Daily Archives 18th November 2019

एनआरएन आइसीसी सदस्यको लागि वेलायतबाट ७ जनाको नाम सिफारीश

लण्डन । गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि वेलायतबाट ७ जनाको नाम सिफारिश गरिएको छ । गैरआवासीय नेपाली संघ युकेका अनुसार सिफारिशमा पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर केसी, चन्द्र गुरुङ, रमेश सराङकोटी, भाग्यनारायण यादव र भोला खनाल छन् । यसअघि गैरआवासीय नेपाली संघले विश्वभर छरिएका राष्ट्रिय समितिलाई क्षेत्रीय संयोजक मार्फत आइसीसी सदस्यको लागि १८ नोभेम्वर भित्र सिफारीश गर्न आग्रह गरेको थियो । गैरआवासीय नेपाली संघको विधानको दफा २२ (१४) अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रहेर योगदान गर्न सक्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गर्ने प्रावधान छ । संघको विधान अनुरुप ७ महिला सहित
More

भारत बिरुद्द एनआरएन जापानको प्रदर्शन (फोटो फिचर)

टोकियो । हालै भारतले जारी गरेको नक्सामा नेपालको अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति गैर आवासीय नेपाली संघ,जापानको अगुवाईमा, जापान स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुले आज टोकियोमा शान्तिपूर्ण विरोध र्याली सहित ज्ञापन पत्र बुझाईएका छन् । एनआरएनए आईसीसीको निर्णय अनुसार, विरोध स्वरुप, एनआरएनए जापानको संयोजनमा सोमवार भारतीय दुतावास अघि भेला भई शान्तिपूर्ण र्यालि तथा ज्ञापन पत्र बाचन गरि सुनाईएको हो । लिखित ज्ञापान पत्र बुझाउने प्रयास भएपनि, दुतावासले, आन्तरिक नियम भन्दै,लिखित ज्ञापन पत्र भने बुझ्न अस्विकार गर्यो । प्रत्यक्षरुपमा लिन अस्विकार गरेपनि हुलाक मार्फ़त पठाउन मिल्ने र हालसम्म त्यहि प्रावधान चलनमा रहेको भन्ने, जानकारी गराईए अनुसार
More

सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झना गर्दै ‘विश्व सम्झना दिवस’

बनेपा । जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको हो। धुलिखेलको सरस्वती बजारमा भएको कार्यक्रममा सडक सुरक्षासँग सम्बन्धित श्रव्यदृष्य सामग्री प्रस्तुत गर्नुका साथै गत आर्थिक बर्षमा सडक दुर्घटनामा परी ज्यान गुमाएका दुई हजार ७८९ को सम्झनाका साथै दुर्घटनामा घाइते र अङ्गभङ्ग भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको थियो। सो क्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले
More

समाजवादी पार्टीले सरकार छाड्ने

समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई सरकार छाड्ने प्रस्ताव गरेका छन । समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् । सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ सविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कोतर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको आरोप लगाउँदै उनले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादाको समेत ख्याल नगरेको आरोप लगाएका छन् ।
More

रात्रि क्लबमा पुगेर ज्ञानेन्द्रले गरे डान्स

काठमाडौँ । अपूर्वराजा ज्ञानेन्द्र शाहको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेर डान्स गरेको भिडियो भाइरल बनेको हो । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाइटक्लबमा पूर्वराजा ज्ञानेन्द्रसहित बुहारी हिमानी, छोरी प्रेरणा पनि देखिएका छन् ।
More

को–को बन्दैछन् नयाँ मन्त्री?

काठमाडौं। लामो छलफल र तयारपछि प्रधानमन्त्री केपी ओलीले आज सोम मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। यसअघि पनि पटक पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने चर्चा चलेपनि त्यसलाई प्रधानमन्त्री ओलीले बेवास्ता गर्दै आएका थिए। तर सरकारको कामको चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न थालेका हुन्। आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेको थियो। मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा सहमति भएपनि कुन कुन मन्त्रिलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने यकिन भएको छैन। सबै मन्त्री परिवर्तन गर्ने नभइ कार्यसम्पादन राम्रो नभएका मन्त्रीलाई हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहारलाई ल्याउने प्रधानमन्त्रीले तयारी गरेका छन्। विगत केही समयदेखि मन्त्रिपरिषद
More

महिलामाथि डोजर चलाउने चालक जेल चलान

बैतडी : दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक कारागार चलान भएका छन्। बैतडी जिल्ला अदालतले चालक किशोर बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो। जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधीवक्ता भानदेव जोशीले जानकारी दिए। त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ। गत कार्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो। सडक निर्माण गर्ने र सडक
More

सीमाबारे कूटनीतिक वार्ताको तयारी

काठमाडौं : अतिक्रमित भूभाग फिर्ता गर्न नेपाल र भारतबीच कूटनीतिक तहमा वार्ता हुने भएको छ। राजनीतिक तहमा पुगेको विषय सचिवस्तरीय संयन्त्रमा लैजाने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न निर्देशन दिएका छन्। लगत्तै त्यसको पहल भएको हो। ‘काम भइरहेको छ। छलफल पनि भइरहेका छन्। हामी छिट्टै वार्ताको चरणमा प्रवेश गर्नेछौं’, परराष्ट्रसचिव शंकरदास वैरागीले अन्नपूर्णसँग भने, ‘यो विषयलाई किनारा लगाउनेतर्फ अग्रसर छौं। समस्यारहित सम्बन्ध सबैको चाहना हो। यसमा हामी लागेका छौं।’ कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रमा दसगजा खाली गर्ने, सीमास्तम्भ राख्ने र मर्मत गर्ने काम भइरहेका छन्। अन्यत्रका काम टुंगिएकाले हस्ताक्षर गर्नुपर्ने र विवादित
More

आफ्नो सीमा रक्षाका लागि घरेलु हतियार लिएरै यसरी लडे कलाकारहरु (भिडियो)

काठमाण्डौ – नेपालको कालापानी भारतीय नक्सामा गाभिएपछि नेपाली जनता विभिन्न माध्यमबाट नेपाली भूमि फिर्ता गर्न माग गर्दै आइरहेका छन् । विभिन्न अनलाइन सञ्चार माध्यमहरुले समाचार बनाएका छन् भने विद्यार्थीहरु लगायत युवाहरु आन्दोलनमा उत्रिएका छन् । यसै विषयवस्तुलाई लिएर नेपाली हाँस्य टेलिसिरियल ‘हल्का रमाइलो’ले पनि भाग ११ निर्माण गरेको छ । उक्त भागमा नेपाली भूमि मिच्ने कसैलाई पनि त्यसै नछोड्ने र गोरखाली जनता कोही कसैसँग नझुक्ने कथा प्रस्तुत गर्दै व्यङग्य गरिएको छ । हेर्नुहोस् भिडियो
More

अस्ट्रेलियामा दुई नेपाली पक्राउ

सिड्नी। लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा प’क्राउ गरेको छ। एक बर्षे मल्टीपल भिषा पाएका उनिहरु तीन महिनाको पहिलो बसाइ सकिएपछि भिषा थप्न नजिकको गन्तब्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए । तर सिड्नी फर्कने क्रममा अध्यागमन मै पक्राउ परे । यसरी लगातार दुई हप्तामा दुई नेपाली पक्राउ परेपछि नेपालीहरुको लागि वाली ट्रान्जीट खतरा साबित भएको छ । उनीहरु अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य राखिएको छ।पछिल्लो हप्ता एक बर्षे मल्टीपल भ्रमण भिषामा आएका एक नेपाली युवा तीन महीनाको प्रारम्भीक बसाइ सकेपछि पुनश्च भिषा थप्नका लागि
More

भारत बिरुद्द विश्वभरका गैरआवासीय नेपाली

लन्डन । भारतले हालै सार्वजनिक गरेको विवादित राजनीतिक नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेपछि विश्वभरका गैरआवासीय नेपालीले विरोध गरेका छन् । नेपाल सरकारले भारतीय पक्षबाट भएको सीमा अतिक्रमणविरुद्ध प्रभावकारी कूटनीतिक पहल नगरेको गुनासो आइरहेको बेला विश्वभरका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका हुन् । विश्वभरका नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले संस्थागत रूपमै भारतको उक्त कदमको कडा शब्दमा आलोचना गरेको छ । भारतीय पक्षबाट भएको सीमा अतिक्रमणविरुद्ध उभिएको एनआरएनले आफू मातहतका ‘राष्ट्रिय समन्वय परिषद्’लाई भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन परिपत्र जारी गरिसकेको छ । नेपाल–भारत सीमा विवादबारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्लाई परिपत्र जारी गरिसकिएको
More