Daily Archives 2nd November 2019

‘मायालु तिमी मेरी हौ’ मा वर्षा सिवाकोटीकाे ग्ल्यामरस लुक (भिडियो)

लण्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसँग रोमान्टिक लुक्ससँगै अन्तरंग दृश्य हरुमा देखिएकी हुन् । प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् । दुवै जना हाल बेलायत बसोबास गर्छन् । गीतमा संगीत सम्योजन भने उदय राज पौडेल ले गरेका छन् । भिडिओ मा वर्षा र भिजु को रोमान्स लाई क्यामेरा मा नवराज उप्रेती ले कैद गरेका छन भने भिडिओ सम्पादन नवीन निरौला को र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिस्ट को रहेको छ
More

एनआरएनए ५० देशमा मात्र सिमित, ३० भन्दा बढी शाखा निस्कृय

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वमा छरिएका ८२ देश मध्य ५० वटा मात्र सकृय देखिएका छन् । संघको गत महिना सम्पन्न नवौं विश्व सम्मेलनमा ५० वटा देशले मात्र भाग लिए पछि बाँकी ३० भन्दा बढी राष्ट्रिय समितिहरु निस्कृय देखिएका हुन् । नियमित निर्वाचन नगर्ने र विश्व सम्मेलनमा भाग नलिएका राष्ट्रिय समिति स्वतः विघटन हुने वैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय समितिको अधिवेशन गराउने जिम्मेवारी गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजकलाई भए पनि कतिपय क्षेत्रीय संयोजकले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाहा नगर्दा राष्ट्रिय समितिहरु निकृय हुन पुगेका हुन् । विश्व सम्मेलनमा भाग लिन काठमाण्डौं पुगेका कयौं राष्ट्रिय समितिका केही प्रतिनिधीहरु
More

भ्रमण गरेर नेपाललाई सहयोग गर्न पर्यटनमन्त्री भट्टराईको आग्रह

लन्डन– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमण आएकै दिन एक च्यारिटी कार्यक्रममा सहभागी भएका छन् । मन्त्री भट्टराई सपोट नेपालको आयोजनामा शनिवार साँझ स्टकिन चर्चमा आयोजित एक च्यारीटी कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले नेपाल राजनैतिक स्थिरता पछि विकासको बाटोमा लागेकाे बताए । उनले नेपाल भ्रमण गरेर नेपाल र नेपालीहरुलाई सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रमलाई सम्वोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले  दुई तिहाई बहुमतको वर्तमान नेपाल सरकारको पहिलो प्रथामिकता आर्थिक विकास भएको वताए । उनले महाभूकम्प पछि पनि नेपाल भ्रमण गर्नको लागि शान्त र सुरक्षित रहेको जानकारी
More

कास्की–२ मा विद्यालाई नै टिकट दिने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले कास्की–२ मा स्वर्गीय नेता रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराईलाई टिकट दिने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई टिकट दिने निर्णय गरेको हो । यसअघि नेकपा गण्डकी प्रदेश कमिटीले विद्यासहित पुराना नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि सिफारिस गरेको थियो । जिल्ला कमिटीले विद्या एक्लैको नाम सिफारिस गरेकोमा प्रदेशले २ जनाको नाम थपेर केन्द्रमा पठाएको थियो । तर केन्द्रले विद्याको पक्षमा माहोल रहेको भन्दै उनैलाई टिकट दिने निर्णय गरेको बताइएको छ । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको जानकारी आएको बताए । आफूहरुले
More

पर्यटन मन्त्री योगेश भट्टराई बेलायतमा

लन्डन । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत आइपुगेका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, प्रवक्ता शरदराज आरण, दुतावासका तृतीय सचीव तेजेन्द्र रेग्मी हिथ्रो विमानस्थलमा मन्त्री भट्टराईको स्वागतका लागि पुगेका थिए। यस्तै प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी , पूर्वअध्यक्ष रामशरण सिमखडा पनि मन्त्री भट्टराईको स्वागतका लागि विमानस्थल पुगेका थिए। मन्त्री योगेश भट्टराईको साथमा सहसचिव घनश्याम उपाध्याय, पर्यटन बोर्डका कार्यकारी अध्यक्ष दिपक जोशी र अधिकृत लक्ष्मण गौतम लगायत लन्डन आइपुगेका छन् । मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुने वल्र्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आइ पुगेका हुन् ।
More

सत्तारुढ नेकपाको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कास्की क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसहित तीन प्रदेशसभा सदस्य, धरान उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन नसकेको हो । सचिवालय बैठक आइतबार पुनः बस्ने गरी टुंगिएको छ । बैठकमा पार्टीका तल्ला कमिटीले सिफारिस गरेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकाको मेयरका सम्भावित उम्मेदवारहरुबारे छलफल भए पनि निर्णय हुन सकेन । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिफारिस उम्मेदवारबारे छलफल भएको र भोलि बस्ने बैठकले अन्तिम निर्णय गर्ने जानकारी दिए । मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य,
More

गैरआवासीयलाई नर्वेले यसरी ग-यो दोहोरो नागरिकताको व्यवस्था

ओस्लो । यूरोपेली मुलुक नर्वेले दोहोरो नागरिकतालाई वैधानिकता प्रदान गरेको छ । हिजो शुक्रबार सम्पन्न मन्त्रीपरिषद बैठकले सन् २०२० को जनवरीबाटै दोहोरो नागरिकता सम्बन्धि ऐन लागू गर्ने निर्णय गरेको हो । यो ऐन लागू भएपछि विदेशी मुलको नागरिकता लिएका नर्वेका गैरआवासीय नागरिकले समेत आफ्नो मुलुकको नागरिकता उत्तिकै सुविधासहित राख्न पाउनेछन् । यसअघि नर्वेमा पनि विदेशी मुलको नागरिकता लिएपछि आफ्नो वास्तविक नागरिकता त्याग्नुपर्ने प्रावधान थियो । गत वर्ष सरकारले अघि सारेको सो प्रस्तावलाई संसदले सो विधेयक पारित गरिसकेको भए पनि हिजो मात्रै यस सम्बन्धि निर्णय भएको हो ।
More

एसिक्समा लरीभित्र मृत फेला परेका सबै भियतनामी नागरिक

बीबीसी । ब्रिटेनको एसिक्समा एउटा लरीभित्र मृत फेला परेका सबै ३९ जना व्यक्ति भियतनामका नागरिक भएको प्रहरीले बताएको छ। गत साता एउटा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र ती शवहरू फेला परेपछि मृतकहरू चिनियाँ भएको बताइएको थियो। एसिक्स प्रहरीले अहिले आफूहरू केही मृतकका भियतनाम र यूकेस्थित परिवारजन तथा भियतनाम सरकारसँग सोझो सम्पर्कमा रहेको बताएको छ। केही भियतनामी परिवारहरूले आफ्ना प्रियजन पनि त्यसरी मृत्यु हुनेमध्ये हुन सक्ने आशङ्का व्यक्त गरेका थिए। त्यसरी शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले परिवारलाई सन्देश पठाउँदै आफ्नो विदेशयात्रा असफल भएको जनाउ दिएकी थिइन्। मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला छन्। मृत्युको
More

प्रधानमन्त्रीका एडीसी राजेन्द्रबहादुर जुवा खालबाट पक्राउ

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कबाट प्रधानमन्त्री केपी ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी विभाग गोंगबुले उनीहरुलाई शुक्रबार राति १ लाख ५९ हजार रुपैयाँ नगदसहित जुवाखालबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा टोखा १० का सोमबहादुर मगर, मानकाजी गुरुङ, धर्म शाह रहेका छन् । त्यसैगरी रामेछाप सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा रहेका छन् ।
More

राप्रपाले गर्यो उम्मेदवार सिफारिस

काठमाडौं । आगामी मंसिरमा हुने उप-निर्बाचनको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम उम्मेदवारहरु सिफारिस गरेको छ । पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्य समितिलाई प्रदान गरेको छ भने गाउँ पालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने छ । यसै गरि प्रदेश र संघिय संसदको टिकट भने सम्बन्धित जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरे बमोजिम प्रदेश समितिको सिफारिसमा पार्टी केन्द्रले टिकट दिनेछ । भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ “क” मा पार्टीको तर्फबाट जिल्ला कार्य समितिले माधब खत्री,राममणी न्यौपाने ,बुद्धि कुमार प्यासि,बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का,शिबराज केसीको नाम सिफारिस गरि बिक्रम बहादुर थापाको अध्यक्षतामा रहेको
More

पूर्व सांसद महतोको दुर्घटनामा परी निधन

जनकपुरधाम । पूर्व सांसद रामलखन महतोको दुर्घटनामा परी मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका-१ स्थित विश्वकर्मा चोकमा शुक्रबार बसले ठक्कर दिँदा ६१ बर्षीय पूर्व सांसद महतोको निधन भएको हो । बटेश्वर गाउँपालिका १ स्थित घरबाट महेन्द्रनगरस्थित घर आउने क्रममा काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले उनलाई ठक्कर दिएको हो । साइकलमा सवार सांसद महतो बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए । उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महतो २०५१ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर
More

जल र सूर्य आराधनाको छठ पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार
More

बनभोज खाएर फर्किएको ट्र्याक्टर दुर्घटना हुँदा तीन बालिाकाको मृत्यु

दाङ। दाङको गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार शुक्रबार अपराहन्न भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् । ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवाचौकीमा उपचारका क्रममा तीनको मृत्यु भएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा परी
More

आलम प्रकरण : १० जनालाई जन्मकैद माग

रौतहट । रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । ११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिएका छन् । प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए । उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (१) को कसुर अपराध तथा प्रचलित हालको
More

आफूविरुद्ध नारावाजी गर्नेलाई देउवाले हपारे

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध नाराबाजी गर्ने नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुलाई हपारेका छन् । केन्द्रीय समितिको बैठकका लागि शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका देउवाले नेविसंघभित्र उमेरहदको पक्षमा रहँदै आएका विद्यार्थी नेताहरूले आफूविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई हपारेका हुन् । आफूहरूले ३२ वर्षभित्रैबाट नेविसंघको नेतृत्व चयन गर्न माग गर्दै नारा लगाइरहँदा सभापति देउवा विद्यार्थीहरूमाथि खनिएको नेविसंघ नेता नवराज त्रिपाठीले जानकारी दिए । देउवाले पार्टी केन्द्रीय कार्यालयमा केको नाराबाजी ? भन्दै औंला ठड्याउँदै विद्यार्थीहरूलाई हपारेका थिए । सभापति देउवाले आगामी महाधिवेशन गर्ने गरी नेविसंघको नेतृत्वका लगि सुनसरीका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरोध हुदै आएको छ ।राजधानी
More

प्रधानमन्त्रीले आराम कक्षमै भेटे अध्यक्ष दाहाल र उपप्रधानमन्त्री

मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् । चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरे । उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन । दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले दाहाल र उपप्रधानमन्त्री पोखरेलसँग
More

नेपाली सेनाको नयाँ विमान आज आउँदै

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुग्दै छ । सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो । सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको छ । विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ । विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको
More

अन्तर्राष्ट्रिय व्यापारमा सुधार

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लगातारको सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यातको आकार बढ्दो छ । आयात तुलनात्मक रूपमा घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । यसको समग्र प्रभाव व्यापार घाटा पहिलेको तुलनामा खुम्चिएको देखिएको छ । विभागका अनुसार असोजसम्मको कुल अन्तर्रा्ष्ट्रिय व्यापार तीन खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । समग्र व्यापार नै अघिल्लो आर्थिक वर्षको असोजसम्मको तुलनामा आठ दशमलव ८६ प्रतिशतले घटेको विभागको तथ्याङ्क छ । अघिल्लो वर्ष २३ अर्ब ७४ करोड रुपियाँको निर्यात भएकोमा समीक्षा अवधिमा १४.४१ प्रतिशतले बढेर २७ अर्ब १६ करोड
More

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन् । पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो । ‘अदालत र प्रहरीसँग दिएको बयानमा संगति मिलेको छ। केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो, ‘एउटा सबालमा उहाँले मैले ओहदाको मर्यादा राखेको छु। पदको दुरुपयोग गरेको छैन भन्नुभएको छ । आफूलाई फसाउन राजनीतिक
More