Daily Archives 17th November 2019

डा. नम्रता र डा. प्रद्युम्नराज पाण्डेका नयाँ कृति सार्वजनिक

काठमाडौं । डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति सार्वजनिक भएको छ । ‘रहस्यः जीवन र प्रेम’ तथा ‘ऊर्जा’ नामक कृति शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो । एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई नयाँ कृति सार्वजनिक गरे। ‘ऊर्जा’ मा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निवन्ध समावेश छन् । ‘रहस्यः जीवन र प्रेम’ पुस्तकले जीवनमा प्रेमको महत्व दर्शाएको छ । प्रेमपूर्ण भावले मात्रै जीवनमा प्रगति सम्भव रहेकोतर्फ पुस्तक केन्द्रित छ । कार्यक्रममा प्रमुख अतिथी जोशीले पुस्तक जीवनपयोगी भएको बताए भने विशिष्ट अतिथि घिसिङले साहित्यभन्दा फरक कृषिमा विद्यावारिधि गरेका दम्पतीले
More

भारतले मिचेको भूमि फिर्ता गराउन सरकार सक्रिय : नारायणकाजी

भक्तपुर । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने बताएका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् । ढकाललाई जिताउन अपिल गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’ नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरे । पूर्वउपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिरसमेत गरे । चुनावी कार्यक्रममा नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् महेश बस्नेत, सांसद्
More

हात्तिको आक्रमणबाट दुईको मृत्यु

चितवन : जङ्गली हात्तिको आक्रमणमा परी माडीमा दुईजनाको मृत्यु भएको छ। हात्तिको आक्रमणबाट माडी नगरपालिका १ का ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको भएको हो। इलाका प्रहरी कार्यालय माडीका अनुसार शनिबार बिहान बाँदरझुला जाने क्रममा माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो। उनीहरू सवार लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा हात्तिले आक्रमण गरेको थियो। घटनाप्रति नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। अन्नपूर्ण पोष्ट
More

दुर्गेशले किन मागे नम्रतासँग रुमाल? (भिडियोसहित)

काठमाण्डौ – चर्चित शब्द सर्जक शिव अखेलीले भिर्नि झोलामा गीतले सबैतिर ठाउँ पाएपछि अर्को मौलिक गीत भिर्नि झोलामा गीत लेखेका छन् । मिल्छ भने पठाइदेउ न तिम्रो एउटा फोटो रुमालको त धोएपछि आयु हुने छोटो भन्दै गीतमा अखेलीले आफ्नी मायालुसँग रुमाल मागेका छन् । उक्त गीतको स्वर चर्चित गायिका जुना श्रीस मगर , ईश्वर सिंह र राजु काडेलको रहेको छ भने अभिनय दुर्गेश थापा र नम्रता सापकोटाको रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतको निर्देशन भने प्रकाश भट्टको रहेको छ ।
More

जोमसोम–कोरला सडक ३ दिन बन्द

ठिनी, मुस्ताङ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ। जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झो खोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर बिस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । निर्माणमा बाधा पुग्ने र दुर्घटनाको जोखिम भएकाले सवारी बन्द गरेर सडक विस्तार गर्न लागिएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । उनका अनुसार गत असारदेखि समरको भिरमा ब्लास्टिङ गरी पहाड फुटाएर सडक विस्तारको
More

धनगढी विमानस्थल आजबाट एक महिनासम्म दैनिक ४ घण्टा बन्द हुने

धनगढी । आजदेखि धनगढी विमानस्थल एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। धावन मार्ग मर्मत तथा विमानस्थल स्तरवृद्धिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको विमानस्थल स्रोतले जनाएको छ। धावन मार्गको मर्मत तथा स्तरवृद्धिको काम गर्न दिउँसो तीनदेखि सातबजेसम्म एक महिना बन्द हुने जानकारी विमानस्थल सा्रोतले जनाएको छ । यसअघि गत जेठमा एक महिना विमानस्थल बन्द गरेर धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तार गरिएको थियो । डिसी नेपाल
More