Daily Archives 16th October 2019

एनआरएन चुनाव स्थगित

काठमाण्डौं । आज साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको छ । इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आए पछि भोलि विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।
More

कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने

काठमाडाैं। ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो। यस सडक आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मर्मत कार्य सम्पन्न हुँदैछ। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरेको बताए। सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ। डिसी
More

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ। नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ। डिसी नेपाल
More

हलेशी टोलमा भएको आगलागीबाट करिब ५ लाखको क्षति

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताए । आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको छ । उनको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । आगजनी गर्ने छ पक्राउ अटोरिक्सा आगजनी गरी नष्ट गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–८ का २६ वर्षीय
More

बमकाण्डका आरोपी मोहम्मद आलमको म्याद ७ दिन थप

काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ। अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो। विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्याएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताए। अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको ‘दूधको दूध
More

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि (असोज २९-कात्तिक ३ गतेसम्म) देखिपाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नुका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्नुे जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको
More

युरोप उपसंयोजक उम्मेदवार कृष्ण तिमल्सिनाको पक्षमा माहोल

काठमाडौं–काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अन्तर्गत आज मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, उपसंयोजक, महिला संयोजकलगायत विभिन्न पदको नेतृत्व चयन गरिनेछ । यसैबीच नेतृत्वका आकाँक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन प्रचार अभियानलाई तीब्र बनाएका छन् । यसैक्रममा युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार कृष्ण तिमल्सिनाले पनि आफ्नो प्रचार अभियानलाई तीब्र बनाएका छन् । विगत दुई दशकदेखि बेलायतमा व्यवसायका गर्दै आएका तिमल्सनाले आफ्नो चुनावी प्रचारप्रसार अभियानका क्रममा अधिकाँशले सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै विजयी हुनेमा ढुक्क रहेको बताए । बेलायतमा हुने हरेक सामाजिक कार्यमा अग्रमोर्चामा रहेर काम गरेका उनी एनआरएनभित्र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्छन् ।
More

एनआरएनए निर्वाचनः मनोनयन दर्ता मध्यान्ह १२ बजेसम्म, निर्वाचन साझ ५ बजदेखि हुने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालीका सार्वजनीक गरिएको छ । प्रमुख निर्वाचन आयुक्त शिव रिजालका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ । निर्वाचन भने आजै साझ ५ बजेदेखि १० बजेसम्म तोकिएको छ । उता नतिजा भने मतदान सकिएको दुई घन्टाभित्रै आउने भएको छ ।
More

करोडको सुन विभागबाटै गायव, कसले पार्यो झ्वाम ?

गुणस्तर परीक्षण गर्न संकलन गरिएको झण्डै एक करोड रुपैयाँको सुन गायव भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन बाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना बिभागबाटै गायब भएको हो । सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो । संकलन गरिएका नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।
More

६१ प्रतिशत नेपालीको बैंक खाता

कुल जनसंख्याको करिब ६१ प्रतिशतमा बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । केही वर्षयता विभिन्न अध्ययनहरुले ४० प्रतिशत नागरिकमा मात्र वित्तीय पहुँच निकालिरहेको बेला राष्ट्र बैंकको एक अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
More

कश्मीर मुद्दाले यसरी बिग्रियो भारत–मलेसियाको सम्बन्ध

गत वर्षको अगस्ट महिनामा इमरान खान पाकिस्तानका प्रधानमन्त्रीमा निर्वाचित भए । त्यसको तीन महिनाअघि ९२ वर्षीय महाथीर मोहम्मद मलेसियाको प्रधानमन्त्री बनेका थिए । इमरान र महाथीर दुबै जना भ्रष्टाचार नियन्त्रको मुद्दाका कारण चुनावमा सफल भएका थिए । सन् २०१८ को नोभेम्बरमा मलेसिया भ्रमणमा रहेका इमरानलाई भव्य स्वागत गरियो । भ्रमणका क्रममा उनले इमरानले ‘पाकिस्तान र मलेसिया निकट मित्र रहेको उल्लेख गर्दै सँधै साथमा रहेको’ बताए । महाथिरले पाकिस्तानलाई ऊर्जा सुरक्षामा मद्यत गर्ने प्रतिबद्धता जनाएपछि भारतसँगको सम्बन्ध चिसियो । यस्तै जम्मु कश्मीरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णयको प्रतिक्रियामा मलेसिया पाकिस्तानको पक्षमा उत्रियो । मलेसियाली प्रधानमन्त्री कश्मीर मुद्दामा पाकिस्तानको पक्ष लिएपछि
More

एनआरएनए महासचिवमा डा. हेमराज शर्मा र गुरुङ बीच प्रतिस्पर्दा हुदैं

काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा बेलायतबाट डा. हेमराज शर्मा र बेल्जियमकी जानकि गुरुङ बीच भिडन्त हुने भएको छ । डा. शर्मासँगै महासचिवको दौडमा रहेका डिबी क्षेत्री र अमेरिकाबाट डा. केशव पौडेलले उम्मेदवारी नदिने भए पछि उनी र गुरुङ बीच प्रतिस्पर्दा हुने भएको हो । क्षेत्रीले शर्मालाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेका हुन भने पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । शर्माले यसअघि सात निर्देशक सिद्वान्तसहित महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका थिए। डा. शर्माले सबैको एनआरएनए, सबल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सीप, ज्ञान र नवप्रवर्द्धनका लागि एनआरएन तथा उत्तरदायी र पारदर्शी एनआरएनए गरी
More