Daily Archives 20th November 2019

मन्त्रिपरिषद् पुनर्गठन (को को बने मन्त्री)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बुधबार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् । यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् । स्रोतकाअनुसार भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व
More

श्रीलंकामा भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएसँगै बुधबार गोटभायाले ७४ वर्षीय दाइ महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। महिन्दा राजापाक्षेले बिहीबार ७० वर्षका भाइ गोटभायासँग पद तथा गोपनियताको सपथ लिने छन्। सपथ लिएको केहीबेरमा उनले मन्त्रीमण्डल विस्तार गर्ने श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्। महिन्दा प्रधानमन्त्री बनेसँगै टापु राष्ट्र श्रीलंकाको सत्ताको साँचो ४ वर्षअघिजस्तै राजापाक्षे परिवारमा आएको छ। महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। गोटभायालाई उनले रक्षा मन्त्री बनाएका थिए। यी दुई दाजुभाइले सन् २००९मा २५ वर्ष लामो तमिल विद्रोह दबाएका थिए। त्यही बेला बनाएको ‘टर्मिनेटेर’ को छविले गोटभायाले
More

टोटनह्यामको प्रशिक्षकमा माउरिन्हो

लण्डन । जोजे माउरिन्हो इंग्लिस क्लब टोटनह्यामको प्रशिक्षक नियुक्त भएका छन् । उनले यसअघि चेल्सी, रियल मड्रिडलगायतका क्लब सम्हालिसकेका छन् । तर डिसेम्बरमा म्याचेष्टर युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि उनी क्लबविहीन थिए । यद्यपि उनले चीन, स्पेन र पोर्चुगलका केही क्लबबाट आएको प्रस्ताव भने अस्वीकार गरेका थिए । नयाँ सम्झौताअनुसार उनी २०२२/२३ सिजन अन्त्यसम्म टोटनह्यामको प्रशिक्षक रहनेछन् । ५९ वर्षीय माउरिन्होले भने, ‘टिम र एकेडेमीको गुणस्तरले मलाई उत्साहित बनाएको छ ।’ क्लबका अध्यक्ष डानिअल लेभीले माउरिन्हो फुटबलमा सफल प्रशिक्षक भएको बताए । टोटनह्यामले बुधबार मात्र प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेको थियो ।
More

उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार

घोराही । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ। समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ। उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ। सोही संवेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालनसँगै कार्यसम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ। दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ। मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र
More

इनासमा १६ सल्लाहकार

अन्तराष्ट्रिय कलाकार समाज (इनास) ग्लोबल समितिको गत आस्विन २६ र २७ मा काठमाण्डौंमा भएको तेश्रो ग्लोबल भेला मार्फत गठन भएको नयाँ कार्य समितिको बैठकले संस्थाको बिधानको दफा ४(३) बमोजिम सम्बन्धित क्षेत्रका बिज्ञमध्येबाट अध्य्क्षले नियुक्त गर्ने तीन जना सल्लाहकार सहित कूल १९ जना सल्लाहकारमध्ये हाललाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया), एनआरएन आइसिसिका पूर्व अध्यक्ष जीवा लामिछाने (जर्मनी) र जर्मनको कोलोन राज्यका लागि अबैतनिक महाबाणिज्य दूत एबं एनआरएनका संस्थापक सदस्य रामप्रताप थापा लगायत १६ जनाको ग्लोबल सल्लाहकार समिति गठन गरेको छ । अन्य सल्लाहकारमा फणिन्द्र पन्त (नेदरल्याण्डस), नेपालबाट प्रदिप बन्जन, लक्ष्मण लम्साल र रबिन्द्र खड्का, मित्रलाल पार्दे (पोल्याण्ड), लोकप्रशाद
More

कास्कीमा आचारसंहिता उल‌ंघन गरेको ३ उजुरी

पोखरा । निवार्चन आचारसंहिता मिचेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखरामा ३ उजुरी परेको छ । कार्यालयमा पोखरा महानगर, पोखरा १५ वडाध्यक्ष र संघीय समाजवादीविरुद्ध १/१ उजुरी परेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिएका छन् । निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ अनुसार निर्वाचन अवधिभर सम्बन्धित स्थानीय तह तटस्थ र निष्पक्ष रहनु पर्ने उल्लेख छ । ‘निर्वाचन सम्पन्न नभएसम्म प्रचारप्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने,’ आचारसंहितामा भनिएको छ, ‘कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरुवा,
More

मासु खाँदा बैतडीमा १ किशोरीको मृत्यु, एकै परिवारका ९ जना बिरामी

बैतडी । मरेको कुखुराको मासु खाँदा मंगलबार एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेकी छन् । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् । शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए । मासु खाएपछि वान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो । मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन,
More

ओलीसँग प्रचण्डले मागे ‘कार्यकारी अध्यक्ष’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् । तर प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति नजनाएपछि मन्त्रिपरिषद् विस्तार र सभामुख समेत टुंगो लाग्न सकेन । सकेसम्म सोमबार, नभए मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी थियो । त्यसकै पूर्वतयारीस्वरुप अध्यक्षद्वय ओली र प्रचण्डबीच सोमबार साँझ भेटवार्ता पनि भयो, तर सहमति जुट्न सकेन । स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले ठूलो संख्यामा मन्त्रीहरु हेरफेर गरेर मन्त्रिपरिषद पुनर्गठन भएको सन्देश दिनुपर्ने मत राखेका थिए । ‘३/४ जना मन्त्री मात्र फेर्ने हो भने सरकारको काम अब प्रभावकारी हुन्छ भन्ने सन्देश जाँदैन,’
More

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारीको यस्तो पीडा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन् । उनका बुबालाई पनि यही बिमारीले सताएको छ । तर, उनी आर्थिक सहयोगका लागि सरकार कहाँ नजाने पक्षमा छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
More

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भएको थियो जनमत संग्रह

काठमाडौैं। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लिखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै बडामा जनमत संग्रह भएको तथ्याङ्क फेला परेको छ। विसं २०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्था? भन्ने विषयमा जनमत संग्रह गराउँदा सो क्षेत्रका जनता सहभागी भएको अभिलेख फेला परेको हो। राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गका अनुसार उक्त अभिलेखमा महाकाली अञ्चलको सुदूरपश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत दार्चुलाका २५ पञ्चायतका जनताले जनमत संग्रहमा सहभागिता जनाएका थिए। २५ जिल्लालाई भाग १ र २ मा छुट्याइएको उक्त अभिलेखमा ती पञ्चायतसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटिएको छ। यी तीनवटै स्थान अहिले व्यास गाउँपालिकामा पर्दछन्। नेपाल समाचारपत्रमा खबर छ ।
More

आज मन्त्रिपरिषद पुनर्गठन हुँदै

काठमाडौँ। लामो छलफल र तयारीपछि प्रधानमन्त्री केपी ओलीले बुधबार (आज) मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले त्यसको जानकारी मन्त्रिपरिषद बैठकमै गराएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए। बैठकमा प्रधानमन्त्री ओलीले बुधबार कुनै पनि मन्त्रीलाई कतै नजान पनि भनेका छन्। बुधबार नै मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कतै नजान भनेका हुन्। प्रधानमन्त्रीले मंगलबार मन्त्रिपरिषद बैठकमा ‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। सामान्य हेरफेर हुन्छ। कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ। कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद। यसलाई अन्यथा नलिइदिनुहोला’ भनेका थिए।
More

शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्रालयमा बिपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन् । बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध गर्न निर्देशन दिएका छन् । विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका गैर सरकारी संघ संस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर
More

यी हुन् हटाइने सूचीमा रहेका मन्त्रीहरू, नयाँ को–को ?

प्रधानमन्त्री केपी ओलीले ओलीले अहिले मन्त्रिमण्डलमा रहेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई हटाउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । यस्तै नयाँ मन्त्री हुने सूचीमा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नि सापकोटा, खगराज अधिकारी, महेश बस्नेत, उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, पार्वत गुरुङ र हृदयश त्रिपाठीलगायतको नाम नेकपाभित्र चर्चा भइरहेको छ । यस नाममा पनि केही हरेफेर हुन सक्ने प्रधानमन्त्री निकट
More