Daily Archives 20th October 2019

नेकपा सांसद गुरुङ अदालतमा हाजिर

काठमाडौं। ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा सांसद पार्वत गुरुङ आइतबार अदालतमा हाजिर भएका छन्। नेकपाबाट दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्। दोलखाकै विरध्वज खड्काले गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले गएको असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो। गुरुङ आइतबार अदालतमा हाजिर भएसँगै यो मुद्दा अगाडि बढ्ने भएको छ। डिसी नेपाल
More

नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र एनआरएनएबीच १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर (समझदारीको पूर्णपाठ)

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीमा विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ । सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ । यस्तो छ— समझदारीको पूर्ण पाठ नेपाल सरकारले बार्षिक कम्तिमा २० लाख पर्यटक भित्र्याउने
More

धादिङको चालिसेमा शंकास्पद वस्तु भेटियो

धादिङ । धादिङको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थानमा शंकास्पद बस्तु फेला परेको छ । सडक कर उठाउने ढाट छेउँमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु फेला परेको हो । झोलाभित्र प्रेसर कुकर देखिन्छ । त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । अनलाइनखबर
More

नेकपा वरिष्ठ नेता नेपालसँग एनआरएनए पदाधिकारीको भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्यो । आइतबार बिहान अर्याल होटल बानेश्वरमा भएको भेटमा नवनिर्वाचित एनआरएनए पदाधिकारीलाई वरिष्ठ नेता नेपालले बधाइ तथा शुभकामना दिनुभएको थियो । भेटघाट कार्यक्रममा एनआरएनए नवनिर्वाचित अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठलगायतका पदाधिकारी हुनुहुन्थ्यो । वरिष्ठ नेता नेपालले एनआरएनएको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष पन्तले आफूले घोषणापत्रमा सार्वजनिक गरेको प्रतिबद्धता पूरा गर्ने बताएका थिए । उनले संस्थामा पुनसरचना, मातृभूमिका लगानी तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीले मतदान गर्न पाउने व्यवस्था २४
More

एनआरएनए नवनिर्वाचित पदाधिकारीको एक स्वर : भ्रमण वर्ष सफल पार्छौं

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । क्लबका सभापति ऋषि धमलाले नवनिर्वाचित पदाधिकारीहरुलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् । अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रिय महिला संयोजक उमा कार्कीथापालगायतलाई धमलाले सम्मान तथा बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् । कार्यक्रममा बोल्दै
More

राष्ट्रपति भण्डारी जापान प्रस्थान

म्यान्मा । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरिन् । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्माको लागि नेपाली राजदूत भीमकृष्ण उदासलगायतले बिदाइ गरे । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । डिसी नेपाल
More

एनआरएनए नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक सम्पन्न

श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ संकलन काठमाडौं । गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले मध्यपूर्वी मुलुकहरुमा रहेका नेपाली श्रमिकका लागि स्थापित श्रामक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नव निर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् । बैठकले १९ वटा एजेन्डामाथि बृहत् छलफल गरेको थियो । बैठकले यसअघिकै कार्यसमितिको एजेन्डालाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले सरकारले अघि सारेको भिजिट नेपाल २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको
More