Daily Archives 8th November 2019

सिमा रक्षाको लागि एक हुन गैरआवासीय नेपाली संघको आव्हान

लण्डन । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेटिए पछि विदेशमा बस्ने गैरआवासीय नेपालीहरु समेत क्षुब्द भएका छन् । भारतले सार्वजानिक गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति विभिन्न देशमा बस्ने नेपालीहरु समेत भारतीय कदम बिरुद्ध तरंगित भएका छन् । यसै बीच बिदेशमा रहेका नेपालीहरुको साँझ संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विहीवार एक विज्ञप्ति जारी गर्दै भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तिमा
More

बसमा प्रधानाध्यापक मृत भेटिए

बाजुरा : बाजुराका लागि धनगढीबाट छुटेको जय मालिका यातायातको ना ६ ख १७९२ नम्बरको बसमा बिहीबार एक जना यात्रु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। धनगढीबाट बाजुरा आउँदै गरेको उक्त बसमा हिमाली गाउँपालिका ७ बाँधुका ५० वर्षीय दलबहादुर शाही मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।मृतक शाही हिमाली गाउँपालिका ५ रुडीमा रहेको रुपाली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। बिहीबार पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको प्रहरी उपरीक्षक भाटले जानकारी दिए। शुक्रबार कैलालीको मोहना नदीमा शाहीको दाहसंस्कार गरिएको आफन्तले जनाएका छन्। गाडी चालक कृष्ण विष्टका अनुसार अछामको चौखुट्टमा यात्रु सकुशल रहेका र बाजुराको बुढीगंगा नगरपालिका-८
More

भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ घन्किएपछि…

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ। नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेको हो। अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए। अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएको छ। विरोध प्रर्दशनपछि आयोजित कोणमा सभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन्। इतिहासमा कहिल्यै कसैको अतिक्रमण नसहेको नेपाल राष्ट्र, नेपाली जनता
More

जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । काठमाडौं– ३२ कोटेश्वर बस्ने कामे शेर्पालाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेका छ ।  मोरङ पथरी नगरपालिका– १ बस्ने रामकृष्ण राईलाई जर्जियामा क्लिनरको जागिर लगाई दिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैया ( तलव, खान बस्न समेत) कम्पनीले नै दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैया ठगी गरी शेर्पा सम्पर्क बिहीन भएका थिए । उनलाई हिजो बिहीबार उर्लावारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले राजन राईबाट ३५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।
More

भारतले जारी गरेको नक्साको एनआरएनद्वारा भत्सना

काठमाडौं । गत ३१ अक्टुबरमा भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को भत्सना गरेको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवम् प्रमाणका आधारमा टुंग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सना गर्दछौं ।’ मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवम् विदेशस्थित गैरआवासीय नेपाली समुदाय
More

ब्रिटेन : अभद्र टिप्पर्णी भएपछि राजनीति छोड्न महिला सांसद बाध्य

ब्रिटेनमा महिला सांसदमाथि अभद्र टिप्पर्णी गर्ने क्रम बढ्दो छ । केही महिला नेतृहरुले भनेका छन्, ‘आजसम्म अभद्र टिप्पणीबाट बच्न सकिएको छैन ।’ ‘अ हिस्ट्री अफ विमेन इन पार्लियामेन्ट’ पुस्तक लेख्न लेबर पार्टीकी सांसद रेचल रिब्स भन्छिन्, ‘पहिलो महिला सांसद नैनसी स्टरले पुरुष सांसदहरुका बीचमा लामो संघर्षपछि संसदमा स्थान बनाएकी थिइन् । तर अहिलेको अवस्थामा महिला सांसदलाई बलात्कार र हत्याको धम्की आउनु सामान्यजस्तो भयो । ५० भन्दा बढी सांसदले भनेका छन्, १२ डिसेम्बरमा हुने आम चुनावमा हामी भाग लिने छैनौं । त्यसमा १८ महिला सांसद छन् । यो निर्णयका पछाडि उनीहरुमाथि हुने टिप्पर्णी सबैभन्दा महत्वपूर्ण रहेको केही महिलाहरुको ठम्याइ छ ।
More

आलमको थुनछेक बहस जारी

चन्द्रपुर । रौतहटको राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वमन्त्री आफताब आलमको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । आलम बिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिन वटा मुद्दा दायर गरिएको छ । तीनवटै मुद्दामा बयान सकिएपछि थुनछेक बहस बिहीबारवाट शुरु भएको हो । थुनछेक बहसमा पहिलो दिन सरकारी वकिल खडिन्द्रराज कटुवाल, सह–न्यायाधिवक्ता अर्जुन प्रसाद कोइराला र सूर्यराज दहालले वादीका पक्षमा बहस गरेका थिए । बहसमा वादी पक्षका कानून व्यवसायीहरुले प्रतिवादी आलमलाई तिनै वटै मुद्दामा हदै सम्मको कारवाही हुनु पर्ने र हाल पुर्पक्षको लागी थुनामा पठाउनु पर्ने माग गरेका छन । पीडित र
More

अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर

महेन्द्रनगर । डा. गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् । सोमबारदेखि १७ औं अनशन शुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि उनको माग सम्बोधनका लागि सरकारले अहिलेसम्म चासो देखाएको छैन । चिसोका कारण अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको हो । उनमा रक्तचापको समस्या पनि देखिन थालेको छ । चिकित्सा शिक्षा सुधारमा अभियन्ता केसी डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसेका हुन् । अनशनस्थलमै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले भेटेर केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् । केसीको समर्थनमा विभिन्न संघसंस्थाले सदरमुकाममा प्रदर्शनको तयारी समेत गरेका छन् ।
More

‘गो व्याक इण्डिया’ को नारासहित विद्यार्थी सडकमा

काठमाडौं । लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजेर आफ्नो नक्सामा राखेको भन्दै शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघको अगुवाईमा काठमाडौंमा विरोध प्रदर्शन भएको हो । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो व्याक इण्डिया जस्ता नारा लगाएका छन् । यता, भारतले नेपालको भूमि समेत आफ्नो सीमाभित्र पारेर नक्सा सार्वजनिक गरेको विरोधमा नेपालगञ्जमा प्रदर्शन भएको छ । विद्यार्थीहरुले नेपालको कालापानी, लिपुलेक लगायतको भूभाग आफ्नो सीमामा राखेर केही दिनअघि सार्वजनिक गरेको नक्सा सच्याउन माग गर्दै आज विहान प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुको प्रदर्शन नेपालगन्जको वीपीचोकबाट शुरुभई वीरेन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोण
More

७०० घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ । अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ।
More

नेपाली सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण

ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ। सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा–सडक सडक विभागलाई हस्तान्तरण गरेको हो। जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोलेर ०७५ मङ्सिर ४ गते औपचारिक उद्घाटन गरिएको जाजरकोट डोल्पा सडक एक वर्षपछि बिहीबार हस्तान्तरण भएको छ। नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले सडक डिभिजन कार्यालय चौरजहारीका उपप्रमुख नरेन्द्रप्रसाद भट्टलाई हस्तान्तरण गरेका हुन्। कठिन भौगोलिक चुनौतीका बाबजुत पनि नेपाली सेनाको अहोरात्र खटाइलेमात्र १४ वर्षपछि डोल्पासम्म सडक पुर्‍याउन सफल भएको जाजरकोट डोल्पा सडक निर्माणका
More

बागलुङमा प्रदेश सभा सदस्यका लागि दुई स्वतन्त्र सहित १० जनाको उम्मेदवार

कात्तिक – आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टीले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं २ को (२) प्रदेशसभा सदस्यको लागि हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा साझा बाम उम्मेदवार खडा गरेका छन्भने नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा पनि उपबिजेता बनेका उम्मेदवारलाई नै चुनावी मैदानमा उतार्ने गरी मनोनयन दर्ता गराएको छ । समाजवादी, राष्ट्रिय प्रजातन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साझा बाम उम्मेदवारको रुपमा
More

विप्लवका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका भक्तपुर र ललितपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी ‘आजाद’ पक्राउ परेका छन् । उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी ललितपुरको कुनै सथानबाट बिहीबार पक्राउ परेका हुन्। केसी राजधानी काठमाडौंमा पक्राउ परेको विप्लव समूहका ठूला मध्ये एक नेता रहेको प्रहरीको दावी छ। प्रहरीले केसी पक्राउबारे विस्तृतमा भने जानकारी दिएको छैन। प्रहरी स्रोतले अहिले अनुसन्धान भइरहेको जनाएको छ। डिसी नेपाल
More

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

काठमाडौं ।भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र
More

ट्रम्पलाई २० लाख डलर जरिवाना गर्ने अदालतको फैसला

न्युयोर्क । अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवानाको आदेश सुनाएको छ । सन २०१६ को निर्वाचनको क्रममा करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गदै न्यूयोर्कको अदालतले यस्तो फैसला सुनाएको हो । राष्ट्रपति ट्रम्पले अदालतको आदेश राजनीतिक रुपले प्रेरित भएको प्रतिक्रिया दिएका छन् । चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको रकम गैरकानूनी भएको अदालतले ठहर गरेको हो । फाउण्डेशनमार्फत गरिएको खर्च ट्रम्प आफैले भुक्तानी गर्नुपर्ने पनि अदालतले फैसला गरेको छ । चुनावमा ट्रम्पले छोराहरुको नाममा सञ्चालित संस्थावाट रकम खर्च गरेका थिए । परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि खर्च गर्नु गलत भएको न्यायाधीशहरुको भनाइ
More

आज हरिवोधनी एकादशी

काठमाडौं । कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका अवसरमा आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने विश्वास सहित विशेष पूजा गरिन्छ । हरिशयनी एकादशीका दिन घरको मठमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने प्रचलन रहेको छ । यसैले यो दिनलाई तुलसी विवाह पनि भन्ने गरिन्छ । असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास भनिन्छ । हरिबोधनी एकादशीका दिन मुलकभरका विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्दछ । भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौँको शेषनारायण र इचङ्गु नारायणको
More

देउवाले भारतीय राजदूतलाई फोन गरेर भने, ‘लिपुलेक र कालापानी हाम्रो हो’

काठमाडौं। भारतले जारी गरेको नयाँ नक्शामा नेपालको भूमि परेपछि नेपालमा विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित भारतीय राजदूत मञ्विसिंह पुरीलाई फोन गरेका छन्। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय नक्शाबारे सभापति देउवाले भारतीय राजदूतसँग फोन गरेर लिपुलेक, कालापानी लिम्पुयाधरा नेपालको भएको स्मरण गराएको जानकारी दिए। शर्माले देउवाको भनाई उद्धृत गर्दै भने, ‘सभापति शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ । नक्शाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण गराउनु भएको छ ।’ सभापति देउवाले यो विषयमा साझा धारणा
More