Daily Archives 4th November 2019

गेसो र पर्यटन मन्त्री भट्टराई बीच लण्डनमा छलफल

लण्डन । गोरखा भुतपुर्ब सैनिक संघ (गेसो) र वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बीच लण्डनमा भेटघाट सम्पन्न भएको छ । सोमवार नेपाली दूतावास भवनमा भएको सामुहिक भेटमा प्रबिधिक समितिले बेलायत सरकारलाई बुझाएको १३ बुंदे प्रतिबेदनको कार्यन्वयन गर्न गेसोले मन्त्री भट्टराईको ध्यानार्कषण गराएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी समेतको उपस्थितमा भएको छलफल भूपुगोर्खाहरुको मागलाई सम्वोधन गर्न बेलायत र नेपाल सरकार बीच कुटनैतिक दबावका लागि पहल गर्ने विषयमा केन्द्रीत थियो । छलफलमा गेसोका पदाधिकारी लगायत नेपाली दूतवासका प्रवक्ता शरदराज आरणको समेत उपस्थिती थियो ।
More

विश्व पर्यटन मेलामा मन्त्री योगेश भट्टराईको पहिलो दिन (फोटो फिचर)

लन्डन– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई सोमवार देखी सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी सहित एक्सेल पुगेका भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुको अवलोकन तथा आयोजक संस्थालाई अन्तरवार्ता दिएका थिए । मेला मंगलवार देखी मात्र सर्वसाधारणको लागि खुल्ला रहने ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक विराज भट्ट वताए । मंगलवार विश्वभरबाट आएका पर्यटन मन्त्रीहरुको भेलामा मन्त्री भट्टराई सहभागी हुने छन् । बर्ल्ड ट्राभल मार्टमा झण्डै १८२ देशका ५० हजार भन्दा बढी सहभागीहरु आउने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने सो मार्टमा
More

पूर्वसभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले संघीय संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सोमबार थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महराले जेलमा नै बस्नुपर्ने भएको छ । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल महरा पक्षका कानुन व्यवसायीको बहसपछि यस्तो आदेश सुनाएको हो । महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढै ७ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा
More

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गर्न ५ करोड विनियोजन

बागलुङ । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ। धावनमार्गका लागि यो आर्थिक वर्षमा रु चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन भएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महीना उडान गरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ। नगरपालिकाले १४ वडामा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्रे नहुनुुलगायत समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले धावनमार्ग बनाउन बजेट विनियोजन गरेको बागलुङ सांसद डा.
More

गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने

बेनी। स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो। वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार महायज्ञ एवं महोत्सवबाट सङ्कलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको वंश संरक्षण गरिनेछ। गौमहोत्सवको तयारीबारे जानकारी दिन
More

MCC starts Nepal tour with 38-run win over Nepal U-19

London, 5 Nov : Nepal U-19 cricket team faced a 38-run defeat at the hands of Marylebone Cricket Club (MCC) in the first match of the MCC tour of Nepal series in Kirtipur on Sunday. At the TU Cricket Ground, MCC opener Will Rhodes scored the highest 93 runs for the winning team, but Nepal responded better than expected with Hari Chauhan scoring a half-century in the losing cause. Earlier, Nepal won the toss, elected to field first and was presented with a big target of 335 runs for the loss of seven wickets by MCC in the allotted 50
More

नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रदेश प्रमुखको नाम (को को परे)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सात प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ ।
More

‘सद्भावना दूत’ सिफारिसमा राजदूतको संलग्नता छैन् : नेपाली दुतावास लण्डन

लन्डन । बेलायतबाट सञ्चालित समाचार प्रोटल नेपाल ब्रिटेन डट कममा हिजो आइतबार सम्प्रेषण भएको ‘बेलायतमा गुपचुप सद्भावना दूत नियुक्ति गर्ने पर्यटन मन्त्री भट्टराईको तयारी’ शीर्षकको समाचारप्रति नेपाली दूतावास लण्डनको ध्यानाकर्षण भएको जनाएको छ । दूतावासका प्रवक्ता शरदराज आरनले भने, ‘सद्भावना दूत सिफारिसमा दूतावासलाई कुनै जानकारी छैन । सद्भावना दूत नियुक्ति भिजिट नेपाल २०२० को सचिवालयसँग सम्बन्धित भएकाले यसमा राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा दूतावासको संलग्न छैनन् ।’ भिजिट नेपाल २०२० का सदस्यसचिव सुरज बैद्यसँग सम्बन्धित भएकाले यसमा दूतावासले कुनै भूमिका नभएको प्रवक्ता आरनले स्पष्ट पारे । नेपाल ब्रिटेन डटकमले ६ दिने बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
More

डेपुटी गभर्नर श्रेष्ठ स्वत: निलम्बन, छानविन गर्न समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा छानविन गर्न तीन सदस्सीय समिति गठन गरेको छ । समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रीराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सुवोध कर्ण र रामजी रेग्मी सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र छानविन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिइएको छ । पदीय मर्यादा बाहिर गई गम्भीर प्रकृतिका गैरकानुनी काम गरेको देखिएपछि गत बिहीबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठमाथि अनुसन्धान गर्न राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएको थियो । सोही अनुसार राष्ट्र बैंक सञ्चालक समितिले
More

आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दायर, १० जना फरार

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दायर गर्दैछ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो । अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर गर्ने तयारी कार्यालयको छ । आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीन वटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन प्रहरीले शुक्रबार नै पेस गरिसकेको छ । आलम बाहेक अन्य दस जना भने फरार छन् । यसअघि पाँच जनाबिरुद्ध किटानी जाहेरी परेकोमा अहिले
More

इग्ल्यान्डको एमसीसीसँग नेपाली क्रिकेट टिम भिड्दै

काठमाडौ । नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डका पुरानो क्रिकेट क्लब मेरिलिबोन (एमसीसी)ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्दै छ । शनिबार नेपाल आएको एमसीसीले आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालको यु १९ क्रिकेट टिमसँग एक दिवसीय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल यु १९ टिम ३८ रनले पराजित भयो । एमसीसीले सोमबार आज नेपालको सिनियर टिमसँग खेल्ने छ । नेपाली टिममा कप्तान परिवर्तन भएपछि पहिलो सिरिज रहेकाले सबैको ध्यान कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शनमा टिकेको छ । एमसीसीविरुद्धको खेलका लागि आफू निकै उत्साहित भएको बताएका छन् ।
More

म्याग्दीमा बस दुर्घटना : चार जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतवार ९आज० साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको र चार जनाको घटनास्थलमा नै ज्यान गएको तर परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचार केन्द्रतर्फ ल्याइँदै छ ,मृतकको शव गाडीले च्यापिएको अवस्थामा छ, शर्माले बताए । घटनास्थ लमा पुगेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीय शव निकाल्न र
More

भूमिसुधार मन्त्री गुठीको जग्गा संरक्षणको पक्षमा ?

काठमाडौं । गुठीको जग्गा भूमाफियालाई पोस्ने गरी विधेयक ल्याएको भनेर आलोचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले गुठी संस्थानलाई जग्गाको विवरण चुस्तदुरुस्त राख्न निर्देशन दिएकी छन् । संस्थानको ५६ औं वार्षिक उत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘गुठी संस्थानले आफ्नो मातहतमा रहेका सबै जग्गाको विवरण तुरुन्त चुस्तदुरुस्त बनाउनु पर्छ, गुठीको जग्गा कति अतिक्रमित भयो, त्यसको अभिलेख खै ?’ गुठीको जग्गा जति मोहीको नाममा भूमाफियालाई पोस्न लागेको भनेर विरोध भएपछि सरकारले मन्त्री अर्यालले गत असार पहिलो साता मन्त्रालयमा पत्रकार सम्मेलन गरेर ‘गुठीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ फिर्ता लिने निर्णय गरेकी थिइन्
More

प्रधानमन्त्रीको ओलीको उपचार अब कसरी ?

मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमनत्री केपी शर्मा ओलीको अब कसरी उपचार गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलासिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुको परामर्श जारी राखेका छन् । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलासिसभन्दा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् । यद्यपि वृद्ध उमेरमा मिर्गौला प्रत्यारोपण गर्नु चुनौतिपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलासिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ।
More

‘चन्द्रागिरिमा ७०० भाडा लिनुको कारण के ?’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७०० रुपैयाँ भाडा लिनुको कारण खुलाइ ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के कति कारणले निर्धारण गरेको हो, प्रमाण पेश गर्नू’ भनि निर्देशन दिएको हो । विभागको टोलीले अनुगमनलगत्तै तत्कालै लिखितपत्रमार्फत निर्देशन दिएको थियो । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले हिल्सले जवाफ पेश गरेपछि विस्तृत अनुसन्धान थाल्ने बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
More

बढी शुल्क लिने मेडिकल कलेविरुद्ध उजुरी आह्वान

काठमाडौँ । शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुविरुद्ध किटानी उजुरी दिन आह्वान गरेका छन् । कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गरिरहेका बेला मन्त्रालय र आयोगले आइतबार संयुक्त वक्तव्य जारी गरी बढी शुल्क लिने कलेज सञ्चालकविरुद्ध ठगी मुद्दामा कानुनी कारबाहीका लागि प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिन अभिभावक र विद्यार्थीलाई आग्रह गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
More

राजनीतिक आडमा ३६ गुण्डा नाइके

प्रहरी इन्काउन्टरमा मारिएका बाहेक जघन्य अपराधका केही गुण्डा नाइके जेलमा रहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । केहि फरार र केही अनुसन्धान क्रममा छन् । उनीहरु राजनीतिक संरक्षणका लागि विभिन्न दलमा आवद्व छन् । निर्माण सामग्री बिक्रीमा ठगी अभियोग लागेका बाघे भनिने शुकबहादुर लामा केही साताअघि पक्राउ परेपछि काँग्रेस नेताहरुले प्रहरीलाई फोन गरेर छाड्न दबाब दिए । जुवाको खालबाट समातिएका बले भनिने बलराम सापकोटालाई पनि छुटाउन नेकपाका नेताहरुको दवाव आयो । प्रहरीको क्राइम रेकर्ड अनुसार राजधानीमा ३६ जना गुण्डा नाइके विभिन्न दलका राजनीतिक संयन्त्रमा सक्रिय छन् । उनीहरुलाई सत्तारुढ नेकपा, प्रतिपक्षी काँग्रेस र अन्य साना दल तथा पूर्वराजावादी समूहले
More