Daily Archives 22nd October 2019

हाम्रो संस्था विभाजित गर्न चाहन्नौं : अध्यक्ष पन्त

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नव निर्वाचित अध्यक्ष कुमार पन्तले विश्व सम्मेलन रमाइलोमा मात्र केन्द्रित भएको गुनासो गरेका छन् । विश्व सम्मेलन वा निर्वाचन उत्सव र रमाइलोमा लाग्दा विधि, विधान र नीति निर्माण ओझेलमा परेको उनको गुनासो थियो । निजी क्षेत्रको टेलिभिजन ईमेज च्यानलमा ‘समृद्धीको यात्रा’कार्यक्रममा कुरा गर्दै उनले नेपालका राजनीतिक दलले र एनआरएनमा आबद्ध पार्टी कार्यकर्ताहरुकै कारण संस्थाभित्र समिक्षा जरुरी भइसकेको उनको भनाई थियो । ‘संस्थाका कतिपय साथीहरु कुनै पार्टीसँग आबद्ध हुनुहुन्छ, उनीहरुलाई राजनीति नगर्न र विभाजित नहुन सल्लाह दिनुको सट्टा नेताहरु नै होटल होटल पुगेर भोट माग्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘हामी संस्था विभाजित गर्न चाहन्नौं,
More

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका गायक थापा पक्राउ

काठमाडौं । ह्याप्पी तिहार, चिसो बियर गीत गाउँने गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विपरीत भएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ । तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला
More

भिरबाट लडेर एकको मृत्यु

प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका ५ डामुका ५६ वर्षीय खड्क बहादुर जिसी भिरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए । खोजतलासको क्रममा जिसी कर्मेकांडा भिरबाट लडेका जिसीको सोमबार शव फेलापरेको उनले बताए । जिसीको शव जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको उनले बताए । नयाँ पत्रिका
More

इङ्गलिस प्रिमियर लिगमा आर्सनल पराजित

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनललाई सेफिल्ड युनाईटेडले १–० ले हराएको छ । प्रिमियर लिगको नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडको मैदानमा गएराती भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन घरेलु टोलीले ३० औ मिनेटमा निर्णायक गोल ग¥यो । शेफिल्डका लागि लिस मौसेटले उक्त गोल गरेका हुन् । जितसँगै शेफिल्ड प्रिमियर लिगको अंक तालिकामा शीर्ष १० भित्र अटाउन सफल भएको छ । हारसँगै लण्डन क्लब आर्सनलले शीर्ष चारमा उक्लने अवसर गुमाएको छ । आर्सनल १५ अंक सहित पाँचौ स्थानमा छ । लिगमा २५ अंकसहित लिभरपूल शीर्ष स्थानमा रहँदा १९ अंकको म्यान्चेस्टर सिटी दोस्रो तथा १७–१७ अंक जोडेको लेष्टर सिटी र चेल्सी क्रमशः तेस्रो
More

थाइल्याण्डका राजाले खोसे आफ्नी एक श्रीमतीबाट शाही उपाधि

बैंकक । थाइल्याण्डका राजाले आफ्नी एक रानीबाट शाही उपाधि खोसेका छन् । राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका थिए । राजाको चौथो श्रीमती बनेकी सुथिदालाई राजाले रानीको उपाधि दिए । त्यसअघिकी सिनीनात वङ्वाचिराफाकबाट राजा माहाले शाही उपाधि खोसेका हुन् । उच्च तहमा नियुक्ति पाएको केही महिनामै विश्वासघात गरेको आरोप लगाउँदै राजा माहाले सिनीनातबाट उपाधि घोसेको बताइएको छ । राजाका तर्फबाट सोमबार जारी गरिएको घोषणामा सिनीनात वङ्वाचिराफाक महत्वाकाङ्क्षी बनेको र उनले आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको उल्लेख छ । राजसंस्थाप्रति उनका व्यवहारहरु अपमानजनक रहेको पनि राजाले जारी गरेको वक्तव्यमा उल्लेख
More

मेरो प्रशंसा गर्नुभयो, मैले उहाँलाई मन पराएँ

पिंकी लामा श्रेष्ठ, प्रोपराइटर, फेमिना मेकअप स्टुडियो, चितवन फेमिना ब्युटिपार्लर भर्खर मेकअप स्टुडियोमा रुपान्तरण भएको छ । समयसापेक्ष सेवाग्रहीको आवश्यकता पूरा गर्न ब्युटिपार्लरलाई स्टुडियोमा रुपान्तरण गरेको यसका प्रोपराइटर पिंकी लामा श्रेष्ठ बताउँछिन् । पर्सनालिटी र आत्मविश्वास वृद्धिका लागि सौन्दर्य आवश्यक छ । पर्सनालिटी र आत्मविश्वासले सधैं अरुभन्दा एक कदम अगाडि राख्ने पिंकीको भनाइ छ । सौन्दर्य किन आवश्यक छ, यो पेसामा देखिएको समस्या तथा उनको निजी जीवनबारे गरेको कुराकानी : ० अरुलाई सिंगारेर पनि व्यवसाय चलाउन सकिन्छ ? – लिपिस्टिक पाउडर लगाउनु मात्रै मेकअप हो भन्ने मान्यता पुरानो भइसक्यो । यो सौन्दर्यसँग जोडिएको विषय हो । यसका विभिन्न विधा हुन्छन्
More

थाइल्याण्डका राजाले खोसे आफ्नी एक श्रीमतीबाट शाही उपाधि

बैंकक । थाइल्याण्डका राजाले आफ्नी एक रानीबाट शाही उपाधि खोसेका छन् । राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका थिए । राजाको चौथो श्रीमती बनेकी सुथिदालाई राजाले रानीको उपाधि दिए । त्यसअघिकी सिनीनात वङ्वाचिराफाकबाट राजा माहाले शाही उपाधि खोसेका हुन् । उच्च तहमा नियुक्ति पाएको केही महिनामै विश्वासघात गरेको आरोप लगाउँदै राजा माहाले सिनीनातबाट उपाधि घोसेको बताइएको छ । राजाका तर्फबाट सोमबार जारी गरिएको घोषणामा सिनीनात वङ्वाचिराफाक महत्वाकाङ्क्षी बनेको र उनले आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको उल्लेख छ । राजसंस्थाप्रति उनका व्यवहारहरु अपमानजनक रहेको पनि राजाले जारी गरेको वक्तव्यमा उल्लेख
More

दशैं सकिएसँगै बैंकमा तरलता अभाव

काठमाडौं । दशैं सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा क्रेडिट क्रञ्च (लगानी गर्ने रकम अभाव) को समस्या देखिन थालेको छ । विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको हो । विगतमा पनि ठूला चाडबाड तथा निर्वाचन सकिएपछि तरलता अभाव हुने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने कतिपय नीतिगत सुधारका कारण बैंकिङ क्षेत्रमा यस्तो समस्या नहुने विश्लेषण थियो । दशैंअघि अधिक तरलता रहेको अवस्थामा बैंकहरु निक्षेप नहेरी कर्जा विस्तारमा हौसिए । फलस्वरूप, दशैंलगत्तै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या देखिएको छ । बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने संकेत कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो)ले समेत गर्छ । राष्ट्र
More

राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौं । जापानी सम्राट् नारुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापान जानु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच आज मंगलबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो। सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए। सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका छन् । सो अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो। भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा
More

प्रेस स्वतन्त्रता माग गर्दै सञ्चारमाध्यमद्वारा विरोध

(अस्ट्रेलिया) — प्रेस स्वतन्त्रता खुम्चाउने अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध मूलधारका अखबारले आफ्नो पहिलो पृष्ठमा कालो पोतेर विरोध जनाएका छन् । विरलै हुने घटनामा न्युज कर्पोरेसन अस्ट्रेलिया तथा नाइन न्युजले प्रेस स्वतन्त्रता र समाचार स्रोतको सुरक्षाको माग गर्दै मुख्य पृष्ठमा कालो पोतेका हुन् । त्यसका साथै उनीहरूले विरोधस्वरूप ‘गोप्य’ लेखिएको रातो छापसमेत प्रकाशन गरेका छन् । सञ्चारमाध्यमहरूको विरोध सरकारको ‘राष्ट्रिय सुरक्षा कानुन’ प्रति लक्षित रहेको बीबीसीले जनाएको छ । सरकारले उक्त कानुनले प्रेस स्वतन्त्रताको पक्षपोषण गर्ने जनाउँदै कानुनभन्दा माथि कोही नरहेको प्रतिक्रिया दिएको छ । विरोधमा उत्रेका सञ्चारमाध्यमले प्रेस स्वतन्त्रताको सुरक्षा गर्नसमेत सरकारसँग माग गरेका छन् । सरकारले गत जुनमा सरकारी सहयोगमा चल्ने सञ्चारमाध्यम एबीसी र अर्को समाचारसंस्था
More

२० वर्षअघि आफ्नै बाबुलाई हत्या गरेर भाग्ने रतनकाजी पक्राउ

काठमाडौं– २० वर्षअघि आफ्नै बाबुको हत्या गरेर फरार रहेका रनकाजी भन्ने रनबादुर तामाङ पक्राउ परेका छन् । केन्द्य्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई सोमबार काठमाडौंको चोभारबाट पक्राउ गरेको हो । २०५७ चैत २९ गते काभ्रेपलाञ्चोकको साबिक स्यामपाटी गाबिस वडा नं ६ स्थित बिमिरे गाँउमा उनले आफ्नै बाबु धमैसिंह तामाङको सामान्य घरायसी बिषयका क्रममा धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । घटनापछि फरार रहेका उनी लामो समय वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । स्वदेश फर्किएर हाल आफ्नो बास्तबिक परिचय समेत लुकाएर काठमाडौंको विभिन्न स्थानमा लुकेर बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
More