Daily Archives 18th October 2019

तस्बीरमा यस्तो देखियो एनआरएनएको विजयी घोषणासभा

काठमाडौं । गैरआवासीय नेपाली संघको नवौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रम तस्बिरमा यस्तो देखियो-
More

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलनद्धारा १२ बुँद्धे काठमाडौँ घोषणा पत्र जारी

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौँ घोषणा पत्र–२०१९ म मेरो एनआरएनए र मेरो नेपाल भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकृतज्यूहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघ/संस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरू एवं ८० देशका २ हजार ६ सय ५६ जना गैरआवासीय नेपाली प्रतिनिधिहरूमा यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै विभिन्न राजनीतिक दल, विज्ञहरू, संघ/संस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं
More

उपचुनावको उम्मेदवारी दर्ता २१ गते

काठमाडौं । मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्ति क २१ गते हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि २५ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । यस्तै धरान उपमहानगरपालिकाको प्रमुखसहित स्थानीय तहका ४८ रित्त पदहरुको उम्मेदवारी दर्ता कात्तिक २७ गते गर्ने आयोगको निर्णय छ । अनलाइनखबर
More

एनआरएनएमा पन्तको उदय, महासचिवमा डा. शर्मा विजयी

काठमाडौँ । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिले अध्यक्षसहित सम्पूर्ण उम्मेद्वारहरुले प्राप्त गरेको मत सार्बजनिक गरेको छ । जसमा एनआरएनएको अध्यक्षमा विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाए। एनआरएनएको उपाध्यक्षमा बद्रि केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी विजयी भएका छन भने महिला उपाध्यक्षमा रबिना थापा विजयी भएकी छिन् । जसमा उपाध्यक्षका उम्मेद्वारहरु अर्जुन कुमार श्रेष्ठ १०२६, डा. बद्री केसी ११६३, धर्मराज अधिकारी ७५५, हिक्मत बहादुर थापा ४१४, डा. केशब पौडेल ८७०, किरण विक्रम थापा ४२३, मन केसी,
More

अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा सब–डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का वन अधिकृत पर्शुराम चौधरी र मनोजकुमार शर्मा, भक्तपुर नापी कार्यालयका नापी सर्वेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी छन् । वन अधिकृत चौधरी र वन कार्यालय रहेको घरका मालिक शर्माले डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको ट्याक्टरको मुद्दा मिलाइदिने क्रममा सेवाग्राहीसँग ६५ हजार रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । नापी कार्यालय भक्तपुरका नापी सर्वेक्षक जोशीद्वयले फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चका नाममा सेवाग्राहीसँग ८ हजार रुपैयाँ घूस लिएको आयोगको आरोप छ ।
More

विप्लब समूहका क्षेत्री र शाक्य पुनः पक्राउ

नेत्रविक्रम चन्द बिप्लब समूहको म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्य अदालतबाट पक्राउ परेका छन् । जिल्ला अदालतमा धरौटी बुझाएर तारेखमा छुटेका उनीहरुलाई प्रहरीले बिहिवार दिउसो पक्राउ गरेको हो । उनीहरुलाई राज्य विरुद्ध अपराध गरेको आरोप लगाइएको छ । दशै अघि उच्च अदालत बागलुङले छाड्न आदेश दिएको थियो । आदेश पालना गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहिवार उनीहरुलाई जिल्ला अदालत बागलुङ ल्याएको थियो । उनीहरु यस अघि म्याग्दी कारागार थिए । राज्य बिरुद्धको अपराध गरेको आरोपमा गत साउन ७ गते उनीहरु पक्राउ परेका थिए । जिल्ला अदालत म्याग्दीले दुवैजनालाई जनही ३५ हजार रुपैया“ धरौटी लिएर तारेखमा छाड्न
More

आचार्यको अग्रता कायमै ,महासचिवमा शर्मा आगाडि

काठमाडौँ । काठमाडौँमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । निर्वाचन आयोगले सार्बजनिक गरेको पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कुमार पन्तभन्दा कुल आचार्य १५ मतले अगाडि छन्। पछिल्लो पटक सार्बजनिक मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कुल आचार्यले १३५ मत पाएका छन् भने कुमार पन्तले १२० मत पाएका छन् । यसअघि कुल आचार्यको १११ तथा कुमार पन्तको ९३ मत रहेको थियो । त्यस्तैगरी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ५६, डा. बद्रि केसी ११५, धर्मराज अधिकारी ६१, हिक्मत बहादुर थापा ६४, डा. केशब पौडेल १७०, किरण बिक्रम थापा ३६, मन केसी ९३, नरेन्द्र बहादुर भाट
More

एनआरएन निर्वाचन: ९ सय मतगणनामा ६० मतले पन्तको अग्रता

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वुधवार सम्पन्न निर्वाचनको मतगणना जारी छ । शुक्रवार बिहान ५ बजे सम्मको प्राराम्भिक मतगणनामा अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कुल आचार्य भन्दा ६० मतको अग्रता लिएका छन् । महासचिवमा डा. हेमराज शर्मा र जानकी गुरुङ्ग बीच तिब्र प्रतिश्पर्धा देखिएको छ । मतगणनामा उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, धर्मराज अधिकारीले अग्रता कायम छ । कोषाध्यक्षमा महेश श्रेष्ठले अग्रता लिएका छन् । सचिवमा गौरी जोशीले अग्रता लिएका छन भने शिव बरुवाल र आरके शर्माले पछ्याइरहेका छन् । महिला संयोजकमा भूमा लिम्बुले अग्रता लिएकी छन् । यस्तै क्षेत्रीय संयोजक अन्र्तगत अमेरिकमा राजन त्रिपाठी
More