Daily Archives 24th October 2019

एनआरएनए वरियताक्रममा पहिलोमा संस्थापक अध्यक्ष डा. महतो, दोस्रोमा प्रमुख संरक्षक शेष घले रहने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको वरियताक्रममा पहिलो नम्वरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई राख्दै संघको संरक्षक परिषद गठन गरेको छ । गत हप्ता सम्पन्न बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको हो । परिषदमा प्रमुख संरक्षक शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहने छन् । वैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको थियो । कतिपय अनलाइन मिडियाले संस्थापक अध्यक्ष डा. महतो प्रमुख संरक्षकबाट बरर्खास्त भएको भनि प्रकाशन गरेको समाचार गलत भएको संघले
More

महरालाई अझै ७ दिन थुन्नु : अदालत

काठमाडौं । संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थपिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको बहसपछि प्रहरीले मागेअनुसारकै सात दिनको म्याद थपिएको हो । यो म्यादअनुसार महरा यही कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन् । यसअघि, हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक थप भएको पाँच दिनको म्याद बुधबार सकिएको थियो । गएको असोज १९ गते साँझ बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन् । असोज २३ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार
More

मन्त्रिपरिषद् बैठकका १७ निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को गएको मंगलबार (कात्तिक ५ गते) बसेको बैठकले सोसहित विभिन्न १७ ओटा निर्णयहरु गरेको छ । बैठकले नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको छ । उनी हाल गृह मन्त्रालयका प्रवक्ता छन् । यस्तै, सुनसरीको देवानगन्ज गाउँपालिकालाई देवानगन्ज गाउँपालिका वडा नम्बर–२ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशुल्क ‘लिज’मा उपलब्ध गराउन स्वीकृति दिइएको छ । बैठकले नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिषप्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको छ । यसैगरी, रोजगारीको हकसम्बन्धी (पहिलो
More

गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघ वीच सहकार्य गर्ने सहमति

गैरआवासीय नेपाली संघका पदाधिकारी र नेपाल उद्योग परिसंघलका पदाधिकारी विच मिति २०७६ कार्तिक ७ गते बुधबारको दिन नेपाल उद्योग परिसंघको कार्यालयमा सहकार्यको लागि एक बैठक बसेको छ । उक्त वैठकमा संघका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरिएको थियो । वैठकमा आपसी सहयोग र सहकार्य बढाउने वारे व्यापक छलफल भयो । छलफल विशेष नेपालमा लगानी प्रवर्धन, विदेशबाट ज्ञान सिप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीहरुलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित थियो । वैठकमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली संघसंग सहकार्य गर्ने इच्छा प्रकट गरियो । वैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसंग मिलेर
More

‘ट्रक भित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ’

लण्डन- बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ। बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टी भएको हो। पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन्। उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ। आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको प्रारम्भिक काम भएको बताएका छन्। मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन्। शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाई छ। घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही
More

कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्यसहित सगुनको स्मार्ट कोइन्स सार्वजनिक

काठमाडाैँ – कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुन लाइटले प्रविधिको विकाससँगे यो आधुनिक सयममाआफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड – अ डिजिटल वालेट सार्वजनिक गरेको छ । गुन लाइटको प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भैरहेका घटनाहरु र राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेषण गर्न पनि सकिने नेपालका लागि सगुन लाइटका संस्थापक गोविन्द गिरीले बताए। उनका अनुसार स्मार्ट कोइन्स मार्फत सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्देश्यसहित सगुनले आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड ‘अ डिजिटल
More

बिहीबार सुनको भाउ स्थिर

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलमा ७० हजार ४०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ । चाँदी तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।
More

स्रष्टा सम्मानित

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले गत मंगलबार एक समारोहबीच घट्टेकुलो विकास समाजको हलमा आयोजित कार्यक्रममा नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत (युरोप च्याप्टर) की महासचिव मन्जु भण्डारी ।
More

शुभकामना कार्यक्रममा बेलायत निवासी दुई नेपाली स्रष्टा सम्मानित

काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले गत मंगलबार एक समारोहबीच घट्टेकुलो विकास समाजको हल, काठमाण्डौंमा तिहारको शुभकामना आदान प्रदान गर्नुको साथै बेलायत निवासी दुईजना स्रष्टालाई सम्मान गरेको छ । बेलायतको नेपाली डायस्पोरामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा लागि परेकी विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत (युरोप च्याप्टर) की महासचिव मन्जु भण्डारी र विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको विशिष्ट सदस्य एवम वांगमय प्रेमी सर्जक विदुर सिटौला सम्मानित हुनु भएको छ। प्रमुख अतिथि पूर्व मन्त्री हरिप्रसाद न्यौपानेले बिदेशमा बसेर आफ्नो भाषा,साहित्यलाई जगेर्ना गर्न सांगठनिक रूपमा, व्याक्तिगत रूपमा लागिपरेका स्रष्टाहरूलाई सम्मान गरेर संस्थाले उहांहरूमा हौसला र जांगर थपेको कुरा बताउनु
More

बलात्कारका अभियुक्त अमेरिकाबाट पक्राउ

काठमाडौँ — बलात्कारपछि हत्यासम्बन्धी दुई दशक पुरानो घटनाका फरार अभियुक्त लीलाराज गौतम पक्राउ परेका छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) को सहयोगमा उनलाई अमेरिकाबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । प्रहरीका अनुसार झापा चन्द्रगढी–३ का गौतम, मनोज खड्का र सीताराम बस्नेतले २०५७ असोज २९ मा स्थानीय सन्ध्या राजवंशीलाई जबर्जस्ती करणी गरेपछि घाँटी थिचेर हत्या गरेका थिए । झापा जिल्ला अदालतले २०५८ कात्तिक २१ मा उनीहरूलाई सफाइ दिए पनि पुनरावेदन हुँदै सर्वोच्च अदालत पुगेर फैसला उल्टिएको थियो । सर्वोच्चले २०६६ भदौ २९ मा गौतमसमेतलाई जन्मकैदको फैसला गरेको थियो । फैसलालगत्तै उनी फरार थिए । जिल्ला अदालतको आदेशअघि नै १० महिना हिरासतमा बसेका गौतमले अब १९ वर्ष
More

७ करोडको लगानीमा बागलुङमा बीएसआर मुभिज् निर्माण

बागलुङ – बीएसआर गु्रपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा आएको छ । काठमाडौंको गोगंबुमा रहेको बिजी मल निर्माण गर्ने समुहले नै बागलुङमा ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बीएसआर मुभिज् निर्माण गरेको हो । बीएसआर मुभिज्मा २ वटा हलहरु रहेका छन् । २०० र २२६ वटा आरामदायी सिटसहितका हलहरु रहेको मल्टिप्लेक्सभित्र कफीसप, रेष्टुरेन्ट पनि रहेको छ । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा ल्याएको हो । एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपासका क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर गु्रपले जनाएको छ । बीएसआर गु्रपले मुभिको आफ्नै ब्राण्डलाई चेनको
More

प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । ओली बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रेस संयोजक अधिकारीका अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि बाकु जाने कार्यक्रम छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट सीधैं बाकु पुगिसकेका छन् । समकालीन
More

चाबहिलमा घर भत्काउँदा घाइते भएका एक जनाको मृत्यु

कठमाडौं : चाबहिलस्थित मूल सडकमै घर भत्किउँने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ। महनागरीय प्रहरी वृत्त गौशालाका डिएसपी प्रदिपकुमार सिंहका अनुसार घाइतेमध्ये २६ वर्षीय दीपक तामाङको मृत्यु भएको हो। तामाङको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउँकोमा गम्भीर चोट लागेको थियो। भर भत्काउने क्रममा घाइते भएका मध्ये दुईजना घर फर्किसकेका छन् भने अर्का एक घाइतेको उपचार भइराखेको छ। मृतक तामाङ सोही घर भत्काउन खटेका मजदुर हुन्। बुधबार दिउँसो घर भत्काउने क्रममा घरले पुरिएर उनी गम्भीर घाइते भएका थिए। अन्नपूर्ण पोष्ट
More

कांग्रेसले आज उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने कांग्रेस नेताहरुले बताएका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदैछ । तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने गरी उम्मेदबार छनौटको शक्तिशाली समिति गठन गर्ने कांग्रेसको तयारी छ । केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएकाले कांग्रेसमा उम्मेदबार छनौट गर्न सकस भएको छ । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ
More

ब्रक्जिटको समयसीमा बढाए बेलायतमा आम निर्वाचन गराउने तयारीमा बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले युरोपियन युनियन छोड्ने (ब्रेक्जिट) समयसीमा जनवरीसम्म थप गर्न युरोपियन युनियनले प्रस्ताव गरे बेलायतमा आमनिर्वाचन गराउने बताएको बीबीसीले उल्लेख गरेको छ। ब्रेक्जिटबारे युनियनसँग केही दिन अघि नयाँ सहमती भएपनि बेलायती संसदले जोनसनको ब्रेक्जिट प्रस्ताव अस्वीकृत गरेको थियो। मंगलवार भएको बैठकमा प्रस्ताव अस्वीकृत भएपछि जोनसन ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा उभिएको बताइएको छ। बेलायतले युरोपियन युनियनसँग सम्झौता गरेर ब्रक्जिट प्रक्रिया पूरा गर्ने समय अक्टोबर ३१ सम्म मात्रै रहेको छ। त्यसैले जोनसनको आग्रह अब युरोपियन युनियनका नेताहरुको निर्णयमा निर्भर हुनेछ। उनीहरुले चाहे ब्रेक्जिट प्रक्रिया लम्बिन सक्छ। आमनिर्वाचन बिना ब्रेकजिट टुंगिन नसक्ने भन्दै उनले पहिला पनि निर्वाचन घोषणा गरेका थिए।
More

कांग्रेसले आज उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने कांग्रेस नेताहरुले बताएका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदैछ । तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने गरी उम्मेदबार छनौटको शक्तिशाली समिति गठन गर्ने कांग्रेसको तयारी छ । केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएकाले कांग्रेसमा उम्मेदबार छनौट गर्न सकस भएको छ । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ
More