Daily Archives 12th November 2019

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने सद्भावना भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन् । भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भोलि अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी तथा उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा भोलि राजकीय भोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिदसंग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने बताइएको छ ।
More

रहिम स्टस्टर्लिङलाई युरो छनोटको एउटा खेलमा प्रतिबन्ध

लन्डन । इङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल खेल्न नपाउने भएका छन् । इङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्वको खेलमा रहिम स्टर्लिङलाई समावेस नगराउने निर्णय गरेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताए । इङल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसँग स्टर्लिङले गरेको व्यवहारलाई लिएर उनलाई टिममा सहभागी नगराएको जनाएको छ । २४ वर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा इङ्ल्याण्डका डिफेन्डर जोए गोमेजसँग विवाद गरेका थिए । उक्त खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो । बिहिबार हुने खेलमा जित हासिल गरेमा इङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ । युरो छनोट
More

एनआरएनएमा २३ बैंक खाता, १७ करोड घाटा

‘भूकम्प पिडितको रकमले हेलिकप्टरमा सयर’ लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १७ करोड रुपैयाँ घाटामा गएको छ । एनआरएनए स्रोतका अनुसार लाप्राकको नमूना वस्ती निर्माण, एनआरएनएन भवन, कार्यालय संचालन र शंखमुल पार्क निर्माणमा भएको चरम आर्थिक अनियमिताले संघ १७ करोड रुपैयाँ घाटामा गएको हो । भूकम्प पीडितका लागि गोरखाको लाप्राकमा निर्माणाधीन ५ सय ७० घर सम्पन्न गर्नका लागि संघलाई ८ करोड रुपैयाँ अझै अपुग रहेको बताइएको छ । शुरुमा ३७ करोडमा सम्पन्न हुने भनिए पनि बिभिन्न चलखेलका कारण ५२ करोड रुपैयाँ पुगेको हो । एनआरएनए परियोजना पूर्व निर्देशक सुवास अधिकारीका अनुसार लाप्राक परियोजनाका लागि सुरुमा ५२ करोड रुपैयाँ आवश्यक पर्ने
More

भारतसित तत्काल वार्ता थाल्न नेकपाबाटै दबाब

काठमाडौँ — सीमा विवादबारे भारतसँग तत्काल वार्ता गरी टुंगोमा पुग्न प्रधानमन्त्रीमाथि सत्तारूढ दल नेकपाभित्रैबाट दबाब बढेको छ । भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् । पार्टी एकताका काम टुंग्याउन सोमबार भएको नेकपा सचिवालय बैठकमा कालापानीमा भारतले सीमा मिचेको विषयले प्राथमिकता पाएको थियो । नेताहरूले लामो समयदेखिको विवाद मिलाउने अवसर आएको भन्दै यसलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । भारतीय नाकाबन्दीका बेला लिएको अडानका कारण ओलीको व्यक्तित्व र समग्रमा पार्टीेको उचाइ बढेको सन्दर्भ उल्लेख गर्दै सचिवालयका नेताहरूले अहिले त्यस्तै खालको अर्को अवसर आएको बताए । ‘सर्वदलीय बैठकमा पनि एक प्रकारको निर्णय भएको छ । कुन तहबाट छलफल गर्दा
More

बस दुर्घटनामा एकको मृत्यु, २४ घाइते

कार्भेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा सोमबार अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकबाट करीब १०० मिटर तल खस्दा बसमा यात्रारत अन्दाजी वर्ष ६५ का एक पुरुषको मृत्यु भएको छ । बाँकी घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेकामा तीन जनाको थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको र बाँकी २१ को धुलिखेल अस्पतालमा नै उपचार
More

अस्ट्रेलियाका दुईवटा राज्यमा सङ्कटकाल घोषणा

सिड्नी । देशको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा “भयावह” खतरा उत्पन्न भएपछि अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन् । मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन्। अधिकारीहरूले मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने बताएका छन् । ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ। आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन् । क्वीन्सल्यान्डमा ९
More

भद्रपुर विमानस्थल १० दिनका लागि पूर्णरुपमा बन्द

भद्रपुर । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३
More

आर्थिक गणनाको नतिजा सार्वजनिक

बागलुङ – प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक भएको छ । तथ्यांक कार्यालय बागलुङले सोमबार एक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक राष्ट्रव्यापी रुपमा आर्थिक गणना भएको थियो । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार बागलुङमा २०७५ जेष्ठ मसान्त सम्म आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान ८ हजार ९ सय २३ पुगेका छन् । निजी साझेदारी तथा सरकारी रुपमा स्थापना भएका ती प्रतिष्ठानहरुले ३० हजार ३ सय ७२ जनालाई रोजगारी दिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जसमध्ये १६ हजार १ सय ५५ जना पुरुष र १४ हजार २ सय १७ जना महिलाले आर्थिक
More

युनिर्भसल मेडिकल कलेजमा तालाबन्दी

रुपन्देही । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अवैधानिक रूपमा लिएको शुल्क फिर्ता माग्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिडिएस र एमबिबिएस पढ्ने विद्यार्थीहरुले कलेजको प्रशासनिक, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका हुन् । यसले कलेजको शैक्षिक तथा प्रशासनिक काम पूर्ण रुपमा ठप्प भएको छ । २४ घण्टाभित्र शुल्क फिर्ता नभए कलेजबाट इन्ट्रनमा खटेका चिकित्सकले समेत काम नगर्ने चेतावनी दिएका छन् । विद्यार्थीले बिरामीको संवेदनशीलतालाई बुझ्नुपर्ने भन्दै उपचार सेवा भने सुचारु गर्न दिएका छन् । यता कलेज प्रशासनले भने शुल्क समायोजन गर्न माथिल्लो निकायबाट तयारी भएकाले केही समय लाग्ने बताएको छ । शुल्क फिर्तालगायतको मागसहित युनिभर्सल मेडिकल
More

सभामुख बनाउने भएमात्र राजीनामा दिन्छु : उपसभामुख

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले नयाँ सभामुख चयनका लागि निकास दिन आफू तयार रहेको बताएकी छन् । तर सभामुख पद आफूले पाउनुपर्ने उनको शर्त छ । संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णवहादुर महराले राजीनामा दिएका थिए । अब संसद अधिवेशन आह्वान गर्ने समय हुन लाग्यो तर नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ को उपचुनावलगत्तै सभामुख चयन प्रक्रिया अगाडि बढाउन चाहेको छ । तर नेकपाले संवैधािनक व्यवस्थाका कारण अब सभामुख र उपसभामुखमध्ये एउटा मात्र पद लिनसक्नेछ । उसले सभामुख पद लिन चाहेको छ । यसका
More

बंगलादेशी राष्ट्रपति नेपाल आउँदै

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् । परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानकाे अवलाेकन गर्ने तय भएको छ । हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा
More

उपनिर्वाचन २०७६ः उम्मेदवारलाई चुनावचिह्न प्रदान

भक्तपुर । निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । कार्यालयले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकाललाई सूर्य, नेपाली काङ्ग्रेसका कृष्णलाल भँडेललाई रुख र नेमकिपाका नीरज लवजूलाई मादल चिह्न प्रदान गरेको कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाललाई गाई, साझा पार्टीका सुरज प्रधानलाई तराजू, समाजवादी पार्टीका सुदर्शनकुमार मुनकर्मीलाई पाँचआँैंलासहितको हत्केला, नेकपा(माले)का सुदर्शन लामिछानेलाई हँसियाहथौडा, नेपाली काङ्ग्रेस (बि) का मधुसूदन न्यौपानेलाई करुवा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार
More