नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्नुभएको छ । विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड हो भन्नुभएको छ । नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा बताउनुभएको छ । “मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधताका
More
Daily Archives 8th October 2019
आज विजयादशमी, टीका लगाउने र लगाइदिने कुन दिशा फर्किने ?
दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए ।
More
सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर होऔँ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ । बडादशैँंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ । “यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास गर्नुछ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ”, उहाँले भन्नुभएको छ, “हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रि«य आकांक्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दशैँले हामी सबैमा प्रेरणा मिलोस् ।” सन्देशमा प्रधानमन्त्रीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्नु
More