Daily Archives 22nd November 2019

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड हुँदै

काठमाडौं । रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७ मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो । रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष नेशनल म्युजिक अवार्डको नाम डिस होम प्रेजेन्ट्स गर्दछ रेडियो कान्तिपुर नेशन म्युजिक अवार्ड पावर्ड बाई सानिमा बैङ्क इन एशोसियसन विथ बाबा सनफ्लावर आयल रहेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसीले जानकारी गराए । कार्यक्रममा डिसहोमका डिजीएम सञ्जय राजभण्डारी र सानिमा बैङ्कका चिफ डिपोजिट अफिसर बोबी सिंह गडतौलाले आफूहरुले कान्तिपुर नेशनल म्युजिक अवार्डसँग सहकार्य गरेको
More

अष्ट्रेलियन वाइन रोयल मस्क नेपाली बजारमा

अष्ट्रेलियन वाइन रोयल मस्क नेपाली बजारमा भित्रिएको छ। २५ अक्टोबरमा चा ब्रदर्स कम्पनीले उक्त वाइन बजारमा ल्याएको हो। रोयल मस्क वाइन चार स्वादमा नेपाली बजारमा पाइन्छ। ती स्वीट रेड, सौभिनन् ब्ल्यान्स, क्याबर्नेट र सिराज हुन्। यो नेपाल अधिराज्यभर पाइने कम्पनीले बताएको छ।
More

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग एनआरएनए प्रतिनिधीमण्डलको भेट

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधीमण्डले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग भेटवार्ता गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रवार गएको प्रतिनिधीमण्डलले वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोष, नेपालमा लगानी, नागरिकता विधेयक लगायतको विषयमा छलफल गरेको थियो अध्यक्ष पन्तका अनुसार वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा जम्मा गर्न गैरआवासीय नेपाली संघले राखेको प्रस्ताव प्रति मन्त्री ज्ञवाली सकरात्मक देखिएका थिए । यस्तै पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु १० अर्बको लगानी भित्र्याउने अभियानमा सरकारले थप सहजीकरण गर्ने भएको छ । भेटमा एनआरएनमैत्री व्यवस्थासहित नागरिकता विधेयक संसदीय समितिबाट यथाशीघ्र टुंगो लगाउन सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता मन्त्री ज्ञवालीले गरेका थिए ।
More

रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रुस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो । नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा
More

एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्र सचिव वैरागीबीच छलफल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले परराष्ट्र सचिव शंकरदाश वैरागीलाई भेटेर समसामयिक विषयमा छलफल गरेको छ। संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेरै गैरआवासीय नेपाली नागरिकता, कालापानी सिमा अतिक्रमणलगायतका पाँच समसामयिक विषयमा छलफल गरेको बताइएको छ। गैरआवासीय नेपाली नागरिकताको विषय यथाशक्य चाँडो समाधान गरिदिन प्रतिनिधिमण्डलले अनुरोध गरेको अध्यक्ष कुमार पन्तले जानकारी दिए। छलफलमा अध्यक्ष पन्तले एकपटकको नेपाली सधैंको नेपाली हुने किसिमले राजनीतिक अधिकारसहितको नागरिकता नै गैरआवासीय नेपालीको चाहना भएकाले त्यही अनुसार सम्बोधन गरिदिन आग्रह गरेका थिए। एकपटकको नेपाली सधैंको नेपाली हुने किसिमले राजनीतिक अधिकारसहितको नागरिकता नै गैरआवासीय नेपालीको चाहना भएकाले त्यही अनुसार सम्बोधन
More

श्रम इजाजत लिएकालाई विमानस्थलबाट फर्काएकामा विभागको आपत्ति

काठमाडौं । वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइने घटना पछिल्लो समय बढ्दो छ । यस्ता कामदार रुँदै–कराउँदै वैदेशिक रोजगार विभागको ढोका ढक्ढक्याउन पुग्छन् । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको विषयमा वैदेशिक रोजगार विभागले कडा आपत्ति जनाएको छ । त्रिभुवन विमानस्थलको यात्रु सेवा विभागबाटै विमान कम्पनीले कामदार फिर्ता पठाउने गरेको विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले गैरजिम्मेवार ढंगले कामदारलाई विमानस्थल फिर्ता गर्नु गलत भएको बताए । यसमा विमान कम्पनी र विमानस्थल प्रशासनको भूमिका रहेको उनको भनाइ छ । ‘अध्यागमनसँग त हामीले निरन्तर समन्वाय गरेका छौं,
More

नेपाल भ्रमणवर्ष २०२० को अवसर पारेर स्पेनका उच्चपदस्थ नेपाल भ्रमणमा आउने

स्पेन । स्पेनका उच्च पदस्थहरु नेपाल भ्रमण वर्ष २०२० का अवसमा नेपाल भ्रमणमा आउने भएका छन् । स्पेनको Extremadura का मुख्यमन्त्री Guillermo Fernández Vara र Luís Salaya Julián (Alcalde de Caceres) नेपाल भ्रमण वर्षको सुरुवातमा (जनवरी पहिलो हप्ता) नेपाल भ्रमणमा आउने भएका हुन् । उनीहरुको यो भ्रमणले नेपाल भ्रमण वर्ष २०२० का लागि ठूलो टेवा पुग्ने विस्वास स्पेनका नेपालीले गरेका छन् । उनीहरुको उक्त भ्रमणले विशेष गरेर बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद लगायतका क्षेत्रमा सहकार्य तथा समग्र नेपालको पर्यटन र खेलकुद (फुटवल) क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने लुम्बिनी गार्डेन फाउन्डेशन स्पेनले जनाएको छ । स्पेनको अहिलेको रुलिङ
More

मिस नेपाल अनुष्का र एनआरएनएबीच सात बुँदे समझदारी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) र मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनआरएनए सचिवालयमा एक कार्यक्रमकाबीच दुवै पक्षबीच ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा मिस नेपाल अनुष्काले संसारभर रहेका महिला तथा युवाहरुको कार्यक्रम प्रवर्धन गर्ने र एनआरएनले आफनो सञ्जालमार्फत अनुष्कालाई सहयोग गर्ने गरि समझदारी भएको छ । एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अनुष्कालाई सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, प्रवक्ता डिवी क्षेत्री, एनआरएनए कार्यालय प्रमुख हेमन्त दवाडी, मध्य पूर्वका उपसंयोजक मनोज गोर्खाली, भूतपूर्व डिआरसी धर्मराज गिरी र मिग्मार तामाङलगायतको सहभागिता थियो । मिस नेपाल
More

भूकम्पबाट क्षति भएका ६२ प्रतिशत घर सम्पन्न, २४ प्रतिशत बन्दै

काठमाडौं। भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको जानकारी दिएका हुन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको बताए। निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ४ सय २७ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ। त्यसमध्ये ९९ प्रतिशतले पहिलो किस्ता ५० हजार, ८०
More

विश्व शान्ति सूचीमा नेपाल ७६ औं स्थानमा

विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको छ। इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको हो। ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो जसमा १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन गरिएको थियो। सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषयका आधारमा सूचीकरण गरिएको छ। विश्वकै शान्त राष्ट्रको सूचीमा आइसल्यान्ड पहिलो स्थानमा छ भने अफगानिस्तान अन्तिम स्थानमा छ। यसैगरी न्युजिल्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिङ्गापुर, स्लोभेनिया जापान र चेज रिपब्लिक क्रमशः शिर्ष १० स्थानमा परेका छन्। दक्षिण एसियाली देशमा
More

नयाँ ट्याक्सी १२ सय सीसीको हुनुपर्ने, एसी र जिपिएस अनिवार्य

यातायात व्यवस्था विभागले ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ। नयाँ मापदण्डअनुसार काम गर्न यातायात व्यवस्था कार्यालयहरुलाई चिठी समेत पठाइसकेको विभागले जनाएको छ। मापदण्डअनुसार नयाँ ट्याक्सी ल्याउँदा कम्तीमा १ हजार २ सय सीसीभन्दा माथिको ४ स्ट्रोक सेडान कार हुनु पर्नेछ। कारमा ३ वा सोभन्दा धेरै सिलिन्डर हुनु पर्नेछ। नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम अनिवार्य हुनु पर्ने मापदण्डमा उल्लेख छ। २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। यो मापदण्ड तीनै नयाँ ट्याक्सीमा लागू हुनेछ। नयाँ ट्याक्सी दर्ता खोल्नेबारे भने कुनै तयारी नरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले स्पष्ट
More

राप्रपा अध्यक्ष थापा अमेरिकामा, विविध कार्यक्रममा सहभागी हुँदै

काठमाडाैं। विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा त्यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन्। अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्ने भएका भएका छन्। अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशन हुँदैछ। यसैगरी अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासको ड्यालसमा आयोजना गरिएको नेपाली समुदायलाई सम्बोधन र अन्तरक्रियामा सहभागी हुनेछन्। अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागीता जनाउँदै महत्त्वपूर्ण सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ। थापाले सम्मेलनमा पार्टीको प्रतिनिधि मण्डलको
More

रुसी राष्ट्रपति पुटिन काठमाडौं आउँदै

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको नेपाल भ्रमण गराउन सरकार सक्रिय भएको छ। केहीदिन अघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले महाशक्ति राष्ट्रका राष्ट्र वा सरकार प्रमुखलाई नेपाल भ्रमण गराउने रकारको प्रथामिकता रहेको बताएका थिए। यसैबीचमा आगामी डिसेम्बरमा पुटिनको नेपाल भ्रमण हुनसक्ने समाचार शुक्रबारको नेपाल समाचारपत्रमा प्रकाशित भएको छ। समाचारपत्रमा लेखिएको छ, ‘छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गर्नुभएको प्रस· सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्नुहुने भएको छ। पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता’ पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।’ समाचार पत्रले मन्त्रिपरिषद् स्रोतको हवाला दिँदै भनेको
More