार

काठमाडौं । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै संसद सचिवालयले सूचना टाँस गरेर यसबारे जानकारी गराएको छ । योसँगै अब सभामुख पद रिक्त भएको छ । भावी सभामुखका लागि दौडधूप शुरु भइसकेको छ । संविधान बमोजिम सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था छ । यसकारण बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउनसक्छ । उक्त पदमा नेकपाबाहेकको दाबी हुनसक्छ । सभामुख नेकपाकै दाबी रहन्छ । नेकपाकै उम्मेदवार निर्वाचित हुने निश्चित नै छ । यसकारण सभामुख बन्न दौडधूप चलिसकेको छ । पूर्व माओवादी पक्षधरले सभामुख पद पाएपछि कृष्णबहादुर महरा निर्वाचित भएका थिए । अब उनको राजीनामा पछि
More

एनआरएन इङग्ल्यान्ड परिषदको पहिलो बैठक सम्पन्न

लण्डन । गैर आवासीय नेपाली संघ ( एनआरएन ) इङग्ल्यान्ड राज्य समन्वय परिषद्को नव निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आइतबार अल्डरसटको एम्पायर हलमा बसेको बैठकमा भावी कार्ययोजना र कार्यक्रमबारे छलफल गरिएको छ । बैठकले गैर आवासीय नेपाली संघ यूकेको इङग्ल्यान्ड राज्य समन्वय परिषदको क्षेत्राधिकारभित्र रहेर सदस्यता बिस्तार र वितरण तिव्र रुपमा अघि बहुधार्मिक एवम् सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने,युवाहरुलाई आकर्षित गर्न विभिन्न खेलकुद लगायत मनोरञ्जनात्मक कार्यक्रम र प्रतियोगिता आयोजना गर्ने,महिलाहरुको समानुपातिक प्रतिनिधित्व र संलग्नताको लागि लागि प्रोत्साहन गर्ने ,राज्य परिषदका सवै काम कार्वाही डिजिटल प्रणाली अन्तर्गत संचालनमा ल्याउने र सबै हिसाब किताबमा आर्थिक पारदर्शिता
More

नेपाली एसोसिएसन यूकेले मनायो दशैं (फोटो फिचर)

  लन्डन । युरोपकै सबैभन्दा पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले गत आइतबार दशैं तिहार कार्यक्रम आयोजना गरेको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लब हलमा शुभकामना आदानप्रदान र सांगीतिक प्रस्तुतिसहित कार्यक्रम भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष 
वरिष्ठ समाजसेवी ध्रुव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । दशैं तिहार मनाउने यतीको लामो परम्परा छ । कार्यक्रम वरिष्ठ समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी र यती अध्यक्ष ध्रुव केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।   समारोहमा प्रमुख अतिथी केसी, डा. धिताल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ,
More

महरा–शाही प्रकरणमा को दोषी ? को निर्दोष ? : वरिष्ठ अधिवक्ताहरु यसो भन्छन्

काठमाडौं। नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घटनाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ । पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ । अरोप लगाउने रोशनी शाहीले पहिलो भिडियोमा
More

एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’अब १० देशमा

काठमाडौं-एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामाबिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको छ । यो सँगै अबभारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुकालागि अनलिमिटेड रोमिङ्ग डेटा प्याकउपलब्धहुनेछ । यस अफर अन्तर्गत एनसेलकाप्रिपेड तथापोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदालिन सक्नेछन् । यो सेवाबाट लाभलिनएनसेलकाग्राहकले आफु यात्रामाजानु अघि एस्ट्रिक्स१७१२९ह्यास
More

महरा प्रकरणमा पर्यो प्रहरीमा यस्तो उजुरी

काठमाडौं– निवर्तनमा सभामुख कृष्णबहादुर महरा निर्दोष भएको दाबी गर्दै महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवेदन दर्ता भएको छ । महरालाई आरोप लगाउने महिलाले बुधबार निवेदन दर्ता गराएकी हुन् । सुरुमा आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेकी उनले पछि फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गरेकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । निवेदनमा उनले आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेकी छिन् । यस्तै उनले गलत समाचार कसरी बाहिरियो भन्नेबारे थाहा नभएको समेत दाबी गरेकी छिन् । हाम्रा कुरा नामको अनलाइनले महराले
More

नब राज रोस्यारा युरोपको लागि क्षेत्रीय उपसंयोजकका उम्मेद्वार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालका लागि नब राज रोस्यारा युरोपको लागि क्षेत्रीय उपसंयोजकका उम्मेद्वार हुने भएका छन्। एनआरएनए एनसीसी जर्मनीका पुर्व अध्यक्ष नब राज रोस्याराले हलिउडखबरसंग कुरा गर्दै आफू यो पटक युरोप क्षेत्रको उपसंयोजक (डीआरसी) का लागि उम्मेदवार हुने कुरा बताएका हुन्। नेपालको बिकट जिल्लाहरु मद्ध्येको डोटीमा जन्मेका रोस्याराले आफ्नो प्रारम्भिक र माध्यमिक तह सम्म्को शिक्षा डोटी जिल्ला मै गरेका थिए। आइएससी कंचनपुर महेन्द्र नगरबाटगरी बिएससी अमृत साइन्स क्याम्पसबाट गरेको बताउँछन। त्यस्पछी रोस्यारा मास्टर र पिएचडी अध्ययनको लागि जर्मनी पुगेको बताउँछन्। रोस्यारा जर्मनीमा २००२ मा पहिलो पटक आएका थिए। म्याथमेटिक्समा एमएससी गरे र अनि पिएचडी चाँही बायो इन्फरमेटिक्समा
More

महरा र पीडित दुवैको पक्षमा अनुसन्धान हुनुपर्छ : कानूनविद्

कानून व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसद्को पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचन मात्रै अन्तिम विकल्प भएको बताउनुभयो । नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले संसद्मा घटेको अनौठो घटनाप्रति आश्चर्य प्रकट गर्दै अब सभामुखको राजीनामापछि संविधान, कानून तथा संसदीय नियमावलीअनुसार नयाँ सभामुखका लागि निर्वाचन हुनुपर्ने बताउनुभयो । उहाँले पीडितले मौखिक सूचना दिइसकेकाले महरामाथि फौजदारी कार्यविधि संहिता आकर्षित हुने प्रस्ट पार्नुभयो । संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले पीडितको सूचनाका आधारमा महरामाथि अनुसन्धान शुरु गर्नुपर्ने र निर्दोष ठहरिए
More

पचास भन्दा बढी शहरमा अब टेलिकमको फोरजी सेवा

ःसरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नं १
More

सभामुुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी

सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुुभएको राजीनामासम्बन्धीे सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उहाँले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा दिनुभएको थियो । उपसभामुख डा शिवमाया तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवलयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय आज सूूचनापत्रमार्फत जानकारी गराएको हो । सङ्घीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुुम्वाहाङ्फेले जानकारी दिनुुभयो । “विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा
More

राजधानीबाट १२ लाख बाहिरिए

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ । अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिनुभयो । प्रहरीले यही असोज पहिलो सातादेखि
More

अनुदानको मल व्यापारीकहाँ………………….

वीरगन्ज : अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन्। धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ। मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन्। किसानलाई बेच्दा ५० रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरूले बजारमा लगेका हुन्। सहकारी संस्थाले वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा लिने गरेका छन्। पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबर्वाको ताजा कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट असोज २ गते खरिद गरेको एक सय बोरा युरिया मल जितपुर बजारका व्यापारीलाई बिक्री गरेको पुष्टि भएको छ। सहकारीले अनुदानको मल व्यापारीलाई
More