Daily Archives 29th October 2019

बैँस रोक्न नसक्दा बेहाल, बलात्कारी विद्यार्थी नेता बर्खास्तीमा परे

काठमाडौँ । अभियोगमा प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका छन् । आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई आजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको जानकारी गराएका छन् । संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पीडित किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको थियो । पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी
More

गगन थापा पढ्नका लागि विदेश गए

काठमाडौँ–नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् । सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र
More

राष्ट्रपतिले लगाइन् दुई भाइलाई भाइटीका

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छिन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् ।
More

रोल्पास्थित आफ्नै घरमा उपराष्ट्रपतिद्वारा टीका ग्रहण

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका छन् । भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए ।
More

दुई बहिनीको हातबाट प्रधानमन्त्री ओलीले लगाए भाइटीका

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरूले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।
More

जुवा खेल्दै गरेको अवस्थामा २५ जुवाडे समातिए

लमजुङ–बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए । पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख १६ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने र १४ गते कार्यालय खुलेपछि जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
More

के बग्दादीको पतनसँगै ‘इस्लामिक स्टेट’ नामक उग्रवाद अन्त्य होला ?

इस्लामिक स्टेट (आइएस) का प्रमुख नेता अबू बकर बगदादीको मृत्युपछि विश्व राजनीतिमा धेरै परिवर्तन हुने सम्भावना देखिएको छ । यो घटनाले सिरियाजस्तो युद्धग्रस्त मुलुकहरुका स्थितिमा सुधार हुने र उग्रवाद कहीँ न कहीँ कमजोर हुने अपेक्षा गरिएको छ । यसका अतिरिक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा यो सैन्य कारवाहीको पूरा श्रेय लिने कोशिस गर्नेछन् । अमेरिकाको डेलावेयर विश्यविद्यालयका प्रोफेसर तथा अन्तर्राष्ट्रिय मामलाका विशेषज्ञ मुक्तरदर खानले अमेरिकी सैन्य कारवाही र बगदादीको अन्त्यबारे सटिक विश्लेषण गरेका छन् । के भन्छन् प्रोफेसर खान ? ठूलो सौभाग्यको कुरा थियो कि केही साताअघि अमेरिकालाई बगदादीको ‘लोकेशन’ सम्बन्धी गोप्य जानकारी प्राप्त भयो । यसअघि पनि इस्लामिक
More

भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्ने टेलिफिल्म

सन् १९८० को बीचको समयमा म मेरो ठूलो परिवारका अन्य सदस्यलाई भेट्न नयाँ दिल्लीमा आउने–जाने गर्थेँ । किशोरकालमा हिँडिरहेको मेरो लागि दिल्ली एक अलग संसार थियो । तर बसाईमा लण्डनमा मैले पढ्ने गरेको ब्याट्म्यानका कमिक्स छुट्थे र त्यसको साटो अमर चित्रकथा कमिक्सका किताब हात पथ्र्यो । लण्डनका टिभीमा चार वटा च्यानल आउँथ्यो भने भारतमा एउटै दुरदर्शनमा सीमित हुनुपथ्र्यो । त्यो समय दुरदर्शनको सबैभन्दा चर्चित कार्यक्रम थियो, रामायण । रामायण आउने दिन घरका हजुरबुवा, हजुरआमा, काका, काकी र अन्य भाईबहिनीसँग टिभी अघि बस्थेँ । हिन्दूहरुको धार्मिक काव्य रामायणलाई रामानन्द सागरले टेलिफिल्ममा रुपान्तरण गरेका थिए । रामायण युवराज राम, उनको १४ वर्षे
More

ब्रेक्जिट समयसीमा ३१ जनवरी सम्मलाई बढाइयो

लन्डन — युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को समयसीमा पुन: थप गरिएको छ । युरोपेली संघमा आवद्ध देशका राजदूतहरू संलग्न बैठकमा ब्रेक्जिट समयसीमा थप गर्ने सहमति भएको हो । बीबीसीका अनुसार बैठकले ईयूबाट बेलायतको बहिर्गमनको अन्तिम मिति एक साताभित्र निर्धारण गर्ने निर्णयसमेत गरेको छ । युरोपेली आयोगका प्रवक्ता मीना आन्द्रेभाले भनेकी छन्, ‘म के भन्न सक्छु भने युरोपेली संघका २७ वटै देश ब्रेक्जिट समयसीमा थप्न तथा त्यसका लागि निरन्तर क्रियाशील रहन सहमत भएका छन् ।’ उनका अुनसार ईयू मुख्यालय ब्रसेल्समा सोमबार हुने बैठकमा त्यसको टुंगो लगाइनेछ । बेलायतका चान्सलर साजिद जाभिदले ‘बेलायत पूर्वनिर्धारित समयअघि नै युरोपेली संघबाट बाहिरिन असम्भव’ रहेको बताएपछि म्याद थपका लागि बैठक
More

नेवार समुदायकाे भाइटीका भोलि, आज म्हः (आत्म) पूजा

काठमाडौं– नेवार समुदायले आजको दिन म्हः (आत्म) पूजासमेत गर्दैछन्। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। यसवर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको थियो। एकथरी नेवार समुदायले सोमबार म्हः (आत्म) पूजा गरेका छन्। अर्काथरीले भने मङ्गलबार गर्दैछन्। मङ्गलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने जानकारी गराएका छन्। यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए। आत्म सन्तुष्ट बनाई खुशी राख्न
More

राष्ट्रपति, प्रधानमन्त्री तथा दलका शीर्ष नेताबाट दीपावली र नेपाल सम्वतको शुभकामना

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्ष नेताले दीपावली एवं नेपाल संवतको नयाँ वर्ष ११४० को अवसरमा शुभकामना दिएका छन् । शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास गरिन् । दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिए । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत् नेपाल सम्वतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा भएको भन्दै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको बताए । यस्तै प्रधानमन्त्री केपी शर्मा
More

छिमेकीको टाउकोमा बञ्चरो प्रहार

कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पुर्याएपछि उनको मृत्यु भएको उनले बताए । मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।
More

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन पर्ने भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि
More

भाइटीकाको दिन नै गोवर्द्धन पूजा, यस्तो छ कारण

काठमाडौं । आज भाइटीकाको दिन नै गोवद्र्धन पूजा परेको छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रच लन बसेको बताइन्छ । यो दिन आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई पूजा गर्ने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवद्र्धन पूजा परेको हो । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ आज बिहान ७ः५१ बजेसम्म प्रतिपदा तिथि थियो । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले मङ्गलबार नै गर्ने निर्णय गरिएको नेपाल पन्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । बिहान प्रतिपदा तिथि हुँदै
More

नेपाल संवत् ११४० सुरु, नेवार समुदायले मनाउँदै

काठमाडौँ । नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उनले भने । विसं २००७ मा
More

नेवार समूदायले म्हः (आत्म) पूजा गर्दै

काठमाडौं । आजको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यसवर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको थियो । एकथरी नेवार समुदायले सोमबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने मङ्गलबार गर्दैछन् । मङ्गलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने जानकारी गराएका छन् । यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र
More