Daily Archives 31st October 2019

डिसेम्बर १२ मा बेलायतमा आमनिर्वाचन

लन्डन – युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) को विषयमा लामो रस्काकस्सीबीच बेलायत निर्वाचनमा होमिने भएको छ। डिसेम्बर १२ मा बेलायतमा आम निर्वाचन हुने छ। संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ले समयअगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको बिबिसीले जनाएको छ। बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आम निर्वाचन हुन लागेको हो। प्रधानमन्त्री जोनसनले संसद्मा पेश गरेको निर्वाचनसम्बन्धी विधेयकको पक्षमा चार सय ३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसदले मतदान गरेका थिए। बेलायतको संसदीय अभ्यासअन्तर्गत अब माथिल्लो सदन ‘हाउस अफ लर्ड्स’ले उक्त विधेयक पारित गरे समयअगावै निर्वाचन
More

मानवसेवा आश्रमलाई एनआरएन युकेका उपाध्यक्ष खड्काले गरे १ लाख ७० हजार सहयोग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष सुनिल खड्काले चितवनस्थित एक आश्रमलाई आर्थिक सहयोग गरेका छन् । खड्काको लगानीमा वेलायतमा संचालित हवाली रेष्टुरेन्टको वार्षिकोत्सव कार्यक्रमबाट संकलित १ लाख ७० हजार रुपैयाँ मानवसेवा आश्रमलाई सहयोग गरेका हुन् । गत सोमवार रेष्टुरेन्टमा आयोजित कार्यक्रम सो रकम संकलन भएको हो । नेपालमा सयौं असहायहरुको सेवा गरिरहेको मानवसेवा आश्रमका लागि सानो भए पनि सहयोग गर्न पाएको भन्दै खड्काले प्रसन्नता प्रकट गरे । खड्काले यसअघि आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बेलायत बोलाएर एक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेका थिए । सिमित स्रोत साधनको प्रयोग र जनमन संकलन अभियानबाटै कुनै पनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको
More

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा नेपालका लागि ब्रिटेनकी नव नियुक्त राजदूत निकोलाको स्वागत

लन्डन । नेपालका लागि ब्रिटेनकी नव नियुक्त राजदूत निकोला पोलिटले दुवै देशबीच छिट्टै दोहोरो कर हटाउने सम्बन्धि सम्झौता गर्न गृहकार्य भै रहेको बताएकी छिन। बुधबार बेलुका आफ्नो सम्मानमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै श्रीमती पोलिटले नेपालमा राजदूतको जिम्मेवारी निर्वाह गर्न जादै गर्दा आफुलाई निकै खुसि लागेको बताइन। नेपाल ब्रिटेनको पुरानो मित्र हो र राजदूतको रुपमा मैले ब्रिटेनको मात्रै हैन, नेपालको पनि हित हेरेर काम गर्ने छु, उनले भनिन आफु हालै गोर्खा वेलफेयर ट्रस्टको निम्तोमा बुटवल, पोखरा, धरान लगायतका सहरहरु पुगेको बताउँदै श्रीमती पोलिटले सडक नभएका कतिपय गाउँहरुमा आफु हिडेरै पुगेको जनाइन। नेपालमा स्थिर सरकार रहेकाले
More

पर्यटन मन्त्रि भट्टराई लण्डन आउने, एनआरएनले अन्तरक्रिया गर्ने

लन्डन । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमणमा आउने भएका छन् । नेपाली दूतवास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार भट्टराई ५ दिने सरकारी भ्रमणको लागि शनिवार लण्डन आउन लागेका हुन् । मन्त्रि भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न यहाँस्थित सरकारी अधिकारीहरुसंग समेत छलफल गर्ने भएका छन् । मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वल्र्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आउन लागेका हुन् । एक साता लामो भ्रमणका क्रममा भट्टराईले नेपाली दूतावास लण्डनले आगामी मंगलवार दुतावास भवनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने छन् । आउँदो सातादेखि लण्डनमा शुरु
More

हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्डले गर्यो एम्बुलेन्स सेवामा ५ लाख सहयोग

लन्डन । हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेका महासचिव डा. कृष्ण सापकोटाको पहलमा संकलन भएको सहयोग रकम गरिमा कँडेल मेमोरियल ट्रस्टलाई भरतपुर क्यान्सर अस्पतालमा एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको छ । ट्रस्टलाई समाजले पाँच लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो । ट्रस्टका अध्यक्ष गंगाराम कँडेललाई समाजका अध्यक्ष शिव खरालले उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर श्री मति प्रभा बराल लगायत विभिन्न क्षेत्रका समाजसेवीको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष खरालले नेपालमा आपतविपरत तथा अति आवश्यकता परेका नेपालीलाई सक्दो सहयोग गर्ने हेतुले स्थापना भएको हुनाले यहाँ जस्तै भूकम्प पीडित विद्यालय पुननिर्माण गर्न करिब
More

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओली बिहीबार राति ८ बजेर ५ बजे डिस्चार्ज भएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। यसअघि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका थिए।
More

महराविरुद्ध अदालतमा मुद्दा

काठमाडौँ । सरकारी वकिल कार्यालय काठमाडौँले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाउने निर्णय गरेको छ । आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी नूमराज खनालले जानकारी दिए । उनले अनुसार महरामाथि आजै अदालतमा मुद्दा दर्ता हुनेछ ।
More

कपिलवस्तुको कृष्णनगरमा कफ्र्यु आदेश, प्रहरीको गोली लागेर एकको मृत्यु

बुटवल । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागि स्थानीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादका कारण स्थानीय दुई समूहबीच झडप भएको थियो । कर्फ्यूकाबीच पनि प्रदर्शन भएपछि प्रहरीले नियनत्रणमा लिन गोली चलाउँदा पाण्डेको मृत्यु भएको हो । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लागेको छ । लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले आज कर्फ्यू लगाएको हो । कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका
More

कांग्रेसबाट धरानको मेयरमा तिलक राईको उम्मेद्वारी

धरान । नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ । यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो । ‘मैले मेयरमा उठ्नका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिरबाट राजीनामासमेत दिइसकेको थिएँ,’ कांग्रेस सुनसरीका कोषाध्यक्षसमेत रहेका तामाङले भने, ‘तर, सर्वसम्मत होस् भनेर मैले तिलक राईजीलाई समर्थन गरें, अब उहाँका लागि चुनावी प्रचार–प्रसार र घरदैलो सुरु भइसकेको छ ।’ सुनसरी जिल्ला कमिटीका तर्फबाट तिलक राईलाई मेयरको उम्मेद्वार घोषणा गरिसके पनि पार्टी केन्द्रबाट यसले औपचारिकता पाइसकेको छैन । उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुंगो कांग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ । यसका
More

प्रम ओलीको डायलासिस आज दोस्रोपटक गरिने, आजै डिस्चार्ज गरिने

काठमाडौं । ग्राण्डी अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक डायलासिस गरिने सम्भावना छ । नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै प्रधानमन्त्री ओलीको हिजो बुधबार अस्पताल भर्ना भएका थिए । उनको हिजै डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको डायलासिस हिजो करिब दुई बजेतिर सकिएको थियो । डायलासिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियूमा राखिएको थियो । साँझ उनलाई क्याबिनमा सारिएको थियो । प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र उनले सोफामै बसेर कुरा गरेका थिए । उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि बताइएको छ । विज्ञहरुका अनुसार शरीरमा
More

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज जिल्ला अदालत मुद्दा दायर गर्ने तयारी गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी सहितको अनुसन्धान प्रतिवेदन तिहार अघि नै बुझाइसकेको छ । प्रतिवेदन अध्ययनपछि आज कार्यालयले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो । प्रहरी परिसर काठमाडौंले १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजायको राय दिएको छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय माग दाबी पनि गरिएको छ । यस्तो मुद्दामा
More

लिभरपुलसँग आर्सनल स्तब्ध

लन्डन । प्रतिस्पर्धात्मक खेलमा टाइब्रेकर मार्फत जित निकाल्दै लिभरपुलले लिग कप (इएफएल कप वा काराबाओ कप) को क्वाटरफाइनलमा स्थान बनाएको छ । चौथो चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको हो । त्यसअघिको निर्धा्रित समयको खेलमा ५–५ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको हो । आर्सनलका दानी सेबालोसले प्रहार गरेको पेनाल्टी लिभरपुलका गोलरक्षकले रोकेपछि लिभरपुलको जित निश्चित भएको हो । निर्धा्रित समयको खेलमा गोलको सुरुवाति आत्मघाती गोलबाट भएको थियो । छैटौँ मिनेटमा आर्सनलका मुस्ताफीले आत्मघाती गोल गरेर लिभरपुललाई अग्रता दिलाए । त्यसपछि आर्सनलले तीन गोल र्गयो । १९ औँ मिनेटमा तोरेइरा तथा २६
More

सुरु भयो करारमा कर्मचारी भर्ना गर्ने खेल

काठमाडौँ । स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने स्थायी कर्मचरीलाई अस्वीकार गर्दै करारमा कर्मचारी भर्नाको खेलमा लागेको पाइएको छ। स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९० हजार बढी कर्मचारीको छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । लोकसेवाले स्थानीय तहमा कर्मचारीको सिफारिस प्रक्रियाको तयारी गरिरहेका अवस्थामा स्थानीय तहले कर्मचारी सिफारिस नगर्न आग्रह गरेका छन् । राजधानी दैनिकमा याे खबर छापिएकाे छ ।
More

ओलीको नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार राजधानीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको सिंगापुरमा गरिएको प्लाज्माफेरेसिसपश्चात पहिलो पटक डायलासिस गरिएको हो । नियमिति परीक्षणका लागि भन्दै बुधबार बिहानै अस्पताल गएका ओलीको रगतमा क्रियाटिनिन र पिसावमा प्रोटिनको मात्रा बढेको देखिएपछि डायलासिस गरिएको थियो । मिर्गौला रोग विशेषज्ञका अनुसार अब प्रधानमन्त्रीले नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ । मिर्गौला डायलासिस प्रक्रिया थालिएपछि नियमित रुपमा सातामा तीनपटक डायलासिस गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञ बताउँछन् ।
More

ज्ञानेन्द्र मल्ल बने कप्तान

काठमाडौं। ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मल्ललाई कप्तान बनाउने निर्णय गरेको क्यान महासचिब अशोकनाथ प्याकुरेलले जानकारी दिए। मल्ल क्यानले अर्को निर्णय नगर्दासम्मका लागि कप्तान बनेको उनले डिसी नेपाललाई जानकारी दिए। २९ वर्षीय मल्ल अण्डर–१५ देखि सिनियर टिममा आएका शीर्षक्रमका ब्याट्सम्यान हुन्। उनले तत्काली कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टिमको नेतृत्व गरेका छन्। पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले नयाँ कप्तानको खोजी गरेको थियो। कप्तानको दौडमा अरु खेलाडी पनि थिए। तर, अन्तिम मल्लले कप्तानका रुपमा जिम्मेवारी पाएका हुन्। मल्ले हालसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा एक अर्धशतक सहित १४३ रन बनाएका छन्।
More

उपत्यकामा रगत अभाव, दैनिक साढे २०० पिन्ट माग

काठमाडौं । उपत्यकामा रगत अभाव भएपछि बिरामीलाई समस्या भएको छ। रगत अभाव हुँदा दुर्घटना, रक्त श्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार प्रभावित भएको छ। मेडिसिटी अस्पतालमा भर्ना भएका मिर्गौलाका बिरामी राकेशकुमार ठाकुरका आफन्त बुधबार रगतको खोजीमा भौंतारिए। जनकपुरका ठाकुरलाई दुई पिन्ट ओ पोजेटिभ रगत चाहिएको थियो। आफन्त डा. निशान्तले भने, ‘रगतका लागि सबै ठाउँमा सोधपुछ गर्‍यौं। तत्कालै चाहिने हो भने डोनर (दाता) ल्याउनुस् भनेर फर्काए।’ ठाकुरको हेमोग्लोबिन न्यून भएकाले नियमित डायलाइसिसका लागि रगत आवश्यक परेको हो। रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रले पनि रगत अभाव भएको जनाएको छ। केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले भनिन्, ‘चाडबाड भएकाले रक्तदान कार्यक्रम हुन सकेन।
More

नारामै सीमित स्वच्छ धुलोधुवाँमुक्त उपत्यका

काठमाडौं । मुलुकको संविधानले स्वच्छ वातावरणमा बस्न पाउनु प्रत्येक नागरिकको मौलिक हक मानेको छ । सर्वोच्च अदालतको फैसलाले पनि स्वच्छ हावा फेर्न पाउने हरेक मान्छेको अधिकार हो भनेको छ । तर, काठमाडाैँ उपत्यकाको अवस्था भने संविधान र सर्वोच्च अदालतका फैसलाको प्रतिकूल देखिन्छ जहाँ वायु प्रदूषणकै कारण सास फेर्न सकस भइरहेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार नेपालमा वायु प्रदूषणकै कारण हरेक वर्ष ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ । विश्व बैंकको अध्ययनले त अझै योभन्दा पनि डरलाग्दो दाबी प्रस्तुत गरेको छ । विश्व बैंक तथा आईएचएमईको तथ्यांकले विश्व स्वास्थ्य संगठनको भन्दा अझै विकराल अवस्था देखाएको छ
More

भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर सर्वोच्चमा थन्किए

काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर थन्किएका छन् । पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको मुद्दा अझै इजलासमा घुमिरहेको छ । अकूत सम्पति आर्जनदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको मुद्दासहित एक दर्जन मुद्दा सर्वोच्चमा विचाराधीन छन् । अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ । अकूत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्का पट्टामा गोलमाल, बैंक घोटालगायत भ्रष्टाचारको मुद्दा फस्र्योट हुन नसकेर थन्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउने गरेको प्रतिबद्धता पूरा हुन सकेको छैन । १९ पुसमा
More