Daily Archives 15th October 2019

एनआरएनए नयाँ नेतृत्वको लागि आज निर्वाचन, पन्त र आचार्य बीच भिडन्त

लण्डन । गैरआवासीय नेपाली संघको आगामि दुई वर्षे कार्यकालको लागि आज (वुधवार) निर्वाचन हुदैंछ । अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य बीच प्रतिस्पर्दा हुने भएको छ । यस्तै ४ उपाध्यक्ष पदको लागि डा. बद्री केसी, हिक्मत थापा, सोनाम लामा, धर्मराज अधिकारी, अर्जुन श्रेष्ठ, मन केसी, थर्क सेन, डा. केशव पौडेल, किरण बिक्रम थापा, रविना थापा लगायतले आकांक्षा देखिएका छन् । एक महिला उपाध्यक्षको लागि सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गरेकी छन् । महासचिव पदमा यसअघि चर्चामा आएका डिबी क्षेत्री र डा. केशव पौडेल पछि हटे पछि संघका पूर्व प्रवक्ता डा. हेमराज शर्मा र जानकी गुरुङ बीच
More

एनआरएनको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी शुल्क दश लाख

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पु¥याइएको हो । अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ । उहाँले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक
More

फेरि समातिए सांसद

काठमाडौँ । जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ । जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुनुहुन्छ । राजपाले भने पक्राउको विरोध गरेको छ । यसैबीच सांसद साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी
More

काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप

रौतहट । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो । विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पु¥याइनुभएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताउनुभयो । अदालत परिसरबाट बाहिरिँदै गर्दा
More

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडाैँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।
More

नेपाल प्रहरीमा दरबन्दी थपियो, कुन पदमा कति ?

काठमाडौँ । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दरबन्दी थपिएको जानकारी दिँदै बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति गरिने बताउनुभयो । नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल नेपाल प्रहरीमा ७५ हजार ९२७ दरबन्दी रहेको छ । थपिएको
More

एनआरएनए सम्मेलन सुरु

काठमाडौं : गैरआवासीय नेपाली (एनआरएनए) हरुको नवौं विश्व सम्मेलन सुरु भएको छ। विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलनको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छ्न्। एनआरएनएको चुनावी रन्को : अध्यक्षमा कुल र कुमार भिड्दै एनआरएनएलाई सबैले अपनत्व महसुस गर्ने साझा संस्था बनाउँछु : कुल एनआरएनएको विश्व सम्मेलन आजबाट उद्‍घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए। उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे। उनले एनआरएन समुदायको भावना अनुसार
More

हतियारसहित लागुऔषध कारोवारी पक्राउ

धरान : भारतीय रिभल्वर पेस्तोलसहित एकजना लागुऔषध कारोवारीलाई धरान प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले सुनसरीको कोसी गाउँपालिका-३ घर भएका २३ वर्षीय निरज कुमार राउतलाई पक्राउ गरेको हो। उनी लामो समयदेखि धरानमा लागुऔषध कारोवार गर्दै आएको बुझिएको छ। प्रहरीले उनको साथबाट ठूलो मात्रामा लागुऔषध बरामत गरेको छ । विशेष सुराकीको आधारमा धरान उपमहानगरपालिका १० स्थित बलबहादुरको घरमा डेरा गरी बस्दै आएका राउतको कोठामा छापामारी लागुऔषध र हतियार बरामत गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए । पक्राउ परेका राउतलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमा सार्बजनिक गरेको हो । प्रहरीले राउतको कोठामा एउटा भारतीय
More

एनआरएनए महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो । सिट ४२, आकांक्षी धेरै नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले
More

११० ट्याक्सी चालक नियन्त्रणमा

पोखरा । तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार दशैँ मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो। यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ
More