Daily Archives 3rd October 2019

चिनियाँ राष्ट्रपति सीको जेटलाई छड्के पार्किङ

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को साता एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् । विमानस्थलस्थित स्रोतका अनुसार उक्त विशेष विमान एक रात काठमाडौं विमानस्थलमै पार्किङ गरिनेछ । यो जहाजको पार्किङ नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरूका लागि भने निकै चुनौतीपूर्ण बनेको छ । चिनियाँ राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम–पूर्व राख्न नसकिने भएको छ । अहिले जसरी अन्य विदेशी एयरलायन्स राखिन्छन्, त्यसरी पार्किङ गर्न नसकिनुको कारण यस जहाजलाई पुसब्याक (धकेल्न) गर्न सकिने उपकरण नहुनु हो । काठमाडौं विमानस्थलमा नेपाल वायुसेवा निगमले विदेशी विमानको ग्राउन्ड ह्यान्डल (भूमिस्थ व्यवस्थापन) गर्छ । चिनियाँ राष्ट्रपतिको
More

नेकपाले सभामुख नछाड्ने, उपसभामुखलाई राजीनामा दिन लगाउने तयारी

काठमाडौं । नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’ संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन्। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो। अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’ प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका
More

विप्लव नेकपाकै गाडीमा, को सँग कति नम्बरको गाडी ?

काठमाडौं । गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो। तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत छ। तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्। ढकालले बुझेको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारीसाधन रहेको उल्लेख छ। त्यसैमध्येका ११ वटा
More

एकैदिन ३७ हजार फोरजीका ग्राहक थपिए

काठमाडौँ। नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएको समेतको हो । सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म आठ लाख मात्र फोरजी ग्राहक थिए । गोरखापत्रमा खबर छ ।
More

चिनियाँ सहयोग ठूला पूर्वाधारमा लगानी

काठमाडौँ। यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्नेछ । परापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरूप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ । नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएसँगै आर्थिक सहयोगको शृङ्खला सुरु भएको थियो । खास गरी सन् १९५६ अक्टोबरमा सम्पन्न आर्थिक सहायतामा नेपाल चीन सहमतिपछि यसले तीव्रता पाएको देखिन्छ । चीन सरकारले नेपाललाई द्विपक्षीय हितका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता
More

महरा प्रकरण : अधिकारवादी संस्थाहरुद्वारा स्वतन्त्र छानबिनको माग

काठमाडौं। संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धले सभामुख पद गुमाएका कृष्णबहादुर महराको घटनालाई स्वतन्त्र छानबिन गर्न महिला तथा मानव अधिकारवादी संस्थाले माग गरेका छन् । मानवअधिकारसँग सम्बन्धित १७ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ असोजमा भएको यो घटनाले २४ घण्टामा नै अर्को मोड लिनुलाई गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने माग राखेको हो । प्रभावित महिलाले प्रमाणसहित घटना सार्वजनिक गरेकी छन् । तर, घटनाको दोस्रो दिन आफूले लगाएको आरोपलाई आफैले खण्डन गर्दै आफूमाथि कुनै पनि घटना नभएको बताउनुले आफ्नो वा परिवारको सुरक्षाको कारण भनाइ परिवर्तन गरेको हुन सक्नेतर्फ संकेत गरिएको विज्ञप्तिमा उल्लेख छ । महिलाले महरा कोठामा आएको, कुटपिट र
More

एनआरएनए निर्वाचन: ६ क्षेत्रको सर्वेक्षण, पन्तको पक्षमा ७० प्रतिशत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा केन्द्रीय प्रतिनिधीहरुको नामावली केन्द्रमा आइपुगेको बताएको छ । अक्टोवर १७ मा सम्म हुने निर्वाचनमा एनआरएनएको ६ वटै क्षेत्रका प्रतिनिधिहरुको नामावली अनुसार अध्यक्षका प्रत्यासी कुमार पन्तको पक्षमा ७० प्रतिशत प्रतिनिधी रहेको अमेरिकाबाट संचालित हलिउडखबरले जनाएको छ । विहीवार साँझ सम्म करिब २ हजार ९ सय प्रतिनिधीहरुको नाम आइसीसीमा दर्ता गरेका छन् । यसै बीच गैरआवासीय नेपाली संघको (एनआरएनए) अध्यक्ष पदका उम्मेदवार कुमार पन्त विहीवार काठमाण्डौ पुगेका छन्। संघको नेतृत्वको लागि अर्का प्रत्यासी कुल आचार्यसंग सहमतिको वातावरण तयार गर्न पन्त काठमाण्डौं पुगेको अनुमान गरिएको छ । आचार्य समेत काठमाण्डौंमै रहेका छन् । पन्तले
More

एनआरएन अध्यक्षका प्रत्यासी कुमार पन्त काठमाण्डौंमा

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्यासी कुमार पन्त काठमाण्डौं उत्रिएका छन् । अक्टोवर १५ देखी १७ सम्म काठमाण्डौंमा हुने नवौं विश्व सम्मेलनको तयारको लागि पन्त विहीवार काठमाण्डौं उत्रिएका हुन् । पन्त कुवेत लगायत मध्यपूर्वका केही देशको भ्रमण सकेर नेपाल पुगेका हुन् । अध्यक्षको बलियो उम्मेदवारका रुपमा हेरिएका पन्तको स्वागतको लागि अमेरिका, हङकंग, युएई, जापान लगायतका गैरआवासीय नेपालीहरु त्रिभुवन विमानस्थल पुगेका थिए । उनको स्वागतको लागि जापानमा स्थापित व्यवसायी महेश श्रेष्ठ, गैरआवासीय नेपाली संघका प्रभावसाली नेता सोनाम लामा लगायतको उपस्थिती थियो । संघको नयाँ नेतृत्वको लागि अक्टोवर १७ तारिख निर्वाचन हुदैंछ । अध्यक्षका अर्का अकांक्षी कुल आचार्य सहमतिका
More

नेपाली राजदुताबास लण्डनको घुम्ती सेवा, पहिलो चरणमै ४ सय जना लाभान्दित

स्वीन्डन । सर्वसाधारणको सुविधाको लागि नेपाली दुतावास लण्डनले घुम्ती सेवा सुरु गरेको छ । भिसा, एनआरएनए कार्ड र हस्तलिखीत पासपोर्ट रिप्लेस्मेन्ट, कागजता प्रमाणीकरण लगायतका सुविधा दिने उदेश्यले दुतावासले विहीवार देखी आफ्नो सेवा विस्तार गरेको हो । दुतावासले नेपाली समुदायतको बाक्लो उपस्थिती रहेको विल्सायर स्थित स्वीइन्डनमा आफ्नो सेवा दिएको छ । लण्डनस्थित नेपाली दुतावासका तृतीय सचीव तेजेन्द्र रेग्मीको नेतृत्वमा पुगेको टोलीले नेपाली एसोसीयसन बील्सायरका अध्यक्ष लाल श्रीसको सकृयतामा झन्डै ४ सय जना नेपालीलाई सरकारी सेवा प्रदान गरेको क्षेत्री समाज वेलायतका अध्यक्ष राजन क्षेत्रीले जानकारी दिए । क्षेत्रीले दुतावासको सेवाले नेपाली समुदायमा खुसियाली छाएको बताए । वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा
More

गैरआवासीय नेपाली अस्मिता आले इंग्ल्यान्डको युवा टिममा

नेपाली मूलकी अस्मिता आले इंग्ल्यान्डको महिला यु–१९ राष्ट्रिय टिममा परेकी छिन्। इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाकी १७ वर्षीया सेन्टर ब्याक अस्मिता युइएफए महिला यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि इंग्ल्यान्डको युवा टिममा परेकी हुन्। उनी इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टिममा पर्ने नेपाली मूलकी पहिलो खेलाडी हुन्। यसअघि पनि अस्मिताले युइएफए यु-१७ प्रतियोगितामा इंग्ल्यान्डका जर्सीमा खेलिसकेकी छिन्। उनले त्यतिबेला इटाली र स्पेनविरुद्ध खेलेकी थिइन्। इंग्ल्यान्डको यु-१७ टिममा रहेर उनले दुई वर्षअघि जापानविरुद्ध मैत्रीपूर्ण खेल समेत खेलेकी थिइन्। उमेर समूहमा उत्कृष्ट खेलेपछि अस्मिता एस्टन भिल्लाको पहिलो रोजाइमा परेकी थिइन्। यु-१९ युरो छनोटमा इंग्ल्यान्डले बुधबार साइप्रसविरुद्ध खेलेको थियो। सो खेलमा इंग्ल्यान्ड ८-० ले
More

अन्ततः रोशनी शाहीलाई श्रीमानले छाडिदिए

काठमाडौं–सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाहीलाई उनका श्रीमानले छाडिदिएका छन् । शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको बताएका छन् । ‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ । अहिले अलग हुने निणर्य भएको भएपनि कानुनी प्रक्रिया भने सुरु भइसकेको छैन।
More

सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६÷७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर हामीले कुखुरा र घ्यू दिन शुरु गरेका छौँ, हाम्रो अभियान राम्रै हुने आस गरेका छौँ ।” उक्त वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र एक किलोग्राम घ्यू वितरण गर्ने
More