Daily Archives 7th October 2019

पोर्चुगलको आम निर्वाचनमा सोसलिष्ट पार्टी विजयी, आप्रवासी खुशी !

राजकुमार थापा । वल्डनेपाली डटकम, लिस्बन, पोर्चुगल । पोर्चुगलमा आइतबार सम्पन्न संसदीय आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री आन्तानियो कोष्टाको सोसलिष्ट पार्टी बिजयी भएको आज प्रकाशित परिणामहरुले देखाएको छ । २३० संसदीय सीटहरुमा कोष्टाको पार्टीले ३६.७ प्रतिशत मतकासाथ १०६ सीटमा विजय हासिल गरेको छ । पोर्चुगलमा दस करोड भन्दा बढी मतदाता रहेका थिए । त्यसमा झन्डै चार हजार जति नेपाली मुलका मतदाता थिए तर, कति नेपालीमुलकाले मतदान गरे भन्ने यकिन हुन सकेको छैन । पुनः सोसलिष्ट पार्टीको बिजयले पोर्चुगिस जनता स्थीरताको पक्षमा रहेको पोर्चुगलका राजनैतिक बिश्लेषकहरुले जनाएका छन् । प्रतिस्पर्धी सोसियल डेमोक्रेटिक पार्टीले सन् १९८३ पछिको सबैभन्दा खराव नतिजाको सामना गर्नु परेको
More

मनकामना केबलकार तीन दिन बन्द

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएकोे छ । नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष तीनदिन बन्द गर्दै आइरहेको मनकामना केबलकार सेवा आजदेखि २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए । असोज २३ गते बिहिबारबाट केबलकार सेवा नियमित सञ्चालनमा आउने पनि उनले बताए । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार ९बटम स्टेशन० रहेको छ । उक्त केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायःसधैँ भीड नै लाग्ने गर्दछ । दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको
More

भाेलि कुन देशमा कति बजे टीका लगाउने ? (सूचनासहित)

काठमाडौं– मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर स्थानीय समय निकालेकाे छ । सूचना हेर्नुहाेस्
More

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट बडा दसैं मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खनालले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान
More

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न

काठमाडौं । बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा असोज २० गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले
More

दसैंमा तरकारीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । दसैंमा तरकारीको मूल्य ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् । दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दसैंमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्य ह्वात्तै बढन गएको पनि उपभोक्ताहरुको भनाई छ । कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी १२० रुपैयाँ मूल्य रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन् । त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ । कालीमाटी खोलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री गरिएको
More

ठगी गर्ने समूहका तीन महिलासहित ४ जना पक्राउ

काठमाडौं– मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न समूहका तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ठगी कार्यबारे परेको उजुरीका प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालिका १सिरुटारकी सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडाकी निर्मला श्रेष्ठ , ठहिटिकी निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोलका निरज ताम्राकारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाईल, बल्यु प्रिन्ट, ट्रेस नक्सा ,जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने रातो कवर, किर्ते कागज तयार गर्नको लागि प्रयोग गर्ने रबर स्टयाम, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जा बरामद रहेको ललितपुर प्रहरीले
More

दुर्घटना गरी फरार भएका कार चालक पक्राउ

ललितपुर । कार दुर्घटना पछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंई फरार रहेका बा १०च ३००२ नम्बरका कार चालक टक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

भन्सार छली गरेको ल्याएको ३४ लाखको कपडा बरामद

काठमाडौं–इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले भारतबाट भन्सार छली ल्याइएको कपडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ व्यक्ति आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगल प्रसाद यादव र हेमचन्द्र तिवारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरुले ५ वटा मोटरसाइकलमा अवैध रुपमा सो कपडा ल्याएर सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाँको घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कुर्ता सुरूवाल, बच्चाको सुट, सर्ट ,पाईन्ट ,साडी, सेण्डो लगायतका गरी ३३ लाख ९० हजार बराबरको कपडा बरामद भएको प्रहरीले जनाएका।े छ । भन्सार ऐन अनुसार आवश्यक कारवाहीको कपडा मुल भन्सार कार्यालय वीरगंज पठाइने प्रहरीले
More

डाक्टर केसिले दिए फेरि अनसन बस्ने चेतावनी

विश्वविद्यालयहरुका पदाधिकारी नियुक्तिको हालको प्रणालीमा सुधार ल्याएर मात्रै अधमरो अवस्थामा रहेर पार्टीहरुका भर्ती केन्द्र बनेका ती संस्थालाई फेरि प्राज्ञिक थलोमा बदल्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । दलीय भागवण्डाको अहिलेको थिति बदल्न हामीले लामो संघर्ष समेत गरेका छौं । यो पृष्ठभूमिमा शिक्षामन्त्री संयोजकत्वको समितिले पुरानै व्यवस्था अनुसार त्रिभुवन विश्वविद्यालयका लागि पदाधिकारी सिफारि गरेको भनेर आइरहेका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्मरण रहोस्, व्यक्ति विशेषको नियुक्तिभन्दा पद्दति बसाल्नु ठूलो कुरा हो । त्यसैले पद्दति सुधारका लागि मार्ग प्रशस्त गर्नका लागि यो प्रक्रियाबाट पछि हट्न हाल नाम सिफारिश भएका प्राध्यापकहरुलाई विशेष आग्रह गर्दर्छौं । सुधार पछाडि उहाँहरुलगायत कुनै पनि व्यक्ति
More

मापसे गरेर लामो दूरीको बस चलाउने ८ चालक पक्राउ

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले नयाँ बसपार्क, नागढुंगा, थानकोटलगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो ।
More