Daily Archives 17th October 2019

एनआरएन मतगणनाः पन्त, शर्मा र श्रेष्ठको अग्रता

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वुधवार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । विहीवार बिहान १ बजे सम्मको प्राराम्भिक मतगणनामा अध्यक्षमा कुमार पन्त, महासचिवमा डा. हेमराज शर्मा र कोषाध्यक्षमा महेश श्रेष्ठले अग्रता लिएका छन् । करिब ४ सय मतगणनामा उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, धर्मराज अधिकारीले अग्रता लिएका छन् । यस्तै सचिवमा गौरी जोशीले अग्रता छ । महिला संयोजकमा संगिता मरहट्ठाको अग्रता छ । मतगणना जारी छ ।
More

अरबमा प्रवासी सवार बस दुर्घटना, ३५ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल-अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन् । घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ । अनलाइनखबर
More

मिर्गौला किनबेच आरोपमा ललितपुरको निदान अस्पतालका सिइओसहित पाँच पक्राउ

मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन्। बुधबार पत्रकार सम्मेलन गरी ब्युरोले घटनाबारे जानकारी गराएको हो। भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्। उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ। ब्युरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार
More

नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ । सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर गरे । २०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो । खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिए अनलाइनखबर
More

भोटिङ मेसिन बिग्रिएर स्थगित भएको एनआरएनको मतदान १० बजेपछि मतपत्रबाटै हुने

काठमाडौं। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआएरए) को विश्व सम्मेलनका क्रममा नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर शुरु भएको मतदान केही सयमपछि स्थगित भएको छ। भोटिङ मेशिनले काम नगरेपछि आज (बिहीबार) बिहान १० बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका आयुक्त शिव रिमाल र सदस्य केपी पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । एनआरएनएको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान बुधबार अबेर शुरु भएको थियो। एकजनाले मात्र मतदान गरेपछि मेशिन विग्रिएको जनाइएको छ। भोटिङ मेशिन बनाएपछि आज (बिहीबार) बिहान १० बजेदेखि मतपत्रबाटै पुनः मतदान प्रक्रिया शुरु हुने जनाईएको छ । एनआरएनएको अध्यक्ष पदमा कुमार
More