Daily Archives 15th November 2019

जनसम्पर्क समिति बेल्जियममा ७१ सदस्सीय अधिवेशन तयारी समिति गठन (पत्र सहित)

लण्डन । नेपाली कांग्रेसले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिमा ७१ सदस्सीय अधिवेशन तयारी समिति गठन गरेको छ । पार्टीको गत भाद्र १७ गते सम्पन्न बैठकको निर्णय अनुसार सभापति सीता सापकोटालाई अधिवेशन संयोजकको जिम्मेवारी दिएको छ भने अन्य पदाधिकारी सबै हटेका छन् । पत्र अनुसार, पार्टीका तर्फबाट बेल्जियममा खटिनु भएका केन्द्रीय प्रतिनिधी, आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेलबाट सीता सापकोटा संयोजक र सुभाष गुरुङ सहसंयोजक रहने गरी गठन गरेको अधिवेशन तयारी समितिलाई मान्यता प्रदान गरी बढीमा ६ महिनाभित्र अधिवेशन सम्पन्न पर्ने गरी निर्देशन गरिएको छ । यस्तो छ पार्टीको पत्र
More

कालापानी विवादबारे जनसम्पर्क समिति भारत पुग्यो भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक आफ्नो भूभागमा पारेपछि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतकोले आफ्नो ध्यानकर्षण भएको जनाएको छ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयमा पुगी सीमा समस्या समाधानको लागि ध्यानाकर्षण गराएका छन् । साथै समितिको ८ सदस्यीय प्रतिनिधि मण्डलले भारतीय विदेश मन्त्रालयमा ज्ञापपत्र पनि बुझाएको छ । दिल्लीस्थित नेपाली दूतावासको माध्यमबाट र नेपाल सरकारको पहलमा कूटनीतिक ढङ्गले यो समस्याको समाधान खोज्न समितिले आग्रह गरेको छ । नेपालको भूमि कुनै पनि ढङ्गले अतिक्रमण गर्ने कार्य आफ्नो
More

नेपाली मूलका वैज्ञानिक अमेरिकामा सम्मानित

विजय थापा । डिसी । नेपालको जनकपुर धनुषा घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक डा. सतिशचन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् । उनी इन्टेल संस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन (संस्था)ले सम्मान गरेको हो । उनलाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिईओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेका हुन् । यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान र आविष्कारहरूले नयाँ र उदाउँदो प्रविधिहरूको विकासमा ठूलो प्रभाव पार्दछ । डा. झा वायरलेस सञ्चार सञ्जाल र प्रविधिको क्षेत्रमा विश्व स्तरका अन्वेषक र समस्या समाधानकर्ता मानिन्छन्। उनको
More

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा थापा

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।
More

कडा सम्भोगका क्रममा प्रेमिका ठहरै

प्रेम मनबाट हुन्छ । एक अर्काप्रति मायाभाव र सम्मानभाव रहन्छ । त्यागको भावना पनि हुन्छ । तर यस्ता पनि मानिस हुन्छन् जो केवल प्रेमका नाममा स्वार्थ मात्र लिन खोज्छन् । यस्तै हुँदा प्रेमिका ठहरै भइन् । एकजना करोडपति व्यक्तिले प्रेमिकासँग कडा सम्भोग गरे । सम्भोगका क्रममा प्रेमिका ठहरै भइन् । उनले प्रेमिकालाई मृत अवस्थामा छोडेर हिंडे । ती करोडपनि हुन् जोन ब्राँडहस्र्ट । बिजनेश टाइकुन जोनले २७ वर्षीया प्रेमिका नेटली कलोनीलाई सम्भोगका क्रममा ठहरै भएपछि मृत अवस्थामा छोडेर हिडेका थिए । दुवैले सहमतिमा कडा सम्भोग गरेका थिए । जंगली प्रकारको सम्भोगका क्रममा कुटपिट समेत गरेका थिए । त्यसपछि भर्याङमुनी लुकाएका
More

उद्योगी रुप ज्योती रिहा

काठमाडौं- उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा भएका छन्। उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र लेखेको थियो। उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन्। १ करोड २६ लाख गठी गरेको भन्दै विगेन्द्रकृष्ण मल्लले उजुरी दिएपछि गत बिहीबार रुप ज्योती र उनकी छोरी सुरुची त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई निवेदन दिएपछि रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो।
More

बंगलादेशका राष्ट्रपति हमिद फर्किए

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फकिएका छन्। बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी थिइन्। उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए। त्यसैगरी उच्चपदस्थ अधिकारीहरु पनि विदाईमा सहभागी भएका थिए। राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
More

पत्रकार अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित

काठमाडौं। हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा) द्वारा काठमाडौमा आयोजित एक बिशेष कार्यक्रममा सो सम्मान गरिएको हो । ‘पत्रकारिता जीवनमा पहिलो पटक पुरस्कृत भएकोमा हर्षित छु, पत्रकारितामा अझ बढी जिम्मेवारी महसुस भएको छ । उपचार गराउन ढिला हुँदा बिहिवार सिभिल अस्पतालमा ज्यान गुमाएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई पाएको पुरस्कारबाट २५ हजार सहयोग गर्ने घोषणा गर्दछु’ उनले भने । मानवअधिकारवादी नेता कृष्ण पहाडीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनआन्दोलनको बेला शिवाकोटीले निरन्तर लागेको चर्चा समेत गरे । नेपालको लोकतन्त्रमा नेपाली सञ्चार जगतले पुर्याएको योगदानको समेत स्मरण गरे । साथै
More

जनगायक शर्मालाई गल्कोट समाज यूकेको तीन लाख सहयोग

लन्डन । गल्कोट समाज यूकेले जनगायक जीवन शर्माका छोराको उपचार सहयोगार्थ तीन लाख एक रुपैयां प्रदान गरेको छ । समाजले विभिन्न ८७ जना दाताहरुबाट संकलित रकम दुई चरणमा गायक शर्मालाई काठमाडौंस्थित निवासमा हस्तान्तरण गरेको हो । समाजका सल्लाहकार विष्णु चालिसे र सदस्य दुर्गा खड्काले सहयोग रकम हस्तान्तरण गरेको समाजसेवी राजु बोहराले जानकारी दिए । गायक शर्माको आर्थिक अवस्था दयनीय र छोराको स्वास्थ्यस्थिति जटिल अनि खर्चिलो भएपछि परिवारबाट सहयोग अपिलसंगै गल्कोट समाज यूकेले ‘मानवसेवा नै धर्म हो’ भन्ने भावनाबाट ओतप्रोत भएर चन्दा संकलन थालेको थियो । १५ दिनको अभियानमा स्वतस्फूर्त दान गर्ने सबैप्रति समाजले कृतज्ञता व्यक्त गरेको छ ।
More

विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन एनआरएनएको निर्देशन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग मिचेको विरोध गर्न विश्वभरका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको छ । संघका महासचिव डा. हेम राज शर्माले शुक्रवार विश्वभर छरिएका एनआरएनएका शाखाहरुलाई परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन् । पत्रमा पछिल्लो समय नेपाल भारत सिमा विवादका बारे गैरआवासीय नेपालीहरुले देखाएको चासोका प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछौँ। यस बिषयमा गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष कुमार पन्त ज्यूबाट वक्तव्य जारी भइसकेको यहाँहरुलाई अवगत नै छ, उल्लेख छ। संघको धारणालाई विभिन्न देशमा अवस्थित भारतीय दूतावास वा नियोगमा लिखित रुपमा पुर्‍याउन सहयोग गर्नको लागि यो पत्राचार गरिएको छ।
More

नेकपा बागलुङका दुई नेतामाथि कार्वाही

बागलुङ– नेकपा बागलुङले उपनिर्वाचनमा स्वतन्त्र उमेदवार दिन लगाउने पार्टीका २ नेतालाई कार्वाही गरेको छ । नेकपा बागलुङको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सदस्य तुल्सीराम अर्याललाई निलम्बन गर्नुका साथै दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरी निश्काशन गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् । अर्यालद्वयले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत प्रदेशसभा बागलुङ क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता गर्ने क्रममा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्ने हर्कत गरेका थिए ।
More

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा थुनछेक बहस भएको थियो ।
More

नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ

काठमाडौं । श्रृंखलावद्ध प्रस्तुती लिएर लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ । त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले केहि वर्षयता लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दैआएको छ । सन् २००९ बाट सुरुभएको यस्तो यात्राको यो चौथो श्रृंखला हो । यसपटक नेपथ्यको भ्रमण टोलीमा छ जना ब्याण्डका सदस्य हुनेछन् भने उत्तिकै संख्यामा प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहनेछ । केहि दसक यता अष्ट्रेलिया, नेपाली विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तब्य रहिआएको छ भने, रोजगारी र बसोबासका हिसाबले पनि उल्लेख्य संख्यामा नेपालीहरु उता पुगेका छन् । नेपाली संगीतको आस्वादलाई आफुसँगै बोकेर गएका तिनै
More

सरकारको विरोध गरे पेन्सन खारेज

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गर्दै यसअघिको उमेर हदलाई दुई वर्ष बढाएको हो । सेवानिवृत्त कर्मचारीले सरकारको विरोध गरे पेन्सन रोक्ने प्रावधानलाई समेत समितिले एकमतले पारित गरेको छ । नेपालीको औसत आयु बढेको अवस्थामा उमेर हद बढाउँदा राज्यलाई पेन्सन भार कम हुने समितिको ठहर छ । सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार सबै सरकारी सेवामा एकरूपता ल्याउन उमेर हद बढाउन लागिएको हो । कर्मचारीको वृत्ति विकासमा असर पर्न र सरकारी सेवा प्रवेश अवरुद्ध हुन नदिन उमेर हदको प्रावधान पूर्ण रूपमा दुई वर्षपछि लागू गर्ने व्यवस्था विधेयकमा छ । उमेर हद बढाउने व्यवस्था सबै कर्मचारीलाई एकैपटक लागू हुनेछैन ।
More

अन्तिम खेलमा नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले आज मलेसियासँग खेल्दैछ । अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपालले अन्तिम खेलमा मलेसियाको सामना गर्न लागेको हो । संघाईमा मलेसियालाई हराउँदै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हराएको थियो । यस्तै बिहिबार नेपालले म्यानमारलाई ३५ रनले हराएको थियो । डिसी नेपाल
More

बंगलादेशका राष्ट्रपति आज चन्द्रागिरि र पाटन घुमेर स्वदेश फर्किंदै

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किँदैछन् । स्वदेश फर्किनुअघि उनले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । उनी शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने कार्यतालिका छ । सदभावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गरेका थिए । बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उनी बिहीबार भने पोखरा घुम्न गए । उनले पोखराको फेवातालमा डुंगा सयर गरे भने रुपाकोट रिसोर्टबाट प्राकृतिक सुन्दरता अवलोकन गरे । उनी पोखरामा करिब पाँच घण्टा बिताएर उनी बिहीबारै
More

प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु

प्यूठान : प्यूठानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका–४ भिंगृदेखि खालतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको पिकअप जिप स्थानीय मनभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । घटनास्थलमै एक जना र अन्य दुईजनाको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–२ जोगिमाराकी २५ वर्षीय बिना विक र उनका आठ वर्षीय छोरा आन्न विकको उपचारका क्रममा मृत्यु भएको हो। स्वर्गद्वारी खालकी ४० वर्षीय नजरी विकको घटनास्थलमै ज्यान गएको थियो । गाडी चालक घाइते छन् । उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
More

नेकपा र कांग्रेसबीच द्विपक्षीय प्रतिष्पर्धा

काठमाडाैं। आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता भएपछि निर्वाचनको गतिविधिसमेत तीव्र बनेको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उक्त पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए। राजनीतिक दलबाट छ र स्वतन्त्रबाट तीनजना गरी नौ जनाले मनोनयन दर्ता गराएका हुन्। उम्मदेवारी दर्ता गर्नेमा नेकपाका तर्फबाट अच्छेलाल यादव, नेपाली काङ्ग्रेसका तर्फबाट शिवनारायण मण्डल तथा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार प्रमिलादेवी यादव छन्। राजपाका जिल्ला संयोजक हरेराम
More