Daily Archives 11th November 2019

एनआरएनए युकेद्वारा भारतीय बल मिच्याईको भ्रत्सना

लन्डन । भारतले नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भ्रत्सना गरेको छ । संघकी अध्यक्ष पुनम गुरुङ र महासचिब फडिन्द्र भट्टराईले सोमबार एक बिज्ञप्ति प्रकाशित गर्दै सिमाना जस्तो संबेदनशिल सवालमा भारत सरकारले एक तर्फीय रवैया र बल मिच्याईको भन्दै घोर भ्रत्सना गरेका हुन् । बिज्ञप्ति पूर्णपाठ भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको सवालमा आईसीसीको स्पष्ट आधिकारीक धारणा यस अघि नै सार्वजनिक भईसकेको छ । गैर आवासीय नेपाली संघ बेलायत
More

‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप

काठमाडौँ । आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
More

काङ्ग्रेस कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट: कमल थापा

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् । ठुला – ठुला भ्रस्टाचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए । एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले बिदेशी हस्तक्षेप र प्रभाब रोक्न राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने आबश्यकता औल्याए । परिबर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणबादी मानसिकताको बिकास गर्यौ भन्दै यो प्रवृत्तिको अन्त्य जरुरि भएको बताए । कास्की -२ को चुनाबी अभियानमा सहभागी
More

नेपाली समाज वेल्स, यूके रिमेम्बरेन्स डे परेडमा सहभागी

वेल्स । रोयल ब्रिटिश लिजन, वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१९ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली समाज वेल्स, यूकेको तर्फबाट अध्यक्ष अमृत घलेको नेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको उक्त परेडमा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष राम चन्द्र पोखरेल, नेपाली समाज वेल्स यूकेका उपाध्यक्ष निरलाल मोक्तान, सस्थाका सदस्य एवं भूपू गोर्खा आर्मी सर्जेन्ट चक्र बहादुर गुरुङ, पूर्ण चन्द्र लिंदेन, मोति प्रसाद पुन, जस बहादुर कन्दङवा, मान धोज गुरुङ, नर बहादुर थापा, भिष्म कन्दङवा, नारायण धोज मल्ल र नर धोज शाहीको सहभागिता रहेको थियो। पहिलो विश्व युद्द देखि यता विभिन्न
More

बेलायतमा ‘छठ’ पर्व भव्य (फोटो फिचर)

लन्डन । बेलायतमा छठ पर्व भव्यताका साथ आइतबार सम्पन्न भयो । साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना गरिएको उक्त छठ विशेष कार्यक्रम एसोसिएसन अफ नेप्लिज मधेशी इन द यूकेले आयोजना गरेको हो । शुद्ध मनले छठी माताको व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।एसोसिएसनका अध्यक्ष भाग्यनारायण रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए भने काउन्सिलर प्रवेश केसी, एनआरएनए सल्लाहकार कूल आचार्य, आईसीसी सदस्य सुशीला राई, हिलिङडन गोर्खा कम्युनिटीका अध्यक्ष छत्रसिंह लिम्बू, एनआरएनए यूके पूर्वउपाध्यक्ष शेर सुनारलगायतको कार्यक्रममा सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि राजदूत डा सुवेदीले भने, ‘छठ नेपाली समुदायको साझा पर्व
More

नेपाल र कुवेतको खेल भुटानमै हुने

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्रको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको जनाएको छ । एसियाली फुटबल महासंघ (एएप्फसी) को स्वीकृतिपछि दुई देशबीचको खेल भुटानमा पक्का भएको हो । उक्त खेल थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा हुने छ । नेपाल यसअघि कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो ।
More

सुनको मूल्य बढ्यो

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा रु २०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी रु ५ ले बढेर ८४५ मा कारोबार भएको महासंघले जनाएको छ ।
More

८५ वर्षको इतिहासमा पहिलोपटक नेपाली राजदूत रिमेम्बरेन्स डेमा (फोटो फिचर)

लन्डन । युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा श्रद्धाञ्जलि दिन आइतबार सेन्ट्रल लन्डनमा सयौंको भीडमा एक नेपाली कुटनीतिज्ञले सबैको ध्यान खिचे । बेलायती 
राजपरिवार सदस्यदेखि बोरिस जोन्सन, जेरेमी कोर्बिन लगायत शीर्षस्थ 
राजनीतिज्ञ र सैनिक भेट्रानहरुले परेडसहित हवाइटहल सिनोतापमा पुष्पगुच्छा 
चढाइरहंदा राजदूत डा। दुर्गाबहादुर सुवेदी केन्द्रमा रहेका हुन् ।
More

सरकारले कालापानीमा सुरक्षा पोस्ट थप्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कालापानीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको जानकारी दिएका छन् । आज सिंहदरबारमा राज्य ब्यवस्था समितिको बैठकमा उनले दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेपनि विवादित भूमिमा सुरक्षापोष्ट थप गर्न लागिएको जानकारी दिएका हुन । कालापानी विवाद छ दशक लामो भएकाले त्यसको समाधानका लागि सरकार गम्भीर रहेको पनि मन्त्री थापाले बताए । बैठकमा समिति सदस्य एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने भारतबाट मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई अन्तर्राष्ट्रियकरण तत्काल गर्न नहुने बताएका छन् । ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने दाहालको भनाइ थियो ।समितिका अन्य सदस्यहरुले भने सीमा मिचिएको विषयको छलफल
More

मन्त्री हेरफेरको एजेन्डाले प्रवेश पाएन, ४ विभागको नेतृत्व तोकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चारवटा विभागको नेतृत्व टुंग्याएको छ । आज बसेको सचिवालय बैठकले अनुशासन, निर्वाचन, लेखा र सल्लाहकार विभागको नेतृत्व टुंग्याएको हो । केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् । यता, जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् । सीमा विवादमा निकासका लागि भने कुटनीतिक पहल गर्नुपर्ने निस्कर्ष बैठकले निकालेको छ
More

अघोरी बाबा र उनकी श्रीमती पक्राउ

काठमाडौँ – युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसी र उनकी श्रीमती शारदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएको तर पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले बताए । दुवै पक्षलाई राखेर अहिले बौद्ध प्रहरीमा छलफल भइरहेको छ ।
More

सरकारकाे निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने शिक्षा मन्त्रीकाे चेतावनी

काठमाडौं। सरकारले आफ्नो निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताएका छन्। सोमबार युनेस्कोको बैठकमा सहभागी हुन आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताए। यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने उनले बताए। मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने
More

बिहुँमा भरुवा बन्दुकसहित चार पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँबाट गस्तीमा रहेको प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । उनीहरुको साथबाट एक नाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक बिक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनीहरुलाई शनिबार नै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान भैरहेको छ । उनिहरुको साथबाट बरामद भएको बन्दुक के प्रयोजनका लागि थियो भन्ने बिषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।
More

उपनिर्वाचनका लागि कांग्रेसले बनायो अनुगमन समिति

१४ मंसिरमा हुने उपनिर्वाचन अनुगमनका लागि कांग्रेसले ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति बनाएको छ । उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित सम्पन्न गर्न भन्दै पार्टीको विधानबमोजिम समिति बनाएको उसले जनाएको छ । केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, प्रेस युनियन उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य र अधिवक्ता केशव रिजाल सदस्यसचिव छन् । निर्वाचन आचारसंहिताको पालना भए–नभएको अनुगमन गर्ने, सुरक्षा पर्याप्त भए नभएको हेर्ने, पार्टीको स्थानीय तहमा अनुगमन तथा समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने जिम्मेवारी समितिमा दिइएको छ । उम्मेदवारबाट आचारसंहिता उल्लंघन भए कानुनी कारबाहीको प्रक्रिया अपनाउने जिम्मेवारी
More

चार बालक ७ दिनदेखि बेपत्ता

नेपालगन्ज — नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ । कात्तिक १७ गते बेलुकी ८ बजे खाना खाएर घरबाट निस्केका उनीहरू आइतबारसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरू चारैजना सँगै खेल्ने र धेरै मिल्ने साथी हुन् । सधैं सँगै खेल्ने र राति सुत्ने समयमा घरमा जाने गरेको भए पनि त्यस दिनदेखि सम्पर्कमा नआएको दिनेश बुढा क्षेत्रीकी आमा गंगाले बताइन् । ‘सबै टोल, खेतबारी, जंगल, जताततै खोजियो,’ उनले भनिन्, ‘कतै पनि भेटिएन । कसैको सम्पर्कमा
More

सिएमसीमा फेरि तालाबन्दी

कात्तिक १५ गते सिएमसी प्रशासनले पत्रकार सम्मेलन आयोजना गरेर शैक्षिकसत्र ०७५/७६ मा भर्ना भएका एमबीबीएस र डिडिएसका विद्यार्थीबाट लिएको भनिएको अतिरिक्त शुल्क मात्रै समायोजन गर्ने बताएको थियो । सरकारले एमबीबीएसका लागि तोकेको ४२ लाख ४५ हजार रुपैयाँ शिक्षण शुल्कमा ६ लाख रुपैयाँ अतिरिक्त लिएको कलेजले स्वीकार गरेको छ । त्यसमध्ये दुई लाख रुपैयाँ मात्रै समायोजन गर्ने कलेजको भनाइ छ । शिक्षण शुल्कका अतिरिक्त रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क, मेडिकल काउन्सिल दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इनर्टनसिप शुल्क, आन्तरिक परीक्षा शुल्क, खाना र होस्टेल शुल्क लिन मिल्ने चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश न्यौपानेको तर्क छ । यी
More

प्रम ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा, सचिवालय बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठनको गृहकार्य अघि बढाएका छन् । सरकार गठन भएको बीस महिनापछि उनले त्यसको तयारी शुरु गरेका हुन । मन्त्रिपरिषद पुर्नगठनका विषयमा आइतबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत परामर्श गरेका छन् । मन्त्रीहरुको कार्यशैली प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन् । उनले दुई दिनअघि आफ्नै सचिवालयका सल्लाहकार र कर्मचारीलाई समेत राजीनामा दिन निर्देशन दिएका छन । दुई अध्यक्षको छलफलपछि आज नेकपाको सचिवालय बैठक बोलाइएको छ । मंसिर १४ गते हुने उपनिर्वाचन अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने नेकपाको तयारी छ । सचिवालय बैठकमा नयाँ सभामुख चयनका साथै एकताका
More

डा. केसीलाई स्थानान्तरण गर्न व्यापक सुरक्षाकर्मी परिचालन

काठमाडौं : ६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाबदिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए । किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ। चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६औं पटक अनशन बसेका केसीको सोमबार छैटौं दिन हो । चिकित्सकका अनुसार केसीको स्वास्थ्यअवस्था नाजुक भएको छ । केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने
More

सिटीको पोस्टमा लिभरपुलको ३ गोल

लन्डन । इङलिस प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुलले अग्रता बढाएको छ । गएराति भएको खेलमा लिभरपुलले साविक विजेता म्यानचेष्टर सिटीलाई ३-१ गोलले पराजित गरेको हो । लिभरपुलका लागि फाब्रिनो, मोहमद सालेह र साडियो मानेले एक-एक गोल गरे । सिटीका लागि बर्नान्डो सिल्भाले एक गोल फर्काए । जितसँगै शिर्ष स्थानको लिभरपुलले आठ अंकको अग्रता कायम गरेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे । ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गरे । यस्तै ब्राइटनका लेविस डुन्कले एक गोल फर्काए । जितसँगै युनाइटेड लिगको
More