Daily Archives 23rd November 2019

१३ औँ सागमा आठ खेलमा, ६६२ खेलाडी सहभागी हुने

कास्की। आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन्। मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ। जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि सार्क राष्ट्रबाट महिला ४०१ र पुरुष २६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए। प्रतियोगितामा १७२ अफिसियल सहभागी हुँदैछन्। आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहने छ जसमा ५२ पुरुष र १०२ महिला तथा ३० अफिसियल सहभागी हुँदैछन्। मालदिभ्स्ले आर्चरी, भारोत्तोलन र ट्रायथोलनमा सहभागिता जनाएको
More

मन्त्री हेरफेर पछि नेकपामा असन्तुष्टी

काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेपछि पार्टीभित्र असन्तुष्टी चुलिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मात्रै छलफल गरेर मन्त्री हेरफेर गरिएको भन्दै वरिष्ठ नेपालद्धय झलनाथ खनाल र माधवकुमार नेपाल असन्तुष्ट बनेका हुन् । विगतदेखि नै पार्टी संचालन र सरकारको कामप्रति असन्तुष्ट व्यक्त गर्दै आएका नेपालको असन्तुष्टी यसपटक झनै चुलिएको हो । राम्रो काम गर्दा गर्दै पनि आफू निकट नेता गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएकोमा नेपाल रुष्ट बनेका हुन् । त्यसैगरी सन्तोषजनक काम गरिरहेका अर्को नेता लालबाबु पण्डितलाई हटाइएकोमा पनि नेपालको असन्तुष्टी छ । विष्ट र पण्डित नेपालको कोटाबाट मन्त्री बनेका थिए । हटाइएका
More

‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’: अध्यक्ष दाहाल

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे । ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुपर्‍यो, स्थायित्व हुनुपर्‍यो । विकास निर्माणले गति लिनुपर्‍यो,’ उनले आफ्नो खुमलटार निवासमा शुक्रबार कान्तिपुरलाई अन्तर्वार्ता दिँदै भने, ‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’ अध्यक्ष दाहालले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरूको अन्त्य भएको पनि उल्लेख गरे । ‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कताकता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ,
More

योजना कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना कार्यान्वयनलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको शुक्रबार प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा उनले योजना कार्यान्वयन र बजेट खर्चलाई परिणाममुखी बनाउन निर्देशन दिएका हुन्। भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले मन्त्रालय र त्यस मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीलाई कागजमा समय खेर फाल्ने नभई प्रतिफलमा देखाउन सुझाए। “विधि प्रक्रियाका नाममा योजना कार्यान्वयनमा ढिलाइ गर्ने, काम रोक्ने, टेबुलमै काम अल्झाउने प्रवृत्ति सह्य हुन सक्दैन”, उनले भने, “समय तालिका बनाएर परिणाम देखिने गरी काम गर्नुस्।” भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने प्रष्ट्याउँदै
More

सभामुख नभएको अवस्थामा काम गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट

अधिवक्ता उत्तमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई शुक्रबार दायर गरिएको रिट निवेदनमा संसद्को नयाँ अधिवेशनको शुरुआत नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरुको अन्तरराष्ट्रिय भ्रमणसमेत रोकिएको उल्लेख छ। रिट निवेदनमा दुवै सदनबाट पास भएका पाँच विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हुँदा काममा ढिलाइ भएको उल्लेख छ। जनताको काम छिटो र सहज तरिकाले गर्नका लागि बाधा अड्काउन फुकाउका माध्यमबाट राष्ट्रपतिले विधेयक पास गर्न आदेशको माग गरिएको छ। डिसी नेपाल
More